तपाईंले त राजतन्त्रको पक्षमा खुब वकालत गर्नुभएको छ नि, किन ?
राजनीतिक विचार भनेको अलग हुन्छ । मैले मुलुकको विशिष्ट भूराजनीतिक स्थितिलाई मध्यनजर गरी आफ्नो धारणा राखेको हुँ । नेपालको भौगोलिक विशिष्टता, जातिय, भाषा, क्षेत्र आदिको विविधतालाई प्रभाव पार्ने र झगडाका नयाँ ढोका खोल्ने काम गर्न हुँदैन । द्वन्द्वको समाप्ति गरेर पर्ूण्ा र दिगो शान्ति कायम गर्न परम्परागत र आधुनिक अर्थात् शक्ति राजा र जनता मिलेर जानर्ुपर्छ भन्ने मेरो धारणा हो । त्यसलाई अर्को रुपमा व्याख्या गर्न मिल्दैन ।
तपाईंको विश्लेषण अरुलाई किन अपाच्य भएको त ?
राजनीतिमा विचारको विविधता स्वाभाविक हुन्छ । यसलाई कसैले पचाउन सक्छन् भने कतिले नपचालाउन् । तर, धरातलीय यथार्थ यही हो ।
यथार्थलाई किन स्वकारेनन् त अरुले ?
मैले अरुको व्याख्या गर्ने होइन । म त जनता, दल र नेतालाई धरातलीय यथार्थलाई नबिर्र्सौं भन्छु । नेपालको विशिष्ट आधार र बनोटलाई नभत्काउ, राष्ट्रिय एकता र अक्षुणतालाई नखल्बल्याउ भन्ने मेरो आग्रह हो । राष्ट्रियताको कुरा गर्दा कसलाई असर गर्छ वा गर्दैन र वस्तुगत तथ्य के हो भन्ने कुरा समयले देखाउदै जान्छ ।
त्यसोभए, अहिले राजतन्त्र र लोकतन्त्रवादीबीच दोहोरी सुरु भएको हो त -?
तपाईंहरु राजनीतिक विचारधारामा मात्र नअडिनुस् । समग्रतामा नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सम्पर्ूण्ा स्थितिले राष्ट्रिय एकताको आवश्यकता चाहन्छ । अहिले त्यसको आवश्यकता पनि छ ।
आधुनिक रुपमा हर्ेदा मुलुकको र्सवभौमिकता र स्वतन्त्रताले राष्ट्रिय एकताको माग गर्छ । त्यो भनेको जनतन्त्र र राजतन्त्रबीचको समझदारी र सहकार्य नै हो । तर, यसमा शर्त पनि रहन्छन् । त्यस्तो अवस्थामा राजा निरंकुश रहन हँुदैन । राजाले नितान्त वैधानिक र मर्यादित भई जनतालाई र्सार्वभौमसत्ता सम्पन्न शक्ति मानेर बस्नर्ुपर्छ ।
अहिले संघीय गणतन्त्रका कुरा आएका छन् त ?
अहिलेसम्मको स्थिति हर्ेर्ने हो भने यसका बारेमा निर्ण्ााय गर्ने हामी नेपालीमात्र होइनौं । तर पनि नेपालको व्यवस्था कस्तो हुनर्ुपर्छ, शान्तिलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने निर्ण्र्ाागर्ने नेपाली जनता हुन् । कस्तो शासनव्यवस्था ल्याउने र कुन रुपमा मुलुक अगाडि बढ्ने एवं राजतन्त्र राख्ने कि नराख्ने भन्ने निर्ण्र्ाापनि जनताले नै गर्ने हुन् ।
जनतलाई उपेक्षा गरिएका निर्ण्र्ााकुनै पनि दिगो हुँदैन । हामीले एकछिनको न्यानो खोज्न हुँदैन । त्यर्सथ जनतामा सम्पर्ूण्ा ढंगले विश्वास गरी र्सार्वभौमशक्ति उनीहरुलाई नै मानेर अगाडि बढ्नर्ुपर्छ । नेपालबारे राष्ट्रिय तथा अन्तर्रर्ााट्रय रुपमा जोसुकैले पनि यही शक्तिलाई नै सर्वोच्च मान्ने हो । त्यसका लागि निर्वाचन नै मुख्य हो ।
निर्वाचनकै सर्न्दर्भमा अहिले बखेडा भैरहेको छ नि ?
