Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:59am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 

विखण्डनकारी अवधारणा ल्याउनेहरुको हामी सबैले प्रतिरोध गर्नुपर्छ

Monday, 06.30.2008, 06:18pm (GMT+5.5)

तपाईंहरु किन आन्दोलित हुनुभएको हो ?
थारु जातिको जातीय पहिचान, स्वतन्त्रता र अस्तित्वमाथि अहिले मधेसवादी दलको नाममा 'एक मधेस-एक प्रदेश' भनेर धावा बोल्ने काम भैरहेको छ । यस्तो नाराले तर्राईमा रहेका थारु मात्र नभै, तमाम आदिवासी जनजातिहरु, दलित, मुस्लिम समुदालय लगायत सबैको अस्तित्व समाप्त गर्न खोजिएको छ । मधेसी जातिको नाममा 'एक मधेस-एक प्रदेश' बनाइयो भने हामीकहाँ रहेको जातिय, सांस्कृतिक, भाषिक, धार्मिक विविधता समाप्त हुन्छ । केवल केही टाठाबाठा मधेसवादी नेताहरुले हालीमुहाली गर्नका निम्ति यो षड्यन्त्र गरिरहेका छन् । हाम्रो आफ्नो पहिचानको रक्षा गर्न यो षड्यन्त्रबाट बच्नका निम्ति हामीले आवाज उठाएका हौं । हामीले सिंगो संविधानसभा, राजनीतिक दल तथा सरकारलाई खबरदारी गरेका हौं । षडयन्त्रकारी मागलाई हामी कुनै हालतमा पूरा हुन दिने पनि छैनौं ।

यहाँहरुले मधेस र मधेसी भन्ने छैन भन्दैआउनुभएको छ, यथार्थ त्यस्तै हो र ?
नेपालको तर्राईमा सदियौंदेखि थारु समुदायहरु बस्दैआएका छन् । त्यहाँका अन्य आदीवासी जनजातिहरु पनि तर्राईका बासिन्दा हुन् । पहाडी तथा मधेसी समुदाय तर्राईका आगन्तुक समुदाय हुन् । उनीहरु एकाध सय वर्षघि मात्र यहाँ आएको इतिहास छ ।

तर्राईमा मधेसी समुदाय छन् भने उनीहरुको अस्तित्व हामी स्वीकाछौर्ं । तर, नेपालको भूगोलभित्र मधेस भन्ने भू-भाग छैन । मधेस भन्ने भू-भाग खोज्ने हो भने हामी हिस्दुस्तान अर्थात् भारत पुग्नर्ुपर्छ । मध्यप्रदेश भन्ने भाग भारतमा छ । त्यसैले यदि कसैलाई मध्यदेशको माया छ भने उनीहरु त्यो भू-भाग भारतमा गएर खोजे हुन्छ । नेपालमा त्यस्तो भूमि खोज्न सकिंदैन र अनेक किसिमका नाममा तर्राईलाई मधेस बनाउन सकिंदैन । नेपालमा हिमाल, पहाड र तर्राई छ । यर्सथ नेपालको भू-भागभित्र मधेसी छन् तर मधेस छैन, इतिहासमा नभएको मधेस भविष्यमा पनि कुनै प्रकारले हुन सक्दैन ।

एक मधेस, एक प्रदेश भन्नेहरु अब मध्यप्रदेशतिर गए हुन्छ भन्ने यहाँको चेतावनी हो ?
निश्चिय पनि 'एक मधेस, एक प्रदेश' भन्नेहरु भारततिर गए हुन्छ । आजसम्म हामीले जुनसुकै समुदायलाई पनि तर्राईमा स्वागत गरेका छौं । पहाडी, दलित, मुस्लिम लगायतका जुनसुकै समुदायलाई पनि सदियौंदेखि बसोबास गर्दैआएका आदिवासी रैथाने थारु समुदायले स्वागत गरेका छन् । सबैलाई स्वागत गरेर थारु समुदाय मिलेर बसेको हो । तर, मिलेर बसोबास गर्न सबैलाई स्वागत गर्ने थारु समुदायप्रति नै अहिले धावा बोल्ने काम भयो । थारुको पहिचानमाथि खेलवाड गर्न खोजियो । यस्तो अवस्थामा थारु समुदाय टुलुटुलु हेरेर बस्न सक्दैन, त्यही भएर नै हामी आन्दोलित भएका हांै र यस किसिमका मागलाई पूरा हुन पनि दिंदैनौं ।

