काठमाडौं । मुलुक दिग्भ्रमित राजनीतिले सिर्जना गरेका समस्याको जञ्जालमा नराम्रोसंग फसेको छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याएर संविधानसभामार्फ नयाँ संविधान निर्माण गर्न आम राष्ट्रिय सहमति अपरिहार्य भए पनि प्रमुख राजनीतिक दलहरुका अस्वाभाविक क्रियाकलाप र कार्यशैलीले अवाञ्छित राजनीतिक द्वन्द्व मच्चिन पुगेको छ । देश पुनः बन्द, चक्काजाम, तोडफोड, आगजनी, लाठी मुङ्ग्रीको बाटोमा धकेलिएको छ । व्यवस्थापिका संसद्को काम समेत पाएको संविधानसभाले राष्ट्रलाई राजनीतिक बाटोमा डोर्याउनसक्ने कुनै सम्भावना नरहेको मात्र होइन त्यो जननिर्वाचित अंग सदनभित्रै सास फर्ेन नपाएर घिरिघिरी भएको छ । एक्लो माओवादीले संसदभित्रका नयाँ सत्ता समीकरणका २२ दललाई घरको न घाटको अवस्थातिर धकेल्दै लगेको छ । नयाँ सरकारको नेतृत्व गर्ने शौभाग्य पाउनुभएका एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दर्ुइ हप्ताको अन्तरालमा पनि सरकारलाई पर्ूण्ाता दिनसक्नु भएको छैन । आफ्नै अस्तित्व स्थापना गर्न भगीरथ प्रयत्न गर्नुपर्ने सरकारले यो गर्छर्ुु त्यो गर्छर्ुुनेर माध्यमहरु मार्फ् जति नै शब्दजाल विच्छ्याए पनि त्यसले कुनै अर्थराख्ने अवस्था छैन । वैदेशिक हस्तक्षेपका नाङ्गा नाचले अन्योल र अस्थिरता विस्तार गर्न मलजल मात्र गरिरहेको छ । नेपालको वर्तमान राजनीति नैतिक मूल्यबाट च्यूत हुँदै स्वाभिमानविहीन पथविचलनको दिशातिर डोरिएकाले देश क्रमिक रुपमा राजनीतिक दर्ुघटनाको दिशातिर धकेलिंदै गएको छ । यो डरलाग्दो भविष्यको संकेत हो ।
दलहरुबीच सर्वोच्च मिलबिन्दु भनेको 'राष्ट्रियता' नै हो, राष्ट्रिय स्वार्थ र सम्मानप्रतिको प्रतिबद्धता नै हो । तर, राष्ट्रले सीमा अतिक्रमणको मर्मान्त पीडा भोगिरहेको अवस्थामा समेत दलहरु एक स्वरमा छैनन् । सीमा अतिक्रमणको मुद्दामा छलफल गर्न र अतिक्रमित सीमा क्षेत्रको निरीक्षणमा समेत सहभागिता देखाउन नसक्ने र उल्टै अतिक्रमणकारीको पक्षमा बोलेर राजनीतिक छहारी खोज्ने घातक संस्कार अँगाल्न केही दलहरु पंक्तिबद्ध हुनु मुलुककै लागि ठूलो दर्ुभाग्य हो । यो पृष्ठभूमिमा राष्ट्र र राष्ट्रियताको रक्षा कति जटिल बन्दै गएको छ भन्ने यसैबाट प्रष्ट देखिन्छ । राष्ट्र रक्षाको मुद्दामा समेत एकजुट हुन नसक्ने दर्ुदान्त स्थितिले मुलुकको एकता, अखण्डता र र्सार्वभौम भविष्यप्रति नै खतरा पैदा गर्दै गएको छ । सत्ता गठबन्धनभित्रका प्रमुख दलहरुमा बढ्दै गएको आन्तरिक खिचलो र भागवण्डाको खिचातानीले राजनीतिक प्रहशन मात्र पर््रदर्शन गरेको छ भने माओवादी र अरु दलहरुबीच बढ्दै गएको दूरी र चर्कंदै गएको द्वन्द्वले