Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:13am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
त्रिविलाई विशुद्ध प्राज्ञिक केन्द्र बनाउनुपर्छ
प्रा.डा. माधवप्रसाद शर्मा

Saturday, 09.29.2007, 08:15am (GMT+5.5)

लामोे समयको रिक्ततापछि त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा नियुक्त हुनुभएको छ । कस्तो छ विश्वविद्यालयको वर्तमान अवस्था -

विश्व विद्यालय सामान्य अवस्थामा नै छ । झण्डै एकवर्षलामो समयसम्म पदाधिकारीविहीन अवस्थामा रहनुपरेका कारण विश्वविद्यालयमा- नियमित रुपमा सम्पन्न हुनुपर्ने थुप्रै काम कारबाहीहरु थाती रहेका छन् । यसबीचमा कतिपय समस्याहरु पनि देखापेरका छन् । हामी एकापसमा सहमति कायम गर्दै थाती रहेका काम कारबाहीहरुलाई तदारुकताका साथ सम्पन्न गर्दै जानेछौं । उत्पन्न समस्याहरुलाई पनि क्रमिक रुपमा समाधान गर्दै जानेछौं ।

विश्वविद्यालयमा कतिपय समस्याहरु पनि देखापरेका छन भन्नुभयो । ती समस्याहरु के के हुन त - कुन कुन क्षेत्रमा समस्या देखापरेका छन -

संक्षिप्त रुपमा भन्नु पर्दा विश्वविद्यालयमा मैले तीन किसिमका समस्याहरु देखेको छु । ती समस्याहरु खासगरि व्यवस्थापकीय, आर्थिक र शैक्षिक गुणस्तरका क्षेत्रमा देखापरेका छन् ।

व्यवस्थापकीय क्षेत्रको समस्या भन्नाले कस्तो समस्यालाई इंगित गर्न खोज्नु भएको हो -

अन्तर्रर्ााट्रय मापदण्ड अनुसार १२ कक्षाभन्दा माथिल्लो तहको पठनपाठन गराउने संस्थालाई विश्वविद्यालय भनिन्छ । १२ कक्षासम्मको शिक्षा भनेको विश्वविद्यालय शिक्षा होइन । तर, हाम्रो विश्वविद्यालयमा १२ कक्षास्तर बराबरको प्रवीणता प्रमाणपत्र तहको कक्षा अहिले पनि पठनपाठन भैरहेको अवस्था छ । पठनपाठनको प्रकृतिको कुरा गर्दा विश्वविद्यालयमा औपचारिक ढंगको नियमित रुपमा पठनपाठन हुने र अनौपचारिक ढंगको नियमित कक्षा नभै पठनपाठन हुने गरी २ प्रकारको शैक्षिक कार्यक्रम संचालन हुन्छ । यस बाहेक ओपन युनिभर्सिटीको अवधारणा पनि छ"दैछ । यस सर्न्दर्भमा हाम्रो विश्वविद्यालयलाई र्फमल युनिभर्सिटी भनिए पनि व्यवहारमा धेरै विद्यार्थीहरुले नियमित कक्षा लिने गरेको पाइदैन । जबकि विश्वविद्यालयको मूल्य र मान्यता अनुसार विद्यार्थीहरु नियमित रुपमा कक्षामा उपस्थिति हुनर्ुपर्छ । ७० प्रतिशत हाजिरी हुनर्ुपर्छ । तर, हामी कहा" त्यस्तो हुनसकेको छैन । यसकारण हामीले विश्वविद्यालयलाई साच्चै नै अन्तर्रर्ााट्रय स्तरको र्फमल युनिभर्सिटी बनाउने हो भने प्रमाणपत्र तहको शैक्षिक भारबाट विश्वविद्यालयलाई मुक्ति दिनर्ुपर्छ । त्यसपछि कक्षा व्यवस्थापनलाई वास्तविक अर्थमै औपचारिक र नियमित गर्नुपर्छ । यस बाहेक अर्को विचरणीय पक्ष भनेको यसको विस्तार र फैलावट हो । त्रिभुवन विश्वविद्यालय देशभरि नै फैलिएको विश्वविद्यालय हो । यसका आंगिक क्याम्पसमात्रै १६० वटा छन भने सम्बन्धन प्राप्त क्याम्पसको संख्या त निकै धेरै भैसके । यसको संजाल अधिराज्यभरि नै व्यापक रुपमा विस्तार भएको छ । देशका लागि सम्पर्ूण्ा उच्चशिक्षा यसैले दिएको छ भन्दा अत्युक्ति हु"दैन । फैलावटको व्यापकताले गर्दा अहिले यो पक्षमा पनि व्यवस्थापकीय समस्या देखापरेको छ । सुरुमा त्रिविको संचालन केन्द्रीकृत ढंगले भयो । अहिले पनि अवस्था यस्तै छ । त्रिविको फैलावट र आकार विस्तारका कारण अब यो विश्वविद्यालय केन्द्रीकृत नीति अनुसार चल्नसक्दैन । अब यसमा सुधार गर्नैपर्दछ । यसका लागि हामी विकेन्द्रीकरणको नीति लिनुपर्ने हुन्छ । अधिकारलाई विकेन्द्रीकरण गर्दै लैजानु पर्छ । हामी त्यस्तो सोचाइमा छौं ।

