Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 06:48am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
केही हदसम्म पुरानो संसद्ले पनि काम गरेको छ
Friday, 11.30.2007, 03:07pm (GMT+5.5)

रामबाबु पौडेल रामेछापर

वर्तमान राजनीतिक अवस्था एक छिनपछि के हुन्छ भनी बुझ्न कठिन हुने किसिमको छ । यसबाट देशले कहिले निकास पाउँछ भन्ने बारेमा हामी र्सवसाधारण अनभिज्ञ नै छौं । यद्यपि संविधानसभा निर्वाचन भएमा निकास हुन्छ कि भन्ने आशा छ । सदियौंदेखि पिल्सिएका र पिछडिएका जनतालाई उचाल्ने संविधान बनाउनपर्ने आवश्यकता रहेकोले संविधानसभा निर्वाचन हुनुपर्ने आवश्यकता रहेको हो र गरिनर्ुपर्छ भन्ने मलाई लाग्छ ।

यतिखेर आठ राजनीतिक दलले आपसमा मतभेद देखाएर नेपाली जनतालाई भ्रम सिर्जना गरिरहेका छन् । यस्तो कार्य नहोस् र आठ दलको जुन गठबन्धन छ, त्यो अझ बलियो भएर जनआन्दोलनमा संलग्न जनताको इच्छालाई पूरा गर्नतर्फलागोस् भन्ने मेरो शुभकामना छ ।

जितसिङ भण्डारी इतिहासकार, कंचनपुर

नेताहरुको स्वार्थका कारण अहिले नेपालको राजनीति तरल भएको छ । जनताप्रति दायित्वबोध गरेको भए अहिलेको जस्तो अवस्था आउने थिएन । यस्तो परिस्थितिमा संविधानसभाको चुनावका सम्बन्धमा चर्चा भैरहेको छ । जनताबाट चुनिएर आएका प्रतिनिधिले राजा फाल्ने वा नफाल्ने भन्ने कुरा संसद्बाट पारित हुने कुरा हो । केही हदसम्म पुरानो संसद्ले पनि त्यो काम गरेको छ । तर, अहिले जनताबाट हामी कतै पराजित त हँदैनौं भन्ने डरमा केही राजनीतिक दल रहेका छन् । अहिले गणतन्त्रको संकल्प प्रस्ताव पास भएको छ । मनोनित संसद्ले पास गरेको कार्य सबै पर्ूण्ा हुन्छन् भन्ने छैन । टिका लगाइएको संसद् भन्दा पनि संविधानसभाको चुनाव अनिवार्य छ । त्यो कार्य छिटो हुनर्ुपर्छ ।

वास्तवमा जनता अशिक्षित भएकोले राजनीतिक दलले धोका दिइरहेका छन् । जनताको काम नगर्ने र धोका दिने हो भने हामी जनताले उनीहरुलाई भोट दिन हुँदैन । त्यसैले देश र विदेशको परिस्थितिलार्य मध्यनजर गरेर अगाडि बढ्नर्ुपर्छ ।

विद्यमान अशान्तिपर्ूण्ा अवस्थाले देशमा सरकार र दल निरीह भएको स्पष्ट गरेको छ । यो परिस्थितिमा दलका नेताले जुन किसिमको हौवा पिटिरहेका छन्, त्यो सम्भव होला भन्ने मलाई लागेको छैन । मत प्रयोग गर्न नपाएसम्म चुनावको कुरा हौवा नै हो कि भन्नेजस्तो भएको छ ।

