Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:43am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
अझै पनि जनयुद्धको धङधङी र दम्भ छ
सुरेन्द्र पाण्डे- केन्द्रीय सदस्य नेकपा एमाले

Saturday, 09.29.2007, 08:16am (GMT+5.5)

० अन्तरिम सरकारमा सहभागी आठ दलमध्येको एउटा प्रमुख साझेदार घटक नेकपा माओवादी सरकारबाट अलग भैइसक्यो । अब शान्तिप्रक्रियाको भविष्य के हुन्छ, अगाडि बढछ कि अवरुद्ध हुन्छ -

नेकपा माओवादी सरकारबाट बाहिरिनु राम्रो कदम होइन । अझै पनि परिस्थिति बिग्रिसकेको छैन । आठ राजनीतिक दलको बीचमा आपसी समझदारी कायम गरेर माओवादी पुनः सरकारमा सहभागी हुनआउनु पर्छ । माओवादी सरकारबाट बाहिर रहँदा शान्तिप्रक्रियामा खास असर नपरे पनि अहिलेको राजनीतिक प्रक्रिया र राजनीतिक सन्तुलनको अवस्थामा भने नकारात्मक प्रभाव पर्नसक्छ । विद्यमान राजनीतिक प्रक्रिया प्रभावित हुनर्सर्क्छ । त्यस्तो नकारात्मक अवस्था आउन दिनुहुदैन । देशमा लोकतान्त्रिक व्यवस्थालाई संस्थागत रुपमा स्थापना गर्न र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको बिन्दुसम्म पुर्‍याउनका लागि आठ राजनीतिक दलहरुको बीचमा एकता र सहकार्य भएको हो । यो उद्देश्यमा नपुग्दासम्म आठ दलबीचको एकता टुटनु हुँदैन । आठ दलबीचको एकता अनिवार्य र अपरिहार्य छ । यो एकता अझ केही वर्षा लागि आवश्यक छ । तर्सथ यो तथ्यलाई सबै साझेदार घटकहरुले मनन गरी इमान्दारिताका साथ पालना गर्नु जरुरी छ ।

० माओवादी सरकार बाहिर रहँदा पनि शान्तिप्रक्रियामा चाँहि खास प्रभाव पर्दैन भन्नु भयो नि -

माओवादी सरकार बाहिर हुनै बित्तिकै शान्तिप्रक्रिया अवरुद्ध हुन्छ भन्ने एउटा दृष्टिकोेण छ । यस्तो दृष्टिकोण आउनु स्वाभाविक पनि हो । तर, यथार्थमा त्यस्तो हुँदैन । सरकारबाट हटे पनि माओवादीले आठ दलको एकता भंग गरेको छैन । माओवादी संसदबाट पनि हटेका छैनन् । माओवादीले आठ दलबीचको एकता र शान्तिप्रक्रियामा गरेको प्रतिबद्धता त्यागेका पनि छैनन । यसकारण राजनीतिक प्रक्रियामा केही कठिनाइ र अप्ठयारो परिस्थिति सिर्जना गर्नेे संभावना रहे पनि शान्ति प्रक्रियामा यसले खास असर पार्छ भन्ने मलाई लाग्दैन । यहाँनेर अर्को के कुरा पनि बुझ्नु पर्दछ भने- युद्धले शान्ति जित्न सकिदैन, शान्तिका लागि लोकतन्त्र नै चाहिन्छ । लोकतन्त्र विना शान्तिप्रक्रिया अगाडि बढनसक्दैन । ०५२ सालदेखि सुरु भएको जनयुद्धले समग्र राष्ट्रिय राजनीतिमा तरंग ल्यायो । केही अप्ठयारा र कठिनाइहरु पनि हाम्रा सामु आए, लोकतन्त्रको भविष्यमा समेट संकट उत्पन्न भयो । तर, माओवादी जीतको संभावना पनि देखिएन । १० वर्षो जनयुद्धले यो तथ्य सबैमा महशुस गराएको छ । माओवादीले पनि यो तथ्य महशुस गरेको छ । यही कारणले गर्दा १२ समझदारी, बृहत शान्ति सझौता, अन्तरिम संविधानको घोषणा हँुदै आजको अवस्थासम्म आइपुगेको हो । अहिले यो अवस्थामा परिवर्तन भएर नयां परिस्थिति उत्पन्न भएको छैन । सशस्त्र जनयुद्धको संभावना बढेर गएको पनि छैन । यर्सथ माओवादी सरकारबाट बाहिरिनुको अर्थ जनयुद्धमा र्फकन्छन भन्ने होइन । यस कारणले शान्तिप्रक्रिया अबरुद्ध पनि हुँदैन । शान्तिप्रक्रिया जारी नै रहन्छ ।

