|
|
|
अधिकार माग गर्दा विभिन्न आरोप लगाउन मिल्दैन राजेन्द्र महतो- अध्यक्ष, सद्भावना प
Monday, 07.07.2008, 06:16pm
हामीले संविधानको पाँचौं संशोधन आउनुअघि नै भनेका थियौं कि सम्झौता अनुरुप नै संशोधनका बूँदाहरु उल्लेख गर्नुपर्छ । ठूला राजनीतिक दलहरुले पनि सम्झौताको भावना अनुसार नै संशोधन प्रस्ताव ल्याउँछौं भने तर व्यवहारमा त्यस्तो भएन । पटकपटकको छलफलमा पनि सहमति हुन सकेन । छलफलमा हामीले मधेसको ठाउँमा तर्राई राखे पनि हुन्छ भन्दा समेत उनीहरुले मानेनन् । धारा १३८ र १४४ मा सम्झौताको विषय राखेर संविधान संशोधन नगरिएसम्म हाम्रो आन्दोलन रोकिने अवस्थामा छैन ।
|
|
 |
|
विखण्डनकारी अवधारणा ल्याउनेहरुको हामी सबैले प्रतिरोध गर्नुपर्छ
Monday, 06.30.2008, 06:18pm
थारु जातिको जातीय पहिचान, स्वतन्त्रता र अस्तित्वमाथि अहिले मधेसवादी दलको नाममा 'एक मधेस-एक प्रदेश' भनेर धावा बोल्ने काम भैरहेको छ । यस्तो नाराले तर्राईमा रहेका थारु मात्र नभै, तमाम आदिवासी जनजातिहरु, दलित, मुस्लिम समुदालय लगायत सबैको अस्तित्व समाप्त गर्न खोजिएको छ । मधेसी जातिको नाममा 'एक मधेस-एक प्रदेश' बनाइयो भने हामीकहाँ रहेको जातिय, सांस्कृतिक, भाषिक, धार्मिक विविधता समाप्त हुन्छ । केवल केही टाठाबाठा मधेसवादी नेताहरुले हालीमुहाली गर्नका निम्ति यो षड्यन्त्र गरिरहेका छन् ।
|
|
 |
विगतमा जुन किसिमकले क्रान्तिकारी नाराहरु अगाडि आए, त्यसै अनुरुप काम हुनर्ुपर्छ : चि
Tuesday, 06.24.2008, 09:19am
सभासद् चिनक कर्ुर्मी नवलपरासी क्षेत्र नम्बर ४ बाट संविधानसभा निर्वाचनमा माओवादीका तर्फाट निर्वाचित हुनुभएको हो । उहाँ सुस्ता तथा गण्डक पीडितहरुको आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ । सुस्ता र गण्डकका कारण नवलपरासीको सीमावर्ती बासिन्दा पीडित भएको र अहिले गण्डक नहरमा पीडितहरुले आन्दोलन गरिरहेको सर्न्दर्भसहित राजनीतिक विषयमा केन्द्रित रहेर सभासद् कर्ुर्मीसंग गरिएको कुराकानीको सारसंक्षेप यहा" प्रस्तुत गरिएको छ ः-
राष्ट्रिय राजनीतिमा अन्तर्रर्ााट्रय हस्तक्षेपको चर्चा चलिरहेको बेला सुस्ता र गण्डक समस्याका बारेमा तपाईंको जिल्लाका जनता आन्दोलित छन्, यसलाई तपाईंले कुन रुपमा लिनुभएको छ ? भारतसंग यसअघि भएको सम्झौता अनुसारका प्रावधान यी दर्ुइ स्थानको हकमा लागू भएको छैन । यसैकारण नवलपरासीका पीडित जनता आन्दोलनमा उत्रिएका हुन् र उनीहरु अहिले धर्नामा बसेका छन् ।
|
|
 |
|
गाँठो कस्ने प्रवृत्तिले निकास निस्कँदैन ः परी थापा- सभासद्
Monday, 06.16.2008, 05:51pm
