Yugasambad.Com.Np

राजनीतिकTuesday, 06.30.2009, 11:52am (GMT5.5)

नेपाली समाजको वर्तमान अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको ?

वास्तवमा समाजको परिभाषामा नै हामीले स्पष्ट दृष्टिकोण बनाउनर्ुपर्छ समाज भनेको कहिल्यै पनि एउटै स्थूल हुँदैन तर हामी जहिले पनि सिंगो नेपाली समाजलाई एउटै स्थूलका हिसाबले सोच्छौं समाजभित्र विभिन्न उपसमाज छन् समाज स्थिर नहुने भएपछि यसले विभिन्न चरणहरु पार गर्नुपर्छ अहिले नेपाली समाज संक्रमणकालमा समाजका विभिन्न तह अत्यन्तै गतिशील परिवर्तनमुखी भएको यो कतै असन्तुलित, अनियन्त्रित, विकृतिमा पुगेको पो हो कि भनेजस्तो पनि देखिन्छ विभिन्न किसिमका समस्याहरु पनि आइरहेका छन् यसलाई सन्तुलित आफ्नै गतिमा अघि बढाउने सर्न्दर्भमा राजनीतिक नेतृत्व चुकेको सवै पक्ष नकारात्मक मात्रै छन् भन्ने होइन, धेरै सकारात्मक कुराहरु पनि भएका छन् यद्यपि नेपाली समाजको वर्तमान वस्तुस्थिति अन्योल, अस्थिर त्रासदीपर्ूण्ा

राजनीतिक अस्थिरता समाज परिवर्तनको प्रक्रियाबीच तालमेल नहुँदाको परिणाम नेपाली समाजले अहिले भोगिरहेको त्यसैले नेपाली समाज अहिले कस्तो भनेर तोकेरै भन्न सकिने अवस्था छैन यद्यपि समाज चाँडोचाँडो परिवर्तन हुन खोजेको जस्तो देखिन्छ समाजका विभिन्न तहमा विभिन्न किसिमका चलखेल भैरहेकाले नेपाली समाजको सांगोपांगो चित्र उतार्न कठिन नै

मुलुकमा अपराध, अशान्ति बढ्नुको कारण पनि त्यही हो ?

निश्चय नै अहिले हाम्रो समाजले धान्न सक्नेभन्दा बढी हिसाबले अपराध बढेको , अशान्ति मच्चिएको यही रुपमा अघि बढ्दै गयो भने यसले दर्ीघकालीन रुपमा गम्भीर असर पार्ने सम्भावना यो निकै चिन्ताको विषय हो अहिले जेजस्ता अपराधी गतिविधि भैरहेका छन्, त्यसले एकदमै अत्याएको अवस्था यसमा दर्ुइवटा कारण प्रमुख छन् एउटा, राजनीति हो, जसले राज्य व्यवस्थालाई 'मेन्टेन्ड' गर्छ त्यो आफैं सक्षम भैरहेको अवस्था छैन यतिबेला राज्य कमजोर अर्को शान्ति न्याय दिने निकाय अहिले कमजोर छन् जतिबेला राज्यका संयन्त्रहरु कमजोर अवस्थामा रहन्छन् त्यतिबेला खराब तत्वहरुले प्रोत्साहित पाउँछन्

यस्तो हुनुमा मुख्य दोषी को हो ?

राज्य तथा त्यसका निकाय कमजोर हुनुमा राजनीतिक दलहरु जिम्मेवार छन् राजनीतिमै पनि एकखालको अपराधीकरण वा अपराधलाई प्रश्रय दिइरहेको स्थिति समाजमा भैरहेका विकृतिहरु राजनीतिक प्रभावमा परेका छन् राजनीतिमा अपराधीकरण हावी भएको आफ्नो स्वार्थका लागि विभिन्न समूहले अपराधीहरुलाई राजनीतिक संरक्षण दिइरहेका छन् यो चिन्ताजनक विषय हो सारतः राज्य आधारभूत जिम्मेवारी पूरा गर्न सक्षम देखिएको छैन

अपराधीकरणले सकारात्मक राजनीतिक गतिलाई रोकेको होइन ?

अहिले राम्रा पक्षहरु ओझेलमा परेका छन् कुनै पनि समाजमा सकारात्मक नकारात्मक दुवै पक्ष पालैपालो हावी भएको पाइन्छ अहिले नेपालमा नकारात्मक कुरा हावी भयो राजनीतिक संयन्त्र तथा प्रक्रिया नै त्यस्तो खालको भएको

गलत ढङ्गका राजनीतिक सोचहरु हावी भएको भन्ने यहाँको आशय हो ?

