प्रिय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
१. गणतन्त्र नेपालको जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले तपाईंहरूलाई यो पहिलो सम्बोधन गर्न पाउँदा असाध्यै गौरवान्वित भएको छु । यस अवसरमा र्सवप्रथम हाम्रो प्यारो देश नेपाललाई बाहृय रूपमा विविधखाले अर्धऔपनिवेशिक र नवऔपनिवेशिक उत्पीडन र आन्तररिक रूपमा सामन्ती राजतन्त्रात्मक शोषण उत्पीडनबाट मुक्त गरेर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न अमूल्य योगदान गर्नहुने महान् जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका सम्पर्ूण्ा आदरणीय सहिदहरू, बेपत्ता पारिएकाहरू र घाइते योद्धाहरूलाई भावपर्ूण्ा श्रद्धाञ्जलि र उच्च सम्मान प्रकट गर्दछु । उहाँहरूको सपना पर्ूण्ा रूपले साकार नभएसम्म निरन्तर क्रान्ति र सङ्र्घष्ाको मार्गमा अघि बढिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । साथै हालसालै पर्ूवको कोसीलगायत देशका विभिन्न भागमा बाढी र प्राकृतिक प्रकोपबाट जनधनको ठूलो क्षति भएकोमा गहिरो दुःख प्रकट गर्दछु र पीडित जनसमुदायप्रति हार्दिक समबेदना व्यक्त गर्दछु ।
२. आज नेपाली इतिहासले कोल्टे फेरेको छ । महान् नेपाली जनताको पचासौँ वर्षेखिको सशस्त्र र शान्तिपर्ूण्ा सङ्र्घष्ाको फलस्वरूप देशमा मध्ययुगीन सामन्ती राजतन्त्रको अन्त्य भएको छ र निरन्तर मौलिक ढङ्गले देशमा गणतन्त्र स्थापना भएको छ । साथसाथै राज्यको एकात्मक ढाँचाको अन्त्य गरी राज्यलाई सङ्घात्मक ढाँचामा पुनःसंरचना गर्ने युगान्तकारी निर्ण्र्ााभएको छ । विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले राज्य र समाजका सबै अङ्गहरूमा समानुपातिक समावेसी हिस्सेदारीको हक प्राप्त गरेका छन् । केही समय पहिले सम्पन्न नेपाली इतिहासको पहिलो संविधानसभा निर्वाचनमार्फत नेपाली जनताले नयाँ नेपाल निर्माणनिम्ति नयाँ विचार र नयाँ नेतृत्वको छनौट गरिसकेका छन् । यसअघि राष्ट्रियता, गणतन्त्र र आर्थिक सामाजिक रूपान्तरणको कार्यसूचीसहित ऐतिहासिक दसवर्षो जनयुद्धको नेतृत्व गरिरहेको नेकपा -माओवादी) र तत्कालीन नेपाल सरकारका बीच सम्पन्न बृहद् शान्तिसम्झौता र त्यसको सफल कार्यान्वयनले नेपालमा द्वन्द्व व्यवस्थापन र क्रान्तिकारी रूपान्तरणको नयाँ मोडेल स्थापित भएको छ । यसमा सवै स्वाभिमानी नेपालीले गर्व गर्नैपर्दछ । अग्रगामी परिवर्तनसहितको दिगो शान्तिको नेपाली जनताको चाहनालाई मर्ूतरूप दिन हामी सबैले आ-आफ्नो क्षेत्रबाट अझै बढी जिम्मेवारीबोधका साथ लागिपर्नु जरुरी छ । युगान्तकारी राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनका लागि दसौँ हजार होनहार योद्धाहरूको बलिदान गर्न पछि नपर्ने राजनीतिक शक्तिका नाताले आगामी दिन देशमा न्यायपर्ूण्ा शान्ति र परिवर्तनका लागि पनि हामीले त्यत्तिकै जिम्मेवारीबोधका साथ निर्वाह गर्ने छौँ भन्ने