रजन केसी स्ववियू सदस्य शंकरदेव क्याम्पस

१२ बुँदे सम्झौतापछि नेपाल जुन बाटोमा अग्रसर बनेको थियो, त्यो गन्तव्यतर्फबढ्ने क्रियाशीलतातर्फराजनीतिक नेताले कमजोरी देखिएका छन् । सत्ताकै राजनीतिमा दलहरु बढी केन्द्रित भएको देखिएको छ । अहिलेको अवस्थामा दलहरु आपसी असमझदारीमा रहनुले पुनरुत्थान र प्रतिक्रियावादी शक्तिहरुले स्थान पाउने सम्भावना देखिन्छ । त्यसो हुनु जटिल परिस्थिति सिर्जना हुनु हो । यसतर्फसचेत हुनर्ुपर्छ र समायोजनकारी रुपमा मुलुकलाई अगाडि लैजान सक्नर्ुपर्छ ।

अब चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा पनि शंकाको घेरामा रहेको छ । देशलाई समावेशीमा लैजाने र नयाँ नेपाल बनाउने भन्ने कुरा अझै पनि सातदलमा नै निर्भर छ । अहिलेको निकास भनेको सात दलको एकता हो, र सहमति कायम गरी संक्रमण कालको अवस्थालाई निकास दिन संविधानसभाको चुनाव हुनर्ुपर्छ ।

जुन एजेण्डामा अहिले सहमति कायम भएको छ, त्यसले सकारात्मक मार्ग बनाएको छ । वास्तवमा अहिले प्रक्रियाका कुरामा जसरी कुरा उठाइएका छन्, तिनमा विवाद नगरी मूल ध्येयतर्फलाग्नर्ुपर्छ । साधनमा विवाद गर्नुभन्दा साध्यतर्फलाग्नर्ुपर्ने जरुरी हुन्छ । नेताहरुलाई मेरो यही सुझाव छ ।

राजु थापा मगर ट्याक्सी ड्राइभर, रामेछाप

हामीले बोलेर के हुन्छ र - न नेताले सुन्छन् न त काम नै हुन्छ । जुनकिसिमका घटनाक्रम अहिले देखिएको छ, त्यसले हामीजस्ता जनतामा कुनै आशाको किरण देखाएको छैन । संविधानसभा हुन्छ र गरिब जनताको उत्थान हुन्छ भन्नेमा अझै रनभुल्लमा पर्नुपरेको छ । त्यसैले अब राजनीतिक दलले यस्ता कुरामा विचार पुर्‍याउनर्ुपर्छ । उनीहरुले मेलमिलाप गरी देशबाट गरिबी हटाइ देशको चौतर्फी विकास गर्नुपर्छ । यही मुख्य कुरा हो र नेताले पनि यही बुझुन् ।

कुशल पौडेल विद्यार्थी

बागचालको खेलमा नेपालको राजनीति देखिंदा जनताले धोका पाएको महसुस गरेका छन् । त्यसैले आआफ्ना अडान छोडेर संविधानसभा चुनाव गर्नुपर्छ । अनेक किसिमका नाटक नगरी देशमा देखिएको अन्योल परिस्थितिलाई निकास दिनर्ुपर्छ । संसद्मा भएको एकखालको सहमतिले केही हुन्छ कि भन्ने आशा लागेको छ । आशा निराशामा परिणत नहोस् भन्न चाहन्छु ।

प्रतीक पौडेल साना व्यापारी, काठमाडौं

वर्तमान राजनीतिक अवस्थालाई मेरो दिमाखले यही हो भनेर भन्न कठिन भए पनि देशमा अस्थिरता रहनु र जनतलाई अलपत्र पार्ने कार्य राम्रो होइन । आर्थिक विकासले कमजोर देश र मानसिक रुपमा दर्रि्र नेताले विकास हुँदैन र गन्तव्य पनि भेटिंदैन । अहिले त्यस्तै देखिएकोले देशमा संविधानसभाको चुनाव कसरी गराउलान् भन्ने जनतालाई लागेको छ । सात दलबीच भैरहेको विवादले झन् अन्योल सिर्जना गरेको छ । सहमतिमा एकवद्ध नहुनुले राजनीतिक दलले आफ्नो स्वार्थमा जनतालाई भुलाएका त छैनन् - भन्ने प्रश्न उठेको छ । त्यसैले यसको उत्तर नेताहरुले काम गरेर दिनर्ुपर्छ ।

