Yugasambad.Com.Np

कुनै देशको कर्मचारीलाई राष्ट्रपति र प्रधानमन्त्रीको जस्तो गरी हिंडाउनपर
Tuesday, 06.23.2009, 02:24pm (GMT5.5)

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनपछि पार्टर्ीी प्रजातान्त्रिक अभ्यास सुरु भएको हो ?
धेरै पहिले हुनुपर्ने संसदीय दलको निर्वाचन हालै सम्पन्न भएको छ । यो चुनावलाई लोकतान्त्रिक प्रक्रियाको अभ्यासका रुपमा लिनर्ुपर्छ । प्रक्रियागत हिसाबले लोकतान्त्रिक प्रक्रिया र प्रतिस्पर्धा भयो । निर्वाचनमा कसैले बढी र कसैले कम मत ल्याउने तथा जित र हार हुन्छ । यसलाई स्वाभाविक रुपमा लिनर्ुपर्छ ।

स्थापनाकालदेखि नै लोकतन्त्रप्रति प्रतिवद्ध रहेको नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र छैन भन्ने आरोप लाग्ने गरेको हो । यस अर्थमा पनि संसदीय दलको निर्वाचनले त्यो आरोप मेट्न सघाउ नै पुर्‍याएको छ । गिरिजाप्रसाद कोइरालाको एकल नेतृत्व र निर्ण्र्ााा चलेको हुनाले नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र छैन भन्ने भ्रम परेको हो र त्यसमा केही सत्यता पनि छन् । त्यसकारण अब आन्तरिक लोकतन्त्रलाई हामीले मजबुत गर्नुपर्छ । यस अर्थमा संसदीय दलको निर्वाचनले सकारात्मक सन्देश दिएको छ ।

परिवारवादबाट अझै बाहिर निस्कने अवस्था आउने सम्भावना नभएको हो ?
परिवारवादको कुरा मैले उठाएको होइन । नेपाली कांग्रेस लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढेको छ । संसदीय दलको निर्वाचन पनि यही प्रक्रियाबाट भयो । पार्टर्ीीेन्द्रीय समितिको निर्वाचनले पनि युवा पुस्तामा नेपाली कांग्रेसको नेतृत्व जाने निश्चित गर्नेछ । अहिलेको आवश्कता युवा नेतृत्वको हो । यही अनुरुप अबको महाधिवेशनले युवा पुस्तालाई नेतृत्व सुम्पने छ भन्ने मेरो आग्रह छ ।

यो निर्वाचनले नेपाली कांग्रेसको नेतृत्व अब नयाँ पुस्तामा हस्तान्तरण भएको भनेर बुझ्न सकिन्छ ?
यो त संसदीय दलको निर्वाचन मात्र हो । पार्टर्ीीे नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने कुरा महाधिवेशनले निक्र्योल गर्ने हो । महाधिवेशनमा नयाँ पुस्ताको कसरी प्रतिनिधित्व हुन्छ त्यसमा धेरै कुरा निर्भर रहन्छ । महाधिवेशनले नै पार्टर्ीीसरी अगाडि बढ्ने भन्ने निर्धारण हुन्छ ।

एउटा महत्वपर्ूण्ा पक्ष के हो भने नेपाली कांग्रेसको विधानले नै एउटै नेता दर्ुइ पटकभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था गरेको हुँदा अब गिरिजाबाबुले सभापतिको दावेदारी गर्नुहुने छैन । त्यसकारण अब नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक विधि अनुसार स्वस्थ प्रतिस्पर्धा हुन्छ र यसबाट नयाँ नेतृत्व स्थापित गराउने छ । त्यो नेतृत्व दोस्रो पुस्ता वा तेस्रो पुस्ताको भन्ने होइन, कार्यकर्ताले जसलाई उपयुक्त ठान्छन् उनैले नेतृत्वको अवसर पाउँछन् ।

संसदीय दलको निर्वाचनपछि सभापति गिरिजाप्रसाद कोइरालाले पार्टर्ीीवभाजनबाट मुक्त भयो भन्नुभएको छ, तर राजनीतिक विश्लेषकले विभाजनको खाडल गहिरिएको बताएका छन्, वास्तविकता के हो ?
विभाजित दर्ुइ कांग्रेस मिलेको छ । पार्टर्ीीमलिसकेपछि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको छ । पहिलो त, यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । दोस्रो, पार्टर्ीी निर्वाचन हुनेवित्तिकै विभाजन देखिन्छ, फेरि पार्टर्ीीmुट्छ भन्ने किञ्चित पनि होइन । किनभने, लोकतान्त्रिक प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ, अन्यथा हुनुहुँदैन ।

