Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:02pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

'मुलुकविरुद्ध भयानक षड्यन्त्र भ
Tuesday, 05.19.2009, 11:36am (GMT+5.5)

काठमाडौं । देशको सत्ता राजनीतिले कोल्टे फेरेको छ । माओवादीको विकल्पमा सरकार गठन गर्न संविधानसभाभित्रका २२ दल एकफेट भएका छन् । संसदीय मूलधारका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरुले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा तीन सय ५० सभासद्को हस्ताक्षर जुटाएर माओवादीले गिरिजाप्रसाद कोइराला र उपेन्द्र यादवलाई देखाएको हरियो झण्डालाई पनि निर्रथक प्रयास सिद्ध गरिदिएका छन् । नयाँ सरकार गठन प्रक्रियाले अब कुन गतिमा तीब्रता लिने हो भन्ने जिज्ञासा व्याप्त छ । प्रधान सेनापतिको अवकाश र थमौती प्रकरणमा ध्रुवीकृत भएर सत्ता उलटपुलटको नियतितिर डोरिएको देशको राजनीतिले अनपेक्षित द्वन्द्वको स्थिति सिर्जना गर्ने आशंका पनि एकसाथ बढेर गएको छ । राजनीतिक शक्ति संर्घष्ाको स्वरुप बदलिएको छ । नेकपा माओवादीले गत आइतबार राजधानी लगायत देशका चार शहरमा विशाल जनपर््रदर्शन गरी अघोषित लोकतान्त्रिक मोर्चाको नयाँ सरकार नबन्दै सोको अस्तित्वविरुद्ध धावा बोलेको छ । देशमा वर्तमान राजनीतिक सत्ता उलटपुलटको स्थिति सिर्जनामा वैदेशिक हस्तक्षेप र चलखेल नै कारणी रहेको निष्कर्षनिकालेर माओवादीले भारतीय हस्तक्षेपविरुद्ध पनि चर्को आवाज उठाएको छ । नागरिक सर्वोच्चताका निम्ति राष्ट्रपतिको कदम नसच्चिएसम्म शहर बजार केन्द्रित आन्दोलन जारी राख्ने र सदन पनि अवरुद्ध पारिरहने उद्घोष माओवादी नेतृत्वले गर्दैआएको छ । एकीकृत नेकपा माओवादीको हिजो बसेको सचिवालय बैठकले राष्ट्रपतिको कदम नसच्चिएसम्म सडक र सदन आन्दोलन जारी राख्ने निर्ण्र्ाागरेको छ । माओवादीको यो निर्ण्र्ााे नयाँ सरकार गठन प्रक्रिया झन् अप्ठ्यारोमा परेको छ । माओवादीले राष्ट्रिय स्वाधिनताको पक्षमा आन्दोलन छेडेर जनताको र्समर्थन बटुल्ने चेष्टा पनि गरिरहेको छ । नयाँ सरकार गठनका निम्ति एकफेट भएका २२ दलले एक्लो माओवादीले खडा गरेका चुनौतिको सामना कसरी गर्ने हुन् र अवरुद्ध सदनलाई सुचारु गरेर नयाँ सरकार गठनको वैधानिक प्रक्रिया पूरा गर्न राजनीतिक कुशलता कसरी पर््रदर्शन गर्ने हुन् भन्ने नै अहिलेको र्सवाधिक चासोको विषय बनेको छ ।

नेकपा माओवादीले अहिले 'जसको जुत्ता उसैको टाउकोमा'को जुक्ति अपनाएर शान्ति प्रक्रिया विथोल्ने र संविधान निर्माण प्रक्रियामाथि बेइमानी गर्न खोज्नेविरुद्ध कडा मुकाविला गर्ने हुँकार गरेको छ । कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको अस्तित्व नै मेटाउने भयानक षड्यन्त्र भैरहेको, माओवादीलाई श्रीलंकाको तमिल टाइगर जस्तो बनाइ उत्तेजित पारेर गृहयुद्धमा होम्ने सासिज भैरहेको र त्यसैको आडमा विदेशी सेना नेपाल पसाउने योजना रहेको आशंका समेत उब्जाएर 'कुनै प्रभुका सामु नझुक्ने एवं वैदेशिक हस्तक्षेपविरुद्ध डटेर लड्ने' प्रतिज्ञा विशाल जनउपस्थितिका सामु गर्नुभएको छ । गत आइतबार राजधानीमा माओवादीले गरेको विशाल जनपर््रदर्शनलाई स्वतन्त्र विश्लेषक र पर्यवेक्षकहरुले पनि सामान्य रुपमा लिएका छैनन् । नेकपा माओवादी संविधानसभाभित्रका सवै दललाई विश्वासमा लिएर सत्ता संचालन गर्ने र विधिको शासनको पर्ूण्ा प्रत्याभूति दिने सवालमा पूरै विफल सिद्ध भए पनि राजनीतिक द्वन्द्वको न्यूनिकरण र सहज राजनीतिक निकासका लागि माओवादीको सकारात्मक भूमिका अपरिहार्य नै छ । संविधानसभाभित्र दह्रो उपस्थिति रहेको र्सवाधिक ठूलो दल माओवादीलाई छेउ कुनामा धकेलेर मुलुकले कुनै पनि प्रकृतिको राजनीतिक निकास खोल्न नसक्ने तथ्यले नयाँ सत्ता समीकरणलाई सुरुदेखि नै रन्थनाइरहने निश्चित नै छ । माओवादीले नयाँ सत्ता समीकरणका नायकहरुलाई हस्तक्षेपकारी प्रभुत्ववादीका गोटीका रुपमा चित्रण गर्दै निन्दा अभियान चलाएर तत्काल सहमति र सहकार्यको सम्भावनालाई क्षीण तुल्याएको छ । 'सरकार बनाउन खोज्नेहरु रुँदैरुँदै हिंडेका छन्' भन्दै 'अब बन्ने निम्छरो सरकारको कुनै अस्तित्व नरहने' हुँकार गरेर माओवादीले आफ्ना कार्यकर्ताहरुलाई तताइरहेको छ । जिल्ला जिल्लामा माओवादीइतर राजनीतिक दलका कार्यकर्ताहरु बसिखान नसक्ने मानसिक यन्त्रणाले नराम्रोसंग छटपटिन थालेका छन् । माओवादी नेतृत्वले शान्ति प्रक्रियालाई आफूहरुले कुनै हालतमा पनि नअलग्याउने भनाइ दोहोर्‍याइरहे पनि संयुक्त राष्ट्रसंघ र अन्तर्रर्ााट्रय समुदायले नेपालको शान्ति प्रक्रिया खतरामा परेको निष्कर्षनिकालेर त्यत्तिकै चिन्ता व्यक्त गरेका होइनन् ।

