० देशमा लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भयो भनिए पनि राजनीतिक गतिरोध हटन सकेको देखिएन नि ?
तपाईंले एकदमै सही कुरा गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भैसकेको स्थितिमा पनि अहिले देशमा राजनीतिक अन्योल कायम भएजस्तो महसुस भैरहेको छ । तर यो स्थिति लामो समयसम्म रहँदैन । अब छिटै नै राजनीतिक गतिरोध हट्ने छ । अहिलेको गतिरोधलाई छिटोभन्दा छिटो हटाउन नेकपा माओवादी प्रतिवद्ध भएर तदारुकताकासाथ लागिरहेको छ ।
० अहिले कसको कारणले गतिरोध उत्पन्न भएको हो त ?
संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशलाई पालना गरेर आ-आफ्नो हैसियत अनुसार सवै राजनीतिक दलहरुले व्यवहार गरेका भए राजनीतिक गतिरोधको अवस्था आउने नै थिएन । नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचनमा नराम्रोसंग पराजित भए । जनताले नेकपा माओवादीलाई सवैभन्दा ठूलो दलको रुपमा जिताएर पठाइदिए । तर, यहाँ विडम्वना के भैदियो भने चुनावमा हारिसकेपछि पनि नेपाली कांग्रेस र एमालेले सत्ता छाड्न चाहेनन् । पराजित दलहरुको सत्तामा टाँस्सिइरहने प्रवृत्तिका कारण अहिलेको अवस्था उत्पन्न भएको हो । अहिलेको राजनीतिक गतिरोधका दोषी, जिम्मेवार र कारण भनेका नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् । हामी चाहन्छौं- समय छँदै उनीहरुले आफ्नो व्यवहार सुधार गरुन् । अन्यथा कुनै पनि बेला ती दलहरु जनताको घेरावन्दीमा पर्न सक्छन् ।
० यी दलहरुले त्यस्तो भूमिका किन गरेका होलान् जस्तो लाग्छ तपाईंलाई ?
यो प्रश्न त मलाईभन्दा उनीहरुलाई नै सोध्दा वेश हुन्छ जस्तो लाग्छ । फेरि पनि तथ्य र वास्तविक कुरा के हो भने नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुमा अहिले पनि सामन्तवाद हावी छ । राजसंस्थाप्रतिको मोह अहिले पनि कायमै छ । तर जनमतले वाध्य बनाएका कारण उनीहरु त्यो खुलेर प्रकट गर्नसक्ने अवस्थामा छैनन् । हाम्रो पार्टर्ीीेकपा माओवादीको जोडबलका कारण १५ गते नै देशमा लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भयो । नेपाली कांग्रेस-एमाले लगायतका दलहरुको अहिलेको व्यवहार र गतिविधिलाई हर्ेदा यो वा त्यो वहाना बनाई राजसंस्थाको अवशेषलाई कायम राख्न उनीहरुले प्रयत्न गरेका छन् भन्ने अनुभूत गर्न सकिन्छ । होइन भने उनीहरुले किन चुनावबाट सवैभन्दा ठूलो दल बनेको नेकपा माओवादीलाई सत्ता हस्तान्तरण गर्नमा जालझेल गरिरहेका छन् त - आफूलाई अब्बल दर्जाको प्रजातान्त्रिक शक्ति हौं भन्नेहरुले ठूलो दललाई सत्ता सुम्पने मार्ग प्रशस्त गरेर प्रजातान्त्रिक आचरण देखाउनुपर्ने होइन -
० नेपाली कांग्रेस र नेकपा एमाले घुमाइ फिराइ राजसंस्था बचाउने जालझेलमा लागेका छन् भन्नुभयो । अब त्यो सम्भव छ र ?
