नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने चर्चा चलिरहेको छ, त्यस्तो सम्भावना छ ?सरकारभन्दा पनि अहिलेको मूल कुरा संविधान निर्माण हो । नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका खेल्ने निर्ण्र्ाागरिसकेको छ । त्यसैले कांग्रेस सरकारमा जाने कुनै सम्भावना छैन । उग्रवामपन्थीको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेस पुच्छर भएर जाँदैन । कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आएको खण्डमा कांग्रेस तयार हुन पनि सक्छ । तर, त्यस्तो सम्भावना पनि अहिले देखिएको छैन ।
जनमत नै नभै सरकारको नेतृत्व गर्न कुरा गर्न त मिल्दैन होला नि ?
सरकार बनाउने स्पष्ट बहुमतको जनमत त कुनै दलको पनि छैन । यद्यपि नेकपा माओवादी ठूलो दल भएकाले अहिले उसैको नेतृत्वको सरकार छ । त्यो सरकारलाई प्रतिपक्षमा बसेर हामीले सहयोग पनि गरेका छौं ।
सरकारले आफ्नो बाटो छोडेर जान थाल्यो भने हामी त्यसको सशक्त विरोध गछौर्ं । यदि उहाँहरुले राम्रो काम गर्न सक्नुभएन, राज्य तथा स्वतन्त्रताका विरुद्ध लाग्नुभयो र उग्रवामपन्थी सोच मुक्त रहनुभएन भने शान्तिपर्ूण्ा तर सशक्त रुपमा प्रतिपक्षका रुपमा हामीले विरोध गर्नेछौं ।
प्रतिपक्षमा रहेको कांग्रेसको अबको गन्तव्य कस्तो हुन्छ त ?
नेपाली कांग्रेस अहिले सरकारको प्रतिपक्षमा बसेको छ । अबको हाम्रो लक्ष्य भनेको लोकतान्त्रिक संविधान निर्माण गर्ने हो । सरकार कसले बनाउँछ र को रहन्छभन्दा पनि हाम्रो मूल विषय नयाँ संविधान निर्माण गर्नु नै हो । संविधानसभामा प्रतिनिधित्व भएका र सरकारमा नरहेका सम्पर्ूण्ा राजनीतिक दलहरुलाई लिएर हामी संविधान निर्माणमै अग्रसर हुन्छौं ।
संविधानसभा प्रतिपक्षविहीन हुनुपर्नेमा कांग्रेस प्रतिपक्षमा रहनुले संविधान निर्माण प्रक्रियामा समस्या हुने औंल्याइएको छ नि ?
प्रजातान्त्रिक परिपाटीमा प्रतिपक्ष आवश्यक हुन्छ । वर्तमान संविधानसभाले संविधान निर्माणको मात्र नभै व्यवस्थापिका संसद्को काम पनि गरिरहेको छ । त्यसैले संसदीय भूमिकामा नेपाली कांग्रेस प्रतिपक्षमा हुन्छ भने संविधान निर्माणको क्रममा सहयोग गर्नेछ ।
व्यवस्थापिका संसद्को हिसाबले सरकारका त्रुटीपर्ूण्ा र नराम्रा काम औंल्याउनका लागि नेपाली कांग्रेस प्रतिपक्षमा रहेको हो । नकारात्मक विषयको आलोचना हुने भएकाले कांग्रेस प्रतिपक्षमा छ भनेर डराउनुपर्ने अवस्था भने छैन ।
सरकारको यसअवधिको गतिविधिलाई प्रतिपक्षीको हिसाबमा कसरी मूल्यांकन गर्नुभएको छ ?
संविधानसभा चुनाव भएको सात-आठ महिनाको यस अवधिमा पहिले त सरकार निर्माणको क्रममा लामो समय बित्यो । सरकार बनिसकेपछि पनि खासै उल्लेखनीय काम भएको छैन । हालै सरकारले बजेट प्रस्तुत गरेको छ । आफ्नो एक वर्षा लागि प्रस्तुत गरिएको बजेट जनतालाई लोभ देखाएर ठूलो आकारको बनाइएको छ र दर्ीघकालीन कार्यक्रम राखिएको छ । स्रोतको सम्भावना पनि देखिएको छैन । अर्थमन्त्री विदेश भ्रमण गरेर आएका छन् र सहयोगको आश्वासन पाएको बताएका छन् । तर, हिजोको समयमा पनि त्यस्तो आश्वासन अनुसार सहयोग नआएको अवस्थामा अहिले आउला भन्ने यकिन छैन । जेहोस्, लोभ देखाएर ल्याइएको बजेट कार्यान्वयनका विषयमा केही समय पर्खेर हर्ेर्नुपर्छ ।
संविधानसभाको मूल लक्ष्य संविधान निर्माण गर्नु हो । सरकार बनिसकेको अवस्थामा संविधान निर्माणको प्रक्रिया थालनीमा ढिलाई भैरहेको छ । सरकार गठनको हनिमुन डे नसकिएको अवस्थामा अहिल्यै समीक्षा नगर्दा नै उचित होला ।
संवैधानिक प्रावधान अनुसार संविधान निर्माण गर्ने अवधि कम हुँदै गएको छ, तर निर्माण प्रक्रिया त सुरु हुन सकेन नि, किन ?