भारतले नेपालका आदिबासीलाई तर्राईबाट हटाएर मधेसवादीलाई अगाडि ल्याउन खोेजेको हो भन्ने तपाईंको आरोप हो ?
तपाईंले जुन रुपमा भन्नुभयो, यथार्थ यही हो । भाषिक, धार्मिक, सांस्कृतिक लगायतका विविधताहरु, जुन नेपालको सम्पत्ति मानिन्छ, त्यसलाई समाप्त पारेर एउटा संस्कृति लाद्ने भारतीय षड्यन्त्र हुँदैछ । यसप्रति हाम्रो घोर आपत्ति छ र जुन किसिमको संस्कृति भित्र्याउन खोजिएको छ, त्यसलाई हामी धरासायी बनाएरै छोड्ने छौं । हाम्रो अभियानलाई सबै क्षेत्रबाट सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा पनि छ ।

थारु सभासद्ले मधेसीवादी दलले उठाएका मागको विरोध नगरेको प्रति पनि यहाँहरुले आपत्ति जनाउनु भएको थियो, उहाँहरुले किन त्यसो गर्नुभएको हो ?
सुरुमा उहाँहरुले किन विरोध गर्नुभएन भन्नेमा हाम्रो आपत्ति थियो । अहिले हाम्रो आन्दोलनप्रति उहाँहरुले र्समर्थन जनाउनुभएको छ । थारु सभासद्हरुले र्सार्वजनिक र आन्तरिक भेटघाटमा आन्दोलनको र्समर्थन गर्नुभएको छ । अब हामी विश्वस्त छौं कि हाम्रो आन्दोलनप्रति कसैको विरोध छैन ।

तपाईंहरुको आन्दोलन जातीय संकटका निम्ति हो कि, मुलुक विखण्डन हुने खतरा देखेर गर्नुभएको हो ?
मुख्य रुपमा 'एक मधेस एक प्रदेश'को विरोधमा अहिलेको आन्दोलन केन्द्रित छ । 'एक मधेस एक प्रदेश'को नाराले मुलुकमा धेरै किसिमका समस्याहरु जन्माउँछ । उनीहरुकै नारामा रहेर तर्राईको विविधतालाई समाप्त गर्ने हो भने अर्को ठूलो व्रि्रोह तत्कालै हुने सम्भावना छ । त्यो व्रि्रोहले मुलुकलाई पुनः चरम अशान्तितर्फधकेल्छ । अशान्तिले के-कस्तो संकट निम्त्याउँछ भन्ने तथ्य मुलुकका सामु र्छलङ्ग छ । त्यसैले यो नारा विल्कुलै गलत, अवैज्ञानिक छ र समयसापेक्ष छैन । हामीले हिजो राजतन्त्रलाई फाल्यौं, सामान्ती र सामन्ती संस्कारको अन्त्य गर्‍यौं । केन्द्रिकृत शासन प्रणालीको छातामुनी अट्न नसकेर सामन्तीको अन्त्य गरिसकेपछि अहिले मधेसवादी दलहरु श्रीपेच र राजदण्डबिनाको राजा बन्ने प्रयास गर्दैछन् । यस्तो अधिनायकवाद तथा तानाशाही प्रवृत्ति थारु समुदायलाई सैहृय छैन । हामी त्यस्तो प्रवृत्ति लाद्ने प्रयास गर्ने र माग पूरा गर्न खोज्नेहरुको खिलापमा छौं ।

मुलुक विखण्डन हुन नदिन र विविधतालाई जोगाउन के गर्नुपर्छ त अब ?
सबै राष्ट्रवादी नेपालीहरु मुलुकलाई विखण्डन हुनबाट जोगाउन र विविधताको पहिचान कायम राख्न एकीकृत हुनर्ुपर्छ । एकजुट भएर विखण्डनकारी नाराहरुको प्रतिरोध गर्नुपर्छ । म सम्पर्ूण्ा नेपाली जनतालाई आह्वान गर्न चाहन्छु किः विखण्डनकारी शक्ति तथा विखण्डनकारी अवधारणा ल्याउनेहरुसित हामी सबैले मिलेर प्रतिरोध गर्नुपर्छ ।

विखण्डनकारीको प्रतिरोध गर्न यहाँहरुले सशस्त्र आन्दोलन गर्ने तयारी गर्दै हुनुहुन्छ भन्ने चर्चा छ, त्यस्तो तयारीमा तपाईंहरु जुट्नुभएको हो ?
हाम्रो आवाजलाई सुनिएन, भावनाको कदर गरिएन, हाम्रो हक अधिकार कुल्चने र अस्तित्वलाई समाप्त गर्ने प्रयास भयो भने जुनसुकै किसिमको आन्दोलन र व्रि्रोह हुनसक्छ ।

