Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 07:51pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
अब जनता जाग्नेबेला आएको छ
- कपिलदेव सुवेदी, अध्यक्ष विश्व सनातन धर्म एकता महासंघ

Monday, 02.11.2008, 05:10pm (GMT+5.5)

० श्रीमद्भागवतको अभियान कहिलेदेखि सुरु गर्नुभयो ?

सानैदेखि घरमा एउटा माहोल तयार थियो । मेरी आदरणीय दिदी शान्ति सुवेदीज्यू अत्यन्त संस्कारवान हुनुहुन्थ्यो । घरमा नित्य एक घण्टा सत्संग हुने गर्दथ्यो । त्यसले पनि प्रेरणा दियो । अर्को कुरा म संस्कृत पढ्न गएको हुनाले आफ्ना गुरुजनहरुबाट भागवत सम्बन्धी चिन्तनहरु पनि गरेको हुनाले त्यतापट्ट िरुचि भएको हो ।

० भागवत वाचन सुरु गर्नुभएको कति भयो ?

मैले भागवत वाचन गर्न थालेको लगभग ५ वर्षजति भयो । तर विशेष रुपमा सक्रिय भएको चाहिं व्याकरणमा आचार्य गरिसकेपछि हो ।

० यहाँहरुको एउटा नारा पनि छ- आध्यात्मिक चिन्तनद्वारा भौतिक विकास गर्ने यसलाई प्रष्ट पारिदिनुहोस् न ?

यो नाराको मुख्य उद्देश्य के हो भने मानिसलाई सन्तोष चाहिएको छ, सुख चाहिएको छ । सुख अध्यात्म चिन्तन नगरी मिल्दै मिल्दैन । बाहिरी वस्तुबाट सुख कहिल्यै पनि प्राप्त हुन सक्दैन । एउटा उदाहरण लिउँ- हामीलाई साह्रै भोक लागेको छ । एउटा रसवरी खायो साह्रै मीठो, अर्को खायो ठीकै भयो, तेस्रो खाँदा भयो पुग्यो, चौथो खाँदा खाएको निकालिदिन्छ । संसारकोे सुख यस्तै छ । त्यसकारण अन्तर आत्माबाट आएको सुख चाहिं मुख्य सुख हो भनेर बताउनका लागि हामी मानवलाई अध्यात्म चिन्तन आवश्यक छ भनेर अघि बढेका हौं । यो कुरा भागवतले भन्छ, अरु पुराणले भन्छ । हाम्रा ठूला विद्वानहरुले पनि भन्नुभएको छ- ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ । त्यसकारण अध्यात्म चिन्तन परम आवश्यक छ । आध्यात्मिक कार्यमा भक्तजनहरुले जुन सहयोग गर्नुहुन्छ त्यसले समाजको सेवा पनि हुने भएपछि त्यहाँ भौतिक विकास पनि हुने भयो । यसकारण हामी यो नाराका साथ अघि बढेका हौं ।

० यो अभियानमा अहिलेसम्म कति प्रवचनहरु भए र सवभन्दा सन्तोष मिलेको कहाँ हो ?

लगभग २ सय जति कार्यक्रहरु गरिसकेका छौं । जति पनि कार्यक्रम भए ती सवै ठाउँमा राम्रै अर्थ संकलन भएको छ । भैरहवाको विकट गाउँ मैनहियामा लगाइएको भागवतमा ७० लाख रुपैयाँ उठेको थियो । त्यो विकट गाउँमा यत्रो रकम संकलन हुनु भनेको ठूलो कुरा हो । हालसालै चापागाउँमा एउटा उच्च माध्यमिक विद्यालयको भवनका लागि लगाइएको महायज्ञमा पनि राम्रै उठेको थियो । काठमाडौंमा दर्ुइवटा एम्बुलेन्सले भागवत यज्ञको नाममा सेवा दिइरहेको छ । विशेष गरी हामीले शैक्षिक संस्थाका लागि भागवत महायज्ञ लगाउने काम गरिरहेका छौं । काठमाडौंको चपलीस्थित गणेश माध्यमिक विद्यालय, बुढानिलकण्ठ माध्यमिक विद्यालय -सामुदायिक)का लागि पनि राम्रै अर्थ संकलन भएको थियो । राजधानी बाहिर धादिङको महेश उच्च धर्म माध्यमिक विद्यालयका लागि गरिएको महायज्ञमा पनि राम्रै संकलन भएको थियो ।

