Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:44pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
विश्वविद्यालयको नेतृत्वले राजनीतिक हस्तक्षेपलाई प्रतिरोध गर्न सक्नर्ुपर्दछ
- प्रा. च

Monday, 07.21.2008, 05:14pm (GMT+5.5)

० तपाई त त्रिभुवन विश्वविद्यालयको निर्वाचित सभासद् हुनुहुन्छ । विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्थालाई कसरी विश्लेषण गरिरहनुभएको छ ?
त्रिभुवन विश्वविद्यालयल नेपालको सवैभन्दा पुरानो विश्वविद्यालय हो । देशमा खुलेका सवै बहु विश्वविद्यालयहरुलाई नीतिगत रुपमा निर्देशन गर्न सक्नुपर्ने विश्वविद्यालय हो- त्रिभुवन विश्वविद्यालय । तर वर्तमान अवस्थालाई विश्लेषण गर्दा त्यस्तो देखिंदैन । एकै शब्दमा भन्नुपर्दा त्रि.वि. अहिले छिन्नभिन्न र अस्तव्यस्त अवस्थामा छ । दुःखका साथ भन्नर्ुपर्छ- त्रिविले आफ्नो शैक्षिक क्यालेण्डर समेत प्रकाशन गर्न सकेको छैन । विश्वविद्यालयमा विभिन्न तहका शैक्षिक कार्यक्रमहरु संचालित छन् । तर कुनै पनि तहको कार्यक्रमका लागि भर्ना, परीक्षा र नतिजा प्रकाशनको निश्चित तालिका विश्वविद्यालयसंग छैन । कुनै पनि तहमा विद्यार्थीहरु कतिबेला भर्ना हुने, कतिबेला परीक्षामा सामेल हुने र कतिबेला नतिजा प्राप्त गर्ने - त्रिविमा यो न्यूनतम तालिका पनि निश्चित छैन । यस्तो सामान्य सवालमा पनि निश्चित तालिका र कार्यक्रम दिन नसक्नु भनेको विश्वविद्यालयको भिजन नहुनु हो । यी तीन पक्षका बीचमा समायोजन मिलेन भने शैक्षिक लक्ष्यमा पुग्न नसकिंदैन । हामीकहाँ यी तीन पक्षकाबीच एकआपसमा सन्तुलन कायम नहुँदा विश्वविद्यालयको सम्पर्ूण्ा शैक्षिक अवस्था अन्योलमा परेको छ । विद्यार्थीहरुको भविष्य अनिश्चित बन्न पुगेको छ ।

० यसरी विश्वविद्यालय अन्योल अवस्थामा पुग्नुका पछाडिको जिम्मेवार पक्ष को हो त?
राज्यको कुनै पनि अंगलाई राम्रोसंग संचालन गर्ने जिम्मेवारी राजनीतिक नेतृत्वको हो । वास्तवमा राजनीति सवै पक्षको केन्द्रमा रहने गर्दछ । हाम्रो देशको राजनीति अहिले पनि संक्रमणको अवस्थामा छ । संक्रमण अवस्थामा रहेको राजनीतिले विश्वविद्यालयलाई पनि प्रभावित पारेको छ । यसमा कुनै विवाद छैन । यति हुँदाहुँदै पनि त्रिभुवन विश्वविद्यालय एउटा स्वायत्त निकाय हो । यो देशको सवैभन्दा पुरानो र ठूलो विश्वविद्यालय पनि हो । यसले आफ्नो अस्तित्वलाई बचाइराख्न आफ्नो भिजन चाहिं स्पष्ट गर्नैपर्छ । आफ्नो भिजन स्पष्ट गर्न नसकेको वर्तमान अवस्थालाई हर्ेदा विश्वविद्यालय स्वयं पनि जिम्मेवार छ भन्ने तथ्य प्रमाणित हुन्छ । देशको राजनीतिमा स्थायित्व नहुनु एउटा पक्ष हो । यसलाई स्वाभाविक रुपमा नै लिनर्ुपर्दछ । तर यहाँ त ठूला राजनीतिक दलहरुले विना हिच्किचाहट विश्वविद्यालयलाई भागवण्डाकै रुपमा उपयोग गरिरहेका छन् । यसले विश्वविद्यालयका प्राज्ञिक मर्यादालाई उपहास गरेको छ । उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार तीनजना तीनवटा दलका व्यक्तिहरु हुनुहुन्छ, उहाँहरु तीनजनाले एक ठाउँमा बसेर एउटै निश्चित सहमतिका साथ अगाडि बढ्न सकेको देखिंदैन । विश्वविद्यालयको निश्चित भिजन आउन नसक्नु पनि यही कारण हो ।

