Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 01:52am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 

गाँठो कस्ने प्रवृत्तिले निकास निस्कँदैन ः परी थापा- सभासद्


Monday, 06.16.2008, 05:51pm (GMT+5.5)

अहिलेको राजनीतिक गतिरोध किन अन्त्य हुन सकेको छैन ?
विद्यमान परिस्थितिलाई राजनीतिक गतिरोध नै भन्न त मिल्दैन । तर, जुन गतिमा समग्र राजनीति अगाडि बढोस् भन्ने जनअपेक्षा थियो, त्यो अनुसार भएको छैन । ठूला राजनीतिक दलका कारण यस्तो अवस्था आएको हो ।

हलो कहाँनिर अड्केको छ त ?
मुख्य रुपमा सत्ताकै विषयमा विवाद भएको छ । पदको बाँडफाँडमा हलो अड्केको हो । राष्ट्रपतिको पदलाई निकै विवादको विषय बनाइएको छ र निर्ण्र्ााहुन सकेको छैन । निर्ण्र्ााा यस किसिमको ढिलाईले जनतामा निराशा छाएको छ ।

पदीय भागवण्डामा मुलुकलाई नै अन्योलको परिस्थितिमा राखिनु, जनताको म्याण्डेट विपरीत भएन ?तपाईंले सरकार गठन नहुनुलाई अन्योल भनेर जसरी जोड दिनुभएको छ, त्यसलाई त्यो रुपमा व्याख्या गर्न भने मिल्दैन । संसारमा त्यस्ता राष्ट्र पनि छन्, जहाँ वर्षौंसम्म नयाँ सरकार गठन हुन नसकी अन्तरिम सरकारले नै काम चलाइएको छ । उदाहरणका निम्ति बेल्जियमलाई लिन सकिन्छ । त्यहाँ निर्वाचन भएको एक वर्षम्म सरकार गठन हुन सकेन । निर्वाचनमा बहुमत ल्याए पनि को प्रधानमन्त्री हुने भन्ने पार्टर्ीीत्रैकै विवादले नयाँ सरकार गठन हुन सकेको छैन ।

नेपालको हकमा हामी शान्ति प्रक्रियाको अन्त्य गर्ने संक्रमणकालीन अवस्थामा छौं । यस्तो अवस्थामा राजनीतिक दलमा अपरिपक्वता देखिएको छ । यसो हुनु पनि स्वाभाविक छ । नेतृत्वको पुस्ता नफाटेकाले नेपालको राष्ट्रिय राजनीति अझै पनि परिपक्व हुन सकेको छैन । जुन पुस्ताले पार्टर्ीीठन गरेर राजनीति गरेको थियो, त्यो पुस्ता अझैसम्म नेतृत्वमा छ । उनीहरुमा पुरानै प्रवृत्ति छ । पुस्ता नफाटिसकेको परिस्थितिमा देखिएको अपरिपक्वतालाई अस्वाभाविक ठान्न सकिन्न ।

परिवर्तनपछिको जनचाहना अनुरुप काम नहुनु जनताप्रति घात गरेको ठहरिंदैन ?
अहिलेको अपरिपक्व राजनीतिलाई नै आधार बनाएर जनताप्रति कुठाराघात भयो भन्न सकिन्न । तर पनि जनइच्छालाई उचित ढंगले ठीक समयमा सम्बोधन गर्न नसकिएको भने सत्य हो । यस विषयलाई राजनीतिक दलहरुले गम्भीर रुपमा लिनर्ुपर्छ । जुन रुपमा राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनको अपेक्षा जनताको हो, त्यो गन्तव्यतर्फलाग्नर्ुपर्छ ।

जनइच्छालाई सम्बोधन गर्न नसक्नुले त गणतन्त्रको गलत सन्देश गएन ?
अहिलेको परिस्थितिलाई मात्र लिएर गलत भयो भनी सन्देशकै रुपमा बुझ्न हुँदैन र यो स्थिति अब रहने पनि छैन । मैले पटक-पटक भने किः नेपालको राजनीतिमा परिपक्वता नभएकै कारण पदलालुपता र सत्तामोहमा लुछाचुडी भैरहेको छ । राजनीति शास्त्रमा भनिने सत्ता आकांक्षावाद अर्थात् धेरै पद मैलाई चाहिन्छ, धेरै शक्ति मैलाई चाहिन्छ भन्ने मनोवृत्ति आम रुपमा देखा परेको छ । यसले नै समस्या पारेको हो । यो प्रवृत्तिको अब अन्त्य हुनर्ुपर्छ भन्ने हामीले भन्दै आइरहेका छौं ।