दण्डिप्रसाद गौतम वखलढुंगा, साना व्यवसायी

अहिले देशको राजनीति जनआन्दोलनका बेला हामी जनताले सोचेजस्तो भएन । माथिल्लो स्तरका नेताहरुले केही गर्न सकेनन् । संविधानसभाको चुनाव हुन्छ कि हुन्न भन्ने पनि यकिन हुन सकेन ।

सरकारमा जान मात्र राजनीतिक दलले जे गरेका छन् त्यो जनताको भलो हुने किसिमको छैन । आठ दलको बेला बेलाको क्रियाकलापले पुनः पुरानो गतिमा त देश जाँदैन भन्ने शंका उब्जेको छ । त्यस्तो शंका निवारण गरी राजनीतिक दलले जनतालाई विश्वास दिलाउने काम गर्नुपर्छ ।

कृष्ण विश्वकर्मा मकवानपुर

जनचासोको विषय भए पनि नेपालको राजनीतिलाई हामीजस्ता जनताले बुझन् कठिन भएको छ । नेताहरु देशभन्दा पनि आफू ठूलो बन्न खोजेका छन् । राजनीति- सिद्धान्त भन्दा बाहिर गएकोजस्तो अनुभूति भैरहेको छ । संविधानसभाको चुनाव गर्ने भनेर प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेताले भनिरहेका छन् । तर, अहिलेसम्म त्यस्तो प्रयासभन्दा अरु कुरामा लागेको देखिन्छ । त्यसैले सबै कुरा गर्ने मात्र रहेछन् कि जस्तो भएको छ । सत्तामा लामोसमयसम्म बस्न पाइन्छ भन्ने धुनमा जनताप्रति अनुत्तरदायी हुँदा जनताले लोप्पा खुवाउन सक्छन् भन्नेमा दलहरु सचेत हुनर्ुपर्छ ।

दलहरु बीचको असहमतिले गर्दा मुलुक अन्योलमय बनेको छ । उनीहरु आफ्नै स्वार्थमा रहन्छन् भने जनतासंगको विश्वासको वातावरण भंग हुन्छ, जसले नराम्रो परिणति ल्याउन सक्छ ।

सुष्मा श्रेष्ठ काठमाडांै

मुसा र विरालोको खेलजस्तै देखिएको अहिलेको नेपाली राजनीति केही हदसम्म सहमतिमा पुगेको छ । तर, पनि सहमति कायम रहला भन्नेमा अनेक आशंका उनीहरुको विगतले देखाएको छ । संविधानसभाको चुनावको मिति तय भएर पनि सरेको हुँदा जनताको चाहनालाई उनीहरुले बेवास्ता गरेका हुन् कि भनेजस्तो भएको छ । सातदलबीचको मतभेद अन्त्य नभएसम्म देशले निकास पाउँदैन र त्यो कार्यमा दलहरु अग्रसर होउन मेरो भनाई यत्ति छ ।

विकास श्रेष्ठ धर्मस्थली, काठमाडौं

एकले अर्कोलाई विश्वास नगर्दा मुलुकको राजनीति दयनीय बनेको छ । यो अवस्थामा र्सर्दैआएको संविधानसभाको चुनाव होला भनेजस्ता लागेको छैन । माओवादीले फरक मत राखेर एकता खलबलिएकोले झन् समस्या देखिएको छ । यसकिसिमको अविश्वास बढेर मिलाप नहुने हो भने देशले निकास पाउँदैन र अवनतिमा जान्छ । त्यसैले हुनुपर्ने र गर्नुपर्ने कार्यतर्फसबै दल मिलुन् र नयाँ नेपाल बनोस् ।