थारु समुदाय हरेक किसिमका आन्दोलनका लागि सक्षम छन् । नेकपा माओवादीको जनयुद्धमा पनि थारु समुदायले सबैभन्दा बढी बलिदानी दिएका छन् । यस्तै समान्तीको अन्त्यका लागि गरिएका जुनसुकै आन्दोलन र राष्ट्रियताका लागि थारु समुदायले बलिदानी दिन र प्रतिकार गर्न अग्रसर छ । यदि थारु समुदायको भावनालाई संविधानसभा, सरकार तथा राजनीतिक दलले कदर गरेनन् भने जस्तोसुकै आन्दोलन पनि हुनसक्छ ।

संघीय राज्य संरचनाको पनि विरोधी हो, तपाईंहरु ?
हामी संघीय राज्य संरचनाको विरुद्धमा छैनौं । हामीले नेपाल सुहाउँदो संघात्मक शासन प्रणाली हुनर्ुपर्छ भन्दैआएका छौं । जाति, भाषा, संस्कृति, जनसंख्या, प्राकृतिक स्रोत साधनलाई आधार बनाएर सबै जातजाति, सबै वर्ग क्षेत्र विशेषको स्व-अस्तित्वलाई स्वीकार गर्दै, सबैको हक अधिकार स्थापित हुने गरी संघीय स्वायत्त प्रदेश बन्दछ भने हामीलाई स्वीकार्य छ । तर, कुनै पनि नाममा वा बहानामा थारुहट स्वायत्त प्रदेशको, थारुहरुको हक अधिकारको र थारुहरुको घाँटी निमोठेर प्रदेश बनाउन खोजियो भने हामीलाई त्यो स्वीकार्य हुनेछैन ।

संघीयतामा जाँदा मुलुक विखण्डन हुने र दक्षिणी सीमानाले धकेल्दै ल्याउने सम्भावना रहँदैन ?
संघीयतामा जाँदैमा मुलुक विखण्डन हुँदैन । अहिलेसम्म जो पछाडि परेका समुदायहरु, वर्ग क्षेत्रहरु थिए र जो अहिलेसम्म राष्ट्रको मूल धारमा जान सकेका थिएनन्, संघीय प्रदेश बन्दा तथा आफ्नो क्षेत्र वा भूगोलमा शासन गर्न पाउँदा उनीहरुले सहज रुपमा राज्यको मूलधारमा जान पाउँछन् । यसबाट आफ्नो भावना मुखरित हुने भएकाले उनीहरु राष्ट्रियताप्रति अझ बढी सजग हुन्छन् । तर, गलत रुपमा संघीयता लगियो भने त्यसले खतरा निम्त्याउने संभावना रहन्छ ।

अहिले भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरिरहेका छ भने भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परिरहेका छन्, यसबारे तपाईंहरुले के गर्दै हुनुहुन्छ ?
यसबारे हामीले सबैलाई खबरदारी गरेका छौं । राष्ट्रियताको विषयमा सबै जनता तथा राजनीतिक दल र सरकार सजग हुनर्ुपर्छ । यर्सथ राजनीतिक दल, संविधानसभा तथा सरकारले भूमि अतिक्रमण, डुबान लगायतका पक्षमा अत्यन्तै संवेदनशील हुनर्ुपर्छ र समस्या समाधानको उपाय खोजिनर्ुपर्छ ।

भूमि अतिक्रमण र डुबानमा परेका जनताको पीडा पनि तपाईंहरुले संगै उठाउनपर्ने होइन र ?
हिले मूल रुपमा आदीबासी थारुहरुको जातीय पहिचान तथा हक अधिकार समाप्त पार्ने षड्यन्त्रको विरोधमा आन्दोलित भएका छौं । हामीले राष्ट्रियताका र जनताका पीडाका बारेमा आन्दोलित भैरहेका नै छौं । यस विषयमा राजनीतिक दल, संविधानसभाले गम्भीर भई आवाज उठाउनर्ुपर्छ । अहिलेको आन्दोलन तर्राईका अन्य समस्यातर्फबढी केन्द्रित हुनुभन्दा पनि आफ्नो पहिचान र अधिकार समाप्त पार्न भैरहेको षड्यन्त्र सफल हुन नदिनु हो ।