अहिले मुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर देखिएको छ, महंगी बढेको छ, यो अवस्था जनताले कहिलेसम्म भोग्नर्ुपर्छ -

हाम्रो राज्य जनहितैषि र जनमुखी छैन । राज्यको पुनः संरचना भनिएकोले अहिले यो स्थिति रहनु स्वाभावि पनि छ । जबसम्म राज्य जनमुखि हुँदैन तबसम्म राज्यमा यस्तो अवस्था रहिनैरहन्छ ।

जहाँसम्म अशान्ति, असुरक्षा, अभाव र महंगीको प्रश्न छ, वर्तमानमा जसले सत्ता सम्हालिरहेका छन्, उनीहरुले विद्यमान परिस्थितिलाई चित्तबुझ्दो व्याख्या वा विश्लेषण गर्न सकेका छैनन् । यो-यो कारणले मुलुकमा समस्या देखिएको हो र अब हामी यस्तो गछार्ंर्ैैनी योजना र्सार्वजनिक र कार्यान्वयन नगरेकै कारण अहिलेको अवस्था सिर्जना भएको हो । मुलुकमा यस्तो अवस्था लामो समय रहनु हुँदैन । सरकारले जनताका समस्याको निराकरणका लागि तत्काल प्रयास थाल्नर्ुपर्छ ।

ठूला दलबीच मात्र छलफल र सहमति गर्न मिल्दैन भनी यहाँहरुले विरोध गर्नुको कारण के हो ?
संविधानसभाको निर्वाचनले २५ वटा दललाई सविधानसभामा प्रतिनिधित्व गराएर पठाएको छ । राजनीतिक निकास निकाल्ने सहमतिका लागि ती सबै दलहरु बसेर छलफल गर्नुपर्छ र संविधानसभाबाट अनुमोदन हुनर्ुपर्छ भन्ने हाम्रो भनाई हो । तर, ठूला दलहरुले यसलाई बाइपास गर्ने, नजरअन्दाज गर्ने काम गरिरहेका छन् ।

साना दललाई बेवास्ता गरेर सहमतिलाई पारित गराउन खोज्ने प्रवृत्तिले राम्रो परिणाम ल्याउँदैन । जनताले पठाएका प्रतिनिधिहरुको आम सहमतिबिना ठूलो दलले मात्र निर्ण्र्ाालाद्न खोज्नुले जनचाहना पनि पूरा हुन सक्दैन भन्दै हामीले विरोध गरेका हौं । यस्तो प्रवृत्तिको विरोधमा हामीले साना दलहरुसंग सहकार्य गरी आवाज उठाएका छौं ।

तर, ठूला दलहरु सहमति बनाएर संविधानसभामा लाद्ने प्रयास गर्दैछन् नि, हैन ?
उनीहरुलाई यसरी जाँदा निकास निस्कन्छ भन्ने लागेको होला र गरेका होलान् । ठूला दल भनिएकाले सहमतिबाट आउँदा सामान्यतः निकास निस्कन सक्छ । तर, यो तरिका मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेको सर्न्दर्भमा सही होइन । साना दललाई समेटेर साझा सहमति बनाउनर्ुपर्छ ।

अहिले चर्चामा आइरहेका मध्ये यहाँहरु कुन राष्ट्रपतिको पक्षमा हुनुहुन्छ ?
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका विशिष्ठ पदका विषयमा खुला छलफल भएपछि मात्र यसबारे बताउन सकिन्छ । यी विषयलाई खुला रुपमा छलफल नै गरिएको छैन । जिम्मेवार विषयलाई हल्का रुपमा लिन पनि हुँदैन ।

यही कारण तपाईंहरु कसैको पक्षमा नलाग्नुभएको हो त ?
राष्ट्रपति कसलाई बनाउने भनी र्सार्वजनिक रुपमा बोल्दै हिड्नु कुनै तरिका होइन । यो राजनीतिक अपरिपक्वता हो । राष्ट्रपतिजस्तो जिम्मेवार पदलाई हल्का रुपमा यो र उ हुन्छ भन्दैमा त्यही हुनेछ भन्न सकिन्न । गम्भीर विषयमा त्यही किसिमको छलफल र प्रक्रियामा जानर्ुपर्छ । फेरि कसैले राष्ट्रपति हुन्छु भन्दैमा सजिलै हुन पनि पाउँदैन । यसका लागि समग्रतामा छलफल हुनर्ुपर्छ र निश्चित प्रक्रियाबाट चुनिनु पर्छ ।

