० राष्ट्रिय स्वाधीनताको आन्दोलनले एउटा गति लिएको अवस्था छ । यसको नतिजा चाहिं कस्तो आउने आशा गर्नुभएको छ ?
राष्ट्रियताको सवाललाई हामीले जुन ढङ्गले जनताको बीचमा लिएर गएका छौं र जनताले जुन किसिमले स्वीकार गरेका छन्- यसले यो आन्दोलन राष्ट्रिय एजेण्डाको रुपमा अगाडि गएको छ । यसकारण राष्ट्रियताको आन्दोलनमा जनताको सहभागिता र विषयवस्तुप्रतिको आकर्षाले गर्दा सकारात्मक नतिजा आउँछ र आउनर्ुपर्छ । जनताले चलाएको आन्दोलनबाट ढिलो-चाँडो कुनै न कुनै प्रकारको नतिजा आउनर्ुपर्छ भन्ने कुरा सत्य हो ।
० कस्तो प्रकारको नतिजा आउने हो - नेपाली जनताले चाहेजस्तो कि तपाईहरूको राजनीतिक स्वार्थ अनुकूलको ?
नेपाल सधैं पराधिन भएर, अर्धसामन्ती, अर्धऔपनिवेशिक रुपमा बस्न सक्दैन । नेपाली जनताले पहिलेदेखि नै स्वाभिमानको लडाइँ लड्दै आएका छन् र त्यो लडाइँमा विजय पनि प्राप्त गर्दैआएको ऐतिहासिक पाटो हाम्रा अगाडि छन् । अहिले राष्ट्रिय स्वाधीनताको आन्दोलन नेपालको वर्तमान परिस्थिति, जनताको यसप्रतिको आकर्षा र यो विषय सहज रुपमा राष्ट्रिय एजेण्डा बनेको सर्न्दर्भबाट हर्ेदा यसको नतिजा राम्रो निस्कन्छ र साँच्चै नेपाल एउटा स्वाधीन राष्ट्रको रुपमा विश्वसामु परिचित हुन्छ भन्ने विश्वास हामीलाई छ । त्यसै विश्वासका साथ हामीले यो आन्दोलनलाई अगाडि बढाएका हौं । यसको नतिजा नेपाली जनताले चाहेजस्तै हुन्छ ।
० त्यसो भए यो आन्दोलन कुनै सम्झौतामा पुगेर टुङ्गदिैन भन्नेमा विश्वस्त हुन सकिन्छ?
यो कुनै राजनीतिक विषय मात्र होइन । राष्ट्रिय स्वाधीनता, राष्ट्रिय र्सार्वभौमिकता र अखण्डताका विषयहरू सहमति, समझदारी वा सम्झौता पुगेर टुङ्गदिैन । हामीले आत्मर्समर्पणवादी नीति लिए मात्र त्यो कुनै सहमति वा सम्झौतामा गएर टुङ्गनिे हो । यतिबेला हाम्रा अगाडि कि त आत्मर्समर्पण कि त स्वाधीनताको लर्डाई गरी दर्ुइटा पाटाहरू मात्र छन् । योभन्दा बीचमा कुनै अर्को त्यस्तो सम्भावना छैन र हुँदैन । आन्दोलनले अहिले नै कति नतिजा निकाल्छ त्यो एउटा पक्ष भए पनि यसले एउटा स्पष्ट नतिजा चाहिं निकाल्छ र निकाल्नर्ुपर्छ । यो आन्दोलन जनतालाई स्वाभिमानी बनाउने दिशातिर कोशेढुङ्गा सावित हुनेछ ।
० यस विषयमा अन्य राष्ट्रवादी दलहरूसंग सहकार्य, छलफल वा मोर्चावन्दीको प्रयास भएको देखिँदैन । तपाईहरू एक्लैको प्रयासबाट राष्ट्रिय स्वाधीनताको आन्दोलन चाहेजस्तो निष्कर्षा पुग्ला त?
राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई राजनीतिक रुपमा बाहिर ल्याइसकेपछि हामीले एउटा आव्हान गरेका छौं । त्यसपछि हामीले जुन कार्यक्रमहरू र्सार्वजनिक गर्यौं त्यसमा विभिन्न पेशागत संघसंस्थाहरू र नागरिक समाजबाट निकै साथ-सहयोग पाइरहेका छौं । पार्टर्ीी हिसावबाट हर्ेर्ने हो भने नेपालको अहिलेसम्मको राजनीतिक वास्तविकताले के देखाउँछ भने- कुनै पनि पार्टर्ीी आफ्नो स्वाभिमान र स्वत्व बचाउन सकेका छैनन् । अर्कोतिर तिनै पार्टर्ीीत्रका मानिसहरूले चाहँदा चाहँदै पनि कतिपय कारणले यस्ता कुराहरू बाहिर ल्याउन नसकेको अवस्था पनि विद्यमान नै छ । त्यसकारण अहिले नै पार्टर्ीी रुपमै मोर्चावन्दी होला भन्नेमा हामी त्यति आशावादी छैनौं । जनतामा, राजनीतिक कार्यकर्ताहरूमा विस्तारै चेतना जागृत हुन थालेपछि, राष्ट्रियताको विषयले छुन थालेपछि दलहरू यो लडाइँमा सामेल नभई सुखै छैन ।
अर्कोतिर संगठनात्मक रुपमा विभिन्न अभियानकारीहरू, सामाजिक संघ-संस्थाहरूसंग हाम्रो एक किसिमको सहमति नै बनेको छ । हामीले केही समय अघि सम्पन्न गरेको अन्तरक्रिया कार्यक्रममा सीमाविद्, मानवअधिकारवादी, संचारकर्मी, नागरिक समाज लगायत धेरै क्षेत्रको प्रतिनिधिहरू उपस्थित भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका थिए । यो छोटो समयमा हामीलाई जेजस्तो किसिमबाट साथ-सहयोग र र्समर्थन मिलिरहेको छ यसले निकट भविष्यमै राष्ट्रवादी, देशभक्त, गणतन्त्रवादी शक्तिहरूबीचमा एउटा संयुक्त मोर्चा बन्नसक्ने सम्भावना प्रशस्त देखिएको छ । अहिले त्यसका आधारहरू पनि तयार भैसकेका छन् ।
सदियौंदेखि नेपाली भूमिमा विदेशीहरूको आँखा पर्ने र विदेशीहरूले यहाँका राजनीतिक दलहरूलाई आत्मर्समर्पण गराएर आफूसंगै लिएर, आफ्नै स्वार्थ बमोजिम हिंडाउने गरेका थिए त्यसबाट मुक्त गर्न निश्चित रुपमा समय लाग्छ । तर यसको अर्थ निराश हुनुपर्ने वा धर्ैयधारण गर्नुपर्ने भन्ने होइन । समय लाग्छ यो यथार्थ कुरा हो तर अहिले जुन रुपमा राष्ट्रिय स्वाधीनताका विषयमा जनलहर पैदा भएको छ यसले निकट भविष्यमै राष्ट्रियताका पक्षधरहरूको एउटा मोर्चा बन्छ र नेपाली स्वाधीनताको लडाइँमा नेपाली जनताको विजय हुनेछ भन्ने विश्वास अहिलेको छोटो समयमै पैदा भैसकेको छ ।
० एकीकृत नेकपा माओवादीले चलाएको राष्ट्रवादी आन्दोलन सत्ताको भागवण्डामा गएर टुङ्गनिे र माओवादीले यसैलाई राष्ट्रिय स्वाधीनता मान्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । यस कुरालाई कसरी खण्डन गर्नुहुन्छ?