जहाँसम्म सन्तोषको कुरा छ, भागवत आफैंमा सन्तुष्ट दिने ग्रन्थ हो । आर्थिक रुपमा भन्नुभएको हो भने अहिलेसम्म जति कार्यक्रम भए ती सवैबाट म पर्ूण्ारुपमा सन्तुष्ट छु ।

० भागवतलाई त बाहुनहरुको कमाइखाने भाँडो हो भन्ने आरोप लगाइन्छ - वास्तवमा वैदिक सनातन धर्मलाई कसरी बुझ्ने -?

अहिले ब्राहृमणवाद भनेर जो अभियान चलेको छ त्यो अज्ञानताका कारणले हो । जसले त्यस्तो आरोप लगाउनुभएको छ उहाँहरुले बुझेपछि अवश्य सम्मान गर्नुहुन्छ । कहिले काहीं नबुझेकै कारण खराब परिस्थिति सिर्जना हुन्छ । पहिला त यसबारेमा बुझ्नु आवश्यक छ । वेदमा के भनिएको छ भने 'र्सर्वे भवन्तु सुखिन र्सर्वे सन्तु निरामया, र्सर्वे भद्राणी पश्यन्तु माकश्चित दुःख भाग्भवेत ।' यसको अर्थ हुन्छ- हामी यो देश वा त्यो देशको मात्र होइन ब्रहृमाण्डका सवै अर्थात् मानिस मात्र होइन, सास फर्ेर्ने, नफर्ेर्ने सवै सुखी हुनर्ुपर्छ । "सुहृदम् र्सवभूतानाम्" भनेर हाम्रा ऋषिमुनीहरुले बताउनुभएको छ । यसको अर्थ प्राणीको मात्र रक्षा होइन हामीले जगतकै रक्षा गर्नुपर्छ भन्ने हो । जो यो पृथ्वीमा छ त्यसलाई भूत भनिन्छ । यस्तो महान उद्गार पुराण लगायत वेदमा उल्लेख गरिएको छ । यस्तै गीतामा भनिएको छ- र्'इश्वर र्सवभूतानाम हृद्वेसेजुनतिस्टथि' सम्पर्ूण्ा प्राणी निस्प्राणमा पनि प्रभु बस्नुहुन्छ । त्यसकारणले गर्दा यो कुरालाई उहाँहरुले बुझ्न नसकेर गाली गर्नुभएको हो । अहिले विस्तारै यस्तो धारणामा परिवर्तन आउँदैछ ।

० त्यसो भए ब्राहृमणवाद भनेको के हो त ?

ब्राहृमण शब्दको अर्थ के हुन्छ भने 'ब्रहृमजानाति ब्राहृमण' । जसले सर्त्कर्म गर्छ, सवैको भलो गर्छ, व्रि्रेको कार्यलाई सपार्ने अथवा शिक्षा दिक्षा दिने अशल कार्य गर्ने व्यक्तिलाई ब्राहृमण भनिन्छ । त्यो ब्राहृमण भनेको कुनै संस्था होइन । अशल र परोपकारी व्यक्ति नै ब्राहृमण हो । पहिलेका ऋषिमुनीहरु असल हुनुहुन्थ्यो । 'जगत रक्षालाई जुनीभर अहिंसा व्रत धरी उसैद्वारा व्याध प्रवृति पशु सारा वस गरी' उहाँहरु यस्तो शक्तिशाली हुनुहुन्थ्यो । हाम्रा ऋषिमुनीहरुले एउटा दिव्य संस्कार चलाउनु भएको छ । त्यसैबाट हतोत्साही भएकाहरुले यसको अपव्याख्या गरेका हुन जस्तो मलाई लाग्छ ।

० अलिक फरक कुररा गरौं, नेपालको वर्तमान परिस्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