सुदीप अधिकारी काठमाडौं, स्वतन्त्र लेखापरीक्षक

तरल अवस्थामा रहेको विद्यमान राजनीतिक परिस्थितिले देशमा संविधानसभाको चुनाव हुन्न कि भन्नपर्ने भएको छ । त्यसैले आपसी विवादलाई टुंग्याउँदै लगेर सहमति अनुसार र संकल्प प्रस्ताव अनुसार काम गरिने हो भने देश र जनताले अपेक्षा गरेको कुरा हुन्छ कि भन्ने आशा छ । तर, कति सम्म कार्यान्वयन हुन्छ भन्ने त हर्ेर्नु नै पर्छ ।

रेवतीप्रसाद पाण्डे काठमाडौं

जनताको आन्दोलनबाट माथि उठेका राजनीतिक दलले जनता केही बुझ्दैनन् भनेर बेवास्ता गरिरहेका छन् । यस्तो गलत सोचाइमा नेताहरुले देशलाई कता लैजाँदै छन् भनेर हामी जनता अझ अन्योलमा परेका छौं । वास्तविक रुपमा यसो हुनु देश र जनतालाई धोका हुन्छ । त्यसैले सात दलको एउटा सहमति बनेर देशलाई अगाडि बढाउनु पर्नेमा त्यसो हुन सकेको छैन । यस्तो अवस्था रहनु सबैका निम्ति घातक र जनआन्दोलन विरोधी कार्य हुन्छ । यसतर्फसोचेर संविधानसभाको चुनाव गर्न सबै शक्ति एक होउन् र सबै दलले जोड घटाउ गर्न छोडी देशमा विद्यमान अन्योल हटाउन् । जबसम्म राष्ट्र र राष्ट्रियता भनिंदैन र जनताको हितको लागि काम गरिंदैन त्यसले कसैको भविश्य पनि सुनिश्चित गर्दैन । देश र जनता भन्दा पार्टर्ीीूला होइनन्, त्यर्सथ राष्ट्रियहितका लागि सबै सवेदनशील हुनर्ुपर्छ ।

रामगोपाल थापा सचिव- स्वतन्त्र मजदुर युनियन

खिचातानीको रुपमा नेपाली राजनीति जुन रुपमा देखिएको छ, त्यो केवल शक्ति हत्याउन दाउपेच मात्र हो । यस्तो सोचले प्रतिगमनलाई मात्र फाइदा पुर्‍याउँछ भन्ने बारे दलहरुले जानेर पनि बेवास्ता गरेका छन् । त्यही कारण राजनीति ब्रि्रेको छ र जनताले सकारात्मक सन्देशको अनुभूति गर्न पाएका छैनन् । यसबारे सात दल सचेत हुनर्ुपर्छ र अहिलेको परिस्थितिमा सात दलको विकल्प नभएकोले उनीहरु मिलेर राजनीतिक निकास खोज्नर्ुपर्छ ।

संविधानसभाको चुनाव हुन्छ भनी आशावादी रहेका जनतालाई भ्रममा पारेर अन्य कार्यतर्फअग्रसर हुने हो भने अर्कै शक्तिले खेल्न सुरु गर्छ । त्यर्सथ चुनाव गराउनतर्फसबै दल अग्रसर हुनर्ुपर्छ । चुनाव नभएसम्म नयाँ नेपालको परिकल्पना साकार हुँदैन र नेपाल सधैं पछाडि परिरहन्छ । सात दलले आपसमा बखेडा नगरी र शक्तिको खेलमा नरहेर देश विकासमा अग्रसर हुनर्ुपर्छ ।

गणतन्त्रमा जाने सम्बन्धमा एकमत हुन नसक्नुले देशले स्पष्ट दिशा लिएको छैन । यसले खतरा सिर्जना गर्छ भन्नेतर्फगंभीर भएर नेताहरुले चिन्तन गर्नुपर्छ र एकमत भएर अगाडि बढ्नर्ुपर्छ ।

