Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 10:46am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
राजनीतिक निर्ण्र्ााछिटो पनि हुनसक्छ र केही ढिलो पनि
Friday, 11.30.2007, 02:01pm (GMT+5.5)

राजनीतिक निर्ण्र्ााछिटो पनि हुनसक्छ र केही ढिलो पनि
- रामबहादुर गुरुङ, विधायक- व्यवस्थापिका संसद्

लमजुङ जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फाट २०५६ सालको आमनिर्वाचनमा विजयी हुनुभएका रामबहादुर गुरुङ व्यवस्थापिका संसद्का विधायक हुनुहुन्छ । सरल र स्पष्ट वक्ताका रुपमा परिचित विधायक गुरुङ यसअघि राज्यमन्त्री र सहायक मन्त्री हुनुभएको थियो । वर्तमान समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रित रहेर विधायक गुरुङसंग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

मुलुकमा सुरु भएको शान्ति प्रक्रिया तुहिन लागेको हो ?
वास्तवमा शान्ति नतुहाउने भनी नेपाली कांग्रेस लागिरहेको छ । यद्यपि मुुलुकमा भयको वातावरण अन्त्य हुन सकेको छैन । झन् थपिने सम्भावना छ । यस्तै अवस्था कायम रहेमा मुलुकमा विकराल परिस्थिति पनि आउनसक्छ ।

कांग्रेस अब संसद्मा कसरी प्रस्तुत हुदैछ त ?
नेपाली कांग्रेस मात्र भन्नुभन्दा पनि अन्तरिम संविधानअनुरुप सबै अगाडि बढ्नर्ुपर्छ । गत असारमा चुनाव सर्‍यो, त्यो पनि सहमतिमा । किनकि त्यतिबेला ऐन कानुन बनिसकेका थिएनन् । साउन भदौमा मात्र ऐन कानुन पास भएका हुन् । त्यतिबेला सबै थिए । एकपटक पारित गरेर सहमति गरेको दस्तावेजमा सबै प्रतिवद्ध हुुनर्ुपर्छ । त्यसो नहुने हो भने हरेक समय विमति हुन्छन् र त्यसलाई भत्काउने अवस्था सिर्जना हुन्छ । त्यो स्थिति पुनः दोहोरिन दिन हँुदैन । त्यसले मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाउछ । नाफा नोक्सानीको कुरा भन्दा पनि साझा सहमतिलाई अवमूल्यन गर्नुहुँदैन भनी हामीले भन्दैआएका छौं ।

कांग्रेसले गणतन्त्र र पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीको विरुद्धमा जानर्ैपर्छ भन्ने कुरा गरिरहेको छ नि ?
पर्ूण्ा समानुपातिक कुरा मात्र हैन जातियतामा जानर्ुपर्छ भन्ने कुरा आइरहेको छ भने पुरानो जनगणनाले हुँदैन र नयाँ जनगणनामा जानर्ुपर्छ भनिएको छ । अहिले नेपालमा एक सय एक जात छन् । यसरी हर्ेदा नेपाललाई कतिवटा टुक्रा बनाउने भन्ने प्रश्न उब्जन्छ । यसतर्फसचेत हुनर्ुपर्छ ।

जनजातिको हिसाबले तपाईंले किन त्यस्तो भन्नुहुन्छ ?
मैले यसबारे पटकपटक आवाज उठाएको नै छु । तर, जातीय हिसाबले हरेकलाई राज्य दिन र सरकार बनाउनु हुँदैन भनेर पनि मैले नै बताउँदै आएको छु । किनकि नेपालको पर्रि्रेक्ष्यमा यो सम्भव देखिंदैन । नेपाल सानो मुलुक छ र धेरै जातीहरु यहाँ छन् ।

