Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:51am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
सरकारको नेतृत्व गर्ने पार्टर्ीी मनपरी भन्दै हिंड्न हुँदैन
सहाना प्रधान, स्थायी

Monday, 11.17.2008, 04:46pm (GMT+5.5)

सरकारमा रहेका राजनीतिक दलबीच मतभेद सिर्जना हुन थालेको छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
अहिलेको सरकार सहमतिको आधारमा चल्ने हो । सहमतिलाई कसैले पनि तोड्न हुँदैन । विगतमा सात पार्टर्ीीच जुन एलायन्स -सहमति) थियो, त्यसलाई कायम राख्नर्ुपर्छ । त्यही सहमतिको धारातलमा टेकेर नेकपा एमाले पनि सरकारमा सामेल भएको हो । संविधानसभाले संविधानको 'स' पनि लेखिरहेको छैन । अहिले देश संक्रमणकालमा गुज्रिरहेको छ । यस्तो अवस्थामा विगतमा सात पार्टर्ीी भएकाहरुले आफ्नो धर्म निर्वाह गर्नुपर्छ । सहमति तोड्ने काम कसैले पनि गर्न हुँदैन ।

तर, सहमतिको वातावरण रहेको त देखिएको छैन नि?
पर्ूण्ा शान्ति स्थापनाका लागि विगतमा भएको सहकार्यको सहमतिलाई तोडेर नेपाली कांग्रेस सरकारमा सामेल भएन । ऊ प्रतिपक्षमा रहृयो । माओवादीले पनि आफ्नो हिजोको चरित्र छाडेको छैन । माओवादीका थरिथरि नेताहरु थरिथरिका कुराहरु जहाँ जे मनलाग्यो त्यहीं बोलिरहेका छन् । अहिलेको बेला निकै 'सेन्सेटिभ' हो । यस्तो बेलामा माओवादीले जनगणतन्त्रको कुरा गर्नु, सेना समायोजना जसरी पनि गर्ने भन्नु, प्रतिवद्धता जनाएर पनि कब्जा तथा जफत गरिएको सम्पत्ति फिर्ता नगर्नु र कब्जा सम्पत्तिको मुआब्जा तथा क्षतिपर्ूर्ति सरकारले दिनर्ुपर्छ भन्नु लगायतका कारणले सहमतिको आधार टुटेको हो । यस्तो अवस्थाको अन्त्यका लागि नेकपा एमालेले प्रयास गरिरहेको छ ।

सरकारमा रहेको एमालको आन्तरिक रुपमा विरोध भैरहेको छ नि, किन हो ?
यथार्थमा भन्ने हो भने, सहमतिको धर्मलाई निभाउनका लागि माओवादीसंग हजार मतभेद हुँदाहुँदै पनि नेकपा एमाले सामेल भएको छ । माओवादीसंग हाम्रो विचार, कार्यनीति लगायतका कुराहरु मिलेर हामी सरकारमा गएका होइनौ । हाम्रो काम गर्ने ढंग, नीति, सोच माओवादीको भन्दा विल्कुलै फरक छ । अहिले सरकारमा सामेल हुनुमा दर्ुइटा कुरा पूरा गर्नु हो । ती हुन्ः नयाँ संविधान लेखन र शान्तिलाई तार्किक निष्कर्षा पुर्‍याउनु । यिनै कुरालाई सफल पार्नका निम्ति हामी सरकारमा छौं ।

सेना समायोजनका विषयमा गृहकार्य भएन भनेर टिप्पणी गरिए नि ?
कुरा त्यसो होइन । सेना समायोजनको कुरा 'पिस र्एकर्ड' -शान्ति सम्झौता)मा हस्ताक्षर हुने बेलामै निर्धारण भैसकेको हो । तर, कसरी समायोजन गर्ने भन्ने कुरा भएको थिएन । मापदण्ड पुग्नेहरुको समायोजन हुनर्ुपर्छ । मापदण्ड नपुग्नेहरुलाई उनीहरुको आवश्यक माफिकको बन्दोबस्त गर्नुपर्छ । अरु ठाउँमा उनीहरुलाई व्यवस्थापन गर्न सक्नर्ुपर्छ । समायोजन नै गर्न हुँदैन भन्ने कुरा गर्न हुँदैन ।