जहाँसम्म विभाजनको खाडल गहिरिएको कुरा छ, निश्चित रुपले निर्वाचन प्रक्रियामा गैसकेपछि मत प्रयोगका लागि एकछिन विभाजन देखिन्छ । तर, त्यो विभाजन क्रमशः ठीक हँुदै जाने विषय हो । यसलाई विभाजनका रुपमा व्याख्या गरिन हुँदैन । निर्वाचन प्रक्रिया भनेको विभाजन होइन । यो सबै पार्टर्ीी हुन्छ ।

यसअघि सरकारमा को-को जाने भन्ने विषयमा पार्टर्ीीत्र त्रि्र विवाद थियो, संसदीय दलको निर्वाचनले त्यतिबेला उब्जेको विवाद समाधान भयो, भन्न खोजिएको हो ?
मतभेद सकिए भन्ने होइन । सरकारमा को जाने र को नजाने भन्ने विषयमा निश्चित रुपमा मतभेद थियो । सरकारमा प्रतिनिधित्व तथा नेतृत्व ठीक भएन भन्ने नेता नै अहिले संसदीय दलको पनि नेता हुनुभएको छ । त्यसबारे उहाँले कसरी कुरा उठान गर्नुहुन्छ भन्ने एउटा विषय छ । तर, संसदीय दलको निर्वाचनले सरकारमा को जाने वा नजाने भन्ने विवाद समाधान गरेजस्तो मलाई लाग्दैन र यो निर्वाचनले समाधान गर्न प्रश्न पनि हेाइन ।

अब अगाडिका दिनमा नेपाली कांग्रेस कसरी अगाडि बढ्नर्ुपर्छ त ?
मिलेर अगाडि बढ्नुको त कुनै विकल्प नै छैन । पार्टर्ीीे आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने, लोकतान्त्रिक ढंगले नेतृत्व चयन तथा नयाँ पुस्तामा नेतृत्वको हस्तान्तरण गरी लोकतान्त्रिक मान्यतलाई अंगिकार गरेर सबै मिलेर अगाडि बढ्नर्ुपर्छ ।

अहिले मुलुकमा अशान्ति, अस्थिरता, हत्या हिंसा बढेको छ, यसको अन्त्यका लागि काग्रेसको भूमिका कस्तो हुनर्ुपर्छ ?
सबैभन्दा पहिले हाम्रा अगाडि दर्ुइवटा महत्वपर्ूण्ा जिम्मेवारी छन् । पहिलो, नयाँ संविधान निर्माण र दोस्रो शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने जिम्मेवारी प्रमुख छन् । यो अवस्था अत्यन्तै गम्भीर अवस्था हो । यस अवस्थामा अनेक जटिलता तथा समस्याहरु उत्पन्न हुन्छन् । ती सबैलाई व्यहोरेर अगाडि बढ्नर्ुपर्छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक मान्यता बोकेको पार्टर्ीीो । त्यसैले हाम्रो सबैभन्दा पहिलो अवश्यकता मुलुकमा लोकतन्त्रलाई जीवित राख्नु हो । यसका निम्ति लोकतान्त्रिक संविधान निर्माण र शान्ति स्थापना गर्नु हो । मुलुकमा पछिल्लो समयमा भएको सशस्त्र द्वन्द्वलाई एउटा टुंगोमा पुर्‍याउनु हो । नेकपा माओवादीसंग भएका सम्झौता, सहमति अनुरुप नै शान्ति प्रक्रिायलाई निष्कर्षा पुर्‍याउने हो ।

मुलुक आर्थिक रुपले अत्यन्तै पछाडि परेको अवस्था छ । आर्थिक गतिविधि बढाउन उद्योग, व्यवसायका क्षेत्रमा उन्नती गर्नुपर्छ । तर, मुलुकमा आर्थिक गतिविधि बढाउनका लागि शान्ति आवश्यक हुन्छ । त्यो शान्ति राजनीतिक दलहरुका बीचमा विगतमा भएका राजनीतिक द्वन्द्व, राज्य र व्रि्रोहीका बीचमा भएका द्वन्द्व लगायत अरु अपराधजन्य अशान्ति समाप्त हुनर्ुपर्छ । जबसम्म अशान्ति समाप्त हुँदैन मुलुकमा शान्ति कायम हुँदैन, उद्योग स्थापना हुँदैन र समग्र आर्थिक स्थिति कमजोर बन्छ । त्यसैले पहिलो, लोकतान्त्रिक संविधान निर्माण, दोस्रो नेकपा माओवादीसंग प्रारम्भ भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र तेस्रो शान्ति स्थापना गरेर मुलुकको आर्थिक उन्नतीका निमित्त वातावराण बनाउने जिम्मेवारीका साथ नेपाली कांग्रेस गम्भीर भएर अगाडि बढ्छ ।