० संविधानसभाको निर्वाचनलाई यसले प्रभाव पार्छ कि पार्दैन -

नेकपा माओवादीले पनि संविधानसभाको निर्वाचनलाई अस्वीकार गरेको छैन । उनीहरुले संविधानसभाको औचित्यलाई पनि अस्वीकार गरेका छैनन् । अहिलेकै अवस्थामा चुनाव हुनसक्दैन भन्ने उहाँहरुको भनाइ हो । यसको आशय मंसिर ६ गते चुनाव हुनसक्दैन, सार्नुपर्छ भन्ने हुनसक्छ । कहिले गरौं भन्ने सवालमा मतभिन्नता हुनसक्ला । तर, संविधानसभाको निर्वाचन नै हुनसक्दैन भन्नेमा कसैको पनि विमति छैन । यसकारण माओवादी सरकारबाट बाहिरिएकै आधारमा संविधानसभाको निर्वाचन हुँदैन भन्नु गलत तर्क हो ।

० तोकिएकै समयमा हुन त गाह्रो पर्ला नि -

- नेकपा एमाले तोकिएकै समयमा अर्थात मंसिर ६ गते नै संविधानसभाको निर्वाचन हुनर्ुपर्छ भन्ने मान्यतामा दृढ छ । तोकिएको मितिमा निर्वाचन नभए देशमा संकट उत्पन्न हुनसक्छ । यसले वैधानिकता गुमाउनसक्छ । जनआन्दोलन भाग २ बाट प्राप्त उपलब्धी र अधिकारलाई संस्थागत गर्न पनि निर्वाचन अनिवार्य छ । हाम्रो यो जीकिर हो । उहाँहरुलाई यसबारेमा हामीले सम्झाउने, बुझाउने कोशिस गरेका छौं । उहाँहरु पनि संविधानसभाको विपक्षमा हुनुहुन्न । यसो भएको हुनाले संविधानसभाको निर्वाचन हुन्छ ।

० मंसिर ६ गते नै हुन्छ त- संविधानसभाको निर्वाचन -

संविधानसभाको निर्वाचन मंसिर ६ गते नै हुन्छ कि हुँदैन भन्नेमा प्रश्नचिन्ह खडा भएकोे छ । यस सवालमा आठ राजनीतिक दलहरुका बीचमा छलफल जारी छ । सकभर त्यही मितिमै निर्वाचन गराउनु पर्छ । सोही मितिमा निर्वाचन गर्न कसरी सकिन्छ भन्ने मै हाम्रो प्रयत्न जारी छ ।

० मसिर ६ गते संविधानसभाको निर्वाचन हुन नसके के हुन्छ त मुलुकमा -

हाम्रो पार्टर्ीीेकपा एमाले संविधानसभाको निर्वाचन मंसिर ६ गते नै हुनर्ुपर्छ भन्ने मान्यतामा छ । व्यक्तिगत रुपमा म पनि त्यही मान्यतामा दृढ छु । किमार्थ त्यो मितिमा निर्वाचन हुन सकेन भने अर्को सहमति कायम गर्नुपर्छ । त्यस्तो अवस्थामा निर्वाचन पछि र्सन पनि सक्छ । तर, निर्वाचनबाट पछि हटने काम कसैले पनि गर्नु हुँदैन ।

० तोकिएको मितिमा निर्वाचन हुने परिस्थिति सिर्जना नहुनाको कारण माओवादी हो भनिन्छ - के थयार्थ त्यतिमात्रै हो त -

- कारण त्यतिमात्र होइन त्यो बाहेक अर्को कारण नेपाली कांग्रेस पनि हो । अहिलेसम्मको घटनाक्रम र दलहरुको कार्यशैलीलाई हर्ेदा पर्दाबाहिर नेकपा माओवादीमात्रै देखिए पनि पर्दाभित्र नेपाली कांग्रेस पनि छ । तोकिएकै मितिमा निर्वाचनमा जाने रुचि नेपाली कांग्रेसले पनि राखेको देखिदैन ।