सम्पर्ूण्ा राजनीतिक दलले राष्ट्रको हित चिताएर काम गर्ने हो भने संविधान निर्माणको लागि तोकिएको डेढ-दर्ुइ वर्षर अब बाँकी रहेको समय थोरै होइन । सरकारमा कसरी रहने र कसरी चलाउने भन्ने खेल भैरहे भने त समयमा संविधान निर्माण कठिन हुन्छ । सबैले छातिमा हात राखेर सरकारमा रहने मात्र नभई लोकतान्त्रिक संविधान निर्माण गर्न लाग्नुपर्ने हुन्छ । नेपाली कांग्रेस यस सम्बन्धमा सचेत छ र निर्माण प्रक्रियाका लागि दबाब दिंदै महत्वपर्ूण्ा भूमिका निर्वाह गर्छ ।
विगतमा विभिन्न समूहसंग गरिएका सम्झौता अनुसार संविधान निर्माणअघि पूरा गरिनुपर्ने मुद्दाहरुका कारण ढिलाई भैरहेको र तोकिएको समय पनि अपुग हुने भनिएको छ नि ?
क-कसका मुद्दाभन्दा पनि राष्ट्र, राष्ट्रियता र सम्पर्ूण्ा नेपालीलाई सम्बोधन हुने किसिमको संविधान बन्नर्ुपर्छ । अहिले जन्मेका गुट-उपगुट, जसको राजनीतिक मुद्दै छैन उनीहरुलाई सम्बोधन गर्नुपर्छ भन्ने छैन ।
हिजो जनआन्दोलन-०६२/०६३ अघि उठेका आवाजहरुलाई सम्बोधन गरेर संविधान निर्माण गर्नका लागि अहिलेको संविधानसभामा सम्पर्ूण्ा वर्ग, लिंग, क्षेत्रको प्रतिनिधित्व छ । यसैबाट सबैका मुद्दा समेटिन्छन् । यर्सथ सबैले समयभित्र संविधान निर्माण गर्नेतर्फसोच्ने हो भने समय अपुग हुँदैन । राष्ट्र र जनताप्रति उत्तरदायी हुने हो भने तोकिएकै समयमा संविधान निर्माण हुन्छ ।
संविधान निर्माण प्रक्रिया सुरु गर्न निश्चित रुपमा ढिलाई भएको छ । तर, हामी ऐतिहासिक रुपमा नयाँ युगमा प्रवेश गरेका छौं । राजतन्त्र हटाएर नयाँ युगमा प्रवेश गर्दा केही समय खेर गयो, यद्यपि उपलब्धि भएको छ । राष्ट्रमा नौलो प्रयोग गर्दा केही समय लाग्दैमा बर्बाद भैसकेको टिप्पणी गर्न मिल्दैन ।
मुलुकको राजनीतिक धु्रबीकरण हुन लागेको हो ?
राजनीतिक धुब्रीकरण जहिले पनि हुन्छ । सत्ता र सत्ता बाहिर बस्ने राजनीतिक दलहरुबीच, विभिन्न शक्ति र समुदायबीच, राष्ट्रिय अन्तर्रर्ााट्रय क्षेत्रमा धु्रबीकरण हुन्छ । तर, नेपाली कांग्रेसले सत्तामा जानका लागि धु्रबीकरण गर्दैन र गरेको पनि छैन । लोकतान्त्रिक संविधान निर्माणका लागि हाम्रो धु्रबीकरण हुन्छ ।
विगतमा माओवादीसंग भएका सम्झौताको कार्यान्वयन नभएको अवस्था छ, यसलाई कसरी लिनुभएको छ ?