मुलुकको अहिलेको अवस्थाका बारेमा सवै जानकार छन् । मैले विशेष केही भन्नु आवश्यक देख्दिन । यद्यपि सधैं यस्तै अवस्था नरहला भन्ने मेरो विश्वास छ । अब नेपाली जनता विस्तारै आफ्नो राष्ट्रियताप्रति सजग हुने परिस्थिति बन्दै गएको छ र जनता सधैं यही रुपमा पनि नबस्लान् । किनभने 'जननी जन्मभूमिश्य स्वर्गादपी गरियसी' -आफू जन्मेको स्थान र आमा र्स्वर्गभन्दा पनि प्यारो हुन्छ भनेर बाल्मिकी रामायणमा लेखिएको छ । त्यही भावनाले ओतप्रोत भएर नेपाली समाज अडेको हुनाले नेपाली जनता असाध्यै राष्ट्रवादी छन् । परिस्थितिमा सुधार अवश्य आउँछ ।

अहिले देशमा सीमा विवाद बढेको छ, आफूभन्दा कैयौं गुणा ठूलो छिमेकी देशले सीमा मिच्यो भन्ने सुन्दा साह्रै ग्लानी भएर आउँछ । तर देश बनाउछु भनेर लागेका मान्छेहरु चाहिं नबोलेको देख्दा उत्तिकै दुःख लाग्छ । अब जनता जाग्नेबेला आएको छ । आफ्नो राष्ट्रको लागि आफैंले केही गर्नुपर्ने बेला आइसक्यो । वास्तवमा एउटा सच्चा नागरिक कसलाई भन्न सकिन्छ भने जो आफ्नो जननीलाई कसरी सुन्दर, हराभरा बनाउने भनेर चिन्तन गर्छ त्यही व्यक्ति नै महान् हो, त्यही व्यक्ति नै सच्चा राष्ट्रभक्त भएको हुनाले हामीहरु आफ्नो राष्ट्रलाई कसरी समुन्नत बनाउने, अरुले मिचेको सीमालाई कसरी मिलाउने जस्ता विषयमा ध्यान दिनु आवश्यक छ ।

० नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइयो । धर्म निरपेक्ष र सापेक्षलाई अर्थ्याइदिनुस् न ?

वास्तवमा यो शब्दको अर्थ के हिसावले लगाइएका हुन् त्यो मलाई थाहा भएन । संसारमा धर्म निरपेक्ष भन्ने हुँदैहुँदैन । नेपालमा हिजोदेखि मानिआएका धर्म, संस्कृति र परम्परामा कुनै परिवर्तन आएको छैन । यो अवधिमा त्यस्तो तात्विक परिवर्तन भएको पनि केही देखिएको छैन । अहिले त यस्तो लाग्न थाल्यो कि धर्म सापेक्ष, निरपेक्षको नारा केवल भोट माग्नका लागि मात्र हो । नेपालमा कहिल्यै पनि धर्मको नाममा द्वन्द्व भएन । जस्तो अन्य मुलुकहरुमा एक धर्मावलम्बीले अर्को धर्मावलम्बीमाथि आक्रमण गर्ने क्रम अहिले पनि जारी नै छ । त्यसकारण धर्म निरपेक्ष भन्ने शब्द यिनीहरुले नबुझेर हो वा के कारणले हो गलत किमिले व्याख्या गरिरहेका छन् । धर्म निरपेक्ष भयो भने त्यो राष्ट्रमा यति भद्रगोल हुन्छ जुन रोक्न अत्यन्त कठिन पर्छ ।

० तर कतिपय चिन्तनकहरु यसमा बाहृय स्वार्थ रहेको आरोप लगाउँछन् नि । तपाईंलाई वैदिक धर्म संस्कृतिका विरुद्ध बाहृय शक्तिले आक्रमण गरिरहेको जस्तो लाग्दैन ?

