नयाँ सरकार बनाउन किन ढिलो भएको हो ?
पुरानो सोचाई भएका दलहरुका कारण नयाँ सरकार बनाउन ढिलाई भएको हो । हामी राज्यलाई अग्रगामी प्रक्रियातिर लैजान चाहन्छौं । हाम्रो तरिकाप्रति पुराना सोच भएका साथीहरुको असहमति छ । सत्ता 'शेयरिङ'को क्रममा माओवादीलाई केही पनि गर्न नसक्ने अवस्थामा मात्र सरकारमा पुर्याउनपर्छ भन्ने खालको सोच उहाँहरुमा छ । यसैका कारण सहमति बन्न असजिलो भैरहेको छ ।
अब कहिलेसम्म सरकार बन्छ त ?
पर्सर्ीीम सरकार बन्नेछ भन्ने हामीलाई लागेको छ । सहमति प्रक्रियाबाट सरकार नबनेकाले बहुमतीय प्रक्रियाबाट हुन लागेको छ । बहुमतीय प्रक्रियामा पनि सहमतिकै कुराहरु प्रतिबिम्बित हुने गरी जानर्ुपर्छ भन्ने पक्षमा हाम्रो प्रयत्न जारी छ । पछिल्लो प्रयासले सकारात्मकतर्फनै सहमति हुने संकेत देखिएको छ ।
कांग्रेस-एमालेले केही मन्त्रालय नपाएसम्म सरकारमा नजाने बताएका छन्, त्यो सहमति गर्न यहाँहरु तयार हुनुहुन्छ ?
शक्ति बाँडफाँडको क्रममा सबै चिज उहाँहरुले लिएर प्रधानमन्त्री मात्र माओवादीको बनाउने र देखावटी रुपमा माओवादीको सरकार भन्ने खालको प्रयास गरियो भने हामीलाई मान्य हुन्न ।
त्यस्तो अवस्था आएमा तपाईंहरु सरकारमा जानुहुन्न ?
सबै चीज उहाँहरुले लिन खोज्ने हो भने त त्यो सरकारमा कसरी जान सकिन्छ र - यद्यपि सरकारमा नजाने भनेर हामीले भनेका छैनौं । जुन हिसाबले संविधानसभा चुनावको परिणाम अनुरुप केही गर्न सकिन्छ भनेर हामी सरकारमा जाने भनेका थियौं, त्यसमा अवरोध र असहजताको स्थिति पैदा भएको छ । यसमा हाम्रो आपत्ति हो । माओवादीको नेतृत्वमा सरकार बन्नर्ुपर्छ भनेर जनताले अहिले पनि भनिरहेका छन् । त्यसैअनुरुप अगाडि बढ्ने क्रममा माओवादीलाई अवरोध भैरहेको छ ।
शक्ति बाँडफाँडको क्रममा यहाँहरुले खोजेजस्तो मन्त्रालय पाउनुभएन भने के हुन्छ त ?
त्यस्तो अवस्थामा हामीले पुनरमूल्यांकन गर्ने छौं । केही पनि गर्न नसक्ने अवस्थामा सरकारमा पुग्नपर्ने भयो भने माओवादीको उच्च निकाय बसेर एउटा निर्ण्र्ाागर्नेछ ।
घरजग्गा फिर्ता, वाइसीएलका गतिविधिमाथि पनि प्रश्न उठिरहेको छ, यसप्रति तपाईंहरु गम्भीर हुनुपर्दैन ?
अहिले वाइसीएलका गतिविधि केही भएको छैन । जनयुद्ध र ऐतिहासिक आन्दोलनका क्रममा माओवादीले स्थापित गरेका मान्यताहरुलाई स्खलित बनाउन खोजिएको छ । त्यसैको निरन्तरताका रुपमा यस्ता कुराहरु आइरहेका छन् ।
बरु, एमालेका साथीहरुले गठन गरेको यूथ फोर्सले गतिविधि संचालन गरिरहेको छ । नैतिक रुपमा पनि आफूले फोर्स गठन गर्दै जाने र अर्को पार्टर्ीीे संगठनलाई भंग गरेर जाने भन्ने कुरा मिल्दैन ।
मुलुकलाई यसरी निकासहीन परिस्थितिमा राख्दा भोलि ठूलो दर्ूघटना हुने सम्भावना यहाँहरुले देख्नुभएको छैन ?