सुभानन्द भण्डारी गुल्मी

सात राजनीतिक दलको आपसी खिचातानीले मुलुकको अवस्था गंभीर हुँदै गएको छ । यद्यपि समझदारीको प्रयासमा संसद्बाट एउटा निष्कर्षनिस्केको छ । त्यसले सकारात्मक प्रभाव परेको छ । तर, संविधानसभाको चुनाव गर्ने भनी पटक पटक प्रतिवद्धता देखाउने र पर सार्ने गरिएकोले चुनाव खुकुरीको धारमा रहेको मलाई लागेको छ । देशको विकासका लागि र नयाँ नेपाल बनाउन इमान्दार भएर जनताप्रतिको उत्तरदायित्व नेताहरुले बहन गर्ने हो भने संविधानसभाको चुनाव हुनर्ुपर्छ । तर दलहरुबीच स्वार्थको खेल भैरहेकोले हामलाई शंका लागेको छ । मुलुकको भविष्यका लागि दलहरु संविधानसभाको चुनाव गर्ने पक्षमा एकमत हुनर्ुपर्छ, त्यही नै जनताको भावना हो ।

उमेश पौडेल विद्यार्थी, रामेछाप

दक्षिणपन्थी र वामपन्थीको राजनीतिक खिचातानीले देशको राजनीति अप्ठेरो मोडमा छ । यस्तो अवस्था रहनु देश र जनताको लागि हितकर छैन । त्यसैले यस्तो अवस्थाको अन्त्य गरी संविधानसभाको चुनावका लागि वैचारिक द्वन्द्वबाट राजनीतिक दल मुक्त हुनर्ुपर्छ । जनताको पक्षमा निर्ण्र्ाागर्न उनीहरु अग्रसर हुनर्ुपर्छ ।

अच्युत श्रेष्ठ व्यवसायी, काठमाडौं

राजनीतिक दलको क्रियाकलापले जनता सचेत हुनुपर्ने देखाएको छ । विशेष गरी र्सार्भभौमिकता र राष्ट्रियताको सवालमा जनता संवेदनशील भएनन् भने राजनीतिक नेतृत्वले सही काम गर्दैनन् भन्ने कुरा विद्यमान राजनीतिक घटनाक्रमले देखाएको छ । जनचाहना अनुरुप राजनीतिक नेतृत्व जिम्मेवार भएनन् भने देशले गति प्राप्त गर्दैन र देश पछाडि पर्छ । जानेर पनि नजानेको जस्तो गर्ने नेताहरुलाई जनताले यही पाठ पढाउनपर्ने मेरो भनाइ हो ।

अहिलेको तरल अवस्थाको फाइदा उठाउन अन्य शक्ति पनि लागिरहेका हुन्छन् । यो कुरा नेताहरुले बुझेकै होलान् तर काम त्यो अनुरुप नभएकोले जनता सचेत, जुझारु भएर घच्घच्याउनपर्ने भएको छ । राष्ट्रिय तथा अन्तर्रर्ााट्रय रुपमा नेपालमा संविधानसभा चुनाव हुनर्ुपर्छ भन्ने छ भने हामी जनता जनआन्दोलनमा अग्रसर भएको पनि यसैका लागि हो । यो जनचाहना पूरा गर्न र राजनीतिक निकासका लागि चुनाव सही तरिकाले समयमै हुनर्ुपर्छ ।

राजनीतिक दलमा आफ्ना एजेण्डा लिएर जनतामा जानु राम्रो हो । तर, दलीय स्वार्थमात्र लिएर अगाडि बढे भने जनताका लागि घातक हुन्छ । त्यसैले त्यसभन्दा माथि उठेर राष्ट्रियता र जनतालाई उनीहरुले हर्ेर्नुपर्छ । अहिले पार्टर्ीी स्वार्थमात्र हेरिएको छ, त्यो अवस्था आउनु हाम्रा लागि राम्रो होइन ।