अब मुलुकले गणतन्त्र खोजेको होइन भन्ने कांग्रेसको निर्ण्र्ााहो ?
विल्कुल होइन ।

के हो त ?
नेपाली कांग्रेसले के चाहेको छ भन्ने कुरा स्पष्ट भैसकेको छ । त्यो कुरा न गिरिजाप्रसाद न रामबहादुर, कसैले पनि संशोधन गर्नै सक्दैनन् । कांग्रेसको आधिकारिक संस्था भनेको महासमिति हो र त्यसैले पास गरेको विषयलाई अझै शंका उपशंका गर्नु बेकार हो ।

महासमिति एकातिर र र्सवसत्तावादी चरित्रको कांग्रेसको इतिहासले त्यसको पुष्टि गर्छ र ?
भन्न त धेरै कुरा भनिन्छ । तर, इतिहास, गौरव र राजनीतिक रुपमा राष्ट्रिय अन्तर्रर्ााटय रुपमा कांग्रेसको छवि र गन्तव्यले विभिन्न तर्कहरु स्वाभाविक रुपमा आउँछन् । वास्तवमा मुलुकलाई राजनीतिक निकास दिनका लागि कांग्रेसले जहिले पनि महत्वपर्ूण्ा भूमिका खेलेको छ र अहिले पनि त्यही रुपमा नयाँ नेपाल बनाउन अग्रसर भैरहेको छ । यसलाई गलत अर्थ लगाएर व्याख्या गर्नु धृष्टता मात्र हुनेछ ।

जुन किसिमले राजनीतिक सहमति भएको थियो, त्यो सहमति र जनआन्दोलनको म्यान्डेट एउटा गन्तव्यमा छ भने सात पार्टर्ीीे गन्तव्य अर्कैतर्फदेखिएको छ, यसले मुलुक कुन दिशामा जाने हो भन्ने त अनिश्चित भयो नि, हैन र ?
यो नै छलफल र बहसको विषय छ । एउटा सहमति गर्ने र त्यसको कार्यान्वयन नगरी अर्को विषय उठाउने कार्यले अनिश्चितता थपिएको हो । अहिले माओवादीले अगाडि सारेका दर्ुइ वटा प्रस्ताव अरु सबै पार्टर्ीी मान्नेवित्तिकै अर्को व्यवधान खडा हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन । पहिला सहमति गर्दा उनीहरुले के हेरेका थिए र अहिले फरक कुरा गर्दैछन् - यस किसिमका विषय फरक पार्टर्ीी फरक समयमा ल्याउन सक्दैनन् भन्ने विश्वास छैन । त्यसैले एउटा सहमतिमा पुगिसकेको र राज्यले निकास पाउने भनेको संविधानसभाको निर्वाचन नै हो ।

अन्ततोगत्वा जनमतका लागि निर्वाचनमा जानैपर्ने हुन्छ । जनमतमा जाने बाटो भनेको निर्वाचन नै हो । तर, त्यसमा जानका लागि अनेक किसिमको व्यवधान खडा गर्ने र सहमति विपरित जाने अनि थप सहमति गर्न खोजेर त समाधान निस्कँदैन । यसबारे जनताप्रति उत्तरदायी दलहरुले विचार पुर्‍याउनर्ुपर्छ । अहिलेको परिस्थितिमा पनि भैरहेको त्यही हो, यसलाई त्यसरी नै बुझ्नुहोस् ।

अहिलेको राजनीतिक गतिविधिले ००७ सालदेखि भनिंदै आएको र अहिले पनि भनिएको संविधानसभा निर्वाचन घटनाक्रमले नेपालको लागि अफाप भएको तर्क गरिन थालेको छ, तपाईं के भन्नुहुन्छ ?
निर्वाचन नै हुँदैन भन्ने तर्क सान्दर्भिक होइन । संविधानसभाको निर्वाचन जसरी पनि गराउनर्ुपर्छ, त्यसैमा सबै केन्द्रित हुनर्ुपर्छ पनि । यस्तो बेला निर्वाचन हुँदैन भनी अनेक किसिमका तर्क गर्नुले कुनै तुक राख्दैन ।