दलहरुका आ-आफ्ना दृष्टिकोण होलान् । कसैलाई संक्रमणकाल राखेर अस्थिरतामा सत्तामा रमिरहन मन लागेको होला र फाइदा पनि त्यसैमा होला । तर, उनीहरुका कारण राष्ट्रलाई बेफाइदा भएको जनताले देख्न चाहेका छैनन् । अहिलेको अवस्था भनेको पनि यही हो ।
यसरी त मुलुकले निकास पाउँदैन होला, हैन र ?
मलाई राजनीतिक दलका बारेमा टिप्पणी गर्न नलगाउनुस् । दलका भनाइलाई म टिप्पणी पनि गर्दिन । तर, मेरो भनाइ यति मात्र हो कि- द्वन्द्वको ढोका खुला राख्ने, एकपछि अर्को झगडा र अस्थिरताका ढोका खोल्ने वातावरण सिर्जना गर्न हुँदैन ।
अहिले जातिगत र भाषिक झगडा पनि हुन थालेको छ । भाषा, जात, क्षेत्रका आधारमा राज्य बनाउने भन्न थालिएको छ । यसले त मुलुकलाई विखण्डनतिर लैजान्छ । त्यस्तो अवस्था सिर्जना गर्न हुँदैन । नेपाल र नेपालीको लागि त्यो अहितकारी हुन्छ ।
तपाईंले कांग्रेसको एउटा खेमालाई लिएर राजाको वकालत गर्दै हिड्नुभएको आरोप छ नि, सत्य हो ?
होइन, हामीले कुनै भिन्न पार्टर्ीी गठबन्धनको रुपमा केही गरेका छैनौं । नेपाली कांग्रेसभित्रै रहेर पार्टर्ीीे इतिहास, परम्परा र अस्तित्व तथा वीपीले अख्तियार गरेको बाटोलाई नै हामीले अगाडि सारेका हौं ।
वीपीको विचार असान्दर्भिक भैसकेको छैन । अहिले त झन् उहाँको विचार सान्दर्भिक भएर आएको छ । राष्ट्रिय एकता र मेलमिलापको उहाँको विचारभित्र जनता र राजा सबै पर्छन् । सबैको समान सहभागितामा चल्नुपर्ने उहाँको विचारमा रहेर कांग्रेस अगाडि बढ्नर्ुपर्छ । सबै भाषाभाषि, लिंग, क्षेत्रको एकता आवश्यक छ । वीपीद्वारा प्रतिपादित विचारमा सबैको एकता सन्निहित छ । र, त्यसैमा सबै अटाउनर्ुपर्छ भन्ने आग्रह हाम्रो हो । यसलाई गलत व्याख्या गर्न मिल्दैन ।
वीपीको नीतिलाई त उनका भाइले नै फरक परिभाषित गरिसकेका छन्, हैन र ?
जनताको राजनीति गर्नेले जनतासंग मेलमिलापका कुरा गर्छन् र त्यो स्वाभाविक पनि हो । राजासंग मेलमिलापको एकता छैन भन्ने उहाँको -वीपीका भाइ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला) व्याख्या हो भने उहाँले कसरी व्याख्या गर्नुभयो भन्नेमा मैले थप व्याख्या गरी म बुज्रुक हुन्न । यसबारे उहासंगै सोध्नुस् ।
मैले बुझेको वीपीको नीति भनेको नेपालको जुन विशिष्ट अवस्था छ, त्यो उहाँको मेलमिलाप नीतिभित्र छ र जनता र राजा त्यही नीतिभित्र पर्छन्, त्यसलाई सही रुपमा पनि लिनर्ुपर्छ ।
नेपालको राजनीतिक परिदृश्यमा बाह्य हस्तक्षेप किन बढेको छ ?