हामी कस्तो खालको राजनीतिक प्रणालीमा जाँदै छौं, त्यसले कस्तो खालको वर्ग स्वार्थलाई पूरा गर्छ भन्ने कुरा स्पष्ट निक्र्योल नगरी हामी एकैचोटी प्रक्रियामा गएका छौं यसले प्रक्रियागत रुपमा धेरै उतारचढाव असमानजस्यता ल्यायो लामो कठिन राजनीतिक परिस्थितिका कारण यस्तो अवस्था आएको हो माओवादी जनयुद्ध हार-जितमा नभै संझौतामा गएर टुंगियो त्यहाँ पुरानो नयाँ शक्ति द्वन्द्वपछि हार वा जित नभएपछि राजनीतिक असामन्जस्यता आउँछ

अहिले राजनीतिक शक्तिको विकेन्द्रकरणको कुरा संघीयताका रुपमा आएको संघीयताको बहसको छेउकुनाबाट विभिन्न जात, क्षेत्र समूहहरुको कुरा उठिरहेको आफ्नो स्वार्थ पूरा गर्न केही स्वार्थी समूह पनि देखापरेका छन् यसले समाज असरल्ल बनेको , निश्चित प्रक्रियामा रहेन

त्यसो भए जनअपेक्षा बढी भएको तर राजनीतिक दलले त्यसअनुरुप काम गर्न सकेनन् भन्न सकिन्छ ?

जनता अपेक्षासहित नै जनआन्दोलन-०६२/०६३ मा आएका थिए आन्दोलनलाई राजनीतिक दलले नेतृत्व दिएका थिए तर जनताको आन्दोलन भएकाले अपेक्षासहित नै जनता त्यो आन्दोलनमा गएका थिए, पार्टर्ीीार्यकर्ता मात्र त्यहाँ थिएनन् तर, अहिले राजनीति त्यसको प्रतिछाँया समाजमा जे-जति विकृतिको प्रभाव परेको , त्यो जनअपेक्षा बढी भएर देखिएको होइन राजनीतिक दल नेताहरु जनताप्रति उत्तरदायी नभएको स्थिति हो

परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य-मान्यता खलबलिएका कारण पनि अहिले समाजमा विकृति आएको पनि भनिन्छ नि ?

धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको विषयलाई '' बराबर 'बी' भन्ने हिसाबले यो बराबर भन्न मिल्दैन मानिस सामाजिक प्राणी हो समाजले जस्तो बनाउन चाहृयो त्यस्तै बन्ने हो धार्मिक मूल्य, मान्यता संघसंस्था सामाजिकीकरणका एजेन्ट हुन् ती संस्थाहरु कमजोर भएमा समाजमा अनपेक्षित खालका विकृतिहरु देखापर्छन तर त्यो कुरामात्र मूल होइन राज्य प्रणाली राजनीतिक प्रक्रिया मूल हो जस्तो मलाई लाग्छ

बढ्दो शहरीकरण अवसरको अभाव पनि अपराध बढ्नुको कारण मान्न सकिन्छ कि सकिंदैन ?
अहिले पुराना प्रक्रिया भत्केर नयाँ निर्माणको तीब्र गतिको प्रक्रियामा हामी छौं केन्द्रीकृत प्रणालीका कारण पनि केही समस्या आएका छन् अहिले गाउँघरबाट रोजगारी अवसरको खोजीमा शहर पस्नेहरुको संख्या एकदमै ठूलो तर औद्योगिक-व्यावसायिक क्षेत्र अर्थात् रोजगारी प्रदान गर्ने निकायहरु शिथिल भएको अवस्था विद्यमान शहरले अहिले सवैको आवश्यकता धान्न सक्दैन त्यसैले कृषि प्रणालीबाट विस्थापित भएर शहरमा केन्द्रित भएकालाई रोजगार दिनसक्ने क्षमता शहरसंग छैन त्यसकारण शहरीकरणको वृद्धिसंगै केही विकृति देखापर्छन अपराधका घटनाहरु हुन्छन् यसको अर्थ अहिले जे भैरहेको , त्यो ठीक भन्ने होइन यसलाई समाज राज्यले रोक्न सक्नर्ुपर्छ

राज्यको हालत सवैले देखेकै छन् समाजले चाहिं के गर्न सक्छ ?
नागरिक समाज सामुदायिक संगठन अर्थात् समुदायले राज्यलाई दबाब दिने प्रतिरोध गर्न सक्छ त्यो स्वतःस्फर्ुत संगठित भएर विचारसंगत ढंगले पनि हुनसक्छ केही समययता बढेको अपहरणको घटनापछि अहिले टोलटोलमा सामुदायिक हिसाबले निगरानी गर्न थालिएको जनता सचेत हुन थालेका छन् राज्यप्रति उनीहरुको विश्वास कम हुँदै गएपछि यो स्वाभाविक प्रक्रियामा मान्नर्ुपर्छ यसबाहेक समुदायले विभिन्न स्रोत जगर्ेना, सामुदायिक स्वार्थका लागि संगठित हुन थालेका छन् यसले विकृति नियन्त्रण गर्न दर्ुइ अर्थले सहयोग गर्छ पहिलो राज्यलाई दबाब दिने तहमा अर्को आफैंले निगरानी गरेर सचेत हुँने तहमा यसो गर्दा पनि विकृतिहरु कम गर्न समाज सक्षम हुन्छ आज टोलटोलमा सामूहिक रुपमा निगरानी बढाउने कामहरु भैरहेका सुनिन्छन् यसको अर्थ समाज आफैं सक्रिय हुन लागेको भन्ने हुन्छ