० अस्तब्यस्त वर्तमान बोकेको त्रिविको भविष्य चाहिं कस्तो होला भन्ने कल्पना गर्नुभएको छ ?
वर्तमान अवस्था अन्योल र अस्तव्यस्त हुँदैमा भविष्य अन्धकार छ भन्न मिल्दैन । विश्वविद्यालयमा सुधार गर्न सकिने धेरै ठाउँ र सम्भावनाहरु छन् । म विश्वविद्यालयको वर्तमान अवस्थामा सुधार हुन्छ र यसको भविष्य सुन्दर र सुनौलो हुनेछ भन्नेमा विश्वस्त छु । किनभने, नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणालीमा प्रवेश गरिसकेको छ । गणतान्त्रिक व्यवस्थालाई दिगो, बलियो र सुदृढ बनाउन अब यहाँका शिक्षाविद्हरुले पनि सिर्जनात्मक ढंगले सोच्नर्ैपर्दछ । शैक्षिक संस्थाहरु भनेको त्यो देशको राजनीतिक प्रणालीलाई बलियो र दिगो बनाउन ऊर्जा दिने निकायहरु हुन् । गणतान्त्रिक व्यवस्थालाई साँच्चै नै बलियो, दिगो र सुदृढ बनाउने हो भने राजनीतिक नेतृत्वले शैक्षिक संस्थाहरुभित्रको स्वायत्ततामा हस्तक्षेप गर्नुहुन्छ । यसमा सवै राजनीतिक दलको नेतृत्वले प्रतिवद्धता जनाउनु पर्दछ । पदाधिकारीहरुले पनि विश्वविद्यालयमा एउटा स्पष्ट भिजन दिनसके भने पक्कै पनि त्रिविको भविष्य सुनिश्चित र सुन्दर छ ।

० त्रिविलाई अहिलेको अस्तव्यस्त अवस्थामा पुर्‍याउन विद्यार्थीहरु पनि जिम्ेमवार छन् भनिन्छ । यसमा कत्तिको सत्यता छ ?
यसमा सवै विद्यार्थीहरुलाई दोष दिन मिल्दैन । मुल कुरा के हो भने यहाँका राजनीतिक दलहरुले आफ्नो राजनीतिलाई अगाडि बढाउन विश्वविद्यालय र विश्वविद्यालयका विद्यार्थीहरुलाई साधनको रुपमा प्रयोग गरिरहेका छन् । मैले उहाँहरुको राजनीतिक स्वाभिमानलाई हस्तक्षेप गर्न र नकार्न खोजेको होइन । कुनै पनि मानवमा एउटा न एउटा राजनीतिक आस्था हुन्छ र हुनर्ुपर्दछ । तर विश्वविद्यालयभित्र, कक्षा कोठाभित्र राजनीति गरिनु हुँदैन । मैले विद्यार्थीलाई मात्र दोष दिन्न । हामी प्राध्यापक र कर्मचारीले पनि विश्वविद्यालयको सीमाभित्र राजनीति गर्नुहुँदैन । राजनीतिक दलको कार्यकर्ता बनेर राजनीति गर्ने परिपाटीले विश्वविद्यालयको वातावरणलाई धुमिल पारेको छ । यहाँनेर हामीले बुझ्नुपर्ने अर्को महत्वपर्ूण्ा कुरा के छ भने विश्वविद्यालयको नेतृत्व बलियो हुनर्ुपर्दछ । अनावश्यक राजनीतिक हस्तक्षेप र वितण्डालाई विश्वविद्यालयको नेतृत्वले तार्किक ढंगले प्रतिरोध गर्न सक्नर्ुपर्दछ ।