अस्थिरता र आन्तरिक झगडा भैरहेको बेलामा जसले पनि खेल्छ । हामी 'ग्लोबल भिलेज'मा भएकोले अशान्ति र अस्थिरतामा जसले पनि खेल्छ । अन्तर्रर्ााटय चासो र खेल भए पनि नेतृत्वले शतर्क भएर मुलुकलाई अगाडी लैजानर्ुपर्छ । आफ्नो थैलीको मुख बलियो बनाउनर्ुपर्छ, अर्कालाई दोष दिएर हुदँैन ।
पर्ूव सभामुखलाई मुलुकमा संवैधानिक संकट भएको नजर अन्दाज भएको छ कि छैन ?
अहिले मुलुक संवैधानिक संकटमा छ । तर, सात दलको निर्ण्र्ाााट सबै कुरा चल्ने भनिरहेको परिस्थितिमा त्यसबाट बचाउने आधारहरु पनि उनीहरुसंग हुनसक्लान् ।
अहिले सात दलको निर्ण्र्ााभन्नेवित्तिकै संविधान, कानुन, मर्यादा लगायतका विशेष कुरालाई पनि वास्ता गरिएको छैन । यसो हुनु भनेको संक्रमणकाल र सात दलको एक प्रकारको तानाशाहीपन हो । यर्सथ अहिले सातदलको तानाशाही चलेको छ ।
संक्रमणकाल भन्दैमा विधिको विपरीत जान सकिन्छ र ?
अहिले विधि विधान पनि भनिएका छन् र कथित विधान पनि छ । त्यही आधारमा मुलुक चलेको छ भनिन्छ । यसले नकारात्मक असर पार्छ भनेर हामीले वैधानिक व्यवस्था र जनतामा आधारित राजनीति सुरु गर्नुपर्यो भनेका हौं । स्थायी शान्ति कायम गरी द्वन्द्वको ढोका सधैंलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । तर, त्यो पाटोतर्फध्यान जान सकेको पाइएको छैन ।
अहिले कांग्रेस नेता तथा मन्त्री महन्थ ठाकुरको राजीनामाका बारेमा विभिन्न तर्क गरिएका छन्, तपाईंलाई के लागेको छ ?
यसबारे मलाईभन्दा उहाँ -महन्थ ठाकुर)लाई नै सोध्नुहोस् । तर, राजनीतिमा आ-आफ्ना गुनासा हुन्छन् । प्रजातन्त्रमा पार्टर्ीीोल्ने अधिकार पनि हुन्छ । अहिलेको परिस्थितिमा त उनीहरु के गर्छन् भनेर हर्ेन मात्र सकिन्छ, थप टिप्पणी नगरौं ।
मुलुक विखण्डन हुने चर्चा पनि त आइरहेको छ ?
कसैले पार्टर्ीीोड्दैमा र खोल्दैमा कुनै पनि देश विखण्डन हुँदैन । नेपालको इतिहास हर्ेर्ने हो भने कैंयांै पार्टर्ीीने र कैयौं विलाए पनि । प्रजातन्त्रमा जनताले विश्वास गरेमा पार्टर्ीीोल्ने, सरकारमा जाने अधिकार र छुट जो कसैलाई पनि हुन्छ । यद्यपि उहाँ -महन्थ ठाकुर)को विषयतर्फमलाई नतन्काउनुस् ।
त्यसोभए, तपाईको राजनीतिक विश्लेषणमा मुलुक अहिले कुन गन्तव्यतर्फहानिएको छ ?