कांग्रेसलाई सेना समायोजन विशेष समितिमा ल्याउन एमालेले के गदैछ ?
नेपाली कांग्रेसलाई त्यस समितिमा र सरकारमा ल्याउन नेकपा एमालेले प्रयास गरिरहेको छ । सहमतिको आधारमा चल्ने हो भने कांग्रेस यसमा सहभागी हुनर्ुपर्छ । यदि संविधान लेख्ने नै हो भने, शान्तिलाई तार्किक निष्कर्षा पुर्‍याउने हो भने नेपाली कांग्रेसले पुनः दोस्रो पटक सोच्नर्ुपर्छ । यस्तो बेलामा अर्गल्याईं गर्न हुँदैन । र, माओवादीलाई ठीक ठाउँमा ल्याउनका निम्ति कांग्रेसले पर वा विपक्षमा बस्छु भन्नु राम्रो होइन । साँच्चै भन्ने हो भने नेपाली कांग्रेसले हिजोका दिनमा अहिले उठेको कचपच टुंग्याउनुपर्ने थियो । यदि तदारुकता देखाएको भए समायोजनका कुराहरु, सम्पत्ति कब्जाका कुराहरु हिजै समाधान हुथ्यो पनि । आज आएर जुन कुराहरु उठिरहेका छन्, गिरिजाबाबु -कांग्रेस सभापति तथा पर्ूव प्रधानमन्त्री) जसरी अगाडि आउनुभएको छ, ती कुराहरुमा हिजो तदरुकता देखाइनुपर्ने थियो । हिजोका दिनमा त्यसो नगर्नु नेपाली कांग्रेसको कमजोरी देखिएको छ ।

माओवादी दश वर्षम्म युद्ध गरेर आएको पार्टर्ीीो, परिवर्तन हुन्छ । हामीले चाहेर ऊ र्‍याडिकल नहुने होइन । आफ्नो पार्टर्ीीह र तप्काका लागि पनि र्‍याडिकल कुराहरु माओवादीले गर्छ । उनीहरुको नीति नै त्यही हो । यस्तो बेलामा सुझबुझ भएका नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीलाई ठीक ठाउँमा ल्याउनका लागि पर बसेर र तर्केर काम हुँदैन, यसरी संविधान पनि लेखिंदैन ।

माओवादीले कब्जा गरेको सम्पत्तिको क्षतिपर्ूर्ति सरकारले दिन मिल्छ ?
यो विल्कुलै गलत हो । कब्जा गर्ने उहाँहरु अनि अहिले क्षतिपर्ूर्ति सरकारको ढुकुटीबाट - यो हुनै सक्दैन ।

सरकारमा रहेका एमालेका मन्त्रीले यसको किन विरोध गरेरनन् त ?
यस्तो विषयलाई सरकारमा सामेल भएका मन्त्रीहरुले नै उठाउनपर्छ भन्ने होइन । यस किसिमको भनाई गलत भयो भनेर पार्टर्ीींक्तिबाट हामीहरुले भनिरहेका छौं । मुख्य कुरा पार्टर्ीीो र त्यसैले पार्टर्ीी त्यसको विरोध गरिरहेको छ ।

एमाले सामेल रहेको सरकारमा माओवादीको रणनीति हावी भएको भनिएको छ, त्यसबारे एमाले नेतृत्वले के गर्दैछ ?
पार्टर्ीीेतृत्वले यस प्रकारको प्रवृत्ति र तरिका गलत हो भन्दै आएको नै छ । माओवादी सुध्रिन पर्छ भनेर एमालेले भन्दै आइरहेको छ । सरकारको नेतृत्व गर्ने पार्टर्ीी आफूलाई मनपरेको जस्तो मनपरी भन्दै हिड्न हुँदैन, पाँचथरिका पाँचथरि कुरा हुनुहुँदैन । सरकार चलाउने पार्टर्ीी देश र जनताको ख्याल गरेर काम गर्नुपर्छ । जताबाट पनि आफ्नो पार्टर्ीी पार्टर्ीी मान्छेहरुका निम्ति मात्र सरकारको ढुकुटीलाई रित्तो पार्ने काम गर्नु हुँदैन ।