दर्ुघटना हुने परिस्थितिबाट देशलाई रोक्नर्ुपर्छ । अस्वाभाविक रुपमा जुन प्रकारले वैदेशिक चलखेल बढिरहेको छ, त्यसले देशको र्सार्वभौमिकता र अखण्डतामा खतरा भैरहेको अनुभूति हामीलाई पनि लागेको छ । त्यसका निम्ति आगामी दिनमा सबै समूह, नागरिक समाज, बौद्धिक समाज जो देशभक्त छन्, उनीहरुको नयाँ समीकरण बनेर लोकतान्त्रिक गणतन्त्रलाई जनमुखि गणतन्त्रतर्फउन्मुख गर्नुपर्छ । राष्ट्रियता र र्सार्वभौमिकताको मोर्चा निर्माण गर्ने प्रक्रियातर्फगएर मात्रै देशको र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ भन्ने हामीलाई लाग्छ ।
राजनीतिक हस्तक्षेपकारी भूमिका भैरहेको बेला सहमतिबाट अगाडि बढ्नुपर्नेमा विवाद भैरहेको छ, ठूलो राजनीतिक दलको हिसाबले तपाईंहरुले यस्तो पहल गर्न सकेको देखिएन नि ?
हाम्रो प्रयत्न सकेसम्म मिलाएर लैजाने रहेको छ । कतिपय राजनीतिक दलहरु यो वा त्यो रुपमा वैदेशिक शक्ति केन्द्रहरुको प्रभावमा परेका छन् । संविधानसभा निर्वाचनबाट जनताले जुन आकारमा हामीलाई उभ्याएका छन्, त्यसैको आधारमा सरकारको शक्ति बाँडफाँड गरेर गएमा संविधान बनाउने अवस्थासम्म सहमतीय प्रक्रियाले नै जान सकिन्छ भन्ने हाम्रो प्रस्ताव हो । अरु दलहरुले कसरी सोच्छन् भन्ने कुरा भविष्यले बताउने कुरा हो ।
सरकार निर्माणका लागि बहुमतीय प्रणालीमा जाने भएपछि अब माओवादीको समीकरण कस्तो हुनेछ ?
देशभक्त तथा वामपन्थी शक्तिहरु, इमान्दार र समाजवाद उन्मुख गणतन्त्रवादी शक्तिहरुको बीचमा समीकरण बनाउने हाम्रो पहिलो प्राथमिकिता हुनेछ । यसले मात्र देशको राष्ट्रियता र जनमुखी गणतन्त्रको सर्म्बर्द्धन हुनसक्छ भन्ने मलाई लाग्छ ।
राष्ट्रपति निर्वाचनमा यहाँहरुले सहमति गरेर धोका दिनुभयो भन्ने आरोप छ, अब पनि त्यस्तो हुँदैन भन्न सकिन्छ र ?
यो शब्दलाई जुनरुपमा तपाईंले भन्नुभयो त्यो रुपमा हामीले बुझेका छैनौं । धोका त उहाँहरुले हामीलाई पनि दिनुभएको छ । जुन प्रकारको सहमति भएको थियो, त्यसलाई उल्लंघन गरेर अर्को समीकरण बन्यो । नेकपा एमालेका बारेमा भन्नुपर्दा- हामीले राष्ट्रपति तपाईंहरुकै बनाउनुस् भनेको हो । तर, उहाँहरुले कांग्रेसलाई लगेर राष्ट्रपति पद सुम्पनुभयो । उहाँहरुले वामपन्थी जनमतलाई धोका दिनुभयो भन्ने हामीलाई लाग्छ । फेरि पनि जुन प्रकारको सहमति गर्नुपर्ने थियो, त्यसका लागि अन्तिमसम्म पहल गर्नुपर्ने हो भनेर हामीले समीक्षा गरेका पनि छौं । त्यसैले आगामी दिनमा पनि वामपन्थी शक्तिहरुबीचमा समीकरण बनाउनेमा नै हाम्रो प्रयत्न हुन्छ । त्यसबाट समस्यालाई समाधान गर्दै संविधान बनाउने प्रक्रियातिर र राज्यमा अहिले देखिएका न्यूनतम समस्याहरुलाई समाधान गर्नेतर्फलाग्नर्ुपर्छ भन्ने हाम्रो मान्यता छ ।
कुन कुन पार्टर्ीीग समीकरण हुन्छ त ?