भन्न त जसले जे पनि भन्छन् । यो आरोप आन्दोलनलाई एउटा सम्झौता वा सत्ता प्राप्तिसंग मात्र जोडेर हर्ेर्ने र त्यस्तै व्यवहार प्रस्तुत गर्दैआएका राजनीतिक दलहरूले फैलाएको हल्ला मात्र हो र आत्मर्समर्पणवादी सोचबाट निर्देशितहरूको कुविचार मात्र हो । हाम्रो आन्दोलनको इतिहासमा हामी कुनै प्रकारको सम्झौतामा गएर आन्दोलन टुङ्गाएका छैनौं । संसदीयकालमा २०४९ सालमा जसरी राष्ट्रियताको आन्दोलन बढायौं त्यसलाई जनयुद्धकालभरि नै आत्मसात गर्यौं र अहिले पनि त्यसैमा दृढ छौं । जनयुद्धकालदेखि अहिलेसम्म हामीले राष्ट्रियता र जनतन्त्रलाई एक अर्काको पर्यायवाची बनाएर हिंड्यौं, हिंडिरहेका छौं । यसबीचमा कहिले जनतन्त्रको सवाल अगाडि आयो होला त कहिले राष्ट्रियताको सवाल । तर यो दर्ुइटालाई छोडेर हामी कहिल्यै पनि अगाडि बढेनौं र यो विषयलाई छोडेर जान पनि हुन्न । राष्ट्रियता र जनतन्त्रमध्ये कुनै एउटा कहिल्यै पनि प्रधान बनेन । घटनाक्रमहरूमा कहिले कुन अगाडि त कहिले कुन अगाडि मात्रै भएको हो ।
हामीलाई राष्ट्रियताका सवालमा लाञ्छना पनि लगाउने गरिएको छ । कतिपयले माओवादीले सरकारमा बसेका बेला यस षियमा केही पनि बोलेन वा गरेन भन्ने पनि सुनिन्छ । यसलाई म तथ्यहरूको अध्ययन नगरी बोलिएको कुरा मात्र भन्दछु । हामीले सरकारको नेतृत्व गरेपछि हाम्रा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेलामा २२ बुँदे सहमति बनेको छ । ती बुँदाहरूमा प्रष्टै देखिन्छ कि नेपाल र नेपाली जनताको स्वाभिमानमाथि आँच आउने असमान सन्धि-सम्झौताहरू पुनरावलोकन गरिनर्ुपर्छ । त्यसलाई पुनर्लेखन गरिनर्ुपर्छ । सन्तुलिन व्यापारको सहमति गर्नुपर्छ लगायतका विषयवस्तुहरूलाई हामीले दह्रोसंग उठाएका छौं । त्यो दस्तावेजकै रुपमा र्सार्वजनिक छ र त्यसलाई गहिरोसंग अध्ययन गरे हुन्छ । हामीलाई के लाग्छ भने यस्तो किसिमको काम यसअघि कुनै पनि पार्टर्ीी गरेका छैनन् । हामी सरकारमा हुँदा राष्ट्रियताका विषयमा हामीले कहिल्यै पनि सौदावाजी गरेनौं । हामीले थोरै मात्र त्यतातिर सोचेका भए हामी यतिबेला सरकारकै नेतृत्व गरिरहेका हुन्थ्यौं । नेपाली जनताको र्सार्वभौमिकता, जनतन्त्र र राष्ट्रिय स्वाभिमानमा आँच आउने ढङ्गले हामीले सम्झौता गरेका भए हामीले सरकार छाड्नुपर्ने थिएन ।