माओवादीले राम्रो नगरेको सर्न्दर्भमा अब सरकार ढल्ने सम्भावना रहेको हो ?
अहिले सरकार रहने वा ढाल्ने भन्ने कुराहरु आएका छैनन् । हाम्रो काम माओवादीलाई ठीक ठाउँमा ल्याउने हो भने कांग्रेसको पनि विचार त्यही हो । माओवादी कुन लाइनमा चलिरहेको छ भन्ने यी दुवै -कांग्रेस/एमाले) पार्टर्ीी नबुझेको अवस्था पनि होइन । माओवादीलाई ठीक ठाउँमा ल्याउने भूमिका नेकपा एमालेले निर्वाह गरेको छ ।

सरकार गठन भएको करिब एक सय दिन पूरा हुन लागेको छ । यो अवस्थामा कमरेड सहानाले- र्सवसाधारण भएर मूल्यांकन गर्दा कस्तो पाउनुहुन्छ ?
यो देशमा युगान्तकारी परिवर्तन भएको छ । जनताले क्रान्ति गरेर आएको परिवर्तन हो यो । यसलाई राजनीतिक दलले 'क्यास' गर्न सक्नर्ुपर्छ ।

अहिले माओवादीको नेतृत्वमा सरकार छ । सबै पार्टर्ीीले जनताको अनुहार, देशको स्थिति हर्ेर्नुपर्छ । नयाँ नेपाल भनेर सबैले फलाकिरहेका छन् । त्यो नयाँ नेपाल बनाउने प्रतिवद्धता लिएर यो सरकार हिड्नर्ुपर्छ । राजनीतिक पार्टर्ीीले पनि भन्ने बेला एउटा र गर्ने बेला अर्को गर्न भएन । सबैभन्दा ठूलो कुरा हामीले नेपाली जनतालाई धोका दिन भएन ।

प्रसंग बदलौं, आगामी केही महिनामा हुने नेकपा एमालेको आठौं महाधिवेशनको तयारी कसरी हुँदैछ ?
महाधिवेशनका लागि आवश्यक तयारी तीब्र रुपमा भैरहेको छ । पार्टर्ीी विभिन्न उपसमितिहरु गठन गरेको छ र ती समितिले आफ्नो काम गरिरहेका छन् ।

महाधिवेशनले नेतृत्वको बारेमा कस्तो नीति लिनेछ ? अब एमाले अध्यक्षात्मक प्रणालीमा जान लागेको हो ?
अहिले यसबारे निर्ण्र्ााभैसकेको छैन । यसबारे छलफल हुन बाँकी छ । महाधिवेशनका लागि गठित उपसमितिहरुले व्यवस्थापकीय पक्षलाई हेरिरहेका छन् । पार्टर्ीीे नेतृत्व वा अन्य कुराहरु कुन दिशातर्फलक्षित हुने हो भन्नेबारे निर्ण्र्ाागर्न बाँकी नै छ । पार्टर्ीी निर्ण्र्ाानभै सबै कुरा अहिल्यै भन्न सकिंदैन ।

संविधानसभा चुनावको परिणाममा नेकपा एमालेको कमजोर अवस्था रहृयो, वर्तमानसम्म आइपुग्दा पार्टर्ीीे अवस्था कमजोर बन्दै गएकाले महाधिवेशनपछि सुधारतर्फलाग्ने एमाले रणनीति हो ?
संविधानसभा चुनावमा नेकपा एमालेको जुन किसिमको नतिजा आयो, त्यसका बारेमा बारम्बार पार्टर्ीीे धारणा बाहिर आइसकेको छ । हाम्रो पार्टर्ीीत्र रहेको कमजोरीले यस्तो अवस्था आएको भनेर स्वीकारिसकिएको पनि छ । आगामी दिनमा पार्टर्ीीई सबल, जीवन्त र भविष्यमा राम्रो पोजिशनमा पुर्‍याउनका लागि, कार्यकर्तालाई 'बुष्ट अप' गर्ने, अन्तर जिल्ला र ग्रास रुटमा के काम भैरहेको छ भनेर मूल्यांकन र निर्देशन दिने काम भैरहेको छ । पार्टर्ीींगठनलाई सबल बनाउन कार्य भेरहेको छ र महाधिवेशनले पनि त्यस किसिमको थप नीति बनाउन सक्छ ।