० नेपाली कांग्रेस पनि संविधानसभाप्रति नकारात्मक छ र -

संविधानसभाप्रति नेपाली कांग्रेस सकारात्मक छ । संविधानसभाबारे उसले कहिल्यै पनि नाइनास्ती गरेको छैन । तर, तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सर्न्दर्भमा भने नेपाली कांग्रेस प्रयत्नशील देखिएको छैन । निर्वाचन तयारीको पाटोलाई हर्ेदा कांग्रेसप्रति शंका गर्ने ठाउँ देखिन्छ । कांग्रेसका नेताहरु दर्ुइ कांग्रेसबीच एकता भएपछि संविधानसभाको निर्वाचनमा जाने भनिरहेका छन तर एकताप्रक्रिया विलम्ब भैरहेको छ । उम्मेदवारी छनौटमा पनि कांगे्रस पछाडि नै छ । यो पक्षलाई हर्ेदा तोकिएको मितिमै संविधानसभाको निर्वाचन गराउन नेपाली कांगे्रसले पनि नचाहिरहेको प्रतीत हुन्छ । तर, बाहिरी रुपमा भने तोकिएको समयमै निर्वाचनमा जान नचाहने दल नेकपा माओवादी नै हो भन्ने सन्देश प्रवाह भैरहेको छ । यो पक्षलाई नेकपा माओवादीले बेलैमा बुझ्नु जरुरी छ ।

० नेकपा माओवादीको अहिलेको माग त चुनाव सार्नेभन्दा पनि अर्कै छ नि -

- तपाईंले भनेजस्तै माओवादीले अहिले पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली र संसदबाट गणतन्त्रको घोषणा गर्नुपर्छ भन्ने माग राखेको छ । वास्तवमा माओवादीको यो माग संविधानसभाको विकल्प होइन ।

० संविधानसभाको निर्वाचन सुनिश्चित गर्न त्यो आवश्यक छ भनिदै छ नि -

- त्यस्तो होइन । माओवादीले अगाडि सारेको अहिलेको माग कुनै नौलो होइन, अन्तरिम संविधानभित्र समाष्टि भएकै विषय हो । गणतन्त्रको माग राजाको विषयसँग सम्बन्धित हो । यसबारे संविधानसभाको पहिलो बैठकले निर्ण्र्ाागर्ने कुरा संविधानमा समावेश भएको छ । त्यो प्रस्ताव माओवादी र नेपाली कांगे्रसको सहमतिमा आएको हो । त्यतिबेला नेकपा एमालेले राजाको बारेमा निर्ण्र्ाागर्ने राम्रो बाटो जनमत संग्रह हो भनेर नोट अफ डिसन्ट नै गरेको थियो । पर्ुण्ा समानुपातिकको कुरा पनि हामीले त्यतिबेला उठाएका थियौं । त्यतिबेला हामीले उठाएका यी प्रस्तावहरुलाई स्वीकार गरेका भए सहज निकास संभव थियो । तर, नेपाली कांग्रेस र माओवादी दुबै मिलेर ती प्रस्तावलाई अस्वीकार गरे । माओवादीले ८३ सिटका लागि गणतन्त्रलाई जुवामा राख्यो । अहिले आएर पुनः त्यही माग उठाएको छ । यो उनीहरुको नीतिगत अस्पष्टता हो । उनीहरुमा अझै पनि जनयुद्धको धङधङी र दम्भ छ । यस किसिमको दम्भ र जुवाडे तालले नेकपा माओवादीलाई सही बाटोमा लैजान सक्दैन । प्रतिस्पर्धाको राजनीतिमा विचारको श्रेष्ठता र पहलकदमीको श्रेष्ठता चाहिन्छ । विचार र पहलकदमी दुबै पक्षमा माओवादीको कमजोरी देखिएकोे छ ।