मान्छेले भन्ने एउटा कुरा हो र व्यवहारमा देखिने अर्को कुरा हो । आत्मर्समर्पणवादीहरूले सधैं देख्ने कुरा भनेको कर्ुर्सर्ीीै हो । आफ्नो चरित्र जस्तो छ अरुलाई पनि त्यस्तै देख्ने हो । हरियो चश्मा लगाए हरियै देखिन्छ र पहेंलो लगाए पहेंलै देखिन्छ । उनीहरूको आत्मर्समर्पणवादी चिन्ता, दृष्टिकोण र प्रवृत्तिले सबैलाई त्यस्तै देख्छन् । उनीहरूको एजेण्डा सत्ता र कर्ुर्सर्ीीएको हुनाले हामीलाई पनि त्यस्तै आरोप लगाइराखेका छन् । त्यसकारण व्यवहारबाट जे कुरा देखिएको छ त्यसलाई आत्मसात गर्नुपर्छ । हामी कहिल्यै पनि सत्ता, कर्ुर्सर्ीी पदको निम्ति राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई सौदावाजीमा लाँदैनौं र त्यसरी जान मिल्दा पनि मिल्दैन । त्यस्तो कामका लागि हाम्रो चरित्रले पनि दिँदैन र नेपाली जनताको 'म्याण्डेट'ले पनि दिँदैन । नेपाली जनताको बीचमा हामीले गरेको प्रतिवद्धताले त्यस्तो ठाउँमा पुग्न कुनै हालत र अवस्थामा हामी सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल विशेषकोभन्दा पनि आम जनताको साथ छ । जनताको यो साथले नै हामी सफल हुन्छौं र जनतालाई स्वाधीन बनाउने एउटा आधार तयार भैसकेको छ ।
० त्यसो भए असंगठित रुपमा राष्ट्रियताको आन्दोलन गरिरहेका नेपाली जनताहरू अब संगठित भएर संर्घष्ामा उत्रनसक्ने भए भन्दा हुन्छ त?
एकदम सकिन्छ । राजनीतिक रुपमा एउटा आधार तयार भैसक्यो । यो राष्ट्रिय एजेण्डा नै बनिसकेको छ । हाम्रो आन्दोलनको विरोध गर्नेहरू समेत चुप लाग्न वाध्य भएका छन् । सबैलाई राष्ट्रिय स्वाधीनताको पक्षमा ल्याउन हामी सफल भएका छौं । ढिलो-चाँडो सबै यही बाटोमा आउनर्ुपर्छ । हिजो हामीले संविधानसभाको निर्वाचन गर्ने कुरा उठाउँदा, गणतन्त्रका कुरा गर्दा कतिपयले 'बहुलाएको मान्छेले गर्ने कुरा' भन्थे । तैपनि यसले राष्ट्रिय एजेण्डाको रुप लियो र दुवै काम सम्पन्न भए । त्यसकारण यतिबेला राष्ट्रिय स्वाधीनताको मुद्दालाई हामीले आम नेपाली जनताको मुद्दा बनायौं । हामीले हाम्रो पार्टर्ीीे मात्रै कुरा गरेका छैनौं । हाम्रा हरेक एजेण्डाहरूलाई जनताको बीचमा लैजाने र जनताको साझा एजेण्डा बनाइदिने काम गरेका छौं । जनताको एजेण्डा बनिसकेपछि यसलाई चाहेर वा नचाहेर, सकारात्मक वा नकारात्मक, सके पनि नसके पनि यसमा अरूहरूलाई पनि सहभागी हुनुपर्ने स्थिति सिर्जना भएको थियो । त्यसले गर्दा राष्ट्रिय स्वाधीनताको आन्दोलनको आधारभूमि तयार भएको छ । राजनीतिक रुपमा राष्ट्रिय स्वाधीनताको आन्दोलन आम नेपालीको साझा एजेण्डा बनेको छ । सांगठनिक रुपमा यसलाई लैजान हामीले अलि मेहेनत गर्नुपर्ने भयो । तैपनि हामी सबै देशभक्त, गणतन्त्रवादीहरू, राष्ट्रिय स्वाधीनता चाहनेहरू, विदेशी हस्तक्षेपको विरोध गर्नेहरूलाई हामी संगठित गर्न सक्छौं र त्यसरी संगठित हुन्छौं भन्ने विश्वास छ ।
० तीन दलबीच त सहमति हुन सकेको छैन । कसरी सम्भव होला र?