यो आरोप मात्र होइन सच्चाइ पनि हो र बडो दुःखलाग्दो परिस्थिति पनि हो । यसमा सुधार ल्याउन हामी धार्मिक क्षेत्रबाट हिंड्ने व्यक्तिहरु अग्रसर हुनर्ुपर्छ । धार्मिक चिन्तकहरु शहरकेन्द्रित मात्र नभएर गाउँगाउँमा गएर अध्यात्मको प्रचार गर्नु आवश्यक छ । हिन्दु धर्मजस्तो उदार धर्म संसारमा कहीं पनि छैन । यसलाई जोगाइराख्यौं भने विश्वमा हाम्रो पहिचान पनि कायम रहन्छ । हामीलाई विश्वले यही धर्मको माध्यमद्वारा चिनिराखेका छन् । र्'धर्म रक्षति रक्षतः' धर्मको संरक्षण, सर्म्वर्द्धन गर्‍यौं भने धर्मले हाम्रो रक्षा गर्छ भनिएको छ । हामीले गाउँगाउँमा गएर तर्राई, पहाड सवैतिर छरिएर यसको संरक्षण र सर्म्वर्द्धनमा क्रियाशील भयौं भने बाहिरी आक्रमणले केही गर्न सक्दैन । हिन्दु धर्मको उदार र वैज्ञानिक पक्षको उजागर गराउनु आवश्यक छ । यो जस्तो वैज्ञानिक धर्म कुनै छैन । सवैलाई समेटेर लैजाने भएकाले नै यसलाई सनातन धर्म भनिएको हो । अहिले पैसाको बलले धर्म परिवर्तन गराउने जुन प्रचलन छ त्यो त आवरण मात्र हो । यो मानिसको आवश्यकताले गर्दा पनि हो । जुनबेला जनतामा आफ्नो धर्मप्रति सचेतता आउँछ त्यसबेला सवै आ-आफ्नै स्वरुपमा र्फकनेछन् ।

० अहिले जातीय, साम्प्रदायिक विद्वेष बढ्दो छ । धर्म निरपेक्षतादेखि लिएर सामाजिक सद्भावलाई खल्बल्याउन जसरी लगानी भैरहेको यसलाई वैदिक संस्कृति ध्वस्त पार्ने षड्यन्त्र मान्न सकिन्छ त ?

अहिले त्यस्तो देखिए तापनि धर्म हराउने वा सिद्धिने कुरा होइन । बेलाबेलामा हिन्दु धर्म अथवा भनौं वैदिक सनातन धर्ममाथि प्रहारहरु भएका छन् । समयक्रममा यो धर्ममाथि संकटहरु पनि नआएका होइनन् । तर अन्त्यमा सत्य र धर्मको नै विजय हुन्छ । आखिरमा यस्तो स्थिति आउनेछ कि हाम्रो धर्मले नै हामीलाई बचाएको रहेछ भन्ने सवैमा चेतना हुनेछ । त्यो मानसिकता हुनेवित्तिकै सारा परिवर्तन हुन्छ । अहिले विश्वको दशा देखेर भनौं न बाहिरको स्वरुपलाई देखेर त्यो संस्कार र संस्कृति अँगाल्ने परिपाटी बढेको हो । विस्तारै त्यो हराउँदै जानेछ । जस्तै भारतमा हराउँदै गएको छ । पहिला त्यहाँ पाश्चात्य संस्कृति हावी थियो । अहिले धेरै अध्यात्मवादी गुरुहरु अगाडि लाग्नुभएको छ । जसले भारतलाई फेरि अध्यात्मवादी राष्ट्रको रुपमा अगाडि बढाइरहेका छन् । नेपालमा पनि त्यो क्रम सुरु भएको छ । मलाई लाग्छ यहाँ पनि त्यो स्थिति आउँछ ।

० हिन्दु धर्मले महिलामाथि चरम शोषण गरेको र जातीय विभेद पनि यसैले निम्त्याएको भनिन्छ । के हिन्दु धर्म विभेदकारी नै हो ?