० माओवादीले भनेजस्तै संसदबाट गणतन्त्रको घोषणा गर्दा के फरक पर्दछ -

हाम्रो सर्न्दर्भमा भन्नु हुन्छ भने नेकपा एमाले गणतन्त्रका लागि लडिरहेको पार्टर्ीीोे । हामीलाई राजा राख्नु छैन । तर, जुन कारणले हिजो जनमतसंग्रह र पर्ूण्ा समानुपातिक प्रणालीलाई अस्वीकार गर्ने काम भयो- ती राजनीतिक शक्तिहरु अहिले पनि छन् । ती शक्तिहरुले अहिले पनि संसदबाट गणतन्त्रको घोषणालाई स्वीकार गर्दैनन् । नेपाली कांगे्रस नै त्यो पक्षमा छैन । नेपाली कांगे्रस सहमत नहुने बित्तिकैे दर्ुइ तिहाइ पुग्दैन । तर्सथ यो मुद्दा उठाउनु बेकार छ । नहुनर्ेतर्क अगाडि सारेर हुनेकाम छोडनु अर्थात सहमति भएको कुरा नमान्नु राम्रो पक्ष होइन । संविधानसभाको पहिलो बैठकले राजाको बारेमा निर्ण्र्ाागर्ने भन्ने सहमति भैसकेको पृष्ठभूमिमा त्यो हँुदैन भनेर अर्को तर्क अगाडि सार्नु प्रकारान्तरले राजा जोगाउने खेल खेल्नु नै हो । यस्तो बाटोबाट राजा फाल्न सकिदैन । अर्को कुरा अन्तर्रर्ााट्रय समूदायले पनि यस्तो विधिलाई स्वीकार गर्न सक्दैन । त्यहाँनेर वैधानिकताकोे पनि प्रश्न आउछ ।

० कुन अर्थमा आउछ- वैधानिकताको प्रश्न -

अहिलेको संसद भनेको अन्तरिम संसद हो । यो संसदको काम भनेको संक्रमणकालीन समयको व्यवस्थापन गर्नु मात्रै हो । फेरि यो संसद जनआन्दोलनको बलमा स्थापना भएको संसद हो, जननिर्वाचित होइन । सांसदहरु मनोनित हुन जनअनुमोदित होइनन् । यसो भएको हुनाले यो ससंदले गणतन्त्रको घोषणा गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि छ । गणतन्त्रको घोषणा गर्ने अधिकार जनतालाई नै दिनर्ुपर्छ । त्यो भनेको संविधानसभाको निर्वाचन नै हो । यसो भयो भने वैधानिकताको प्रश्नै उठदैन । यो नै हो उपयुक्त बाटो ।

० अहिलेको अन्तरिम व्यवस्थापिका संसदलाई नै संविधानसभा मानेर जानर्ुपर्छ भन्ने तर्क पनि आएको सुनिन्छ । यसबारे तपाईको भनाइ के छ -

नेकपा माओवादी यही कोणमा छ भन्ने सुनिदैछ । माओवादीका अध्यक्ष प्रचण्डले प्रम कोइरालासँग यही प्रस्ताव राखेको भन्ने कुरा सुन्नमा आएको छ । तर, औपचारिक रुपमा सबै कुरा बाहिर आएको छैन । मलाई के लाग्छ भने यही अन्तरिम ससंदलाई संविधानसभा मान्नु न्यायसंगत हुँदैन । यसो भयो भने वैधानिकताको प्रश्न उठछ । यही अन्तरिम संसदलाई संविधानसभा मान्ने काम भयो भने त्यसले जनमतलाई इन्कार गरेको ठहर्ने छ । यसो गर्दा संविधान बनाउन पाउने जनताको अधिकार पनि कुण्ठित हुनपुग्ने छ । यो विधिबाट बन्ने संविधान २०४७ को भन्दा फरक हुने छैन । त्यसो भएकोले अन्तरिम ससंदलाई नै संविधानसभा घोषणा गर्नुहँुदैन ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
त्रिविलाई विशुद्ध प्राज्ञिक केन्द्र बनाउनुपर्छ प्रा.डा. माधवप्रसाद शर्मा (09.29.2007)
गणतान्त्रिक दृष्टिकोण भनेको वामपन्थी धार होइनअर्जन नरसिंह केसी (09.29.2007)
संविधानसभा चुनावको महत्वपर्ण् अवसरमा व्यापक सहमति कायम गर्नुपर्छकृष्णगोपाल श्रेष्ठ (09.29.2007)
आठ दलले जनताप्रति उत्तरदायित्व महसुस गरेका छैनन् (09.28.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]