नेकपा एमाले लगायतका वामपन्थी शक्तिहरुसंग नै समीकरण बनाउने प्रयत्न रहनेछ र जारी पनि छ ।
लामो समय आन्दोलन गरेर आएको माओवादीलाई कमजोर पारेर छोटो समयमै उदाएका दललाई शक्तिशाली बनाउन निर्देशित रुपमा खेल भैरहेको भनिन्छ, यसलाई तपाईंहरुले कसरी लिनुभएको छ ?
देशलाई अग्रगामी दिशातिर लैजान आन्दोलनबाट आएको शक्तिलाई बाइपास गर्नका निम्ति निश्चित रुपमा केही शक्ति केन्द्रहरुले नयाँ नयाँ षड्यन्त्रहरु गरिरहेका छन् । यहाँले भन्नुभएको प्रश्न पनि त्यहाँ जोडिएको छ र आंशिक सत्यता छ भन्ने हामीलाई लाग्छ । तर पनि जनताले माओवादीलाई विश्वास गरेका छन् र देशमा नयाँ अध्याय सुरु हुनेछ भन्ने हामीलाई विश्वास छ ।
यहाँहरु सरकारमा जानुभएन अथवा बहुमतीय प्रणालीमा पछाडि पर्नुभयो भने सडकमा आन्दोलन गरेर अस्थिरता सिर्जना गर्ने बाटो अख्तियार गर्ने पक्षमा हुनुहुन्छ भनिएको छ, यथार्थ त्यस्तो हो ?
हामी हिजो पनि जनताको पक्षमा थियौं, आज पनि छौं र भोलि पनि जनताकै पक्षमा लड्ने छौं । जनताको विरुद्धमा जुनुसुकै प्रकारका गतिविधिहरु- चाहे सरकारबाट होस् चाहे अन्य कतैबाट होस्, हामी त्यसका विरुद्ध अगाडि बढ्छौं । हाम्रो लक्ष्य जनताको मुक्तिको अध्यायलाई पूरा गर्नु हो र अन्तिमसम्म लड्नु हो । त्यसैले आवश्यक पर्यो भने हामी जनताका पक्षमा सडकमा जान तयार छौं ।
माओवादीको पक्षमा सहमति वा निर्ण्र्ााहुन सकेन भन्दैमा जनतालाई धोका भएको भन्न कसरी मिल्छ र ?
माओवादी र जनता करिब-करिब एक अर्काका पुरक र सहयोग शक्तिमा छन् । जनता भन्नु नै माओवादी हो र माओवादी भन्नु नै जनता हो । यद्यपि अरु दलहरुलाई पनि जनताले मत दिएका छन्, त्यो जनर्समर्थनको हामी कदर गछौं । फेरि पनि अहिलेको नेपालको समीकरण भनेको नेकपा माओवादी सबैभन्दा अग्लो, ठूलो र आन्दोलनको बाहक शक्तिको रुपमा छ । यही अनुरुपको समीकरण भएन भने जनता र माओवादीको बीचमा एकता हुन्छ । त्यो एकता हिजो पनि थियो, आज पनि छ र त्यसले यथास्थितिवादी र प्रतिगमनकारी तरिका, शैली र प्रक्रियालाई संर्घष्ाको माध्यमबाट अन्त्य गर्दै अग्रगामी प्रक्रियालाई स्थापित गरेर अगाडि बढ्नेछ ।