अब देशमा राजतन्त्र रहने सम्भावना विलकुलै छैन । यसको अवशेष पनि रहँदैन । देशमा सामन्ती राजतन्त्रको विधिवत अन्त्य भैसक्यो । लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेको छ । अहिले देशमा गणतन्त्र कलिलो अवस्थामा छ । यसलाई परिपक्व र बलियो एवं संस्थागत बनाउन एउटा दृढ र स्पष्ट सोच सहितको केन्द्रीकृत र युनिफाइड नेतृत्वको आवश्यकता पर्दछ । त्यो नेतृत्व नेकपा माओवादी बाहेक अरु कुनैको पनि हुन सक्दैन । अहिलेको अवस्थामा आवश्यकता महसुस भएको केन्द्रीकृत नेतृत्वलाई भागवण्डा गरेर विकेन्द्रीत गर्दा परिस्थिति गतिकासाथ अगाडि बढ्न सक्दैन । अहिलेको अवस्थामा नेतृत्वलाई भागवण्डा गर्न खोज्नु भनेको कलिलो अवस्थामा रहेको गणतन्त्रको घाटी निमोठ्ने र राजावादीहरुलाई खेल्ने मौका दिनु हो । यस्तो जालझेल, प्रपञ्च र षड्यन्त्र भित्रभित्रै भैरहेको छ । यसको नेतृत्व नेपाली कांग्रेस र नेकपा एमालेले गरिरहेका छन् । जनताको अभिमत र आदेश विपरीत हुन खोजिरेको यो षड्यन्त्र कुनै पनि हालतमा सफल हुँदैन । स्थिति यस्तै भयो भने जनता झन् ठूलो व्रि्रोहमा उत्रन्छन् ।
० नेकपा माओवादीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दावी गरेपछि परिस्थिति विग्रिएको हो भनिन्छ नि त ?
नेकपा माओवादी यो देशको सवैभन्दा ठूलो राजनीतिक दल हो । यो हामीले भनेको कुरा होइन । जनादेशले स्थापित गरेको तथ्यगत सत्य हो । यर्सथ अहिलेको अवस्थामा सरकारको नेतृत्व गर्ने हक नेकपा माओवादीबाहेक अरु कसैलाई छैन । राष्ट्रपति र प्रधानमन्त्री मात्र होइन अर्थ, गृह, रक्षा, परराष्ट्र लगायत महत्वपर्ूण्ा मन्त्रालयको नेतृत्व पनि नेकपा माओवादीले नै गर्नुपर्छ । प्रजातान्त्रिक आचरण र पद्धतिलाई स्वीकार गर्नेले यस विषयमा बहस र वादविवाद गर्नै सुहाउँदैन । राष्ट्रपति, प्रधानन्त्री र अरु महत्वपर्ूण्ा मन्त्रालयका लागि नेकपा माओवादी बाहेक अरु कुनै पनि दलले पाउनर्ुपर्छ भनेर दावी गर्ने अधिकार छैन । अहिले नेकपा माओवादीको नेतृत्व देशको निम्ति अनिवार्य आवश्यकता हो । भरखरै मात्र स्थापित भएको गणतन्त्रलाई बलियो, परिपक्व र संस्थागत विकास नेकपा माओवादीको नेतृत्वले मात्र गर्न सक्दछ ।
० सम्पर्ूण्ा नेतृत्व नेकपा माओवादीले पाउनर्ुपर्छ त भन्नुभयो, नेकपा माओवादीको पनि स्पष्ट बहुमत त छैन नि ?