शैक्षिक क्षेत्रमा देखापरेको समस्यालाई चा"हि कसरी समाधान गर्नु हुन्छ त -

हामी शैक्षिक गुणस्तर कायम गर्न हामी प्रतिबद्ध छौं । यसका लागि हामीले छिटै कार्यक्रम ल्याउने छौं । शैक्षिक गुणस्तर भएन भनेे त्यसले काम लाग्नेे जनशक्ति दिनसक्दैन । गुणस्तर कायम राख्न मूलतः चार वटा पक्षलाई हेरिनु पर्दछ । ती हुन गुणस्तरीय विद्यार्थी, योग्य शिक्षक, क्याम्पसको आन्तरिक वातावरण जसमा भौतिक सुविधाका कुराहरु पर्दछन । त्यसपछिको अर्को पक्ष हो क्याम्पसको बाह्य वातावरण । क्याम्पसको वाह्य वातावरण शान्त हुनर्ुपर्छ । राजनीतिबाट प्रभावित हुनुहु"दैन । गुणस्तरीय विद्यार्थीका लागि हामीले छनौट प्रणालीलाई व्यवस्थित गर्नु पदर्छ । यसका लागि प्रवेश परीक्षालाई व्यवस्थित र अझ सुदृढ गर्नुपर्छ । विश्वका कुनै पनि विश्वविद्यालयमा विना प्रवेश परीक्षा भर्ना हुन पाइदैन । हाम्रै सर्न्दर्भमा हर्ेर्ने हो भने पनि प्राविधिक विषयहरुमा प्रवेश परीक्षाको राम्रो प्रबन्ध छ । ती विषयमा शैक्षिक गुणस्तर पनि राम्रो छ । हामीले मानवीकि र व्यवस्थापनलाई पनि हल्का रुपमा लिनु ह"ुदैन । शैक्षिक गुणस्तरलाई कायम राख्न शिक्षकहरुको स्तरलाई पनि अपग्रेड गर्दै लैजानु पर्छ । हिजो स्नातकोत्तरसम्मको योग्यतालेेे काम चलाइएको थियो । अब यतिले पुग्दैन । विश्वविद्यालयमा प्राध्यापन गर्न कम्तिमा पनि एम.फील.लाई अनिवार्य गर्नै पर्ने हुन्छ । पीएडीलाई प्राथमिकता दिनर्ुपर्छ । यस बाहेक आन्तरिक वातावरण राम्रो बनाउने र बाह्य वातावरण शान्त बनाउनेतिर लाग्नर्ुपर्दछ । विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त क्षेत्र बनाउनु पर्दछ । अनुशासित र सौम्य बनाउनु पर्दछ । यसका लागि हामीले पहल गर्नेछौं ।

