| Yugasambad.Com.Np | ||||
|
नयाँ नेपाल मुख्य कुरा हो Monday, 07.21.2008, 05:12pm (GMT5.5)
मुकुन्द कोइराला, सर्ुर्खेत, हाल काठमाडौं राजनीतिक दाउपेचको अस्वस्थ परिणति अहिले देखिएको हो । संविधानसभा निर्वाचनमा कसैले पनि बहुमत नल्याएका कारण पनि यस्तो अवस्था आएको हो । पदीय भागवण्डा समावेशी हुनुपर्ने हुनाले मुख्य राजनीतिक दलले तर्राईका नेतालाई राष्ट्रपतिको रुपमा अघि सारेका हुन् । यसलाई 'एक मधेस एक प्रदेश'को आन्दोलनलाई पनि संगै हेरिनुपर्ने हुन्छ । राष्ट्र विखण्डन हुनबाट जोगाउन पनि तर्राईबासी नेताहरुलाई राष्ट्रपतिको रुपमा अघि सारिएको भन्ने मेरो बुझाइ छ । जहाँसम्म नेपालको राजनीतिमा बाहिरी खेलहरु भैरहेका छन् भन्ने छ, मलाई त्यस्तो लाग्दैन । आन्तरिक राजनीतिमा शर्ीष्ा दलहरुले आपसी समझदारी कायम गर्न नसकेकै कारण विभिन्नखाले चर्चा भएका हुन् । यसलाई गलत अर्थले बुझ्न सकिंदैन । विद्यमान गतिविधिले केही समय नेपालमा राजनीतिक ध्रुवीकरण हुने निश्चित छ । संविधानसभा निर्वाचनमा जनताले कसैलाई पनि स्पष्ट बहुमत नदिए पनि नेकपा माओवादीलाई सवैभन्दा ठूलो दल बनाएका हुन् । उसैले सरकार बनाउनर्ुपर्छ । राष्ट्रपतिको टुंगो लागेपछि राजनीतिक समीकरण पुनः बदलिन सक्छ । अहिलेको सर्न्दर्भमा माओवादी प्रतिपक्षमा बस्न उचित हुँदैन । मुलुक राजनीतिक सहमतिकै आधारमा अघि बढ्नर्ुपर्छ । सरकारमा सबै पार्टर्ीीहभागी हुनु सबैभन्दा राम्रो हो । अहिले देखिएको राजनीतिक विकृति र अस्वस्थ प्रतिस्पर्धाले देश र जनताको हित गर्दैन । त्यसैले जनतालाई निराश नपारी गतिरोधको अन्त्य गरी मुलुकको विकास गर्नुपर्छ । श्याम थापा, मण्डिखटार, काठमाडौं राष्ट्रपतिका लागि जेजस्ता खेल भए, त्यो राजनीतिक दलको अपरिपक्वताको परिणति हो । यसले अहिलेसम्म दलहरुबीच जेजस्ता विषयमा सहमति भयो भनियो, ती सबै बनावटी मात्र रहेछन् भन्ने कुरालाई पनि प्रष्ट पारेको छ । विदेशीको इशारामा रातारात सहमति र समीकरणका खेल भएको देखिन्छ । सहमति तोडेर एकले अर्कोलाई समाप्त पार्ने खेल हुनु नेपाल र नेपाली जनताको भविष्यका लागि घातक हो । दुनियाँमा कहीं नभएको जात्रा यहाँ देखाएर राष्ट्रपति जस्तो गरिमामय पदलाई शक्ति बाँडफाडको रुपमा लिइनु र त्यसलाई दलीय स्वार्थसंग गाँसेर हेरिनु नेपालकै लागि दर्ुभाग्य हो । यदि यो किसिमले समीकरण गर्नुपर्ने थियो भने, राष्ट्रपतिका लागि जनतामा जानुपथ्र्यो, 'डाइरेक्ट इलेक्सन' गर्नुपथ्र्यो । जो राष्ट्रका लागि उपयुक्त छ उसैलाई जनताले चुन्ने थिए । जे भयो, भैसक्यो । अब पनि राजनीतिक भागवण्डाले मुलुकलाई अस्थिरतातर्फधकेल्ने काम गर्नु हुँदैन । नेपालको हितमा राजनीतिक दल अगाडि बढ्नर्ुपर्छ । अझै पनि सहमतिबाट नयाँ संविधान निर्माण गरेर राष्ट्र, राष्ट्रियता र जनताको हितमा अग्रगतितर्फलाग्नर्ुपर्छ । जनताका न्यूनतम आवश्यकता र मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु निहीत स्वार्थमा नलागी अगाडि बढ्नर्ुपर्छ । कृष्णबहादुर बोगटी, ओखलढुंगा, हाल काठमाडौं राष्ट्रपतिको चुनाव जुनरुपमा भयो, यसले सकारात्मक सन्देश दिएको छैन । हाम्रा लागि जो