मैले बुझेसम्म हाम्रा वेद र पुराणमा महिलाहरुको निकै प्रशंसा गरेको पाइन्छ । वेदमा मातृदेवो भवः पितृदेवो भवः आचार्यदेवो भवः अतिथि देवो भवः भनेर उल्लेख गरिएको छ । यहाँ र्सवप्रथम महिलालाई नै उल्लेख गरिएको छ । त्यसै गरी पुराणहरु देवी भागवत, कालिका पुराण आदि महिलापरक नै छन् । त्यहाँ भगवतीको शक्ति नपाइकन व्रहृमा, विष्णु महेश्वरले पनि सृष्टि गर्न सक्दैनन् भनेर बताइएको छ ।

त्यस्तै वैदिककालमा पनि महिलाहरुको विशेष भूमिका थियो । उहाँहरुले वेदान्तको अध्ययन गर्नुभएको थियो, वेदको अध्ययन गर्नुभएको थियो । जसमा गार्की, मैत्रेयी तथा मदालसाको नाम आउँछ । याज्ञवल्क जस्तालाई पनि हम्मे हम्मे पर्ने गरी प्रश्न गर्नसक्ने क्षमतावान गार्गीजीको प्रसंग पटकपटक आउँछ । त्यसकारण वैदिककालमा पनि महिलाहरुलाई पढाइन्थ्यो, अध्ययन गराइन्थ्यो । शोषण गरिन्थ्यो भन्ने चाहिं मैले पाएको छैन । वेद, मनुस्मृति लगायतमा महिलाहरुलाई उच्च सम्मान दिइएको छ । मनुस्मृतिमा भनिएको छ- 'त्यो घरलाई घर भनिन्न जवसम्म त्यहाँ असल गृहिणीको प्रवेश हुँदैन' । यस्तै अर्को प्रसंगमा "पिताजीभन्दा माताजी दश गुणा बढी आदरणीय हुनुहुन्छ" भनेर नारीलाई उच्चकोटीमा राखेको छ न कि शोषण ।

० जातिय विभेदका विषयमा नि ?

जातिय विभेदको विषयमा भोजनकै मात्र कुरा गर्ने हो भने त्यो व्यक्तिको आफ्नो अधिकार हो र यसैलाई जातिय विभेद भन्न मिल्दैन । जस्तो कि कोही माछा-मासु खान्छन्, कोही खाँदैनन् । कोही लसुन प्याज खान्छन्, कोही खाँदैनन् । भोजनमा आत्मनिर्ण्र्ााो अधिकार हुन्छ । यसका अलावा अन्य पक्षमा शास्त्रले विभेद गरेको छैन । विचारको मामलामा सवै एकै हुन् । किनभने वेदले "र्सर्वे भवन्तु सुखिन र्सर्वे सन्तु निरामया, र्सर्वे भद्राणी पश्यन्तु माकश्चित दुःख भागववेत" भन्छ । यसो भन्नासाथ यहाँ कुनै जात विशेषको मात्र सर्न्दर्भ रहँदैन । सवै सुखी हुन पाउनर्ुपर्छ, सवै रोगरहित हुनर्ुपर्छ र सवैले राम्रो देख्न पाउनर्ुपर्छ भनेपछि त यहाँ विभेदको कुरै आउँदैन । तर वर्ण्र्ााभाजनको प्रसंगमा भने गलत व्याख्या भएको छ । व्राहृमण, क्षेत्री, वैश्य र शुद्र मानिस होइन कि व्यक्तिको आफ्नै शरीर हो भनिएको छ । पाउ शुद्रको प्रतीक हो । हामी खुट्टामा दण्डवत गर्र्छौ । त्यहाँ शुद्रलाई दण्डवत गरेको देखियो नि - कहाँ गरिएको छ विभेद वा शोषण । शुद्रलाई सम्मान गरिएको छ । त्यसैगरी अन्यत्र पनि बताइएको छ कि मानिस आफ्नो कर्मअनुसार योग्य र श्रेष्ठ हुन्छ । जसले ब्रहृमसम्बन्धी चिन्तन गरेको छ ऊ नै ब्राहृमण हो । जन्मिनेवित्तिकै कोही पनि ब्राहृमण हुँदैन । ब्राहृमण कर्मले हुने हो । वास्तमा अहिले जो ब्राहृमण भनेर हिंडिरहेका छौं यो शरीरलाई ब्राहृमण भन्न मिल्दैन, कर्मका आधारमा ब्राहृमण हुने हो । त्यसकारण वेदमा जातीय विभेद छैन । कर्मअनुसार सवैलाई समान व्यवहार गर्नु भनिएको छ र गीतामा पनि यही प्रसंग आएको छ- सवैलाई समानरुपले हर्ेन सक्ने नै ज्ञानी हो र पण्डित हो ।

० तर अहिले त मन्दिर, धारो, कुवामा कथित माथिल्ला जातका भनिनेहरुले दलित भनिनेहरुलाई प्रवेशमै रोक लगाएका छन् - तपाई यसलाई कसरी लिनुहुन्छ ?