निर्वाचन गर्ने कांग्रेसको बोली र आन्तरिक विचार फरक रहेको पनि कुरा गरिन्छ नि त ?
यसबारे हल्का टिप्पणी गर्न हुँदैन । व्यवहारिक रुपमा को कति सतहमा छ भन्नेतर्फसबैले मूल्यांकन गर्नुपर्छ । नेपाली कांग्रेस कहिल्यै निर्वाचनको विपक्षमा छैन । बरु, निर्वाचनलाई अल्मल्याउन खोज्नेहरुलाई चुनावमा जान बाध्य गराउन नेपाली कांग्रेसले कसरत गरिरहेको छ । विद्यमान राजनीतिक घटनाक्रमहरुले पनि त्यही देखाइरहेको स्पष्ट छ नि । बरु निर्वाचन नगर्नका लागि कसले रोर्डर्ेइ झिकेको छ भन्ने र्छलङ्ग नै छ ।

तर, जेठ, असार हुँदै मंसिरसम्म त सहमतिमै सारिंदै आएको हो नि ?
ऐन नियमविना कुनै पनि मुलुकमा केही पनि हुन सक्दैन । निर्वाचन ऐनदेखि त्यससम्बन्धि थप ऐन त्यतिबेला आएको थिएन । भदौमा आएर त्यस्तो ऐन पास भएको थियो । अहिले सबै कुरा भैसकेको परिस्थितिमा किन निर्वाचनमा जान सकिएको छैन भन्ने कुरा जनताले बुझेका छन् र बुझ्नर्ुपर्छ । फेरि पनि सहमति विपरीत थप सहमति गर्न खोजिएको छ ।

यहाँनिर नेपालका जुनकुनै राजनीतिक नेताहरु दूरदर्शी छैनन् र तीन महिनापछि हुने परिस्थितिलाई पनि आंकलन गर्न नसकि निर्ण्र्ाागरी अपरिपक्वता पर््रदर्शन गर्छन् भनी निष्कर्षनिकाल्न मिल्छ ?
निष्कर्षनिकाल्नेले कस्तो निर्ण्र्ाानिकाल्नुहुन्छ, त्यो उहाँहरुकै कुरा हो । तर, राजनीतिक निर्ण्र्ााखुला किताब जस्तै छ । हिजो र आजको परिस्थितिका सम्बन्धमा जनताले स्पष्ट रुपमा बुझेका छन् । नेपाली कांग्रेसले छिनछिनमा अर्थात् विहान एउटा कुरा र बेलुका अर्को कुरा कहिल्यै गरेन जसका कारण नेपाली कांग्रेसको पक्षमा जनमत छ । त्यसैले अहिले को अपिरिपक्व र अदूरदर्शी भन्नुभन्दा पनि कसले देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने भन्ने विषयमा गम्भीर भएर सोच्नर्ुपर्छ ।

सैद्धान्तिक रुपमा राजनीतिक दलका क्रियाकलाप किन त्यस्तो हुन सकेको छैन त ?
विभिन्न उद्देश्य र मान्यताका सिद्धान्त लिएर हिंडेका दलहरु नेपालमा छन् । ती सबै दलबीच सहमति हुनु सहज छैन । यद्यपि पनि साझा सहमतिमा अगाडि बढ्ने कसरत भैरहेको छ । त्यसैका आधारमा संविधानसभा निर्वाचन गर्ने भनिएको हो । यो पर्रि्रेक्ष्यमा अदूरदर्शिता भनी रहनु सान्दर्भिक हुन्न र कम्बलमा सातु मुछेझैं सबैलाई एकै ठाउँमा मुछ्न पनि मिल्दैन । इतिहासले यसबारे व्याख्या गरेको छ र पछि पनि गर्ने नै छ ।

सबै कुरा इतिहासलाई छोडेर मुलुक संकटमा पुगिसकेपछि राष्ट्रियताको प्रश्न कहाँँनिर रहन्छ र ?
एउटै दलको विषयमा मात्र होइन कि सबै दल जिम्मेवार छन् र जनताप्रति सबै उत्तरीदायी हुनर्ुपर्छ । तर, जनताको दुहाई दिएर हलो अड्काउने काम गरिन हुँदैन ।