० त्रिभुवन विश्वविद्यालयको वर्तमान शैक्षिक तह र कार्यक्रमलाई हर्ेदा यो विश्वविद्यालयको अवधारणा अनुरुप छैन भनिन्छ । यसमा तपाईंको के धारणा छ ?
राज्यले शिक्षालाई आफ्नो दायित्वका रुपमा कसरी लिन्छ भन्ने सवालले समग्र शिक्षा क्षेत्रलाई प्रभावित पारेको हुन्छ । कुनै पनि मुलुकले शिक्षालाई आफ्नो दायित्वबाट हटाउन मिल्दैन । नेपालमा २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति लागू भयो । नेपालको सरकारले आफ्नो शैक्षिक योजना भनेर लागू गरेको त्यो मात्र पहिलो र अन्तिम योजना हो । त्यसपछि आजसम्म अरु कुनै शैक्षिक योजना राज्यको तर्फाट आएको छैन । अहिले हामी त्यही योजनाअनुरुप विश्वविद्यालयमा प्रवीणता प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तह गरी तीन तहको शैक्षिक कार्यक्रम संचालन गरिरहेका छौं । वास्तवमा विश्वविद्यालयको शिक्षा भनेको स्नातकदेखि माथिको शिक्षा हो । अहिले हामीकहाँ उच्चमाध्यमिक तहको -जोड दर्ुइ) शैक्षिक कार्यक्रम संचालन भैसकेको छ । यस्तो अवस्थामा विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह हटाउन सक्नुपथ्र्यो । विश्वविद्यालयभित्रको राजनीतिक हस्तक्षेपका कारण त्यो अहिलेसम्म पनि हट्न सकेको छैन । संसारका कुनै पनि विश्वविद्यालयमा प्लस टु तहको कक्षा संचालन हुँदैन । राज्यले उच्चमाध्यमिक तहको कार्यक्रम अधिराज्यभरि नै विस्तार गरी त्यसलाई विद्यालयस्तरीय शिक्षा मान्ने भनेर नीतिगत निर्ण्र्ाागरिसकेको अवस्थामा त्रिविले प्रवीणता प्रमाणपत्र तहलाई पर्ूण्ारुपमा हटाउनु पर्दछ । विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी कार्यक्रम संचालन गर्नुपर्दछ ।

० त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर गिर्दैगएको छ । यो विश्वविद्यालय केवल शैक्षिक वेराजगरी उत्पादन गर्ने थलो मात्र बनिरहेको छ । त्रिभुवन विश्वविद्यालयप्रति लाग्ने गरेको यस आरोपप्रति तपाईको के प्रतिक्रिया छ ?
तपाईंले साह्रै गहन र गम्भीर प्रश्न उठाउनुभयो । वास्तवमा केलाई गुणस्तरीय भन्ने - यो विषय आफैंमा जटिल छ । संसारभरकै शैक्षिक प्रणालीलाई विश्लेषण गर्दा हामीले दर्ुइ किसिमका शैक्षिक प्रणाली अनुभव गर्न पाउँछौं । एउटा हो- सामान्य शिक्षा, अर्को प्राविधिक शिक्षा । हामीकहाँ संचालन भएको स्कूलदेखि विश्वविद्यालयसम्मको शिक्षा सामान्य शिक्षा हो । सामान्य शिक्षा कहिल्यै पनि कार्यमूलक र्-वर्क वरियण्टेड) हुँदैन । यो रोजगारमूलक हुन सक्दैन । यसबाट ज्ञान प्राप्त हुने हो । रोजगारमूलक शिक्षा भनेको प्राविधिक शिक्षा हो । हामीकहाँ प्राविधिक शिक्षाको विकास नगण्य रुपमा छ । वर्तमान सर्न्दर्भमा हामीले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ । मेडिसिन, इञ्जिनियरिङ, कृषि, पशुविज्ञान, विज्ञान, संचार प्रविधि, हाइड्रो इन्जिनियरिङ लगायत यावत क्षेत्रमा प्राविधिक ज्ञान र सीप प्रदान गर्ने शिक्षाको विस्तार गर्नु जरुरी छ । यसका लागि विश्वविद्यालयले एउटा वृहत शैक्षिक, प्राज्ञिक कार्यक्रमको प्याकेज ल्याउनु पर्दछ ।