प्रश्न अल्पमत र बहुमतको मात्र होइन । राजनीतिक एजेण्डाको पनि हो । आज देश लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ । १० वर्षो जनयुद्ध, १९ दिनको जनआन्दोलन, संविधानसभाको निर्वाचन र त्यसबीचमा भएका १२ बुँदेदेखि अरु कैयौं सहमति र समझदारी हुँदै आज मुलुक यो अवस्थामा आइपुगेको हो । मुलुकलाई यो अवस्थामा ल्याउन कुन दलको के कस्तो भूमिका र योगदान रहेको थियो भन्ने कुरा घाम जत्तिकै र्छलङ छ । देशमा गणतन्त्रको स्थापना गराउनमा सवैभन्दा प्रमुख भूमिका नेकपा माओवादीको छ । हामीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नारा अगाडि सारेर महान् जनयुद्ध सुरु गर्यौं । आज त्यो साकार भएको छ । यस निम्ति अन्य दलको भूमिका छैन भन्ने होइन । सवै दलको भूमिका छ । त्योभन्दा पनि महत्वपर्ूण्ा भूमिका नेपाली जनताको छ, तर गणतन्त्रलाई र्सार्थक बनाउने सर्न्दर्भमा सवैभन्दा प्रभावकारी र प्रमुख भूमिका नेकपा माओवादीकै रहेको छ ।
अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ । नेपाली जनताले सवैभन्दा ठूलो दलको रुपमा नेकपा माओवादीलाई जिताएर पठाएका छन् । यस्तो अवस्थामा नेकपा माओवादीको नेतृत्वमा गणतन्त्र कार्यान्वयन प्रक्रिया अगाडि बढ्नर्ुपर्छ । नेकपा माओवादीकै नेतृत्वमा नयाँ संविधान निर्माणको प्रक्रिया अगाडि बढ्नर्ुपर्छ । यसो भयो भने मात्रै देशमा गणतान्त्रिक व्यवस्था बलियो र मजबुत हुनसक्छ, राम्रो संविधान निर्माण हुनसक्छ । नेकपा माओवादी निर्वाचनको गणितीय हिसावले मात्र होइन वर्तमान पर्रि्रेक्ष्यमा राजनीतिक, वैचारिक र प्रतिवद्धताका हिसावले पनि स्पष्ट, बलियो र र्सवाधिक ठूलो राजनीतिक शक्ति हो । हाम्रो भनाइमा तर्क छ र हाम्रो तर्कमा औचित्य छ । हामी विनाआधार नेतृत्वको कुरा गरिरहेका छैनौं ।
० संविधानमा सरकार गठनका लागि राजनीतिक सहमति हुनुपर्ने प्रावधान छ । सहमति कायमका लागि प्रमुख पदहरुको भागवण्डा गर्नु राम्रो होइन र ?
मैले यहाँलाई अगाडि नै निवेदन गरेको थिएँ कि अहिले देशलाई केन्द्रीकृत, युनिफाइड र बलियो नेतृत्वको आवश्यकता छ । विकेन्द्रीत नेतृत्वले अहिलेको परिस्थितिलाई हाँक्न सक्दैन । सहमतिको नाममा प्रमुख पदहरुको भागवण्डा गर्दा नेतृत्व विकेन्द्रीत हुन पुग्दछ । हामीले राजनीतिक सहमतिलाई कहिल्यै पनि अस्वीकार गरेका छैनौं । १२ बुँदे सहमझदारी भएदेखि नै सवै खालका सहमति र समझदारीलाई स्वीकार गर्दै, पालना गर्दै आएका छौं । नेकपा माओवादी अब पनि राजनीतिक सहमतिलाई स्वीकार एवं पालना गरेर अगाडि बढ्छ । हाम्रो भनाइ यति मात्र हो कि- जनताको अभिमत, राजनीतिक दलहरुको हैसियत र प्रतिवद्धता अनुरुप राजनीतिक सहमति हुनर्ुपर्दछ । राजनीतिक सहमति भन्दैमा जनमत विपरीत जनताले अस्वीकृत गरेको नेतृत्वलाई जिम्मेवारी दिन सकिंदैन । त्यस्तो गर्नु भनेको जनताको मतलाई धोका दिनु हो । कलिलो गणतन्त्रलाई कमजोर बनाइ राजावादीहरुलाई चलखेल गर्ने मौका दिनु हो । नेकपा माओवादी जनमत विपरीत जान सक्दैन । यदि नेपाली कांग्रेस र नेकपा एमाले साँच्चै नै सहमति र समझदारीप्रति प्रतिवद्ध छन् भने छिटोभन्दा छिटो नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरिदिनु पर्दछ । यस कार्यमा अलिकति पनि विलम्ब गर्नु हुँदैन । त्यसपछि नेकपा माओवादीको अगुवाईमा सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । नेकपा माओवादीले राष्ट्रपति, प्रधानमन्त्री, रक्षा, गृह, अर्थ, परराष्ट्र लगायतका महत्वपर्ूण्ा मन्त्रालय पाउनु पर्दछ । यसमा भागवण्डा हुन सक्दैन । यो हामीले महत्वकांक्षी भएर भनेका होइनौं, जनमतले भनेको कुरा हो ।
० तपाईले भनेअनुसारका राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नेकपा माओवादीले पाउने स्थिति बनेन भने परिणाम के हुन्छ त ?