ऐतिहासिक तथ्यहरूलाई हर्ेर्ने हो भने भारतलाई एउटा व्यापारिक संस्थाको रुपमा आएको 'इष्ट इण्डिया कम्पनी'ले कब्जा गर्यो । भारतमा कब्जा जमाइसकेपछि नेपाललाई पनि उनीहरूले खान खोजेका थिए तर नेपाली जनताको बहादुरीपर्ूण्ा प्रतिरोध गरेर पछिहट्न वाध्य पारे । नेपाली स्वाधीनताको रक्षा गरे । जस्तो कि सिन्धुलीगढीको लडाइँ, नालापानीको लडाइँ, चिसापानी गढीको लडाइँले राष्ट्रिय स्वाधीनता रक्षा गरेको मात्र होइन हाम्रो सीमा टिष्टा-काँगडासम्म पुर्यायो । यति मात्र होइन भारतले आफंैले नसकेर नेपालीहरू गएर अंग्रेजविरुद्ध लडेर भारतलाई स्वाधीन बनाउने काममा समेत सहयोग गरे । नेपाली जनताको यो बहादुरीपन, राष्ट्रियताप्रतिको सचेततालाई संगठित ढङ्गले अगाडि बढाउने विचार, योजना, कार्यनीतिको अभावले सफल हुन सकेको थिएन । अब एकीकृत नेकपा माओवादीले यसको नेतृत्व गर्छ र गरिराखेको छ । यो नेतृत्वमा आम नेपाली जनता आउँछन् भन्ने कुरा वर्तमान अवस्थाले पनि पुष्टि गरिसकेको छ । राजनीतिक दलहरू पनि यो बाटोमा नआई सुखै छैन ।
० अंग्रेजसंगको युद्ध गरेको प्रसङ्ग उठिहाल्यो, अध्यक्ष प्रचण्डले सुगौली सन्धि पर्ूवको नेपालको दावी गर्नुभएको छ । यो प्रचारवाजी मात्रै हो कि स्पष्ट अडान हो ?
यथार्थता एउटा पक्ष हो भने अडान अर्कै पक्ष हो । सुगौली सन्धिपर्ूवको नेपाल यथार्थ हो । यो कुनै राजनीतिक अडानको विषय मात्र हुन सक्दैन । सन् १९५० को सन्धिका केही धाराहरू कार्यान्वयन हुँदा नेपाली जनता ठगिन पुगे । सन्धिको धारा ८ चाहिं कार्यान्वयनमा आएन । सुगौली सन्धि भारतसंग नभएर इष्ट इण्डिया कम्पनीसंग भएको हुँदा त्यो धारा कार्यान्वयनमा आएको भए सुगौली सन्धिबाट गुमेको नेपाली भूभाग भारतले फिर्ता गर्नुपथ्र्यो । सुगौली सन्धिको धारा ८ मा यो सन्धि कार्यान्वयनमा आएपछि यसअघि भएका सम्पर्ूण्ा सन्धि सम्झौताहरू स्वतः खारेज हुनेछन् भनिएपछि त्यसभित्र के के पर्छन् भन्ने कुरा सामान्य मान्छेले पनि बुझछन् । यसलाई कुनै प्रोपोगण्डा बनाउनुपर्ने अवस्था नै छैन- यो यथार्थ हो । त्यसले गर्दा १९५० को सन्धिमा भएका लिखित कुराहरूको सर्न्दर्भबाट हर्ेदा सुगौली सन्धिबाट गुमेको भूमि नेपालको हुन्छ ।
० यहाँले टिष्टा-काँगडाको सर्न्दर्भ उठाउनुभयो । राष्ट्रिय स्वाधीनताको सर्न्दर्भ आउँदा पृथ्वीनारायण शाहलाई स्मरण गर्नुपर्ने हुन्छ । यहाँले पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण र स्वाधीनताको रक्षाका लागि लडेको लडाइँलाई कसरी लिनुभएको छ?