० सामान्य शिक्षालाई गुणस्तरीय बनाउन सकिंदैन ?
सामान्य शिक्षालाई पनि गुणस्तरीय बनाउन सकिन्छ । हामीले यसतर्फपनि जोड दिनु आवश्यक छ । व्यवस्थापन, मानविकी, शिक्षा लगायतका क्षेत्रमा अनावश्यक दबाब र चापको अवस्थालाई नियन्त्रण गरी शैक्षिक साधन स्रोत अनुरुप विद्यार्थीहरुको व्यवस्था मिलाउन सकियो भने सामान्य शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ । यस निम्ति त्रिवि नेतृत्व, शिक्षाविद्हरु, प्राध्यापक, विद्यार्थी, राज्यको प्रतिनिधि सवै बसेर एउटा सहमति निर्माण गर्नुपर्दछ । कि त विश्वविद्यालयले आफ्नो भौतिक साधनस्रोत र जनशक्ति थप गर्नुपर्दछ कि त यो क्षेत्रमा पर्ने गरेको विद्यार्थीको अत्यधिक चाप कम गराउन सक्नर्ुपर्दछ ।

० त्रिभुवन विश्वविद्यालयलाई स्तरीय विश्वविद्यालय बनाउन यसभित्रको आर्थिक, प्रशासनिक, शैक्षिक कुन कुन पक्षमा सुधारको खाँचो देख्नुभएको छ तपाईंले?
त्रिविलाई गतिका साथ हिंडाउन आर्थिक, प्रशासनिक, शैक्षिक लगायत सवै क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता देखापरेको छ ।

० शैक्षिक क्षेत्र अर्न्तर्गत के के पक्षमा सुधार गर्नुपर्ला त ?
यसका लागि सवभन्दा पहिले विश्वविद्यालयले आफ्नो शैक्षिक योजना, शैक्षिक कार्यक्रम र शैक्षिक क्यालेण्डर तत्काल र्सार्वजनिक गरेर कडाइका साथ कार्यान्वयन गर्नुपर्दछ । त्रिविभित्र आंगिक र सम्बन्धन प्राप्त गरी २ खालका क्याम्पसहरु छन् । यी क्याम्पसहरुमा न्यूनतम रुपमा आवश्यक पर्ने भौतिक सुविधा र साधन स्रोत समेत उपलब्ध छैनन् । त्रिविले अनिवार्य रुपमा त्यो व्यवस्था मिलाउन पहल गर्नुपर्दछ । तेस्रो कुरा विश्वविद्यालयमा स्थायीरुपमा कार्यरत प्राध्यापकहरुले आफ्नो दायित्व अनिवार्यरुपमा पूरा गर्नुपर्दछ । अधिराज्यमा संचालित प्लस टु कलेजको संचालन विश्वविद्यालयका स्थायी प्राध्यापकहरुले गरेका छन् । उनीहरुले त्यहाँ पढाउने गरेका छन् । यस्तो गर्नुहुँदैन । यसरी दायित्वबाट विमुख हुने प्राध्यापकहरुलाई कारवाही गर्नुपर्दछ । अर्को कुरा अहिले विश्वविद्यालयका आंगिक क्याम्पसहरु प्रशासनले भन्दा विद्यार्थीले चलाइरहेको स्थिति छ । भोलि परीक्षा हुनेवाला छ, विद्यार्थीहरुको दवाबमा एकदिन अगाडिसम्म भर्ना लिने काम हुन्छ । कहीं नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो स्थिति छ । तर्सथ सवैले आ-आफ्नो जिम्मेवारी नियमानुसार पूरा गर्नुपर्दछ । नियम र प्रणालीभित्र रहेर सवैले आ-आफ्नो दायित्व र कर्तव्य पालन नगरेकै कारण विश्वविद्यालय तहसनहसको अवस्थामा पुगेको हो । यस्तो अवस्था रहन दिनु हुँदैन ।