दीपेन्द्र शिवाकोटी व्यवसायी, काठमाडौं

कांग्रेस, माओवादी, एमाले लगायत सात दल मिलेर देशको लागि केही गर्छन् भन्ने हाम्रो आशामा तुषारापात भएको छ । तर पनि सबै दल मिलेर जनताको चाहना पूरा गर्नेछन् भन्ने आशा हामी जनतामा अझै बाँकी छ ।

त्यसैले संविधानसभाको चुनावका सम्बन्धमा राष्ट्रपतीय प्रणालीमा जानु अनिवार्य छ । राजा राखेर चुनाव हुनसक्दैन भन्ने मलाई लाग्छ । त्यसैले भोलि अप्ठेरो नपर्ने गरी अहिल्यै विधि र प्रक्रिया स्पष्ट पारेर चुनावमा जानर्ुपर्छ । नभए चुनाव हुन कठिन छ । यसका लागि सात दलले खिचातानीको राजनीति नगरी चुनाव गर्नेतर्फअग्रसर हुनर्ुपर्छ । तर, कुनै दलहरु परम्पराभन्दा बाहिर नआउने र कुनै क्रान्तिकारी भैरहने हुँदा सहमतिको केन्द्रबिन्दु भेटिएको छैन । यसले हामी जनतामा सकारात्मक सन्देश आएको छैन । त्यर्सथ सबै मिलेर सहमतिमा रही अगाडि बढ्नर्ुपर्छ, त्यसैमा सबैको हित छ र जनताको चाहना पनि पूरा हुने आधार तयार हुन्छ ।

एल.बी. श्रेष्ठ गोर्खा

देशको व्रि्रँदो स्थितिलाई ख्याल गरेर राजनीतिक दलले आपसी द्वन्द्वको स्थिति अन्त्य गरी राजनीतिलाई अगाडि बढाउनर्ुपर्छ । यस्तो परिस्थितिमा संविधानसभाको चुनाव हुन्छ र हुँदैन भनी ढुक्क हुन सकिएको छैन । त्यसैले दलहरु जुन रुपमा जनताको आशामा तुषारापात गर्ने किसिमले आपसमा आ-आफ्ना अडान लिएर बसेका छन्, त्यसले निकास निस्कँदैन । जुन किसिमले संसद्मा सहमति बनेको छ, त्यसलाई कार्यान्वयनमा ल्याउन सक्नर्ुपर्छ र देशलाई परिवर्तनसंगै विकासको गतिमा लैजान सक्नर्ुपर्छ ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक निर्ण्र्ााछिटो पनि हुनसक्छ र केही ढिलो पनि (11.30.2007)
संविधानसभाको निर्वाचन नहुने हो कि भनेर आशंका गर्नु पर्दैन राजेन्द्र श्रेष्ठ (10.09.2007)
नेपाली कांग्रेसलाई निर्वाचनमा जानु कुनै अप्ठयारो छैन (10.01.2007)
अझै पनि जनयुद्धको धङधङी र दम्भ छसुरेन्द्र पाण्डे- केन्द्रीय सदस्य नेकपा एमाले (09.29.2007)
त्रिविलाई विशुद्ध प्राज्ञिक केन्द्र बनाउनुपर्छ प्रा.डा. माधवप्रसाद शर्मा (09.29.2007)
गणतान्त्रिक दृष्टिकोण भनेको वामपन्थी धार होइनअर्जन नरसिंह केसी (09.29.2007)
संविधानसभा चुनावको महत्वपर्ण् अवसरमा व्यापक सहमति कायम गर्नुपर्छकृष्णगोपाल श्रेष्ठ (09.29.2007)
आठ दलले जनताप्रति उत्तरदायित्व महसुस गरेका छैनन् (09.28.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]