मुलुकलाई झनै भड्खालोतिर धकेलिरहेको छ । राष्ट्रिय एकताका लागि राष्ट्रिय जागरण पैदा गर्न प्रतिशोधको वेग रोकेर विवेक, संयम र धर्ैय पर््रदर्शन गर्ने चेत दलका नेताहरुमा अब पनि नखुल्ने हो भने अरुकै उपयोगमा जिन्दगी बित्ने र देश वर्वाद हुने निश्चित छ । देशभक्त जनसमुदायलाई अहिले यस्तै कुराले चिन्तित पारेको छ । यो पृष्टभूमिमा राष्ट्र र राष्ट्रियताको रक्षा कति जटिल बन्दै गएको छ भन्ने यसैबाट प्रष्ट भएको छ ।
सरकार भनेको देशको रक्षक र जनताको अभिभावक हो तापनि सरकार आफैं अरुको अभिभावकत्व खोजेर हिंडिरहेको अवस्था छ । दक्षिणी सीमावर्ती जिल्लाहरुमा क्रमिक रुपमा सीमा अतिक्रमणका घटना उजागर हुँदैआएका छन् भने सीमावर्ती क्षेत्रका बासिन्दाहरु आफ्नो थातबास छोडेर मुलुकभित्रै शरणार्थी बन्न पुगेका छन् । सरकार चलाउन खटिएकाहरु नै अतिक्रमणकारीको बोलीमा लोली मिलाएर त्यसको पुरस्कार ग्रहण गर्दै मातृभूमिमाथि बलात्कार गर्न कस्सिएका छन् । सरकार यति निरीह छ कि राष्ट्रिय सम्वेदनशीलताका मुद्दामा पनि एक शब्द उच्चारण गर्ने हैसियत यसको छैन । सत्ता स्वार्थले वेष्ठित नेताहरु आफैं नै अन्योल र अस्थिरता सिर्जना गर्ने ग्राण्ड डिजाइनका गोटीका रुपमा एकपछि अर्को गरी उपयोग हुँदैआएका छन् । हरेक क्षेत्रमा अतिवाद प्रभावी हुँदैआएको छ । मुलुकबासीहरु अराजकता, दण्डहीनता भोग्दै राज्यविहीनताको पीडा खप्न वाध्य भएका छन् । राजनीतिक पथ विचलन र अरुकै गोटी बनेर उपयोग हुने प्रवृत्तिले भयावह परिस्थितिको सिर्जना गर्दैगएको छ । देशमा विद्यमान यस्तो स्थितिलाई पर्ूण्ा नियन्त्रणमा लिएर नागरिक सुरक्षाको प्रत्याभूति दिंदै राष्ट्र रक्षामा प्रतिवद्ध रही क्रियाशील हुने कामकाजी सरकारको अपेक्षा जनताले गरिरहेका भए पनि त्यो इच्छित विचारमा मात्रै सीमित हुनपुगेको छ । शुभकार्यको थालनी हुने शुभसंकेत कतैबाट देखिएको छैन ।
सत्ता बहिर्गमनपछि सडक आन्दोलनमा होमिएको एनेकपा माओवादीका जनवर्गीय संगठनहरु एकपछि अर्को गर्दै बन्द, हड्ताल र चक्का जामको कार्यक्रम विस्तार गर्दै अगाडि बढेका छन् । कहिले नेवाः राज्य, कहिले ताम्सालिङ, कहिले तमुवान त कहिलेको तर्राई बन्दले आमजनजीवन अस्तव्यस्त भएको छ । गत आइतबार ताम्सालिङ बन्दका सिलसिलामा बनेपामा तोडफोड, आगजनी, दोहोरो भीडन्तका शृङ्खलावद्ध घटना सिर्जित भएपछि प्रशासनले शान्ति सुरक्षा कायम गर्न भन्दै कफर््र्यू नै लगायो । हिजो सोमबार मधेसी जनअधिकार फोरमले गरेको तर्राई बन्दका कारण तर्राईको जनजीवन पूरै अस्तव्यस्त रहृयो भने तमुवान बन्दको माओवादी कार्यक्रमले गण्डकी र धौलागिरीको जनजीवन उत्तिकै प्रभावित भयो । आन्दोलनले