विश्लेषकहरु भन्दछन्- मुलुक अहिलेसम्म पनि वैदेशिक हस्तक्षेपको घनचक्करमा फसेको छ । सरकार बनाउने र गिराउने खेल पनि 'दूरस्थ नियन्त्रण यन्त्र'बाट नै चल्ने गरेको र्सवत्र अनुभुति छ । बाहिरी शक्तिको रणनीतिक उपयोगमा देशभित्रका राजनीतिक समूहहरु आउने गरेकाले कुनै पनि बेलाको सरकारले पर्ूण्ाकाल कामगर्न नसक्ने र राजनीतिक स्थायित्व पनि कायम हुन नसक्ने महारोगले राष्ट्रिय स्वाधिनतामाथि नै खतरा उत्पन्न गर्दैगएको छ । निर्ण्ाायक हैसियतमा रहेका राजनीतिक दलका नेताहरु कुनबेला कुन शक्तिको आडमा बोली फर्ेर्ने गर्छन् भन्ने कुरा बारम्बार प्रदर्शित हुँदैआएको छ । मुलुक महासंकटको भूमरीमा फस्दै जानुको मूल कारण नै यही हो । दर्ुइ वर्षो कार्यकाल रहेको संविधानसभामा ठूलो दलको रुपमा उभिएको माओवादी अचानक जसरी सत्ताच्यूत हुन पुग्यो त्यसरी नै अब बन्ने सरकारले पनि पूरा समयावधि काम गर्न पाउने विश्वास कसैले राखेका छैनन् । वैदेशिक चलखेललाई खुला आमन्त्रण गर्ने र हिंसाको राजनीतिमा प्रवेश गरेको मुलुकमा राजनीतिक स्थायित्व र शान्तिको स्थापना अकल्पनीय रहने गरेको उदाहरण द्वन्द्वमा फसेका धेरै मुलुकले प्रस्तुत गरेका छन् । नेपाल अहिले त्यस्तै नियतिको बाटोतिर घचेटिएको छ । वैदेशिक शक्तिलाई हारगुहार गरेर आफ्नो देशभित्र चलखेल गर्न निम्त्याउनेहरुले समयको अन्तरालमा पछुताउनु नै परेको भए पनि इतिहासले थोपरेको पीडाबाट मुक्ति पाउन सहज छैन । देशमा अहिले राजनीतिक सद्भाव, जातीय एवं क्षेत्रीय सद्भावविरुद्ध विषवृक्ष खडा गर्ने जेजस्ता षड्यन्त्रहरु चलिरहेका छन्- राष्ट्रको सर्वोच्चता र सम्मानको रक्षाका लागि र्सवाधिक घातक प्रवृत्ति तिनै हुन् तापनि क्षणिक राजनीतिक स्वार्थपर्ूर्तिका लागि त्यस्तै प्रवृत्तिलाई मलजल गर्ने र आत्मर्समर्पण गर्ने एक किसिमको होड नै चलेको छ । राष्ट्र विखण्डनको विजारोपण गर्ने शर्तहरु समेत स्वीकार गरेर सत्ता आकांक्षा तृप्त गर्ने अपसंस्कृतिको विकासले राष्ट्रको भविष्यलाई नै अन्धकारतिर धकेलिरहेको छ । नयाँ सरकार निर्माणको पर्ूवसन्ध्यामा समेत जनमानसमा कुनै आशावादी दृष्टिकोण बन्न नसक्नुको निहितार्थ नै यही हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
तर्राईका सशस्त्र समूह एकीकृत हुँदै ः जनतामा त्राश (05.19.2009)
सरकार संचालन विशेषज्ञहरुले गर्नुपर्ने"दलहरु (05.19.2009)
भारतको निर्वाचन परिणामनेपालमा व्यापक कुतुहलता& (05.19.2009)
हिन्दी चलचित्र पर््रदर्शनमा रोक (05.19.2009)
एमालेको नेतृत्वमा (05.12.2009)
माओवादीको नेतृत्वमा (05.12.2009)
वामपन्थी सत्ताको (05.12.2009)
गण्डकमा आन्दोलन (05.12.2009)
प्रधानमन्त्री प्रचण्डको राजीनामाविदेशी शक्ति (05.05.2009)
संघीयताको मुद्दा गलपासो बन्दैछ (05.05.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]