र्सार्वजनिक प्रतिबद्धता म यस ऐतिहासिक अवसरमा व्यक्त गर्न चाहन्छु । निरन्तरतामा क्रमभङ्गता र क्रमभङ्गतासहितको निरन्तरताको संयोजनबाट नै हामीले नेपाली समाजको अग्रगमनको नयाँ बाटो निर्माण गर्नुछ । आगामी दिनमा नयाँ ढङ्गको यथास्थितिवाद र अग्रगमनको बीचको द्वन्द्वलाई पनि हामीले आफ्नै मौलिकतासहित व्यवस्थापन गर्दै दिगो शान्ति कायम गर्न हामी सफल हुनेछौँ भन्ने आशा तथा विश्वास व्यक्त गर्न चाहन्छु । देशमा युगौँदेखि व्याप्त जातीय, क्षेत्रीय, लैङ्िगक विभेद र शोषण उत्पीडनहरूलाई अन्त्य गरेर देशलाई एक्काइसौँ शताब्दीअनुकूल समुन्नत र समानताको शिखरमा पुर्याएर नै द्वन्द्वको समस्या समाधान हुनेछ भन्ने तथ्यप्रति म सबैको ध्यानकर्षा गराउन चाहन्छु ।
३. गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित सरकारबाट देश र जनताका अपेक्षा निश्चित रूपमा धेरै छन् । ती अपेक्षाहरूलाई हामीले वस्तुनिष्ठ ढङ्गले र योजनाबद्ध तरिकाले पूरा गर्ने प्रयत्न गर्नै पर्दछ । त्यस सर्न्दर्भमा सरकार प्रमुखको हैसियतले केही राष्ट्रिय प्राथमिकतालाई म यहाँ उल्लेख गर्न चाहन्छु । र्
र्सवप्रथम, हामीले नेपालको र्सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा र र्सर्म्बधनलाई र्सवाधिक महत्व दिनै पर्दछ । नेपाल नै नरहे नेपाली पनि रहन सक्दैनन् र गणतन्त्रको पनि औचित्य रहन्न । विभिन्न वर्ग, जाति, वर्ग, लिङ्ग र समुदायमा विभाजित नेपाली जनतालाई पर्ूण्ारूपले र्सार्वभौम, समान र समुन्नत नबनाई राष्ट्रिय एकता कायम गर्न पनि सकिन्न । त्यस अर्थमा राष्ट्रियता र जनतन्त्र वा गणतन्त्र एक अर्कासँग घनिष्ठरूपले अन्तरसम्बन्धित र अविभाज्य छन् । तिनको सही सन्तुलन कायम गरेर देशको र्सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न र्सवाधिक जोड दिइने छ । साथै हिमाल, पहाड, तर्राई, मधेसलगायत विभिन्न क्षेत्रमा रहने जाति/जनजातिहरूबीच पर्ूण्ा समानताका आधारमा नयाँ राष्ट्रिय एकता कायम गरेर देशको र्सार्वभौमिकता, स्वाधीनता र अखण्डताको रक्षा गर्ने नीति अनुशरण गरिनेछ । त्यसरी नै पञ्चशीलका सिद्धान्तका आधारमा छिमेकी मुलुकहरूसहित सबैसँग मैत्रीपर्ूण्ा सम्बन्ध कायम गरिने छ ।
दोस्रो कुरा, आधुनिक युगसुहाउँदो लोकतान्त्रिक मूल्य-मान्यता र सिद्धान्तप्रति हाम्रो पर्ूण्ा प्रतिबद्धता रहने छ । बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन आदि लोकतान्त्रिक पद्धति र मान्यताहरूको अनुशरण गरिने छ । लोकतान्त्रिक मूल्य र मान्यतामाथि कुनै पनि प्रकारका अतिक्रमणलाई निरुत्साहित गरिने छ । साथै लोकतन्त्रलाई मुठ्ठीभर हुनेखाने र टाठाबाठारूको औपचारिक लोकतन्त्रमा मात्र सीमित राख्ने प्रवृतिका विरुद्ध लोकतन्त्रलाई बहुसङ्ख्यक श्रमिक जनताको बास्तविक लोकतन्त्रमा विस्तारित गर्न विशेष जोड दिइने छ । यसरी नै 'निरन्तर सजकता स्वतन्त्रताको मूल्य हो' भन्ने भनाइअनुरूप लोकतन्त्र र स्वतन्त्रतालाई व्यापक दिगो बनाउन आमजनसमुदाय र नागरिक समाजको निरन्तर निगरानी, सहभागिता र हस्तक्षेप राज्य र समाजका हरेक अङ्गमा सुनिश्चित गर्ने विधिहरूको खोजी गरिने छ । गाउँका कुनाकाप्चाका निमुखा र गरिबहरूले समेत लोकतन्त्रको सच्चा अनुभूति गर्न सकुन् भन्ने कुरामा विशेष ध्यान दिइने छ ।