पछिल्लो समयमा नेकपा माओवादीले पुच्छर हटाउने भनेपछि नेकपा एमालेले पनि त्यही गृहकार्य गरिरहेको छ, अब सबै कम्युनिष्ट पार्टर्ीीे एउटै नाम र एउटै झण्डा राख्ने अभियानमा तपाईंहरु लाग्नु भएको हो ?
तपाईंले त धेरै परसम्मको कुरा सोच्नु भएछ । माले र माक्सवादीको एकीकरण भएर नेकपा एमाले बनेको हो । विगतमै यो एमाले भन्ने पुच्छर नराख्ने भनिएको थियो, तर काम भैरहेको थिएन । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टर्ीीहिले टुक्राटुक्रा हुनु दुःखको कुरा हो । खासमा भन्ने हो भने कम्युनिष्टहरुको एउटै पार्टर्ीीुनुपर्ने हो, तर धेरै टुक्रामा विभाजित भएको छ । नेपालमा विभिन्न रंगका विभिन्न नीति 'फलो' गर्ने नभैकन एउटा सिंगो कम्युनिष्ट पार्टर्ीीे आवश्यकता छ । यो आजको खाँचो हो । यसमा पनि आगामी आठौं महाधिवेशनले विचार गर्ने छ । यी सबै कुराका बारेमा अहिले केही निर्ण्र्ााभैसकेको छैन ।

तपाईं त नेपालमा कम्युनिष्ट पार्टर्ीीे विगत र वर्तमानसंग नजिक हुनुहुन्छ, अब अरु घटकसंग एमालेले सिंगो कम्युनिष्ट बनाउन चाहेको हो कि एमाले समाहित हुँदैछ ?
कम्युनिष्ट पार्टर्ीीई प्रजातान्त्रिक पार्टर्ीीोइन भनिन्छ । तर, कम्युनिष्टजस्तो प्रजातन्त्रवादी कोही पनि छैन । नेकपा एमालेको स्थापनाकालदेखि नै यसले परिकल्पना गरेको थिएन कि एउटै पार्टर्ीीे सधैं रजगज हुन्छ भनेर । आजसम्म पनि हामीले त्यसबारे सोचेका छैनौं । एउटै पार्टर्ीी अरुलाई खतम गरेर आफ्नो मात्र वर्चश्व गर्ने भन्ने सोच हाम्रो छैन । एमालेले सुरुदेखि नै आवधिक निर्वाचन, मानवअधिकार, प्रजातन्त्रलाई अँगाल्दै आएको छ । कम्युनिष्ट पार्टर्ीीहुदलमा विश्वास गर्ने हो, एक दलमा विश्वास गर्ने होइन । आज माओवादीले जनगणतन्त्रको कुरा गर्छ त्यो सोच हाम्रो होइन र छैन पनि । एमालेले त्यस्तो सोच राखेको पनि छैन । बहुदलीय व्यवस्थामा एमालेको विश्वास छ ।

कम्युनिष्ट पार्टर्ीीे मूल उद्देश्य साम्यवाद हुँदै समाजवादमा पुग्ने भएकाले अब नेपालका सबै कम्युनिष्ट पार्टर्ीीमलेर माओवादीसंगै त्यही बाटोमा जाँदैछन् भन्ने तर्क गरिएका छन्, सही हो ?
होइन, होइन । बिल्कुल होइन । यो गलत कुरा हो । सरकारमा आएपछि माओवादीले अब सय वर्षछि पनि समाजवाद आउन सम्भव छैन भन्ने खालका कुरा गरिसके । हाम्रो भनाई कुनै एक दिन त समाजवाद आउनर्ैपर्छ भन्ने हो । तर, बहुदलीय व्यवस्थामै हामी विश्वास गछौर्ं । त्यही ट्रयाकमा एमाले हिंडिरहेको छ । विश्वका कम्युनिष्टभन्दा हामी विल्कुलै फरक छौं । तर, माओवादीहरु बाटो हराएका जस्ता छन् । उनीहरु कहिले के भन्छन् कहिले के भनिरहेका छन् । उनीहरु आफैंमा प्रष्ट छैनन् ।