अब दण्डहीनताको अन्त्य गरी त्रासदीमुक्त हुन कसले के गर्नुपर्छ  ?
 यतिबेला नेपाली राजनीतिमा नागरिक सर्वोच्चताको सबैभन्दा बढी चर्चा भएको सबैभन्दा बढी नागरिक निरीह हुनपरेको अवस्था पनि कायमै राजनीतिक दलहरु जनताका समस्याप्रति सम्वेदनशील भैदिएनन् भने त्रासदीको अवस्थामा बाँचिरहनुपर्ने बाध्यता हुन्छ त्यसैले पहिलो राजनीतिक दलहरु जनताप्रति उत्तरदायी हुनर्ुपर्छ, जसले सरकार उत्तरदायी हुन्छ राज्य प्रणाली बलियो बन्दैजान्छ यर्सथ अहिले राज्य राजनीतिक दललाई जनउत्तरदायी बनाउन, दलहरुलाई राजनीतिक नैतिकताभित्र बस्न नागरिक समाजले दबाब दिनर्ुपर्छ राजनीतिक दलहरु शुद्धिकरणमा जानु आवश्यक

राजनीतिक दलप्रति जनता उदास बन्दै गएकाले विकल्पको खोजी भैरहेको यहाँको ठहर हो ?
राजनीतिक दल, नेता राजनीतिक प्रक्रियाप्रति जब जनता उदासीन हुन्छन्, तब उनीहरुप्रति चासो नराख्ने अवस्था आउँछ यस्तो अवस्थामा राजनीतिक दलको टेक्ने ठाउँ नै बाँकी रहँदैन यर्सथ जनता निराश हुनुअघि नै राजनीतिक दलले त्यो निराशालाई रोक्न सक्नर्ुपर्छ कार्यकर्ताको बहकाउमा, उनीहरुको स्वार्थमा मात्र लागेमा आम जनताको विश्वास गुम्छ जनविश्वास गुमेपछि दलहरुको अर्थ नरहने भएकाले यो अवस्था आउनुअगावै गम्भीर हुनर्ुपर्छ राजनीतिक नेताहरुले राजनीतिक भविष्य सोच्ने हो भने जनताको चासोलाई ध्यान दिनर्ुपर्छ यसले राज्यलाई प्रत्यक्षतः दबाब पनि दिन्छ

परिवर्तनसंगै समाज बढी खुला हुँदा विकृति बढेको देखिएको , देशमा भैरहेका अपराधका घटनाले पनि त्यस्तै पुष्टि गरेको नि, होइन ?

समाज खुला हुँदै जाँदा त्यससंगै केही विकृति पनि आउँछन् तर यसलाई नियन्त्रण गर्ने काम नहुनु चाहिं दर्ुभाग्य नै हो हालै मात्र काठमाडौंबाट विद्यार्थी ख्याती श्रेष्ठको अपहरणपछि हत्या भएको घटनामा पक्राउ परेको वीरेन्द्र श्रेष्ठ प्रधान समाजमा बढेको विकृतिको प्रतिनिधि पात्र चरित्र हुन् उनको विगतले उनलाई अपराधी बनाएको प्रष्ट देखिन्छ क्यासिनोले यसको सम्पर्ूण्ा सम्पत्ति सकिएको कुरा र्सार्वजनिक नै भयो उसमा लागेको लत समाजको छाडापनले विरेन अपराधी भयो अर्कोतिर ऊप्रति समाजको निगरानी ऊसको समाजप्रतिको दायित्वबोध नभएपछि अपराधी बनेको देखियो अर्कोतिर घटनाको प्रकृति हर्ेदा अपराधको कुनै पनि सञ्जालमा छैन भन्न सकिन्न

अहिले अपराधीहरुको ठूलो संजाल नै सक्रिय रहेको देखिन्छ यसको संजाल सुरक्षा निकाय, न्याय प्रणाली प्रशासनिक प्रणालीमा समेत विस्तार गरेको भन्ने कुरा पनि बाहिर आइसकेको यो सबैभन्दा चिन्ताको विषय हो यसबाहेक राजनीतिक कमजोरी पनि विकृतिको आधार बनेको मुलुकमा दण्डहीनताको अवस्था अहिलेकै अवस्थामा नागरिक सुरक्षाका लागि जनस्तरबाट समूह गठन गरेर सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने भएको

प्रस्तुतिः यादब देवकोटा