यहा"ले आर्थिक क्षेत्रमा पनि समस्या उत्पन्न भएको छ भन्नुभयो । त्यो के हो -

विश्वविद्यालयमा आर्थिक समस्या पनि छ । सरकारबाट विश्वविद्यालयले पाउनेे अनुदान रकम घटदै गएको छ । समय र आवश्यकता अनुसार उच्चशिक्षामा राज्यको जति लगानी बढनुपर्ने थियो त्यति बढेको छैन । यस्तो स्थितिमा अब विश्वविद्यालयले आफनै ढंगले पनि आर्थिक स्रोत बृद्धि गर्नुपर्ने हुन्छ । यसका लागि टयुशन शुल्कमा बृद्धि गर्नुपर्ने स्थिति आउन पनि सक्छ । अहिलेको शुल्क ज्यादै नगन्य अवस्थाको छ । १०-१२ वर्षअगाडि तोकिएको शुल्कमा विश्वविद्यालयका कक्षा संचालित छन् । अब यसरी चल्नसक्ने अवस्था छैन । सुधार गर्नुपर्ने हुन्छ । त्यस्तै आन्तरिक स्रोत साधन परिचालनतिर पनि जोड दिनुपर्ने अवस्था उत्पन्न भएको छ ।

उल्लेखित विभिन्न समस्याहरुलाई समाधान गर्ने कार्यक्रम चाहि कहिले ल्याउनु हुन्छ त -

विश्वविद्यालयलाई सुधार गर्ने कार्यक्रम हामीले ल्याउने छौं । कार्यकारी परिषद गठन भएपछि हामीले सुधारको कार्यक्रम स्रि्र ल्याउने छौं ।

विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह कहिलेसम्ममा हटाउनु हुन्छ त -

यो वर्षप्रवीणता प्रमाण पत्र फेजआउट भएन । फेजआउट गर्नर्ुपर्छ भन्ने माहोल सिर्जना भयो । अर्को साल धेरै क्याम्पसहरुमा प्रवीणता प्रमाणपत्र तह शायदै रहला । प्रमाण पत्र तह संचालन भएका कारण हाम्रा क्याम्पसहरुमा व्याचलर र मार्स्र्टस तहको शैक्षिक कार्यक्रम आशातीत ढंगले विस्तार गर्न सकिएको छैन । प्राइभेट स्तरमा खोलिएका कलेजहरुमा व्याचलर र मार्स्र्टस कार्यक्रम संचालन भएका छन । यहा" उल्टो किसिमको स्थिति उत्पन्न भएको छ- विश्वविद्यालयले प्रवीणता प्रमाण पत्र तह सम्हालेर बस्नपर्ने प्राइभेट कलेजले व्याचलर र मार्स्र्टस चलाउनेे ।

पिसिएल फेजआउट गर्दा ढूलो संख्यामा शिक्षकहरु पनि समस्यामा पर्ने अवस्था आउनसक्छ । यस्तो अवस्थामा समस्याको व्यवस्थापन कसरी गर्नुहुन्छ -

त्यस्तो समस्या नआउला । उहा"हरु विश्वविद्यालयमा अध्यापन गर्नआउनु भएको हो, स्कूल पढाउन आउनु भएकोे होइन । आवश्यकता अनुसार शैक्षिक हिसावलेे अपग्रेड हु"दै जानर्ुपर्छ । विश्वविद्यालयले शिक्षकहरुलाई अपग्रेड गर्ने कार्यक्रम दिन्छ । तालिम, अनुसन्धान, थप अध्ययनजस्ता कार्यक्रम हुनसक्छन ।