सरकार गठन प्रक्रियाको सुरुवातमा हामीले विगतमा भएका सम्झौता कार्यान्वयनका सात बुँदालाई बाहिर ल्याएका थियौं । जग्गा फिर्ता, वाइसीएलका गतिविधि नियन्त्रण लगायतका ती बुँदा अहिले पनि उत्तिकै महत्वपर्ूण्ा छन् ।
माओवादीले जहिले पनि काम गछौर्ं मात्र भन्ने तर केही नगर्ने प्रवृत्ति देखाइरहेको छ । १२ बुँदेदेखि पछिल्लो सम्झौता कार्यान्वयन हुनर्ुपर्छ भन्ने हाम्रो अडान हो । उहाँहरुले गरेको सम्झौता पूरा हुनर्ुपर्छ, विस्थापित आफ्नो घरमा जान पाउनर्ुपर्छ, कब्जा जग्गा फिर्ता हुनर्ुपर्छ । कांग्रेसका मात्र नभै एमाले तथा अन्य पार्टर्ीीार्यकर्ताको पनि सम्पत्ति लुटिएका छन् । लुटिएको सम्पत्ति फिर्ता नभएसम्म कांग्रेसले उनीहरुलाई सहयोग गर्ने अवस्था रहँदैन ।
सेना समायोजनका बारेमा अहिले फरक-फरक तर्क आएका छन्, कांग्रेसको धारण के हो ?
सबैभन्दा पहिले त माओवादीका लडाकूलाई सेना भन्न नै मिल्दैन । सहमतिमा पनि माओवादीका लडाकू भनिएको छ । ती लडाकूहरुलाई समायोजन गर्न सकिन्छ, तर राष्ट्रिय सेनामा होइन । उनीहरुलाई औद्योगिक, निर्माण फोर्स लगायतमा व्यवस्थापन गर्नुपर्छ । उनीहरुलाई राष्ट्रिय सेनामा समायोजन गर्न हुँदैन । राष्ट्रिय सेनामा समायोजन गर्दा गृहयुद्धको जन्म हुनसक्छ । राजनीतिबाट बाहिर रहेर विशुद्ध रुपमा देशको लागि काम गरिरहेको सेनामा पार्टर्ीीे आस्था बोकेकाहरुलाई राख्नु व्रि्रोह जन्माउनु र राष्ट्रलाई अहित जन्माउनु हो । त्यसकारण लडाकूलाई राष्ट्रिय सेनामा राख्न हुँदैन । माओवादी नेतृत्वलाई पनि लडाकूलाई सेनामा समायोजन गर्न हुँदैन भन्ने थाहा छ, तर पनि उहाँहरुले कार्यकर्तालाई भ्रममा राखेर विभिन्न पद्बी दिनुभएको छ ।
प्रसंग बदलौं, सांगठिनक हिसाबले अहिले नेपाली कांग्रेस कमजोर भएको भनिन्छ नि ?
नेपाली कांग्रेसलाई माया गर्नेहरु धेरै हुँदाहुँदै पनि अहिले कमजोर हुन पुगेको अवस्था छ र यो हामीले स्वीकारेका पनि छौं । त्यसैले १२ औं महाधिवेशनअघि संगठन सुधारका लागि कांग्रेसले ७५ जिल्लामै अभियान थालिसकेको छ । सांगठनिक रुपमा केन्द्रीयस्तरबाट संगठन सुधारका लागि जिल्ला जिल्लामा नेतृत्व क्रियाशील छन् । आगामी कात्तिक ९ गतेदेखि विशेष अभियान पनि संचालन हुँदैछ ।
फुटेको पार्टर्ीीावनात्मक रुपमा एक भैसकेको छैन । सबैलाई भावनात्मक रुपमा एकतावद्ध गरी संगठन बलियो बनाउन कांग्रेस जुटेको छ । एकातिर संगठन सुधार र अर्कातिर संविधान निर्माणमामा नेपाली कांग्रेस गम्भीर भएर लाग्नेछ ।
अबको अधिवेशनमा कांग्रेसको नेतृत्व परिवर्तन हुने सम्भावना कस्तो छ ?
पार्टर्ीी नयाँ पुस्ताको सहभागिता हुनु आवश्यक छ । संगठनलाई सुधार गर्दै लैजान तथा नयाँ पुस्ताको सहभागितालाई नेतृत्व तहसम्म पुर्याउने काम अबको अधिवेशनले गर्छ भन्ने मलाई विश्वास छ । संगठनलाई बलियो बनाउनका लागि अधिवेशनले रचनात्मक कदम अगाडि बढाउने छ ।
प्रस्तुति ः यादब देवकोटा