हरेक पक्ष, घटना, काम र सिर्जनामा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । हामी क्रान्तिकारीहरूको सोच्ने तरिका एक किसिमको हुन्छ । पृथ्वीनारायण शाह आधारभूत रुपमा सामन्ती राजतन्त्रकै प्रतिनिधि हुन् । उनले आफ्नो सत्ता र राज्य विस्तार गर्ने कोसिस पनि गरेकै हुन् । तर एउटा विशाल राज्य बनाउन जसरी पृथ्वीनारायण शाह अगाडि बढे त्यसलाई हामीले सकारात्मक पक्ष मानेका छौं ।
क्रान्तिकारीहरूले मुख्यरुपमा आफ्नो लाइनबाट सकारात्मक पक्षहरूलाई हर्ेर्दै गएर नकारात्मक पक्षमा आक्रमण गर्ने हो । जस्तो दुश्मन, प्रतिक्रियावादी, विपरीत वर्गका मान्छेहरू छन् त्यसभित्रका नकारात्मक पक्षलाई हर्र्ेदर्ै सकारात्मक पक्षलाई ग्रहण पनि गर्र्छौं । उदाहरणका लागि नेपाली कांग्रेसलाई हामी दलाल नोकरशाही, पूँजीपतिवर्गको पार्टर्ीीो भन्छौं । आधारभूत रुपमा हाम्रो लडाइँ त तिनीहरूसंग पनि हो । तर पनि त्यसभित्रको कतिपय सकारात्मक पक्ष -प्रजातान्त्रिक चरित्र)लाई ग्रहण गरेर राजतन्त्रविरुद्ध लड्नका लागि मिलेर गयौं । त्यस्तै पृथ्वीनारायण शाहको सवालमा पनि त्यही हो । राजा वीरेन्द्रको सवालमा पनि हाम्रो हेर्राई त्यही हो । आधारभूत रुपमा उनी सामन्त नै हुन्, जनतालाई सधैं दमनमा राखेर आफ्नो सत्ता बचाउनका निम्ति क्रियाशील रहे । तर व्यक्तिगत हिसाबले उनमा राष्ट्रवादी भावना थियो र त्यसको कदर गरेर हामी अगाडि बढ्न सक्नर्ुपर्छ भन्यौं ।
पृथ्वीनारायण शाहलाई हर्ेर्ने हाम्रो दृष्टिकोणमा पनि सकारात्मक पक्षहरू रहेका छन् । उनले जनताको लडाइँ लडे र विजय प्राप्त गरे । जनताको साथमा लडाइँ नलडेको भए उनले विजय प्राप्त गर्ने थिएनन् । हामीले पनि १० वर्षम्म जनताको साथमै जनयुद्ध गरेका थियौं, होइन भने हामी यहाँसम्म आइपुग्ने थिएनौं । भोलि पनि कुनै एजेण्डालाई जनताको एजेण्डा बनाएर जनतालाई साथ लिएर जान सकियो भने त्यो लडाइँ जितिन्छ भन्ने हाम्रो मान्यता र विश्वास हो ।
जनता नै अजय शक्ति र इतिहास निर्माण गर्ने शक्ति हुन् । त्यसकारण हामी जनतामा विश्वास गर्ने र हरेक विषयवस्तुलाई जनताको एजेण्डाको बनाएर जाने हुनाले पृथ्वीनारायण शाहलाई पनि त्यसरी नै मूल्यांकन गरेका छौं । पृथ्वीनारायण शाहले दरबारमा बसेर युद्ध संचालन गरेनन् । उनी जनतासंगै मैदानमा उत्रिए । जनतालाई साथ लिएर लडे । टुक्रा टुक्रामा विभाजित देशलाई एकीकरण गरे तर आधारभूत रुपमा एउटा सामन्ती राज्यसत्ताको जग पनि बसाले । इतिहासलाई यसरी पनि मूल्यांकन गर्नुपर्छ ।
० आन्दोलनको लक्ष्य र उद्देश्यमै अलमल छ भन्ने विश्लेषण भैरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?