इतिहास र वर्तमानसम्म निर्ण्ाायक पार्टर्ीीे रुपमा कांग्रेस रहेको परिस्थितिमा मुलुकलाई निकास दिन किन सकिएको छैन त ?
अहिलेको संसद्, सरकारको संरचना तथा त्यसको संचालन विधिका बारेमा आमरुपमा सबै विज्ञ छन् । यो बहुमतको सरकार होइन । त्यसैले नेपाली कांग्रेसको एक्लो प्रयासले मात्र निकास निस्केन भन्नु अपूरो विश्लेषण हो । जनआन्दोलनदेखि अन्तरिम सरकारको नेतृत्वसम्म पुग्दा र वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली कांग्रेसले निकासको अहं भूमिका निर्वाह गरिरहेको छ ।

सहमति कायम गर्न किन सकिएको छैन त ?
यस सम्बन्धमा पहल भैरहेको छ । निदाएकोलाई विउँताउन सजिलो हुन्छ, तर आँखा चिम्लेर निदाएझैं गर्नेलाई विउँताउन कठिन हुन्छ । अहिले पनि त्यस्तै भइरहेको छ । केही दलहरुको भूमिका यस्तै रुपमा प्रस्तुत भैरहेको छ । यद्यपि सहमतिका लागि पहल भैरहेको तपाईंहरुले देख्नुभएको नै छ ।

माओवादीले अहिले उठाएका कुरा यसअघिका सहमति भएको बेला उठाएको भए, एउटा निष्कर्षनिस्कन्थ्यो । तर, त्यतिबेला उनीहरुले के देखेर कुरा उठाइएनन् - त्यतिबेला पनि राजा थिए र अहिले पनि राजा रहेको परिस्थिति छ । पटक पटक फरक सहमति गर्न खोजिरहने हो भने त्यसले निकास दिंदैन र दोषी पनि माओवादी नै हुनेछ ।

सात दलको एकता टुट्न लागेको हो ?
होइन । एकता टुट्ने कुनै सम्भावना छैन ।

माओवादीले सरकार छोडे, अब संसद् पनि छोड्दैछौं भनेका छन् नि ?
हैन, हालै मात्र माओवादी अध्यक्ष प्रचण्डले संसद् पनि हाम्रो मोर्चा हो, त्यसैले हामी सदन छोडेर बाहिर जाँदैनौं, त्यस्तो भ्रममा कोही नपर्नु भनी बोल्नुभएको छ । यर्सथ नेतृत्वको भनाइलाई त विश्वास गर्नुपर्‍यो नि, हैन र - उहाँको कुरा नै अविश्वसनीय हुन्छन् भने त कसले के भन्न सक्छ र ।

एकता पनि टुटेको छैन भन्ने र निकास पनि ननिकाल्ने कस्तो गाँठो कसिंएको हो ?
निस्कर्षनिस्केको छैन र निस्कंदैन भनेर निरास हुनुपर्ने अवस्था छैन । दलहरुबीच र संसद्मा पनि यसबारे छलफल भैरहेको छ । औपचारिक र अनौपचारिक रुपमा सहमतिका लागि प्रयास भैरहेको छ । छलफल र निष्कर्षा लागि अगाडि बढिरहेको बेला थप कुरा गर्नु छिटो हुन्छ ।

कांग्रेस वामपन्थीसंग मिलेर पनि फेरि घोर दक्षिणपन्थीसंग हिंड्न खोजेको विश्लेषण गरिएका छन्, किन ?
विश्लेषण गर्नेहरुले कुन रुपमा विश्लेषण गरेका छन् भन्दा पनि कांग्रेस कुन रुपमा अगाडि बढिरहेको छ भन्ने कुरा मुख्य हो । पार्टर्ीी औपचारिक रुपमा के भनिरहेको छ र निर्ण्र्ााके गरेको छ, त्यसलाई हर्ेर्नुपर्छ ।