० विश्वविद्यालयको आर्थिक अवस्थालाई सुधार गर्न के गर्नु पर्ला त?
विश्वविद्यालयले अब आफ्नो आन्तरिक स्रोत बढाउनु पर्दछ । अहिलेको विद्यार्थी शुल्क ज्यादै न्यून छ । नर्सरीमा पढ्ने विद्यार्थीले महिनाको पाँच सय शुल्क तिर्नुपर्दछ तर विश्वविद्यालयमा पढ्ने विद्यार्थीका शुल्क ४०-५० रुपैयाँ मात्र छ । अझ विद्यार्थीले यो शुल्क बढी भयो भन्दैछन् । गुणात्मक शिक्षाका लागि भौतिक सुविधा चाहिन्छ, शैक्षिक सामग्री चाहिन्छ र दक्ष प्राध्यापक चाहिन्छ । यो सव व्यवस्था गर्न अहिलेको शुल्कलाई सहमतिको आधारमा बढाउनु पर्दछ । यसो भयो भने विश्वविद्यालयको आर्थिकस्रोत बढ्छ र गुणस्तरीय शिक्षा दिन पनि सकिन्छ । अहिलेको शुल्कलाई बढाउँनै पर्दछ भन्ने मेरो मान्यता हो ।

प्रस्तुति ः देवराज अर्याल


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नयाँ नेपाल मुख्य कुरा हो (07.21.2008)
संघीयताको अवधारणाले एउटै मधेसको अनुमति दिंदैन प्रदीप ज्ञवाली- केन्द्रीय सदस्य, (07.07.2008)
अधिकार माग गर्दा विभिन्न आरोप लगाउन मिल्दैनराजेन्द्र महतो- अध्यक्ष, सद्भावना प (07.07.2008)
विखण्डनकारी अवधारणा ल्याउनेहरुको हामी सबैले प्रतिरोध गर्नुपर्छ (06.30.2008)
विगतमा जुन किसिमकले क्रान्तिकारी नाराहरु अगाडि आए, त्यसै अनुरुप काम हुनर्ुपर्छ : चि (06.24.2008)
गाँठो कस्ने प्रवृत्तिले निकास निस्कँदैन ः परी थापा- सभासद् (06.16.2008)
नेपाल पनि सिक्किम वा भूटानको नियतिमा नपुग्ला भन्न सकिंदैन- चित्रबहादुर के.सी. अध (06.09.2008)
माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री नदिने षड्यन्त्र भए परिस्थिति जनगणतन्त्रति (06.02.2008)
संविधान बनाउनु नै अबको ठूलो आन्दोलन होनरहरि आचार्य, सभासद् तथा केन्द्रीय सदस्य, (05.26.2008)
नेपाल संक्रमणको तेस्रो चरणमा प्रवेश गरेको छ - प्रा. कृष्ण पोखरेल, अध्यक्ष, राजनीतिशास्त (05.19.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]