हामीले जसरी राजनीतिक आन्दोलन गरिराखेका छौं त्यो आन्दोलनको लक्ष्य साम्यवाद हो तर हामी अहिले पूँजीवादी क्रान्ति गर्दैछौं । गणतन्त्रको आन्दोलन कम्युष्टिहरूले गर्नुपर्यो । भोलि जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि पनि एउटा प्रक्रिया मिलाएर जानुपर्ने हुन्छ । त्यसै गरी राष्ट्रियताका सवालमा पनि १९५० लगायतका कोशी, गण्डक, महाकाली सन्धि सम्झौताहरूलाई नेपाली जनताको पक्षमा पार्दै नेपाली जनताको चेतना र राष्ट्रभावको अभिवृद्धि गरी संगठित शक्तिको निर्माण गरिसकेपछि हामी त्यहाँ जान सक्छौं र जानर्ुपर्छ भन्ने मान्यताका साथ यो विषयलाई अहिले खुला गरेका हौं । हामी हाम्रो लक्ष्य र गन्तब्यमा स्पष्ट छौं ।
० कतिपयले त माओवादीको आन्दोलनकै कारण तोकिएको समयमै संविधान पनि नबन्ने र शान्ति प्रक्रिया निष्कर्षा पनि पुग्दैन भनिरहेका छन् । यसलाई कसरी लिनुभएको छ - सबभन्दा ठूलो दल र शान्ति प्रक्रियाको एउटा अङ्ग भएको कारणले पनि जिम्मेवारी पनि तपाईहरूकै बढी हुनुपर्ने होइन र ?
तपाईले एकदम सही कुरा उठाउनुभयो । हामीमा संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउनर्ुपर्छ भन्ने जिम्मेवारीबोध भएकै कारणले आन्दोलनमा उत्रिएका हौं । यतिबेला हामी खोर्सर्ाा पिस्दाको अवस्थामा छौं । तरकारी स्वादिष्ट बनाउन खोर्सर्ाा पिस्नर्ुपर्छ तर हात पोल्छ । घरमा आगो बाल्दा धुवा हुन्छ तर त्यसले न्यानो दिनुका साथै खाना तयार हुन्छ । अहिलेको अवस्था यस्तै हो । यसो हर्ेदा आन्दोलनजस्तो देखिए पनि यसको आधारभूत पक्ष भनेको संविधान नबनाउने र शान्ति प्रक्रियालाई भाँड्ने क्रियाकलापहरू जुन रुपमा बढ्दै गएको छ यसलाई तोड्नु हो । यसलाई तोड्नका निम्ति आन्दोलन बाहेक अर्को विकल्प नभएको कारणले गर्दा जनताले भनेजस्तो संविधान बनाउन र दिगो शान्ति कायम गरी दर्ीघकालीन ढङ्गले अशान्तिको हल गर्नका निम्ति हामीले यो आन्दोलन चलाएका हौं भन्ने कुराको पुष्टि केही समयपछि हुनेवाला छ । हाम्रो आन्दोलनलाई आधारभूत रुपमा स्वीकार गरेर जाने हो भने केही समयपछि नै माओवादी आन्दोलनका कारण मुलुकमा कायापलट हुनेवाला छ भन्ने कुरा स्वीकार गर्न सबैलाई कर लाग्छ । मिडियाका साथीहरू आन्दोलनलाई त्यो रुपमा हेरिदिएदेखि राम्रो हुन्थ्यो भन्ने हाम्रो भनाइ हो ।
प्रस्तुति ः यादब देवकोटा