विश्वविद्यालयमा अनुसन्धान कार्यक्रमलाई कसरी अगाडि बढाउनुहुन्छ त -

विश्वविद्यालयले पठनपाठनलाई जसरी नियमितताका साथ अगाडि बढाउने गर्छ त्यसरी नै अनुसन्धानलाई पनि नियमित रुपमा अगाडि बढाउ"छ । हाम्रो विश्वविद्यालयमा अहिले अनुसन्धान कार्य केही मात्रामा कमजोरजस्त्ँै छ । अब हामीले यसमा पनि सक्रियता बढाउने छौं । त्यसमा पहिलो प्राथमिकता प्राज्ञिक अनुसन्धानलाई नै दिइनेे छ । मार्स्र्टस, पीएचडी र एमफीलमा यसलाई जोड दिइने छ । त्यस्तै गरी एप्लाइड रिर्सचलाई पनि अगाडि बढाउने सोचमा छौं ।

कार्यकारी परिषद गठन प्रक्रिया ढिलो हुनाको कारण के हो -

कार्यकारी परिषद गठन हुनका लागि भी.सी., रेक्टर, रजिष्टार र अन्य चारजना सदस्य हुनर्ुपर्छ । चारजना मध्ये एकजना इन्ष्िटच्युट र एकजना संकायको डीन हुनर्ुपर्छ । अरु दर्ुइजना सदस्य प्राध्यापक हुन्छन । यसमध्ये भी.सी., रेक्टर र रजिष्टार नियुक्त भैसकेकोे थियो । रजिष्टार र रेक्टर नियुक्त भएको १०-१२ दिन के भएकोे थियोे- त्यस विरुद्ध अदालतमा रीट परेका कारण गठन प्रक्रिया अलमलमा परेको छ । यसकोे छिटै टुंग्ँँे लाग्ने छ ।

यसरी काममा ढिलाई हुनुका पछाडि राजनीतिक कारण हो भनिन्छ । यथार्थ कुरा के हो -

अहिले देशै सहमति र समझदारीका आधारमा चलेको छ । यस्तो अवस्था सहमति र समझदारीको संस्कृतिलाई हामीलेे विश्वविद्यालयमा पनि आत्मसात गर्नै पर्दछ । हामीले त्यो गरिरहेका पनि छौं । अर्को कुरा हामीले नीति नियम र विधिको पनि सम्मान गर्नैपर्ने हुन्छ । किनभने हामीले विधिको शासन सहितको नयां नेपाल निर्माण गर्नु छ । यो पक्षलाई सबैले बुझिदिनु पर्दछ । विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यहांका काम कारवाहीलाई प्राज्ञिक चश्माले हेरिदिनर्ुपर्छ ।

विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त क्षेत्र बनाउन कसरी सकिएला -

विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न राजनीतिक दलहरुको विद्यमान सोचाइमा परिवर्तन आउनु पर्दछ । विश्वविद्यालयलाई नै केन्द्रविन्दु बनाएर राजनीति गर्ने संस्कार पंचायतकालको ह्याङओभर हो । पंचायतकालमा अन्त कही राजनीति गर्न नपाइने भएकाले आफ्नो शक्ति देखाउने ठाउ" विश्वविद्यालय हुन गएको थियो । त्यसबेला राजनीति गर्न अन्य क्षेत्रमा भन्दा विश्वविद्यालयमा अलि खुला र सविलो थियो । अहिले राजनीति गर्नका लागि सम्बन्धित ठाउ"मा नै खुला छ । कुनै पनि अर्थमा रोकतोक र बन्देज छैन । यस्तो अवस्थामा अब विश्वविद्यालयलाई सबै मिलेर हस्तक्षेपमुक्त क्षेत्र बनाउनु पर्छ । यसलाई शुद्ध प्राज्ञिक स्थलको रुपमा विकास गर्नु पर्दछ । तर, अहिले त्यस्तो हुन सकिरहेको छैन । पंचायतकालीन ह्याङओभर छ"दैछ । अब विश्वविद्यालयमा राजनीतिक गतिविधि होइन, लोकतन्त्रमा शैक्षिक गतिविधि राम्रोसंग अगाडि बढनसक्छ भनेर विश्वलाई देखाउने बेला आएको छ । यसनिम्ति सहयोग गर्न म सबैस"ग आग्रह गर्दछु । यो पक्षलाई प्राध्याक, विद्यार्थी, कर्मचारी र सरोकारवाला सबैले मनन गरेर अगाडि बढनर्ुपर्दछ ।