त्यसो भए, राष्ट्रपति गैरराजनीतिक वा राजनीतिक व्यक्ति को हुनर्ुपर्छ भन्ने लाग्छ त ?
मैले अघि पनि भनिसकें कि राष्ट्रपतिको विषयलाई हल्का रुपमा लिन हुन्न । राष्ट्रपति जस्तो मुलुकको जिम्मेवार पद विज्ञापनको विषय होइन । यसलाई पसलमा 'शो केश' बेच्ने राखेजस्तो गर्ने होइन, यसरी चर्चा गर्न खोज्नुलाई पुरानो प्रवृत्तिको निरन्तरता भन्न सकिन्छ । यसबाट के बुझ्न सकिन्छ भने हामीले राजा, राजतन्त्र फालिसकेका छौं, तर प्रवृत्तिलाई भने बोकेर नै हिडेका छौं । समान्तवादको नाइकेको अन्त्य भैसक्दा पनि सामान्तवादी सोच र संस्कृतिलाई बोकेर हिंडेकाले नै विभिन्न समस्याहरु आइरहेका छन् । यस्तो अवस्था रहन हुँदैन ।

अहिले जुन किसिमका राजनीतिक निकासहीनको परिस्थिति विद्यमान छ, त्यसमा बाह्य शक्तिको खेल पनि महत्वपर्ूण्ा भएको टिप्पणी गरिएका छन्, यथार्थ के हो -

आफ्नो घरको झगडा आफैं मिलाउनपर्छ । घरायसी झगडा परिवारभित्रबाटै मिल्न सकेन भने बाह्य हस्तक्षेप हुन्छ । यसलाई बुझेर राजनीतिक दलहरु अनुशासित र मुलुकप्रति गम्भीर हुनर्ुपर्छ । यसबारे हामी सचेत छौं र हस्तक्षेपकारी भूमिकाको विरोध पनि गरेका छौं ।

अब राजनीतिक निकासका लागि के गर्नुपर्छ ?
विवाद र असमञ्जसका कुराहरु कहिं पनि आउँछन् । तिनलाई वार्ता वा संवादका माध्यमबाट निकास दिनु राजनीतिक प्रक्रिया हो । यही माध्यमबाट नै सबै किसिमको काम हुनर्ुपर्छ । सधैं गाँठो कस्ने प्रवृत्तिले निकास निस्कँदैन, गाँठो खुकुलो बनाउनर्ुपर्छ । विद्यमान परिस्थितिको गाँठो पनि फुस्कने अवस्थामा छ ।

पर्ूव राजा ज्ञानेन्द्र सहज रुपमा दरबारबाट बाहिरिनुलाई कुन रुपमा लिनुभएको छ ?
उपाय नै नभएपछि उनी बाहिरिएका हुन् । जुन रोगको औषधि, उपचार छैन, त्यसलाई सहेर हिड्नुको विकल्प हुँदैन । पर्ूव राजा ज्ञानेन्द्र पनि 'उपाय नास्ती' भएर नै बाहिरिएका हुन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपाल पनि सिक्किम वा भूटानको नियतिमा नपुग्ला भन्न सकिंदैन- चित्रबहादुर के.सी. अध (06.09.2008)
माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री नदिने षड्यन्त्र भए परिस्थिति जनगणतन्त्रति (06.02.2008)
संविधान बनाउनु नै अबको ठूलो आन्दोलन होनरहरि आचार्य, सभासद् तथा केन्द्रीय सदस्य, (05.26.2008)
नेपाल संक्रमणको तेस्रो चरणमा प्रवेश गरेको छ - प्रा. कृष्ण पोखरेल, अध्यक्ष, राजनीतिशास्त (05.19.2008)
संविधानमा जनताको स्वामित्व स्थापित हुनर्ुपर्दछ दिनेश त्रिपाठी- वरिष्ठ अधिवक्ता (05.12.2008)
s[lifsf] ljsf; geP;Dd cfly{s qmflGt c;Dej (05.08.2008)
संविधानसभाले राष्ट्रियतालाई आँच आउने बाहेकका निर्ण्र्ाागर्न सक्छविश्वकान्त मैनाली- (04.28.2008)
पुरानो नेतृत्वप्रति जनताको आशा घटेको देखियो- श्रीधर कुमार खत्री, विश्लेषक (04.21.2008)
प्रजातान्त्रिक संविधान बनाउन मेरो विजय- चक्रबहादुर ठकुरी, नेपाली कांग्रेस (03.31.2008)
एमालेका जनाधार कसैले लुट्न सक्दैन - रामेश्वर फुयाल, नेकपा एमाले (03.31.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]