तेस्रो कुरा, देशमा व्याप्त गरिबी, बेरोजगारी, असमानता र पराधीनताको अन्त्य गर्दै देशलाई छिटोभन्दा छिटो अवधिमा आर्थिक-सामाजिक रूपले समुन्नत बनाउने कुरामा राज्यको मुख्य ध्यान केन्द्रित गरिने छ । राजनीतिक र आर्थिक क्रान्तिलाई साथसाथै अघि बढाएर मात्र दिगो शान्ति कायम गर्न सकिन्छ भन्ने मान्यतालाई दरोसँग आत्मसात गरिने छ । र्सवप्रथम आर्थिक-सामाजिक र सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूको अन्त्य र आधुनिक औद्योगिक अर्थतन्त्रको निर्माणमा मुख्य जोड दिइने छ ।
त्यसका निम्ति आवश्यक नीति निर्माण र कार्यान्वयनमा ध्यान दिइने छ । अर्थतन्त्रको विकासमा राज्य, सहकारी र निजी क्षेत्रको समन्वयकारी भूमिका र र्सार्वजनिक-निजी साझेदारीकेा मोडेललाई मुख्य नीतिको रूपमा अनुशरण गरिने छ । राष्ट्रिय प्राथमिकता अनुकूलका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन र संरक्षण गरिने छ । कृषि, पर्यटन, जलस्रोत, पर्ूवाधार विकासलाई मुख्य प्राथमिकताको क्षेत्र तोकेर अल्पकालीन, मध्यकालीन र दर्ीघकालीन योजना निर्माण गरी कार्यान्वयन गरिने छ । बेरोजगारीको अन्त्य गर्न र अत्यावश्यक वस्तु र्सवसुलभ ढङ्गले सुपथ मूल्यमा उपलब्ध गराउन विशेष ध्यान दिइने छ । मजदुर र व्यवस्थापनबीच सुमधुर सम्बन्ध विकास गर्न र औद्योगिक शान्ति कायम गर्न विशेष जोड दिइने छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै जनताको मौलिक अधिकार कायम गर्न आवश्यक कानुनी व्यवस्था गरिने छ । विपन्न वर्ग र पिछडिएका क्षेत्रका जनता तथा असहाय, वृद्ध, अपाङ्गलाई तत्काल राहत र विशेष सहयोग उपलब्ध गराउने कुरामा ध्यान दिइने छ । राज्य, अर्थतन्त्र र समाजका हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचारको क्यान्सर निर्मूल गर्न श्रि्रातिश्रि्र प्रभावकारी कदम चालिने छ । समग्रमा बहुसङ्ख्यक जनताले प्रत्यक्ष राहत महसुस गर्ने र परिवर्तनको अनुभूति गर्ने ढङ्गले नीति र योजना कार्यान्वयन गर्न मुख्य जोड दिइने छ ।
यसरी राष्ट्रियता, जनतन्त्र -गणतन्त्र) र आर्थिक-सामाजिक रूपान्तरणको मुद्दा नयाँ सरकारको क्षेत्र हुनेछ ।
४. शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने र निर्धारित समयमा नयाँ अग्रगामी जनमुखी संविधानको निर्माण गर्नु नयाँ सरकारको मुख्य कार्यभार हो । यी दर्ुइ कुरालाई अर्जुन दृष्टि मानेर नयाँ सरकारले काम गर्ने प्रतिबद्धता पनि म यस सर्न्दर्भमा व्यक्त गर्न चाहन्छु ।
