नयाँ सरकार बनाउन किन सहमति भएन ?
सरकार बनाउन छलफल भैरहेको हो । सहमति बन्न नसकेपछि बहुमतीय प्रक्रियाले नै निष्कर्षनिकाल्ने छ ।
सहमतिको प्रक्रिया पनि जारी छ नि होइन र ?
हामीले सहमतिको प्रयासलाई पनि जारी राखेका छौं । सहमतिबाटै सरकार बनोस् भनेर नै हामीले प्रयास गरिरहेका हौ ।
कांंग्रेसले सरकारमा नजाने भनेको थियो, फेरि किन शक्ति बाँडफाँडको कुरा हुँदैछ ?
नेपाली कांग्रेसको मानसिकता विपक्षमा बस्ने थियो । तर, सबैको सहमतिबाट अगाडि बढ्नर्ुपर्छ भनिएकाले र शान्ति प्रक्रिया पनि अधुरो रहेकाले सरकारमा जान कांग्रेस तयार भएको हो । त्यसैले सहमति बनाएर अगाडि बढ्नका लागि माओवादी लचिलो हुनर्ुपर्छ ।
राष्ट्रिय सहमतिका लागि के विषयले अवरोध गर्यो त ?
साझा सहमति, सहमतिको आधार र सत्ताको स्वरुपको विषयमा राजनीतिक दलबीच छलफल भएको हो । विश्वासको आधार सिर्जनामा पनि केही समस्याहरु छन् । पटक-पटक सहमति र समझदारी हुँदा पनि माओवादीले घरजग्गा फिर्ता गरेन । वाइसीएलको संरक्षनाका बारेमा पनि सहमति कार्यान्वयन भएको छैन । यी विविध कुराहरुले अविश्वास बढाएको छ ।
सहमति त रक्षा र गृह मन्त्रालयका विषयमा अड्केको होइन र ?
सत्ताको स्वरुपको बारेमा सहमति हुन नसकेको यथार्थ हो । शान्ति प्रक्रियाले टुंगो नलिएको विद्यमान अवस्था छ । माओवादीको समानान्तर सेना रहेको र सुरक्षा संयन्त्र पनि उनीहरुको अधिनमा रहँदा शान्ति प्रक्रियालाई ठीक ढंगले टुंगो लगाउन अप्ठेरो पर्छ । त्यसकारण माओवादीले सुरक्षासंग सम्बन्धित मन्त्रालयहरु लिन उपयुक्त हुँदैन भन्ने हाम्रो भनाई हो ।