अहिलेकै अवस्थालाई हेरेर भन्ने हो भने त मुलुक विघटनको दिशातिर गैरहेको छ अर्थात् 'फेलियर'को दिशातिर गएको छ । यसले भोलि डरलाग्दो दर्ुघटना हुन लागेको स्पष्ट संकेत गर्छ ।
अब के गर्नुपर्छ त दर्ुघटना हुन नदिन ?
मेलमिलापको विकल्प छैन । वीपीको विचार नै अहिले सान्दर्भिक हुन्छ ।
नेपालमा संविधानसभाको निर्वाचन हुनेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
मिति तोकिएपछि मात्र चुनाव हुने नहुनेबारेमा भन्न सकिन्छ । अहिले त दलले मिति तोक्न पनि सकेका छैनन् । मिति तोकिएपछि मात्र त्यसबारे टिप्पणी गरौंला ।
चुनाव नभए पनि शान्ति सुरक्षाको स्थिति त बलियो हुनुपर्ने थियो, तर अहिले झन् कमजोर बनेको छ, यसले अघि तपाईंले भनेको विघटनाकारी परिस्थितिलाई नै बल पुर्याएको हो ?
हो, यसले राज्य 'फेलियर' भएको देखाउँछ । राज्यसत्ता निरीह भएर उपस्थिति हुँदा जतासुकै छ्रि्र देखिन्छ । राज्यको जिम्मेवारी जनतालाई शान्ति सुरक्षा दिने हो । तर, बागडोर हातमा लिएर बस्नेहरुले निरीहता देखाएकोले जनता लुटिने, पिटिने, मर्नुपर्ने, भाग्नुपर्ने लगायतको अवस्था सिर्जना भएको छ । पत्रकारमाथि पनि आक्रमण भैरहेको छ । सरकार, संसद्, अदालत, संचार सबै अंग अहिले गंभीर अवस्थामा छन् । तर, अपराधिहरुले नै मुलुक चलाएका छन् । यसले राज्य 'फेलियर' हुँदै गएको देखाउँछ ।
पर्ूव सभामुख र वर्तमानमा सांसद् रहेको हिसाबले यहाँलाई अहिलेको संसद्को भुमिका कमजोर भएको छ भन्ने विश्लेषणलाई कुन रुपमा हर्ेर्नु हुन्छ ?
विगत र अहिलेको चरित्र, बनोट र संचालन विधि नै भिन्न छन् । यस्तो भिन्न गतिविधि हुने निकायका बारेमा चर्चा गर्नुपर्ने बाध्यता छैन । संसारसंग हाम्रो कुनै कुरा दाजिनर्ुपर्छ भन्ने पनि छैन । तर, उनीहरुको गतिविधिले अनौठो कर्ीर्तिमान राख्न खोजेका हुन् कि भन्ने देखिन्छ ।
त्यही भएर सांसद्ले सात दलको निर्ण्र्ाााई लालमोहर लगाउनेमात्र काम गरेका हुन् त ?
यस्तो परिस्थितिलाई त संविधानसभाको निर्वाचनले नै अन्त्य गर्छ । सबैको प्रश्नको उत्तर र विद्यमान स्थितिको अन्त्य पनि निर्वाचन नै हो । फेरि यस्तै अवस्था आउने हो वा होइन भन्ने टिप्पणी भने अहिले नै नगरौं ।
अहिलेकोभन्दा अन्योल, अनिर्ण्र्ााो बन्दी नेपालमा कहिले भएको थिएन । आर्थिक, सामाजिक हिसाबले नेपाल अत्यन्त कमजोर भैसकेको छ । जनता सुखसंग काम गरेर खानपाउने अवस्थामा छैनन् । सरकार छ भन्ने अवस्था पनि छैन । त्यसैले त्यसलाई सुधार गर्नुपर्छ भनी हामीले भनेका छौं । संक्रमणकाल लम्बियो भने मुलुकले दर्ुघटना भोग्नर्ुपर्छ र त्यो अवस्था सिर्जना हुन दिन हुँदैन ।