Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:49pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
नयाँ नेपाल मुख्य कुरा हो
Monday, 07.21.2008, 05:12pm (GMT+5.5)

 

मुकुन्द कोइराला, सर्ुर्खेत, हाल काठमाडौं

राजनीतिक दाउपेचको अस्वस्थ परिणति अहिले देखिएको हो । संविधानसभा निर्वाचनमा कसैले पनि बहुमत नल्याएका कारण पनि यस्तो अवस्था आएको हो । पदीय भागवण्डा समावेशी हुनुपर्ने हुनाले मुख्य राजनीतिक दलले तर्राईका नेतालाई राष्ट्रपतिको रुपमा अघि सारेका हुन् । यसलाई 'एक मधेस एक प्रदेश'को आन्दोलनलाई पनि संगै हेरिनुपर्ने हुन्छ । राष्ट्र विखण्डन हुनबाट जोगाउन पनि तर्राईबासी नेताहरुलाई राष्ट्रपतिको रुपमा अघि सारिएको भन्ने मेरो बुझाइ छ ।

जहाँसम्म नेपालको राजनीतिमा बाहिरी खेलहरु भैरहेका छन् भन्ने छ, मलाई त्यस्तो लाग्दैन । आन्तरिक राजनीतिमा शर्ीष्ा दलहरुले आपसी समझदारी कायम गर्न नसकेकै कारण विभिन्नखाले चर्चा भएका हुन् । यसलाई गलत अर्थले बुझ्न सकिंदैन ।

विद्यमान गतिविधिले केही समय नेपालमा राजनीतिक ध्रुवीकरण हुने निश्चित छ । संविधानसभा निर्वाचनमा जनताले कसैलाई पनि स्पष्ट बहुमत नदिए पनि नेकपा माओवादीलाई सवैभन्दा ठूलो दल बनाएका हुन् । उसैले सरकार बनाउनर्ुपर्छ । राष्ट्रपतिको टुंगो लागेपछि राजनीतिक समीकरण पुनः बदलिन सक्छ । अहिलेको सर्न्दर्भमा माओवादी प्रतिपक्षमा बस्न उचित हुँदैन । मुलुक राजनीतिक सहमतिकै आधारमा अघि बढ्नर्ुपर्छ । सरकारमा सबै पार्टर्ीीहभागी हुनु सबैभन्दा राम्रो हो । अहिले देखिएको राजनीतिक विकृति र अस्वस्थ प्रतिस्पर्धाले देश र जनताको हित गर्दैन । त्यसैले जनतालाई निराश नपारी गतिरोधको अन्त्य गरी मुलुकको विकास गर्नुपर्छ ।

श्याम थापा, मण्डिखटार, काठमाडौं

राष्ट्रपतिका लागि जेजस्ता खेल भए, त्यो राजनीतिक दलको अपरिपक्वताको परिणति हो । यसले अहिलेसम्म दलहरुबीच जेजस्ता विषयमा सहमति भयो भनियो, ती सबै बनावटी मात्र रहेछन् भन्ने कुरालाई पनि प्रष्ट पारेको छ ।

विदेशीको इशारामा रातारात सहमति र समीकरणका खेल भएको देखिन्छ । सहमति तोडेर एकले अर्कोलाई समाप्त पार्ने खेल हुनु नेपाल र नेपाली जनताको भविष्यका लागि घातक हो । दुनियाँमा कहीं नभएको जात्रा यहाँ देखाएर राष्ट्रपति जस्तो गरिमामय पदलाई शक्ति बाँडफाडको रुपमा लिइनु र त्यसलाई दलीय स्वार्थसंग गाँसेर हेरिनु नेपालकै लागि दर्ुभाग्य हो । यदि यो किसिमले समीकरण गर्नुपर्ने थियो भने, राष्ट्रपतिका लागि जनतामा जानुपथ्र्यो, 'डाइरेक्ट इलेक्सन' गर्नुपथ्र्यो । जो राष्ट्रका लागि उपयुक्त छ उसैलाई जनताले चुन्ने थिए ।

जे भयो, भैसक्यो । अब पनि राजनीतिक भागवण्डाले मुलुकलाई अस्थिरतातर्फधकेल्ने काम गर्नु हुँदैन । नेपालको हितमा राजनीतिक दल अगाडि बढ्नर्ुपर्छ । अझै पनि सहमतिबाट नयाँ संविधान निर्माण गरेर राष्ट्र, राष्ट्रियता र जनताको हितमा अग्रगतितर्फलाग्नर्ुपर्छ । जनताका न्यूनतम आवश्यकता र मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु निहीत स्वार्थमा नलागी अगाडि बढ्नर्ुपर्छ ।

कृष्णबहादुर बोगटी, ओखलढुंगा, हाल काठमाडौं

राष्ट्रपतिको चुनाव जुनरुपमा भयो, यसले सकारात्मक सन्देश दिएको छैन । हाम्रा लागि जो आए पनि नयाँ नेपाल बन्ने कुरा मुख्य हुन्छ र जनताका लागि यही नै खुसीको कुरा हुनेछ । तर, सहमति तोडेर राजनीतिक दलले राम्रो गरेजस्तो लाग्दैन । तैपनि जनताका लागि काम ठूलो कुरा हो, राम्रो काम भएमा सबैलाई राम्रो हुन्छ । राजनीतिक दलले अझै पनि सहमति जुटाएर देश र जनताका लागि काम गर्नुपर्छ ।

डण्डी गौतम काठमाडौं

राष्ट्रपतिको निर्वाचन प्रक्रिया अघि नै सहमतिबाट राजनीतिक दलहरु अगाडि बढ्नुपर्ने थियो । पहिलेदेखि नै सहमति भएपछि फेरि त्यसलाई तोड्दै जाने गर्नु राम्रो होइन । निर्वाचनबाट राष्ट्रपति र उपराष्ट्रपति चुनिइसकेका छन् ।