यही कारण तपाईंहरु कसैको पक्षमा नलाग्नुभएको हो त ? राष्ट्रपति कसलाई बनाउने भनी र्सार्वजनिक रुपमा बोल्दै हिड्नु कुनै तरिका होइन । यो राजनीतिक अपरिपक्वता हो । राष्ट्रपतिजस्तो जिम्मेवार पदलाई हल्का रुपमा यो र उ हुन्छ भन्दैमा त्यही हुनेछ भन्न सकिन्न । गम्भीर विषयमा त्यही किसिमको छलफल र प्रक्रियामा जानर्ुपर्छ । फेरि कसैले राष्ट्रपति हुन्छु भन्दैमा सजिलै हुन पनि पाउँदैन । यसका लागि समग्रतामा छलफल हुनर्ुपर्छ र निश्चित प्रक्रियाबाट चुनिनु पर्छ ।
|
|
 |
नेपाल पनि सिक्किम वा भूटानको नियतिमा नपुग्ला भन्न सकिंदैन - चित्रबहादुर के.सी. अध
Monday, 06.09.2008, 05:21pm
यस तर्कलाई पनि इन्कार गर्न सकिन्न । सिक्किमलाई भारतमा विलय गर्दा त्यहाँ कुनै सैनिक हस्तक्षेप भएको थिएन । जनताबाट चुनिएर आएका प्रतिनिधिहरुलाई हात ठाडो पार्न लगाएरै सिक्कीमलाई भारतमा विलय गराइएको थियो । नेपालमा पनि जन्मको आधारमा नागरिकता दिने जस्ता अत्यन्त राष्ट्रघाती विधेयक जनताबाट चुनिएकै प्रतिनिधिहरुलाई हात ठाडो बनाउन लगाएर पारित गरिएको छ । संसारमा धेरै ठाउँमा जनताको फैसलाको नाम दिएर राष्ट्रियता, र्सार्वभौमिकता र देशको अखण्डता खत्तम पार्ने खेल भएका छन् । जनता सचेत नभए नेपालमा पनि सिक्किम वा भूटानको स्थिति दोहोरिने छैन भन्न सकिंदैन ।
|
|
 |
माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री नदिने षड्यन्त्र भए परिस्थिति जनगणतन्त्रति
Monday, 06.02.2008, 05:28pm
संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशलाई पालना गरेर आ-आफ्नो हैसियत अनुसार सवै राजनीतिक दलहरुले व्यवहार गरेका भए राजनीतिक गतिरोधको अवस्था आउने नै थिएन । नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचनमा नराम्रोसंग पराजित भए । जनताले नेकपा माओवादीलाई सवैभन्दा ठूलो दलको रुपमा जिताएर पठाइदिए । तर, यहाँ विडम्वना के भैदियो भने चुनावमा हारिसकेपछि पनि नेपाली कांग्रेस र एमालेले सत्ता छाड्न चाहेनन् । पराजित दलहरुको सत्तामा टाँस्सिइरहने प्रवृत्तिका कारण अहिलेको अवस्था उत्पन्न भएको हो । अहिलेको राजनीतिक गतिरोधका दोषी, जिम्मेवार र कारण भनेका नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् । हामी चाहन्छौं- समय छँदै उनीहरुले आफ्नो व्यवहार सुधार गरुन् । अन्यथा कुनै पनि बेला ती दलहरु जनताको घेरावन्दीमा पर्न सक्छन् ।
|
|
 |
Page 6/8: « 1 2 3 4 5 [6] 7 8 »
|
|
|
|
|
| Su |
Mo |
Tu |
We |
Th |
Fr |
Sa |
| 1 |
2 |
3 |
4 |
5 |
6 |
7 |
| 8 |
9 |
10 |
11 |
12 |
13 |
14 |
| 15 |
16 |
17 |
18 |
19 |
20 |
21 |
| 22 |
23 |
24 |
25 |
26 |
27 |
28 |
| 29 |
30 |
31 |
|
|
|
|
|
| |
|
 |
|
 |
|