माओवादी समाजवादी दौडमा छैनन् भन्नु एकांकी सोचाई भएको पनि त विश्लेषण भैरहेको छ नि ?
कसैको विचारमा त्यस्तो पनि हुन सक्ला । तर, उनीहरुको विचार प्रष्ट छैन । संविधानसभा चुनावपछि सबैभन्दा ठूलो पार्टर्ीीुन पुगेको माओवादीले जता गयो उतै ठिक्क हुने कुरा गरिरहेको छ । उद्योगपतिकोमा गएपछि उनीहरुसंगै ठिक्क हुने कुरा, मजदुरसंग पनि उनीहरुकै जस्तो कुरा, विदेशमा गए पनि विदेशीलाई मिल्दोजुल्दो कुरा गर्ने तरिका माओवादीले अपनाएको छ । आफ्नो कुरालाई प्रष्ट राख्नर्ुपर्छ । हामीले यो कुरा मान्छौं, हाम्रो यो नीति तथा कार्यक्रम हो भनेर प्रष्ट भन्नसक्ने ताकत माओवादीमा हुनर्ुपर्छ । जनताकै लागि हामीले काम गर्ने भएकाले उनीहरुलाई धोका नदिइकन अगाडि बढ्नर्ुपर्छ । अहिले नेपालको काँचुली फेरिएको छ । त्यसैले जनताको सामाजिक, आर्थिक उत्थान गर्नसक्ने अभ्रि्राय सबैमा हुनर्ुपर्छ ।

नेकपा एमालेको महाधिवेशनले राष्ट्रिय राजनीतिलाई कुन किसिमको दिशाबोध गर्नपर्ला?
महाधिवेशनमा प्रस्तुतिका लागि यस विषयमा एमालेले नीतिगत तयारी गरिसकेको छैन । आठांै महाधिवेशनले सटिक खालको अवधारणा तयार गर्नुपर्छ । कमजोर भएको अवस्थालाई सुदृढ गर्ने काम गर्नुपर्छ । नेकपा एमाले एउटा त्यस्तो पार्टर्ीीो, जसले कम्युनिष्टहरुलाई गोलबन्द गर्छ भन्ने सन्देश दिने काम महाधिवेशनले गर्न सक्नर्ुपर्छ । त्यो काम कसरी गर्ने भन्ने कुराको निर्ण्र्ाापार्टर्ीींक्तिबाट हुन बाँकी नै छ ।

प्रस्तुति ः जी.एच. अधिकारी


Comments (0)        Print        Tell friend        Top


Other Articles:
अहिले किराना पसले र निजी विद्यालय संचालकबीच कुनै भिन्नता छैन प्रदीप पौडेल- केन् (11.10.2008)
सेनालाई मात्र दह्रो पारेर देश जोगिन्छ भन्ने होइन - डा. इन्द्रजीत र्राई, सुरक्षाव (11.03.2008)
हाम्रो मूल विषय नयाँ संविधान निर्माण गर्नु नै हो चक्रबहादुर ठकुरी- सभासद् नेपाल (10.20.2008)
विनियोजित बजेट सबै खर्च भएमा मुलुकले फड्को मार्न सक्छ डा.चिरन्जीवी नेपाल- अर्थश (09.23.2008)
आर्थिक क्रान्ति नै पहिलो प्राथमिकता (09.15.2008)
वर्तमान आवश्यकताको जिम्मेवारी बहन गर्न सक्छुरामकुमारी झाक्री- नेता, (09.08.2008)
महाधिवेशनअघि नै कांग्रेसप्रति आस्थावान सवैलाई संगठित गर्नुपर्छ गोविन्दराज जो (09.01.2008)
राष्ट्रिय एकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षा एवं र्सर्म्बधनलाई र्सवाधिक मह (08.25.2008)
पश्चिम सेती हाम्रा लागि युगीन अभिशाप बन्न खोजिरहेको छखगराज भट्ट, नेता नेकपा माओ (08.19.2008)
कांग्रेसको मानसिकता विपक्षमा बस्ने थियो प्रकाशशरण महत- नेता, नेपाली कांग्रेस (08.11.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]