तपाईंहरुलाई केही राजनीतिक दलले परिचालन गर्न खोजेको भनिंदैछ, वास्ताविकता के हो ?
थारु कल्याणकारीणी सभाको इतिहासलाई नबुझेका र हाम्रो आन्दोलनलाई 'डार्इभर्ट' गर्न खोज्नेहरुले यस्तो गलत र भ्रामक प्रचार गरेका हुनसक्छन् । थारु कल्याणकारिणी सभा तर्राईमा भर्खर जन्मेको संगठनजस्तो होइन । यो सभा वि.सं. १९८८ सालमा जन्मिएको र २००५ सालमा वीरगन्जको आदर्श छात्रबासमा विधिवत उद्घाटन भएको हो । यस्तो संस्थालाई गलत प्रचार गरेर केही मधेसवादी दल जस्तो दर्ुइ चार वर्षअघि जन्मेकाहरुसंग तुलना गर्न मिल्दैन । तपाईंले भनेजस्तो गरी कसैले भ्रमपर्ूण्ा प्रचार गर्दैछन् भन्दैमा हाम्रो आन्दोलन रोकिंदैन ।

तपाईंहरुको अबको आन्दोलन कस्तो हुनेछ ?
हाम्रो आवाजलाई सुनिएन तथा कदर गरिएन भने हामी कडा आन्दोलनमा उत्रन्छौं । सिंहदरबार, संविधानसभा घेराबन्दी तथा जिल्ला-जिल्लामा बन्द, चक्काजाम लगायत विभिन्न किसिमका दबाबमूलक आन्दोलन हुनेछ । त्यसपछि पनि सुनुवाई नगरिएमा थप संर्घष्ाका कार्यक्रम घोषणा गर्नेछौं ।

कतिपय राजनीतिक दलले भारतीय विस्तारवादको विरोध गरे, मधेसवादी दलले पनि नेपाल स्वतन्त्र राष्ट्र हो भने तर, यथार्थमा त्यस्तो नदेखिएको अनुभूति भैरहेको छ, तपाईं के भन्नुहुन्छ ?
मुलुक अहिले पनि संक्रमणकालीन अवस्थामा छ । देशी-विदेशी प्रतिक्रियावादी तत्वहरुले चलखेल गरिरहेका छन् । नयाँ संविधान नबनोस् र अस्थिरता रहोस् भन्नेमा उनीहरु छन् । संविधान नबनेपछि त्यही निहुँमा अर्को किसिमको चलखेल गर्न पाइन्छ भन्ने खालको निहीत स्वार्थ लिएर पनि कतिपय शक्तिराष्ट्रहरु लागिरहेका छन् । यस्ता देशी विदेशी शक्तिहरुप्रति सचेत हुन हामी राजनीतिक दललाई आग्रह गछौर्ं ।

अब हस्तक्षेपमूलक राजनीतिको कसरी विरोध गर्नुपर्छ त ?
नेपाली जनता शिक्षित र जागरुक भैसकेको अवस्था छ । त्यसैले अब हरेक नेपालीले राजनीतिक दल तथा सरकारलाई खबरदारी गर्नुपर्छ । यदि जनताले खबरदारी नगर्ने र राजनीतिक दलबाट पनि गलत काम हुँदै गयो भने हस्तक्षेपकारीहरुबाट विभिन्नखाले षड्यन्त्र हुनसक्छ, जसले मुलुकमा ठूलो संकट निम्तन सक्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
विगतमा जुन किसिमकले क्रान्तिकारी नाराहरु अगाडि आए, त्यसै अनुरुप काम हुनर्ुपर्छ : चि (06.24.2008)
गाँठो कस्ने प्रवृत्तिले निकास निस्कँदैन ः परी थापा- सभासद् (06.16.2008)
नेपाल पनि सिक्किम वा भूटानको नियतिमा नपुग्ला भन्न सकिंदैन- चित्रबहादुर के.सी. अध (06.09.2008)
माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री नदिने षड्यन्त्र भए परिस्थिति जनगणतन्त्रति (06.02.2008)
संविधान बनाउनु नै अबको ठूलो आन्दोलन होनरहरि आचार्य, सभासद् तथा केन्द्रीय सदस्य, (05.26.2008)
नेपाल संक्रमणको तेस्रो चरणमा प्रवेश गरेको छ - प्रा. कृष्ण पोखरेल, अध्यक्ष, राजनीतिशास्त (05.19.2008)
संविधानमा जनताको स्वामित्व स्थापित हुनर्ुपर्दछ दिनेश त्रिपाठी- वरिष्ठ अधिवक्ता (05.12.2008)
s[lifsf] ljsf; geP;Dd cfly{s qmflGt c;Dej (05.08.2008)
संविधानसभाले राष्ट्रियतालाई आँच आउने बाहेकका निर्ण्र्ाागर्न सक्छविश्वकान्त मैनाली- (04.28.2008)
पुरानो नेतृत्वप्रति जनताको आशा घटेको देखियो- श्रीधर कुमार खत्री, विश्लेषक (04.21.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]