आए पनि नयाँ नेपाल बन्ने कुरा मुख्य हुन्छ र जनताका लागि यही नै खुसीको कुरा हुनेछ । तर, सहमति तोडेर राजनीतिक दलले राम्रो गरेजस्तो लाग्दैन । तैपनि जनताका लागि काम ठूलो कुरा हो, राम्रो काम भएमा सबैलाई राम्रो हुन्छ । राजनीतिक दलले अझै पनि सहमति जुटाएर देश र जनताका लागि काम गर्नुपर्छ । डण्डी गौतम काठमाडौं राष्ट्रपतिको निर्वाचन प्रक्रिया अघि नै सहमतिबाट राजनीतिक दलहरु अगाडि बढ्नुपर्ने थियो । पहिलेदेखि नै सहमति भएपछि फेरि त्यसलाई तोड्दै जाने गर्नु राम्रो होइन । निर्वाचनबाट राष्ट्रपति र उपराष्ट्रपति चुनिइसकेका छन् । चुनिएका राष्ट्रपति र उपराष्ट्रपति मधेसतिरका भएकाले पछि कस्तो परिस्थिति सिर्जना हुने हो भन्ने स्पष्ट हुन सकेको छैन । यसबाट नराम्रो परिणति पो भोग्नुपर्ने हो कि भन्ने डर छ । गणतन्त्र घोषणाअघि र पछि पनि सहमतिबाट नयाँ नेपाल बनाउने भनी जसरी राजनीतिक दलका नेताहरुले भने, त्यो अनुसार अहिले काम भएको देखिएन । यसले भोलिको नेपाल सोचेअनुसार र चर्चा गरिएअनुसार हुन्न कि भन्ने मलाई लागेको छ । धोका दिने संस्कार विकास भएकाले जनतालाई पनि धोकै हुन्छ कि भन्ने आशंका गर्नुपर्ने भएको छ । त्यस्तो नहोस् र राजनीतिक दलहरु राष्ट्रको विकार्सगर्न सहमतिमा जुटुन् भन्ने मेरो सुझाव छ । देश अब आर्थिक समृद्धितर्फलम्किनर्ुपर्छ । अशोक वि.एस, ललितपुर राष्ट्रपतिमा अहिले मधेसका नेताहरुलाई मात्र अगाडि सारियो । यसले गर्दा विवाद र खिचातानी पनि देखियो र जनजातिबाट प्रतिनिधित्व गराइएन । यदि पछाडि परेको जनजातिको वा अल्पसंख्यकको प्रतिनिधिलाई अगाडि ल्याएको भए, यस्तो खिचातानी हुन्नथ्यो कि भन्ने मलाई लाग्छ । राजनीति त हामीले बुझेका छैनौं । तर, सहकार्य गरेर अगाडि बढेको भए राम्रो हुन्थ्यो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका बारेमा जेजस्तो भए पनि अब राम्रो हुनर्ुपर्छ र देशलाई अगाडि बढाउनर्ुपर्छ । राजनीतिक दलहरु देश र जनताप्रति उत्तरदायी हुनर्ुपर्छ । रामबाबु पौडेल, रामेछाप सहमतिको राजनीति जसरी विकसित भैरहेको थियो, पछिल्लो केही समय त्यसलाई तोडेर छलकपटपर्ूण्ा प्रवृत्ति देखियो । राष्ट्रपतिको चुनावका लागि बनेको विभिन्नखाले समीकरण राम्रो संस्कार होइन । यस्तो संस्कार अब हटाउनर्ुपर्छ । पछिल्लो समयमा सहमति गर्ने स्वार्थ पूरा भएपछि छाड्ने संस्कार देखियो । यसले भोलिका दिनमा पनि राम्रो गर्दैन । नेपालको राजनीतिमा विदेशी चलखेल हुने गरेकाले अहिलेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा पनि त्यस्तै चलखेल पर्दा पछाडिबाट भएकोजस्तो देखिन्छ । ठूला दलहरुले गरेको व्यवहार र कार्यशैलीले त्यस्तो आशंका गर्न सकिन्छ । माओवादी पनि त्यतै ढल्केको हो कि भन्ने जस्तो मलाई लागेको छ । सविन कार्की, स्कूले बालक, नुवाकोट, हाल काठमाडौं राष्ट्रपतिको चुनाव भएको थाहा पाउँदा रमाइलो लाग्यो । राष्ट्रपति चुनिएको सुन्दा झनै रमाइलो लागेको छ । अब हाम्रो पढाइ राम्रोसंग हुन्छ र बन्द हड्ताल हुन्न कि भन्ने लागेको छ । अब त सधैं स्कूल जान पाइन्छ होला नि । अरु राजनीतिक कुरा त मलाई थाहा छैन । |
||||