परन्तु यी कार्यभार चुनौतिरहित छैनन् । हामीसँग एकातिर सम्भावनाको विशाल संसार छ भने अर्कोतिर चुनौतिको ठूलो पहाड पनि छ । यसनिम्ति सम्पर्ूण्ा देशभक्त, गणतन्त्रवादी र अग्रगामी राजनीतिक शक्तिहरू, सेना, प्रहरी, प्रशासनलगायत राज्यका विभिन्न निकायका अधिकारीहरू, अन्तरराष्ट्रिय संस्थाहरू र आमसमुदायको सहयोग र र्समर्थन अत्यन्त जरुरी छ । अन्ततः इतिहासका निर्माता जनता हुन् र जनताको सहयोग र र्समर्थन प्राप्त भएमा यस संसारमा असम्भव भन्ने कुरो केही छैन । त्यसैले यस ऐतिहासिक अवसरमा नयाँ नेपालको निर्माणको अभियानमा हरतरहले साथ दिन म सबैसँग विनम्र आग्रह गर्दछु । र्
र्सवप्रथम, नयाँ नेपाल निर्माण कार्य कुनै एक दल, संस्था वा व्यक्तिको प्रयासबाट मात्र सम्भव हुने कुरा होइन, यसका लागि राष्ट्रिय सहमति आजको आवश्यकता हो । विगतमा सरकारले विभिन्न सङ्घसंस्थाहरूसँग गरेको सम्झौता तथा समझदारीको कार्यान्वयनप्रति सरकार पर्ूण्ा प्रतिबद्ध छ । म देशका प्रमुख शक्तिहरूलाई इतिहासको यस विशिष्ट घडीमा सङ्कर्ीण्ा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको सर्म्बर्धन गर्दै नयाँ नेपाल निर्माण गर्ने कार्यमा नयाँ सरकारलाई साथ दिन आग्रह गर्दछु ।
त्यसरी नै म प्रमुख अन्तरराष्ट्रिय समुदाय र मुख्यतः छिमेकी देशहरूलाई ऐतिहासिक सङ्क्रमण कालबाट गुज्रिरहेको नेपाललाई नैतिक, भौतिक लगायत हरतरहले साथ दिन आग्रह गर्दछु । आफ्नो तर्फबाट यस अवसरमा कसैप्रति पनि पर्ूवाग्रह नराखी नयाँ ढङ्गले अघि बढाउन सहज वातावरण निर्माण गरिने विश्वास पनि दिलाउन चाहन्छु ।
म निजामती सेवा लगायत सबै सरकारी र गैरसरकारी निकायहरूका कर्मचारीहरूलाई कुनै पर्ूवाग्रह र द्वेष नराखी नयाँ सरकारलाई हरतरहले साथ दिन आग्रह गर्दछु ।
म निजी क्षेत्रका उद्यमी, व्यापारी, व्यवसायी, पेसाकर्मी लगायत सबैलाई नयाँ सरकारले दिगो शान्ति र लगानीको उचित वातावरण निर्माण गर्ने विश्वास दिलाउँदै सरकारलाई पर्ूण्ारूपले साथ दिन अनुरोध गर्दछु ।
म सम्पर्ूण्ा सञ्चारकर्मीहरू, नागरिक आन्दोलनकारीहरू र आम जनसमुदायलाई नयाँ गणतान्त्रिक युगसँगै नयाँ समुन्नत नेपाल निर्माणको अभियानमा नयाँ सरकारलाई आ-आफ्नो तर्फबाट साथ दिन विशेष अपिल गर्दछु ।
म सम्पर्ूण्ा जनमुक्ति सेनाका योद्धाहरू, जनयुद्धका महान् सहिदका परिवारजनहरू, बेपत्ता परिवारजनहरू र घाइते योद्धाहरूलाई नयाँ सरकारले यथासक्य छिटो उहाँहरूको लागि उपलब्ध गराउनुपर्ने सहयोग राशि र राहत उपलब्ध गराउने छ भन्ने विश्वास दिलाउँदै उहाँहरूबाट सदाभैFm सहयोग र र्समर्थनको अपेक्षा गर्दछु ।
अन्त्यमा, संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले दिएको जनादेश र संविधानसभाबाट प्राप्त र्समर्थन र सहयोगप्रति म हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु । नेपाली जनताले सुम्पेको यस अभिभारालाई पूरा गर्ने प्रतिबद्धता यस अवसरमा दोहोर्याउन चाहन्छु । धन्यवाद ।