कुनै दिन विश्राम लिएको छैन । भोलि मात्र पनि माओवादी सम्वद्ध किसान संघको आव्हानमा देशव्यापी चक्काजामको कार्यक्रम निर्धारित छ । माओवादीले पहिलो चरणमा जेठ ३१ गतेसम्मको कार्यक्रम निर्धारण गरी धर्ना, जुलुस र चक्का जामलाई निरन्तरता दिएकाले आमजनजीवनमा यसको चौतर्फी प्रभाव परेको छ । नयाँ सरकारले आफ्नो अस्तित्व स्थापना गर्न समेत नसकिरहेको बेलामा जनसरोकारका मुद्दाहरुलाई सम्बोधन गर्ने अपेक्षा राख्नु नै र्व्यर्थ छ । आन्दोलनरत माओवादीलाई संवाद प्रक्रियामार्फ् न्यूनतम सहमतिमा ल्याएर अवरुद्ध संसद चलाउने र सडक आन्दोलनको वेग रोकेर जनतालाई गरिखान पाउने वातावरण सिर्जना गर्ने क्षमता र हैसियत प्रदान गर्न 'बुख्याचा' प्रकृतिको सरकारसंग नैतिक बल, राजनीतिक क्षमता र कार्यकुशलताको अपेक्षा गर्न मिल्ने अवस्था नै छैन ।
आन्दोलनरत एनेकपा माओवादीले राष्ट्रियताको मुद्दालाई चर्को रुपमा उठाएर देशभक्त नेपाली जनताको र्समर्थन आफ्नो पक्षमा जुटाउन भगीरथ प्रयास गरिरहेको भए पनि १२ बुँदे दिल्ली संझौतादेखि नौ महिने शासनसत्ताको अवधिसम्म भए-गरेका क्रियाकलापहरुले राष्ट्रिय स्वाभिमान कायम गर्दै नागरिक सर्वोच्चताका निम्ति के काम गरिए त भनी मूल्यांकन पनि जनताले गर्दैआएका छन् । जातीय र क्षेत्रीय विद्वेषको भावनाले सिर्जना गरेका अतिवादी क्रियाकलापहरु राष्ट्रिय एकता र जनएकता कायम गर्ने सिलसिलामा नितान्त प्रयूत्पादक बन्दै गएका छन् । माओवादीको संलग्नता र सहमतिविना मुलुकले तत्कालका लागि कुनै दिशा लिन नसक्ने कटु यथार्थबोध र्सवत्र व्याप्त भए पनि माओवादीको आकांक्षा तृत्प हुने गरी राजनीतिक निकासको बाटो खुल्नसक्ने सम्भाव्य आधार सूत्र भेटिने कुनै लक्षण देखिंदैन । नयाँ सरकारको अस्तित्वलाई नै माओवादीले स्वीकार गरेको छैन भने माओवादीको विकल्पमा खडा भएको गठबन्धनले माओवादीले उठाएका राजनीतिक मुद्दाहरु सम्बोधन गरी बढ्दो दूरी मेटाउन वैकल्पिक बाटो पहिल्याउनसक्ने आधार पनि न्यून नै प्रतीत छ । नेपालको आन्तरिक राजनीतिमा अप्रत्याशित रुपमा अकल्पनीय परिवर्तनका दृश्य सिर्जना गर्नसक्ने हैसियत राख्दै आएको वैदेशिक शक्तिले अहिले नेपालका आन्तरिक राजनीतिक शक्ति समूहहरुलाई समानान्तर गतिमा अगाडि बढाएर अन्यौल र अनिश्चिततालाई निरन्तरता दिने रणकौशलता जसरी पर््रदर्शन गरेको छ, रणनीतिक लाभ हाँसिल गरेपछि त्यसरी नै मध्यस्थताको अभिनयबाट एउटा मिलन विन्दुमा ल्याउने कुशलता देखायो भन्ने भिन्नै कुरा नत्र भने अहिलेको स्थितिमा राजनीतिक द्वन्द्व न्यूनीकरण गर्दै दूरी मेटाउने आन्तरिक कला पर््रदर्शशन गर्ने क्षमता कसैसित नरहेको आजको परिणमले देखाएको छ ।