वास्तवमा यो नबुझेका कारणले हो । पाटी-पौवा, पँधेरो, मन्दिर, कुलो, घाट भनेको सवैको साझा सम्पत्ति हो र यसमा सवैको समान अधिकार रहन्छ । जातीय आधारमा कसैलाई भेदभाव गर्ने, छुन नदिने, मन्दिर प्रवेशमा रोक लगाउने वा शोषण गर्ने कार्य निन्दनीय छ । वैदिक धर्म संस्कृतिले यसलाई प्रश्रय दिएको छैन । यो संकर्ीण्ा मानसिकताको उपज मात्र हो । यसबाट हामी सवै मुक्त हुनर्ुपर्छ ।

० त्यसो हो भने विभिन्न कोणबाट वैदिक धर्ममाथि बारम्बार प्रहार गर्नुको कारण के त ?

यसमा अत्यन्त ठूलो कारण छ । वैदिक संस्कृति अथवा भनौं वैदिक शास्त्रले मानिसलाई भौतिक विकास कसरी गर्ने भन्ने ज्ञान र सूत्रहरु दिएको छ । विमान बनाउने कुरा ऋग्वेदको अर्वुदसंहितामा लेखिएको छ । जसको प्रतिलिपि अहिले काशी विश्वविद्यालयमा सुरक्षित छ । त्यस्तै पुष्पक विमान कसरी बनाउने के गर्ने आदि प्रसंगहरु ऋग्वेदको संहिताहरुमा प्रशस्त पाइन्छ । विद्युत निकाल्ने कुरा ऋग्वेदमा पाइन्छ । ऋग्वेद अत्यन्त दिव्य ग्रन्थ हो । हाम्रा ऋषिमुनीहरु साह्रै विद्वान, ज्ञानी र वैज्ञानिक हुनुहुन्थ्यो । उहाँहरुले प्रतिपादन गर्नुभएका सूत्रहरु नै भौतिक विकासका लागि पर्याप्त छ । पश्चिमाहरुले यही कुरा बुझेर बारम्बार हिन्दु धर्ममाथि प्रहार गर्ने गरेका छन् । उनीहरुलाई के डर छ भने कुनै न कुनै समय पर्ूवले पश्चिमलाई उछिन्नेछ । उनीहरुमा रहेको यही हिनभावना नै धार्मिक आक्रमणको कारण हो । ऐतिहासिक र पौराणिक कालको वयान गर्ने हो भने पर्ूर्वीय समाज साह्रै सम्पन्न, सुशिक्षित र सभ्य थियो । रामायणकालीन युग होस् वा महाभारतकालीन हाम्रो सभ्यता, संस्कृति उच्च रहेको उनीहरुले प्रमाणित नै गरेका छन् । यो समय पुनरावृत्ति हुने भयले वैदिक धर्म संस्कृतिमाथि अनेक प्रकार र कोणबाट आक्रमण भैरहेको छ । कतै प्रजातन्त्रको नाममा, कतै मानवअधिकारको नाममा, कतै धार्मिक स्वतन्त्रताको नाममा त कतै समाजसेवाको नाममा धर्म परिवर्तन गरेर हिन्दु धर्ममाथि धावा बोलिएको स्थिति छ ।

हामीसंग अध्यात्म संगसंगै भौतिक कुराहरु पनि छ । यसले गर्दा कुनै पनि समय यिनीहरु हामीभन्दा अगाडि जान सक्छन् भन्ने डर कायमै छ । तर्सथ कर्मक्षेत्रलाई नै भताभुंग पार्‍यौं भने यिनीहरु अगाडि बढ्न सक्दैनन् भनेर सारा ग्रन्थहरु उता लगेर राखे र आफ्नो शिक्षालाई निर्यात गरे । संस्कृत पढेर केही हुँदैन भन्ने दुष्प्रचार गरेको हुनाले अहिलेको स्थिति आएको हो । तर अव विस्तारै समाज परिवर्तित हुँदैछ ।

० तपाईहरुले यसका लागि के अभियान चलाइरहनुभएको छ त ?

