काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री माधव कुमार नेपालले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्भाल्नु भएको छ । संविधानसभाका ३ सय ६० सभासद् र २२ दलको र्समर्थन प्राप्त गरी प्रधानमन्त्री बन्नुभएका नेपालले हिजै एमाले नेताहरु विद्या भण्डारी र सुरेन्द्र पाण्डेसहितको तीन सदस्यीय सानो मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ भने यो हप्ताभित्रै मन्त्रिमण्डलले विस्तारित रुप लिने निश्चित प्रायः छ । निवर्तमान सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी भने अब नवगठित सरकारको अस्तित्वमाथि नै धावा बोल्दै यो सरकार धेरै नटिक्ने र यसले नयाँ संविधान पनि बनाउन नसक्ने कडा प्रतिक्रिया र्सार्वजनिक गर्दै राजनीतिक प्रतिवादको तीब्रतर अभियानमा लागेको छ । तीन हप्ता लामो व्यापक कसरत गर्दै मुस्किलले बनेको नयाँ सरकारका निम्ति प्रतिपक्षमा सक्रिय रहेको नेकपा माओवादीलाई सहमतिको बाटोमा ल्याएर स्वीकार्य राजनीतिक निकास पहिल्याउनु ठूलो महाभारत हुने देखिएको छ । नयाँ सरकार अपर्ूव राजनीतिक संकटको भूमरीबाट जन्मिएकाले त्यसबाट मुक्ति पाउन धेरै कठिन संर्घष्ा गर्नुपर्ने अवस्थामा छ । राष्ट्रिय परिस्थिति ज्यादै जटिल बन्दै गएको, माओवादी र अरु दलहरुबीच अविश्वासको खाडल धेरै गहिरो हुँदैगएको र राजनीतिक विमतिले तीब्र गति लिएकाले यो असामान्य परिस्थितिमा नयाँ सरकारले कस्तो दृष्टि र नीतिका आधारमा राज्य संचालन गर्ने हो - आम चासोको विषय छ । सत्ता वहिर्गमनपछि ज्यादै आक्रोशपर्ूण्ा शैलीमा प्रस्तुत भैरहेको माओवादीले चौतर्फी रुपमा खडा गरेका अवरोधहरु हटाउन नैतिक साहस र राजनीतिक बलको ठूलो खाँचोपर्ने देखिएको छ । देशमा अहिले र्सवव्यापी भएको वेथिति हटाउन राजनीतिक दूरदृष्टि र भगीरथ प्रयास दर्ुइटै आवश्यक छ । तिगडमवाजी, छलछाम र परचक्रीको आड-भरोसाको सहाराले अब मुलुकले सुस्पष्ट दिशा लिनसक्ने कुनै सम्भावना छैन । मुलुक भयानक राजनीतिक दर्ुघटनाको सम्भावनातिर डोरिएको छ । आम राष्ट्रिय सहमतिको वातावरण सिर्जना झनै अकल्पनीय बन्दैगएको छ । नयाँ सरकारका सामु समस्या र चुनौतिका एकपछि अर्का पहाडहरु खडा छन् ।
विश्लेषकहरु भन्दछन्- देश चरम राजनीतिक संकटको दिशातिर धकेलिएको छ । सत्ता बहिर्गमनपछि नेकपा माओवादीले एमाले-कांग्रेस लगायतका संसदवादी दलहरुलाई विदेशी दलाल भएको खुला आरोप लगाउँदै नेपालको आन्तरिक राजनीतिमा भारतले नाङ्गो हस्तक्षेप गरेको खुलासा गरेको छ । माओवादीले प्रयोग गरेको शब्दावली हर्ेदा तत्कालका लागि कांग्रेस-एमाले लगायतका सत्ता गठबन्धन सामेल दलहरुसंग सहमति र समझदारीको कुनै सम्भावना छैन । निवर्तमान प्रधानमन्त्रीले नवागत प्रधानमन्त्रीलाई 'विषवृक्ष'को संज्ञा दिंदै 'विदेशी एजेण्ट'को आरोप लगाउनु सामान्य कुरा होइन । माओवादीको सरकार गिराउने र माधव नेपाललाई सत्तारुढ गराएर नयाँ गठबन्धन तयार गर्ने काम भारतले नै गरेको ठहर माओवादीले गरेको छ । माओवादीका अग्रपंक्तिका नेताहरुले भारत र विगतमा सहयात्रा र सहकार्यमा संलग्न दलहरुसंग एकसाथ दूरी बढाउने र राजनीतिक-कूटनीतिक असन्तुलत चर्क्याउने काम अहिले जुन रुपमा गरेको छ त्यो सत्ता छोड्नुपर्दाको तत्कालीक पीडा पर््रदर्शन मात्र हो वा रणनीतिक हिसाबले नै त्यस्ता भनाइ र्सार्वजनिक गरिएका हुन् भन्ने निक्र्योल हुन बाँकी नै छ । माओवादीका नेताहरुको भनाइ र जिल्ला जिल्लामा कार्यकर्ताहरुको गतिविधिमा कुनै तालमेल नदेखिएकाले जिल्ला जिल्लामा सन्त्रासको लहर सुरु भएको छ । माओवादी आफैं सरकारमा भएको बेलामा समेत अराजकताको स्थिति विद्यमान रहेको पृष्टभूमिमा नयाँ गठबन्धनको नयाँ सरकारले जिल्ला जिल्लामा राज्यको उपस्थितिबोध गराउनसक्ने कमै सम्भावना छ । शान्ति सुरक्षा र विधिको शासनको प्रत्याभूतिको चीर प्रतिक्षामा र्सवसाधारण जनता मात्रै होइनन् स्वयं राजनीतिक दलका नेता कार्यकर्ताहरु नै छन् । सिंहदरबारभित्रबाट उद्घोषित हुने प्रतिबद्धताको स्वरले रेडियो, टेलिभिजन र छापाहरुमा प्रमुख स्थान ओगटे पनि त्यसको परिणामदायी प्रभाव कार्यस्थलमा पर्ने गरेको देखिंदैन । मुलुकमा समानान्तर सरकार चल्ने खतरा बढ्दै गएको छ ।