उपकूलपतिले विश्वविद्यालयमा एकतर्फी ढंगले काम कारवाही गरेको भन्ने आरोप आउन थालेको छ । यथार्थ के हो -

त्योे आरोप विल्कुलै निराधार र कपोलपल्पित हो । हामी सहमति र समझदारी र समावेशी संस्कृतिका आधारमा अगाडि बढेका छौ । रेक्टर, रजिष्टार र सेवा आयोगको अध्यक्ष नियुक्तिको सवालमा पनि हामीले सहमति र समावेशीको नीतिलाई पालना गरेका छौ । सहमति मिलाउनपर्ने भएकै कारणले विश्वविद्यालयको काम कारवाही केही ढिलोे गतिमा भएको हो ।

विश्वविद्यालयको ऐनमा पनि परिवर्तन भयो । यसबारे केही बताइदिनोस न -

विश्वविद्यालय ऐनमा सम्पर्ूण्ा परिवर्तन भएको होइन । खास पक्षमा संशोधनमात्रै भएको हो । अप्ठयारो परिस्थितिलाई फुकाउन यस्तो संशोधन भएको हो । विश्वविद्यालयममा तीन महिनाभन्दा बढी पदहरु रिक्त नहून भन्ने हिसावले संशोधन भएको हो । खासगरि बाधा अडकाउ फुकाउनका लागि यस्तो भएको हो । ऐनको संशोधन पनि सहमतिकै आधारमा संसदबाट गरिएको हो ।

अन्तर्रर्ााटय विश्वविद्यालहरुको दा"जोमा हाम्रो विश्वविद्यालयको शैक्षिक स्तर कस्तो छ -

केही व्यवस्थापकीय र आर्थिक समस्याहरु छन । फेरि पनि त्रिवि विश्वविद्यालयको शैक्षिक स्तर कमजोर छैन, गुणस्तरीय छ । हाम्रो पाठ्यक्रम अन्तर्रर्ााट्रय स्तरको छ । यसलाई अझ समय सापेक्ष ढंगले संशोधन र परिमार्जन गर्दै जानर्ुपर्दछ । हामी त्यो पक्षमा छौं । यसको व्यवस्थापकीय, आर्थिक र केही प्रशासकीय समस्याहरुलाई समाधान गर्न सकियो भने त्रिविको शैक्षिक गुणस्तर ज्यादै राम्रो हुने छ । मेडिसिनतर्फअहिले पनि त्रिविको शैक्षिक स्तर दक्षिण एसियामै राम्रो मानिन्छ । हामी अन्य विषयहरुलाई पनि त्यस्तै बनाउन चाहन्छौं ।

अलिकति प्रशासनिक कुरा गरौं, विश्विद्यालयमा कार्यरत ज्यालादारी र करारका कर्मचारीहरुको समस्यालाई समाधान गर्नेतर्फयहा"हरुको सोच के छ -

करार र ज्यालामा काम गर्ने परम्परा हामीकहा" मात्रै होइन संसारमा जहा"तही हुन्छ । १०-१२ वर्षम्म ज्यालादारी मै रहेर काम गर्ने कर्मचारी पनि हामी कहा" हुनुहुन्छ । उहा"हरुको समस्या हामीले बुझेका छौं । हामीले यस विषयमा छलफल गरेर व्यवस्थापन गर्नेछौं । यसको लागि पनि कार्यकारी परिषद बन्नु पर्नेहुन्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गणतान्त्रिक दृष्टिकोण भनेको वामपन्थी धार होइनअर्जन नरसिंह केसी (09.29.2007)
संविधानसभा चुनावको महत्वपर्ण् अवसरमा व्यापक सहमति कायम गर्नुपर्छकृष्णगोपाल श्रेष्ठ (09.29.2007)
आठ दलले जनताप्रति उत्तरदायित्व महसुस गरेका छैनन् (09.28.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]