यस्तो स्थिति आउँछ भन्ने मलाई लाग्दैन । यदि जनमत विपरीत षड्यन्त्र भयो र नेकपा माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री एवं महत्वपर्ूण्ा मन्त्रालय नपाउने स्थिति बनाइयो भने त्यस्तो षड्यन्त्र गर्नेहरुले दर्ुगती व्यहोर्नुपर्ने छ । जनता व्रि्रोहमा उत्रने छन् । उनीहरु जनताको घेरावन्दीमा पर्नेछन् । जसरी जनताले राजालाई लखेटे त्यसरी नै उनीहरुलाई पनि लखेट्ने छ । परिणाम गणतन्त्रभन्दामाथि उठ्दछ । परिस्थिति जनगणतन्त्रतिर जानसक्छ । वास्तवमा जनगणतन्त्र जनताको आकांक्षा पनि हो । तपाईंलाई के कुरा स्पष्ट पार्न चाहन्छु भने नेपाली कांग्रेस र एमाले लोकतान्त्रिक गणतन्त्रप्रति वास्तविक अर्थमा प्रतिवद्ध छैनन् । यिनीहरुले सरकारको विषयमा विवाद सिर्जना गरी १५ गतेको बैठकलाई पर धकेल्ने तानावाना बुनिरहेका थिए । सवैलाई थाहा भएकै कुरा हो ११ बजे बस्ने भनिएको बैठकलाई यिनीहरुकै कारणले राति ८ बजे पुर्याइयो । सरकार गठनका लागि सहमति जुटाउन बसेको र्सवदलीय बैठक कुनै निष्कर्षा पुगेन । उनीहरु त्यत्तिकै आलटाल गर्ने सोचमा थिए । तर, हामी सरकार गठनको सानो विषयले गणतन्त्रको कार्यान्वयन जस्तो महत्वपर्ूण्ा मुद्दालाई छायाँमा पर्न दिनुहुँदैन भनेर र्सवदलीय बैठक स्थगित गरी अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रको बैठकमा जान दबाब दियौं । हामीले पहल नगरेका भए १५ गते संविधानसभाको बैठक बस्ने थिएन र गणतन्त्रको कार्यान्वयन हुने थिएन । मैले यो किन भन्न खोजेको हो भने- नेपाली कांग्रेस र एमालेमा गणतन्त्रप्रतिको प्रतिवद्धता कम छ । उनीहरुले गणतन्त्रलाई बलियो बनाउन होइन यो वा त्यो वहानामा राजतन्त्रको अवशेषलाई जोगाइराख्न चाहन्छन् ।
० राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नेकपा माओवादीलाई नदिनका लागि अन्तर्रर्ााट्रय समुदाय, नेपाली सेना र प्रहरीले पनि अप्रत्यक्ष रुपबाट लविङ गरेका छन् भनिन्छ । के यो सत्य हो ?