संविधानसभाभित्र दह्रो उपस्थिति रहेको नेकपा माओवादीले सत्ता संचालनको जवाफदेहितापर्ूण्ा अवसरलाई सफल रुपमा उपयोग गर्न नसकेको कटुयथार्थ भए पनि माओवादीको सहयोग, संलग्नता र सहमतिविना शान्ति प्रक्रिया र संविधान लेखन कार्य मात्रै अगाडि नबढ्ने होइन राज्य संचालन समेत अव असम्भव प्रायः प्रतीत छ । माओवादी आफ्नो सरकारले प्रधान सेनापति कार्बाही प्रकरणमा गरेका निर्ण्र्ाावरुद्ध चालिएका कदमहरु नसच्चिएसम्म सदन चल्न नदिने अडानमै छ । संविधान निर्माणका तिथिगत कार्यक्रमहरु धेरै पछाडि छलिदै गएका छन् । सेना समायोजनको सवाल थप जटिल मात्रै बन्दे गएको छ । शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्ने कुरा त अब धेरै टाढाको विषय बनिसक्यो । वैदेशिक चलखेलको तीब्रता र त्यसको विरोधले समानान्तर गति लिएका छन् । नयाँ सरकार मुलुकको राजनीतिक धरातलभन्दा बाहिरबाट बनेको र प्रतिक्रान्तिको खतरा बढेको सन्देश प्रवाह गरेर कार्यकर्तालाई भावोत्तेजित गराउने काम भएको छ । नयाँ प्रधानमन्त्री माधव नेपालले शपथ ग्रहण नलिंदै उहाँको पुत्ला जलाउने कामको थालनी माओवादीले गरेको छ । माओवादीलाई ललाई फकाई सरकारमा सामेल गराउन मात्र होइन न्यूनतम सहमतिमा प्रतिपक्षको जिम्मेदार भूमिकाका लागि सहमत गराउनसक्ने आधार र राजनीतिक कुशलताको समेत कमी छ ।
नेकपा माओवादीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री क. प्रचण्डले आफ्नो दल शान्ति प्रक्रिया र संविधान लेखनको दायित्वबाट पछिनहट्ने धारणा बारम्बार दोहोर्याइरहे पनि आरोप-प्रत्यारोपको विषाक्त लहरले चरम अविश्वास, तिक्तता र असन्तुलनको गति बढाएको छ । जनयुद्धकालदेखि नै संसदवादी दलहरुको नाडी छाम्दै आएका माओवादी नेताहरुले बाहिरियाको बर्ुइ चढेर सत्तामा आएकाहरुलाई हृयाकुलाले मिचेर नै ठेगान लगाउने मानसिकता बनाएको प्रतीत भैरहेछ । "कांग्रेस-एमाले जस्ता संसदवादी दलहरुलाई त २०४७ सालको संविधान, एकात्मक राज्य प्रणाली र संवैधानिक राजतन्त्रको मान्यताले नै तुष्टि दिएकै थियो, गणतन्त्र, संघीयता र नयाँ संविधान त हामीलाई चाहिएर पो जनयुद्धमा होमिएका हौं ।" भन्ने धारणा माओवादीमा घनीभूत छ । हिजो संसदवादी दलहरुलाई लतारेर यहाँसम्म ल्याउन भारतले साथदिएको भए पनि अहिले भारतले साथ छोडेको स्थितिमा पनि संसदवादी दलहरुलाई लतारेर ठेगानमा ल्याउने आत्मविश्वास माओवादीले राखेको सम्वद्ध राजनीतिक सूत्रहरु बताएँछन् । अहिले आम जनमानसमा माधव कुमार नेपालको नेतृत्वमा बनेको नयाँ सरकारले राम्रो-नराम्रो के गर्ला, गर्न सक्ला, नसक्ला, गर्न पाउला नपाउला भन्दा पनि अब माओवादीले के गर्ला भन्नेतिर कुतुहलता व्याप्त छ । सरकारको मात्रै होइन देशकै भविष्य अहिले माओवादीको भावी गतिविधिले निर्धारण गर्ने अवस्था विद्यमान नै रहेको निष्कर्षा विश्लेषकहरु पुगेका छन् ।
मुलुकका विभिन्न भागमा हिंसा, हत्या, अपहरण, लुटपाट र कुटपिटका घटना बढ्दै गएका छन् । राजधानीभित्रै हत्या, लुटपाट र अपहरणका घटना उजागर छन् । सत्ता वहिर्गमनपछि माओवादीले देखाएको आक्रोशले शान्ति प्रक्रिया नै भङ्ग हुने आशंका राष्ट्रसंघीय शान्ति मिसनले गरेको छ भने संयुक्त राज्य अमेरिकाले त नेपालमा हिंसा भड्किने आशंका जाहेर गर्दै जोखिमपर्ूण्ा यात्रामा नेपाल नजान आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । जनमानसमा निकट भविष्यप्रति विश्वासभन्दा सन्त्रास बढ्न थालेको छ । नवागत सरकारले यस्तो विषम परिस्थितिलाई विपरीत दिशातिर मोडेर आशा र विश्वासको वातावरण सिर्जना गर्न धर्ैय र विवेक पर््रदर्शन गर्दै भगीरथ प्रयास गर्नुको अर्को विकल्प छैन ।