नागरिक सर्वोच्चताका नाममा माओवादीले सडक आन्दोलन तथा संसद् अवरुद्ध गरेको छ, यसलाई कसरी हर्ेर्नुभएको छ ?
नागरिक सर्वोच्चताको कुरा उठाएर एनेकपा माओवादीका साथीहरुले सडकमा आन्दोलन गरिरहनुभएको छ भने संसद् अवरुद्ध गर्नुभएको छ । मुलुकको सबैभन्दा ठूलो नागरिक निकाय भनेको संसद् हो । नागरिक निकायकै घाँटी निमोठेर, उसैलाई काम गर्न नदिएर उहाँहरुले कस्तो नागरिक सर्वोच्चता खोज्दै हुनुहुन्छ, उहाँहरुलाई नै सोध्नुहोला ।

उहाँहरुले जुन प्रकरण, जुन सर्न्दर्भमा नागरिक सर्वोच्चताको कुरा उठाउनुभएको छ, त्यो ठीक छैन । माओवादीले यो मुलुकमा स्थापना गर्न चाहेको आफ्नो वैचारिक सैन्य सर्वोच्चतालाई समाप्त गर्नका निमित्त राष्ट्रपतिले चालेको कदम नागरिक सर्वोच्चताको हितमा छ । माओवादीले आफूले सैनिक सर्वोच्चता गर्न खोजेको हो । किनभने, माओवादी भनेको-सेनामा, बन्दुकमा र लर्डाईंमा विश्वास गर्ने र त्यसैको भरमा अगाडि बढेको पार्टर्ीीो ।

अहिले नेपालको सीमा अतिक्रमणदेखि राजनीतिक हस्तक्षेपसमेत भैरहेको छ, यसलाई मुलुकका ठूला पार्टर्ीीले कसरी हेरिरहेका छन् ?
यो अत्यन्तै संवेदनशील र महत्वपर्ूण्ा विषय हो । मुलुकको ठाउँठाउँमा सीमा मिचिएको कुरा आइरहेको छ । विभिन्न ढंगले सीमा अतिक्रमण भैरहेको छ । सीमा क्षेत्रका नेपाली नागरिक आफ्नो थातथलो छोडेर विस्थापित हुनुपर्ने अवस्था आएको छ । यस्तो संवेदनशील विषयमा सरकारले अत्यन्तै गम्भीर र सजग भएर अगाडि बढ्नर्ुपर्छ ।

खास गरेर भारतले सीमा मिचेको विषयमा सरकारले उच्च कुटनीतिक पहलका साथै आफ्नो कुरा शतर्कताका साथ भारतसंग राख्नुपर्ने जरुरी छ । नेपाली जनताले दुःख पाएका छन् भने र नेपाली भूमि गुमेको छ । यसका बारेमा जनता र समग्र मुलुकको पक्षमा सरकार उभिनर्ुपर्छ ।

हालै भारतीय विदेश सचिव नेपालमै आएर सीमा मिचिएको छैन, यो अफवाह र प्रोपोगाण्डा मात्रै हो भनेका छन्, त्यसको प्रतिवाद त गरिएन नि ?
यो अत्यन्तै लज्जास्पद कुरा हो । सीमा मिचिएकै अवस्थामा यस्तो कुरा गरिनु अन्त्यन्तै गम्भीर छ, यसमा सरकारले प्रतिवाद गर्नुपर्छ । कहाँ-कहाँ सीमा मिचिएको छ र कहाँ नेपालीहरु विस्थापित भएका छन् भनेर सरकारले देखाउनर्ुपर्छ र उसको काम पनि हो । भारतीय विदेश सचिवले के भने र उनको भनाई ठीक हो भनेर मान्नुपर्ने वाध्यता कसैलाई पनि छैन ।

नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेपका बारेमा त यहाँले कुरा लुकाउनुभयो नि ?
नेपालमा कुनै खालको राजनीतिक हस्तक्षेप हुनुहुँदैन र त्यो हाम्रा लागि सैहृय पनि हुँदैन । यस संगसंगै हालै नेपालमा आएका भारतीय विदेश सचिवलाई अतिथिका रुपमा सम्मान गर्ने कुरा आफ्नो ठाउँमा रहन्छ । तर, जुन प्रकारले काठमाडौंका सडकमा घुमाइयो, त्यो कुटनीतिक मान्यता अनुरुप छैन । कुनै देशको कर्मचारी आउँदैमा उनलाई आफ्नो देशको राष्ट्रपति र प्रधानमन्त्रीको सवारीमा जस्तो सुरक्षा दिएर हिडाउनपर्ने जरुरी थिएन र छैन पनि ।