हामीलाई त्यस्तो लाग्दैन । अन्तर्रर्ााट्रय समुदाय, सेना र प्रहरीले नेकपा माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री नदिनका निम्ति लविङ गरेका छन् भनेर गरेको प्रचार गलत हो । उनीहरुले त्यस्तो गर्दैनन् । परिस्थितिलाई विगार्न यस्तो किसिमको गलत प्रचार गरिएको हो । सेना र प्रहरी भनेका राज्यका अंग हुन् । सरकारको निर्देशनमा यस्ता अंगहरु संचालित हुन्छन् । सरकारमा जुन दल आए पनि यिनीहरुले आफ्नो दायित्व पूरा गर्दै जान्छन् । अर्को कुरा अन्तर्रर्ााट्रय जगत पनि जनमतभन्दा विपरीत जान सक्दैन । यहाँनेर सेना, प्रहरी र अन्तर्रर्ााट्रय समुदायले नेकपा माओवादीलाई सहयोग गर्दैन भनेर जुन किसिमको गलत प्रचार गरिंदैछ त्यो पराजित मानसिकताको उपज हो । परिस्थितिमा अन्तरविरोध सिर्जना गर्न र विगार्न यस्तो खेल खेलिएको हो । यस्तो कुप्रचारको कुनै अर्थ छैन । जनमत प्राप्त गरिरहेको नेकपा माओवादीलाई अब कसैले पनि अवाञ्छित षड्यन्त्र गर्ने दुस्साहस नगरे हुन्छ ।
० नेकपा माओवादीले वृहत शान्ति सम्झौतामा उल्लेख भएका कतिपय प्रतिवद्धताहरु पूरा गरेको छैन भन्ने आरोप छ । त्यसलाई कहिलेसम्म पालना गरिन्छ त ?
यो पनि नेकपा माओवादीमाथि लगाइएको गलत आरोप हो । १२ बुँदे समझदारी, वृहत शान्ति सम्झौता लगायत अन्य विषयमा भएका सहमति र समझदारीको नेकपा माओवादीले पालना गर्दैआएको छ । हामी सहमति र समझदारीप्रति एकदमै प्रतिवद्ध छौं । बरु नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिवद्धतामाथि प्रश्न उठाएका छन् जनताले । निर्वाचनको परिणामले पनि यस तथ्यलाई पुष्टि गर्दछ ।
० माओवादीले जनयुद्धका क्रममा कब्जा गरेका धेरै नागरिकको घरजग्गा र सम्पत्ति फिर्ता गर्नुभएको छैन नि ?
यो त मर्ूखहरुले लगाउने गरेको आरोप मात्र हो । हामीले एकाध सामन्त, दलाल र नोकरशाही जो प्रतिक्रियावादी पनि हुन्, उनीहरुको सम्पत्ति मात्र फिर्ता नगरेका हौं । बाँकी सवैको सम्पत्ति फिर्ता गरिसकेका छौं । हामी महासामन्त, दलाल र नोकरशाहीको सम्पत्ति फिर्ता गर्दैनौं । नेकपा एमाले, नेपाली कांग्रेस लगायत दलका व्यक्तिहरुको सम्पत्ति फिर्ता गरिसकेका छौं ।
० जनताले नेकपा माओवादीलाई सवैभन्दा ठूलो दल बनाइदिए । ठूलो आशाका साथ जिम्मेवारी दिएका छन् । तर पनि युद्धको धङधङी र उदण्ड गतिविधि नियन्त्रण गर्न तपाईंहरुले सक्नुभएन नि ?
अवस्था त्यस्तो होइन । नेकपा माओवादीको बढ्दो लोकप्रियताबाट अत्तालिएकाहरुले लगाएको आरोप मात्र हो यो । नेकपा माओवादी यो देशको सवैभन्दा जिम्मेवार र इमान्दार राजनीतिक शक्ति हो । हाम्रा व्यवहार र गतिविधिहरु राष्ट्र र जनताको पक्षमा केन्द्रित छन् । सामन्तवाद, शोषण र प्रतिक्रियावादीहरुको विरुद्धमा छन् । हामीले अत्यन्तै जिम्मेवार भएर काम गरिरहेका छौं । हामी देशमा शान्ति स्थापना गर्न, अग्रगमनतिर लैजान र विधिको शासन स्थापना गर्न हतियार छोडेर शान्ति प्रक्रियामा आएका शक्ति हौं । हामीमा युद्धको धङधङी छैन । हाम्रा गतिविधि र क्रियाकलाप उदण्ड छैनन् । अपराधी, फटाहा, भ्रष्टाचारी र दुराचारीलाई कारवाहीको प्रक्रियामा ल्याइदिनु, कानुनको घेरामा ल्याइदिनु, अराजकता होइन । यो त एउटा सचेत नागरिकले पूरा गर्नुपर्ने दायित्व हो । समाजमा राम्रो काम गर्दै गएको नेकपा माओवादीलाई अनावश्यक लाञ्छना लगाउनु राम्रो होइन ।
० वाईसीएलको गतिविधि पनि निकै आलोचित हुने गरेको छ । यसलाई नियन्त्रण गर्नेतर्फकुनै पहल गर्नुहुन्न ?
