|
बाँध भत्काउन संर्घष्ा समिति
Tuesday, 06.09.2009, 10:07am (GMT+5.5)
नेपालगञ्ज । भारतले बाँकेको सीमावर्ती क्षेत्र लक्ष्मणपुरमा छ गाविस डुबाउने गरी अन्तर्रर्ााट्रय नियम मिचेर बलमिच्याई गरी एकतर्फी रुपमा बनाएको बाँध भत्काउन डुबान पीडित क्षेत्रका बासिन्दाहरु एकजुट भएर संर्घष्ामा उत्रनलागेका छन् । विगत एक दशकदेखि डुबानको पीडा भोगदै आएका हजारौं बासिन्दाहरुले जगदीशबहादुर सिंहको अध्यक्षतामा 'बाँध भत्काउ संर्घष्ा समिति' गठन गरेका छन् । भारतले गन्धैली र सोतिया नालाको प्राकृतिक बहाब नै अवरुद्ध पारी लक्ष्मणपुर बाँध बाँधेपछि बाँकेका दर्जनौं गाउँको अस्तित्व नै समाप्त हुने खतरा बढेको छ भने बषर्ामा हजारौं परिवार विस्थापित भैरहनुपर्ने हुँदैआएको छ ।
राज्यविहीनताको दारुण चित्र
काठमाडौं । राजधानीमा नागरिक सर्वोच्चताको राजनीतिक लर्डाई चलिरहेको बेला दर्ुगम जिल्ला रुकुमका अदना नागरिकहरु भोकभोकै तड्पिइरहेको मर्माहत खबर प्रकाशमा आएको छ । दिउँसै लालटिन बालेर आफ्नो अस्तित्व खोज्ने र घरघर चाहारेर बाँचेको अभिनय गर्नुपर्ने अवस्थामा रहेको सरकारले आवाजहीनहरुको दुःख-पीडा अनुभूत गर्नसक्ने सम्भावना कल्पनातीत नै छ । राज्यविहीनताको नाङ्गो दृश्य पर््रदर्शन गर्दै रुखको बोक्रा, पात खाएर बाँचिरहेका खाद्यान्न पीडित जनताको जोखिमपर्ूण्ा जीवनप्रति राज्य जवाफदेही बन्न सकेको भए र सरकारले बेलैमा जनताको क्रन्दन सुनेको भए यस्तो स्थिति अवश्य नै सिर्जना हुने थिएन भन्ने आम प्रतिक्रिया छ ।
|