अहिलेको परिस्थितिमा संविधानसभा निर्वाचन पर सारिंदा राजालाई फाइदा भएको छ कि छैन भन्ने कुरा बुझ्नु जरुरी छ । जबकि नेपाली कांग्रेसले निर्वाचन जसरी पनि गराउनर्ुपर्छ भनिरहेको छ । यसले नै नेपाली कांग्रेस कता हिंडिरहेको छ भन्ने स्पष्ट गर्दछ ।

निर्वाचनपछिको संसद्को पहिलो बैठकले राजाको बारेमा निर्ण्र्ाागर्ने सहमति भएको हो । कांग्रेस, माओवादी, एमाले लगायतका दल सबै गणतन्त्रमा जाने भनेपछि ९० प्रतिशतभन्दा बढी मतले राजाको बारेमा वैधानिक निर्ण्र्ााहुन्छ । तर, वैधानिक निर्ण्र्ाााई रोक्ने कार्य भैरहेको छ । त्यसैले प्रतिगमनलाई कसले फाइदा पुर्‍याइरहेको छ भन्ने कुरा जनताले बुझ्नर्ुपर्छ र बुझेका पनि छन् ।

यसको अर्थ माओवादीले प्रतिगमनलाई सहयोग गरिदिएको छ भन्न खोज्नु भएको हो ?
माओवादीले गरेको हो कि होइन भन्ने त घटनाक्रमले नै पुष्टि गरेको छ । मुलुकको निकासका लागि सात दलले के गरिरहेका छन् र के हुँदैछ भन्ने बारे त नागरिक समाज, पत्रकारलगायत विश्वले हेरिरहेको छ नि । यस्तो परिस्थितिमा थप भनिराख्नुपर्ने आवश्यकता मैले देखेको छैन ।

यथार्थमा निकास निस्कन किन नसकेको हो त ?
मैले अघि पनि भने कि छलफल र बहस सबै दलबीच भैरहेको छ । निकास नखोजिएको भए यसरी छलफलमा जुटिने नै थिएन । निराश हुने अवस्था भैसकेको छैन ।

संविधान अनुसार मंसिर र यो वर्षपनि निर्वाचन नभएमा अर्को व्यवस्था हुने सम्भावना नभएको बताइन्छ, त्यतिबेला संसद्को अस्तित्व पनि हराउने र संविधानसभाको निर्वाचन पनि नहुने परिस्थितिमा 'कू' हुने देख्नुभएको छैन ?
मुलुकमा तरल अवस्था रहेसम्म सबै सम्भावना रहेका नै हुन्छन् । यसो भन्दैमा नकारात्मक परिस्थिति नै सिर्जना हुन्छ भनेर विश्लेषण गर्न हुँदैन । र, सकारात्मक वातावरण बन्न सकेको छ भनेर ढुक्क हुने स्थिति पनि छैन । यर्सथ सम्भावनाहरु सबै छन् । त्यसलाई सकारात्मक गतिमा लैजान सबै दल सचेत हुनर्ुपर्छ । एउटा दललाई मात्र दोष दिएर अरु दल उम्कन खोज्नु जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व हुँदैन ।

अब कसरी अगाडि बढ्नर्ुपर्छ भन्ने लाग्छ त तपाईंलाई ?
सहज निकास निकाल्न नेताहरुले छलफल गरिरहेका छन् । र, सहज निकास ननिस्कि धरै छैन । पात्रोमा लेखेको लगनजस्तो यहीबेला सहमति हुन सक्छ भन्न सकिंंदैन । राजनीतिक निर्ण्र्ााछिटो पनि हुन्छ र केही ढिलाई हुन पनि सक्छ ।