यस विषयमा मैले माथि नै प्रष्ट पारेको छु । हाम्रा विरोधीहरुले ससाना घटनालाई अतिरञ्जित ढंगले प्रचार गरेका छन् । समग्रतामा वाईसीएलले राम्रो काम गरेको छ । मुलुकलाई गणतन्त्रको यो अवस्थामा ल्याउन वाईसीएलले खेलेको भूमिका अत्यन्तै सकारात्मक र उल्लेखनीय छ । अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, विकृति, विसंगति हटाउन वाईसीएलले राम्रो भूमिका खेलेको छ । गणतन्त्र कार्यान्वयनको घोषणा हुने दिन वानेश्वरमा वाईसीएलले प्रभावकारी पहरा नदिएको भए परिस्थिति व्रि्रन पनि सक्दथ्यो । वम विस्फोटन भएपछि प्रहरीले अपराधीलाई पक्रन सकेन, वाईसीएलले पक्रेर प्रहरीलाई बुझाइदियो । वाईसीएलले गरेका राम्रा कामको प्रशंसा खोई - वास्तवमा भन्ने हो भने वाईसीएल भनेको यो देशका लागि, यो देशको रक्षाका लागि, अन्याय, अत्याचार र अपराध नियन्त्रणका लागि अति आवश्यक राष्ट्रिय शक्ति हो । उसले आफूलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गरिसकेको छ । वाईसीएलको विषयमा गलत टिप्पणी गर्नु आफैंमा हास्यास्पद कुरा हो ।
० जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने काम कहाँसम्म पुगेको छ त ?
जनमुक्ति सेनालाई राष्ट्रिय सेना बनाउने काम हुन्छ । राष्ट्रिय सेनालाई बेकामको सेना होइन, कामयावी सेना बनाउनु पर्दछ भन्ने हाम्रो सोच छ । राष्ट्रिय सहमतिकै आधारमा त्यो काम हुन्छ । संविधान निर्माणको प्रक्रियासंगै यो काम तदारुकताका साथ अगाडि बढ्छ । मलाई लाग्छ- अब छिट्टै नै राजनीतिक गतिरोध हटेर सरकार बन्छ अनि यी सव काम एकैसाथ सुरु हुन्छ । यस निम्ति राजनीतिक दलका नेताहरुबीच छलफल भैरहेको छ ।
० संविधानसभामा निवाचित पनि हुनुभएको छ, आगामी दिनमा तपाईंको कस्तो भूमिका रहन्छ?
हामी राजनीतिक भूमिकाकै लागि आएका हौं । अहिलेको अवस्थामा गणतान्त्रिक व्यवस्थालाई बलियो र संस्थागत बनाउनमा मेरो पहल रहनेछ । यस बाहेक राम्रो संविधान निर्माण गर्नु छ । जसमा सवै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको अधिकार प्रतिविम्बित हुन सकोस्, संघीयता कायम होस् । मूलतः जनता र देशको हितमा केन्द्रित रहेर मैले भूमिका निर्वाह गर्नेछु । यसका अलावा जिल्लाको विकास र प्रगति एवं समृद्धिमा पनि मेरो उत्तिकै ध्यान जानेछ ।
प्रस्तुतिः देवराज अर्याल