हामीले संस्कृत शिक्षाको लागि विभिन्न स्थानमा गुरुकुलहरुको परिकल्पना गरिरहेका छौं । तत्कालै पालुङमा एउटा गुरुकुल खोल्ने योजना छ । त्यहाँका जनता पनि उत्साहित हुनुहुन्छ । त्यसलाई महेश संस्कृत गुरुकुलको शाखा बनाउने हाम्रो सोच छ । एवंरितले अहिले महेश संस्कृत गुरुकुल लगायत नेपालका धेरै गुरुकुलहरुमा यो शिक्षाको राम्रोसित प्रचार प्रसार भैरहेको छ । संस्कृत शिक्षा अध्ययन गरेर यो राष्ट्रलाई केही गर्नसक्ने विद्वानहरु पनि उत्पन्न हुनुभएको छ । विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थी पनि गुरुकुलबाटै उत्पादन भैरहनुभएको छ । त्यसकारण जननी जन्मभूमिश्यको नारालाई संस्कृत शिक्षाको माध्यमद्वारा प्रवेश गराएर हामीहरुले आध्यात्मिक शिक्षालाई अघि बढाउन कदम चाल्दैछौं ।

० अन्त्यमा, विश्व सनातन धर्म एकता महासंघका बारेमा केही बताइदिनुस् न ?

विश्व सनातन धर्म एकता महासंघ खुलेको ८ वर्षति भयो । सनातन धर्मको पर््रवर्द्धन गर्ने मूल उद्देश्यका लागि यो संस्थाको जन्म भएको हो । सनातन शब्दको अर्थ सवैलाई समेट्ने हुन्छ । अहिले विश्वमा चलेको जति पनि धर्म छन् ती सवै सनातन धर्मकै शाखा हुन् । यर्सथ कसरी यो धर्मलाई संरक्षण गर्न सकिन्छ, कसरी धर्मको नाममा समाजको सेवा गर्न सकिन्छ भन्ने पवित्र उद्देश्य लिएर यो संस्था गठन भएको हो । यसको राष्ट्रिय अध्यक्ष म स्वयं छु । हामीले विभिन्न धार्मिक पर्वहरुमा स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु गर्दैआएका छौं ।

प्रस्तुतिः यादब देवकोटा


Comments (0)        Print        Tell friend        Top


Other Articles:
विखण्डनको प्रवृत्ति चरमरुपमा देखिएको छ- मदन रेग्मी, अध्यक्ष चीन अध्ययन केन्द्र (02.04.2008)
हामीले मेलम्चीको पर्ुनर्संरचना गर्‍यौंहिसिया यमी, भौतिक योजना तथा निर्माण मन्त्री (01.28.2008)
आन्दोलन चर्काएर चुनाव हुनसक्दैन- सुप्रभा घिमिरे- केन्द्रीय सदस्य, नेपाली कांग्रेस (01.28.2008)
वार्ताको विकल्प छैन- जगदीश प्रसाद साह- विधायक, नेकपा एमाले (01.28.2008)
नेपाल सिक्किम र भूटान होइनकेशव बडाल- पोलिट व्यूरो सदस्य, नेकपा एमाले (01.21.2008)
जनताको अधिकार अपहरण भएकोप्रति सुसूचित गर्दैछौंरवीन्द्रनाथ (01.08.2008)
जनताको आवाज कार्यान्वयन हुँदा दर्ुघटना होला भन्न सकिंदैन- रामकृष्ण ताम्राकार, केन्द्र (01.01.2008)
सीमाको नयाँ नक्शांकनका कुरा अपत्यारिलो बन्न पुगेको छ- बुद्धिनारायण श्रेष्ठ, सिमाविद् (12.25.2007)
मुलुक विघटनको दिशातिर गैरहेको छ ः तारानाथ रानाभाट (12.18.2007)
r'gfj eP (12.11.2007)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]