माओवादीले सदनमा दर्ता गराएको पर्ूण्ा समानुपातिकको प्रस्ताव असफल गराउने भनिरहनुभएको छ नि तपाईंहरुहरुले हैन ?
प्रस्ताव असफल र सफल गराउनेभन्दा पनि प्रजातान्त्रिक प्रक्रिया र विधिबाट टुंग्याइनेछ । तर, सो प्रक्रियामा भरसक नजाने भन्ने प्रयास नेपाली कांग्रेसले गरेको छ ।

अब कांग्रेसको बहुमतले नपुग्ने परिस्थितिमा सांसद् किनबेच गर्ने इतिहास त दोहोरिंदैन
?
पहिलो कुरा त र्सवसम्मत हुँदैन भनी पर्ूवानुमान गरी निष्कर्षननिकालौं । सहमतिको विन्दु खोज्न गृहकार्य भैरहेको बेला त्यसो भन्न मिल्दैन । प्रक्रियामा पुग्दा के हुन्छ भन्ने कुरा पछि नै थाहा हुनेछ । संविधानसभा निर्वाचनको कुरा मुलुकको एजेण्डा हो । त्यो एजेण्डामा सबै दल सहमत हुनर्ुपर्छ र जनताको म्याण्डेट पूरा गर्नुपर्छ ।

प्रस्तुतिः ज्ञानहरि अधिकारी

- एकपटक पारित गरेर सहमति गरेको दस्तावेजमा सबै प्रतिवद्ध हुुनर्ुपर्छ । त्यसो नहुने हो भने हरेक समय विमति हुन्छन् र त्यसलाई भत्काउने अवस्था सिर्जना हुन्छ ।

- कांग्रेसको आधिकारिक संस्था भनेको महासमिति हो र त्यसैले पास गरेको विषयलाई अझै शंका उपशंका गर्नु बेकार हो ।

- माओवादीले अगाडि सारेका दर्ुइ वटा प्रस्ताव अरु सबै पार्टर्ीी मान्नेवित्तिकै अर्को व्यवधान खडा हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन । पहिला सहमति गर्दा उनीहरुले के हेरेका थिए र अहिले फरक कुरा गर्दैछन् - यस किसिमका विषय फरक पार्टर्ीी फरक समयमा ल्याउन सक्दैनन् भन्ने विश्वास छैन ।

- अहिले सबै कुरा भैसकेको परिस्थितिमा किन निर्वाचनमा जान सकिएको छैन भन्ने कुरा जनताले बुझेका छन् र बुझ्नर्ुपर्छ ।

- त्यतिबेला पनि राजा थिए र अहिले पनि राजा रहेको परिस्थिति छ । पटक पटक फरक सहमति गर्न खोजिरहने हो भने त्यसले निकास दिंदैन र दोषी पनि माओवादी नै हुनेछ ।

- पात्रोमा लेखेको लगनजस्तो यहीबेला सहमति हुन सक्छ भन्न सकिंंदैन । राजनीतिक निर्ण्र्ााछिटो पनि हुन्छ र केही ढिलाई हुन पनि सक्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
संविधानसभाको निर्वाचन नहुने हो कि भनेर आशंका गर्नु पर्दैन राजेन्द्र श्रेष्ठ (10.09.2007)
नेपाली कांग्रेसलाई निर्वाचनमा जानु कुनै अप्ठयारो छैन (10.01.2007)
अझै पनि जनयुद्धको धङधङी र दम्भ छसुरेन्द्र पाण्डे- केन्द्रीय सदस्य नेकपा एमाले (09.29.2007)
त्रिविलाई विशुद्ध प्राज्ञिक केन्द्र बनाउनुपर्छ प्रा.डा. माधवप्रसाद शर्मा (09.29.2007)
गणतान्त्रिक दृष्टिकोण भनेको वामपन्थी धार होइनअर्जन नरसिंह केसी (09.29.2007)
संविधानसभा चुनावको महत्वपर्ण् अवसरमा व्यापक सहमति कायम गर्नुपर्छकृष्णगोपाल श्रेष्ठ (09.29.2007)
आठ दलले जनताप्रति उत्तरदायित्व महसुस गरेका छैनन् (09.28.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]