चुनिएका राष्ट्रपति र उपराष्ट्रपति मधेसतिरका भएकाले पछि कस्तो परिस्थिति सिर्जना हुने हो भन्ने स्पष्ट हुन सकेको छैन । यसबाट नराम्रो परिणति पो भोग्नुपर्ने हो कि भन्ने डर छ । गणतन्त्र घोषणाअघि र पछि पनि सहमतिबाट नयाँ नेपाल बनाउने भनी जसरी राजनीतिक दलका नेताहरुले भने, त्यो अनुसार अहिले काम भएको देखिएन । यसले भोलिको नेपाल सोचेअनुसार र चर्चा गरिएअनुसार हुन्न कि भन्ने मलाई लागेको छ । धोका दिने संस्कार विकास भएकाले जनतालाई पनि धोकै हुन्छ कि भन्ने आशंका गर्नुपर्ने भएको छ । त्यस्तो नहोस् र राजनीतिक दलहरु राष्ट्रको विकार्सगर्न सहमतिमा जुटुन् भन्ने मेरो सुझाव छ । देश अब आर्थिक समृद्धितर्फलम्किनर्ुपर्छ ।

अशोक वि.एस, ललितपुर

राष्ट्रपतिमा अहिले मधेसका नेताहरुलाई मात्र अगाडि सारियो । यसले गर्दा विवाद र खिचातानी पनि देखियो र जनजातिबाट प्रतिनिधित्व गराइएन । यदि पछाडि परेको जनजातिको वा अल्पसंख्यकको प्रतिनिधिलाई अगाडि ल्याएको भए, यस्तो खिचातानी हुन्नथ्यो कि भन्ने मलाई लाग्छ ।

राजनीति त हामीले बुझेका छैनौं । तर, सहकार्य गरेर अगाडि बढेको भए राम्रो हुन्थ्यो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका बारेमा जेजस्तो भए पनि अब राम्रो हुनर्ुपर्छ र देशलाई अगाडि बढाउनर्ुपर्छ । राजनीतिक दलहरु देश र जनताप्रति उत्तरदायी हुनर्ुपर्छ ।

रामबाबु पौडेल, रामेछाप

सहमतिको राजनीति जसरी विकसित भैरहेको थियो, पछिल्लो केही समय त्यसलाई तोडेर छलकपटपर्ूण्ा प्रवृत्ति देखियो । राष्ट्रपतिको चुनावका लागि बनेको विभिन्नखाले समीकरण राम्रो संस्कार होइन । यस्तो संस्कार अब हटाउनर्ुपर्छ । पछिल्लो समयमा सहमति गर्ने स्वार्थ पूरा भएपछि छाड्ने संस्कार देखियो । यसले भोलिका दिनमा पनि राम्रो गर्दैन ।

नेपालको राजनीतिमा विदेशी चलखेल हुने गरेकाले अहिलेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा पनि त्यस्तै चलखेल पर्दा पछाडिबाट भएकोजस्तो देखिन्छ । ठूला दलहरुले गरेको व्यवहार र कार्यशैलीले त्यस्तो आशंका गर्न सकिन्छ । माओवादी पनि त्यतै ढल्केको हो कि भन्ने जस्तो मलाई लागेको छ ।

सविन कार्की, स्कूले बालक, नुवाकोट, हाल काठमाडौं

राष्ट्रपतिको चुनाव भएको थाहा पाउँदा रमाइलो लाग्यो । राष्ट्रपति चुनिएको सुन्दा झनै रमाइलो लागेको छ । अब हाम्रो पढाइ राम्रोसंग हुन्छ र बन्द हड्ताल हुन्न कि भन्ने लागेको छ । अब त सधैं स्कूल जान पाइन्छ होला नि । अरु राजनीतिक कुरा त मलाई थाहा छैन ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
संघीयताको अवधारणाले एउटै मधेसको अनुमति दिंदैन प्रदीप ज्ञवाली- केन्द्रीय सदस्य, (07.07.2008)
अधिकार माग गर्दा विभिन्न आरोप लगाउन मिल्दैनराजेन्द्र महतो- अध्यक्ष, सद्भावना प (07.07.2008)
विखण्डनकारी अवधारणा ल्याउनेहरुको हामी सबैले प्रतिरोध गर्नुपर्छ (06.30.2008)
विगतमा जुन किसिमकले क्रान्तिकारी नाराहरु अगाडि आए, त्यसै अनुरुप काम हुनर्ुपर्छ : चि (06.24.2008)
गाँठो कस्ने प्रवृत्तिले निकास निस्कँदैन ः परी थापा- सभासद् (06.16.2008)
नेपाल पनि सिक्किम वा भूटानको नियतिमा नपुग्ला भन्न सकिंदैन- चित्रबहादुर के.सी. अध (06.09.2008)
माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री नदिने षड्यन्त्र भए परिस्थिति जनगणतन्त्रति (06.02.2008)
संविधान बनाउनु नै अबको ठूलो आन्दोलन होनरहरि आचार्य, सभासद् तथा केन्द्रीय सदस्य, (05.26.2008)
नेपाल संक्रमणको तेस्रो चरणमा प्रवेश गरेको छ - प्रा. कृष्ण पोखरेल, अध्यक्ष, राजनीतिशास्त (05.19.2008)
संविधानमा जनताको स्वामित्व स्थापित हुनर्ुपर्दछ दिनेश त्रिपाठी- वरिष्ठ अधिवक्ता (05.12.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]