Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:07pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

युगसम्वाद २२ औं वर्षा प्रवेश


Tuesday, 06.16.2009, 01:11pm (GMT+5.5)

'राष्ट्रियताः हाम्रो प्रतिबद्धता'को मूल धेय राखेर २०४५ साल असारदेखि नियमित रुपमा प्रकाशित हुँदैआएको 'युगसम्वाद साप्ताहिक' यसै अङ्कदेखि २२ औं वर्षा प्रवेश गरेको छ । २१ वर्षेखिको अविरल यात्रामा 'युगसम्वाद'ले राष्ट्रियता र जनसरोकारका सवाललाई अविचलित रुपमा उच्च प्राथमिकताका साथ प्रस्तुत गर्दैआएको विज्ञ पाठकवर्गलाई अवगत नै छ । २१ वर्षो अन्तरालमा प्रयोग र परिवर्तनका राजनीतिक घटनाक्रमले ठूलै फड्को मारेको प्रतीत भए पनि राष्ट्रियताको संरक्षण र सर्ंवर्द्धन, लोकतन्त्रको संस्कारगत र संस्थागत विकास एवं जनतालाई बलियो बनाउने काम भने झनै चुनौतीपर्ूण्ा बन्दै गएको छ । राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका सवालहरुप्रति गम्भीर चासो राखेर सूचनामूलक एवं विश्लेषणात्मक धारणालाई निष्पक्ष रुपमा प्रस्तुत गर्ने सतत् प्रयासमा 'युगसम्वाद' विगतमा जसरी निरन्तर लागिरहेको थियो आगतमा पनि त्यसरी नै प्रतिवद्ध प्रयास जारी राख्ने विश्वास हामी समस्त पाठकवर्गलाई दिलाउन चाहन्छौं । वैदेशिक हस्तक्षेपले मुलुक रन्थनिरहेको वर्तमान अवस्थामा राष्ट्रियताको मुद्दा झनै घनीभूत भएको छ । राष्ट्रिय चिन्तनधारलाई प्रखर पार्न सके मात्र राष्ट्र र राष्ट्रियता जोगिन सक्छ भन्ने हाम्रो मान्यता छ । सूचना प्रवाह र स्रोत उपयोगमा सत्ताको प्रभाव र आग्रहजन्य राजनीतिको प्रभाव विस्तारले स्वतन्त्र र व्यावसायिक पत्रकारिताको भविष्यप्रति नै सन्देह खडा गर्दैलगेको भए पनि 'युगसम्वाद' राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनताप्रति समर्पित भै उत्तरदायित्वपर्ूण्ा भूमिका निर्वाहमा पछाडि नपर्ने विश्वास प्रतीक प्रकाशनले राखेको छ । 'युगसम्वाद'को प्रकाशनलाई निरन्तरता दिन हरप्रकारले सहयोग पुर्‍याउदै आउनुभएका सम्वद्ध सञ्चारकर्मीहरु, लेखकहरु, विज्ञापनदाताहरु, वितरकहरु र विविध क्षेत्रका सहयोगीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै २२ औं वर्षप्रवेशका अवसरमा पुनः आप\mनो व्यावसायिक उत्तरदायित्व निर्वाह गर्न प्रतीक प्रकाशन र 'युगसम्वाद' परिवार सचेत रहने प्रतिवद्धता प्रकट गर्दछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
संचारकर्मीलाई माओवादीले छुट नदिने (06.16.2009)
राजनीतिक द्वन्द्व चरम उत्कर्षतरराष्ट्रियताको (06.09.2009)
भारतीय अतिक्रमणविरुद्ध माओवादी सडकमाराष्ट्रक (06.09.2009)
सवैलाई सेना बनाउने ! (06.09.2009)
बाँध भत्काउन संर्घष्ा समिति (06.09.2009)
सीमा अतिक्रमणको चर्को मारराष्ट्रियताको नारा घन (06.02.2009)
नयाँ सरकारले पर्ूण्ाता पाउन नै समस्यामाओवादी भ (06.02.2009)
अन्यथा नभए प्रकाशमानलाई अवसर (06.02.2009)
"सम्बोधनले जनभावना समेटेन" (06.02.2009)
सुस्ता जाउँ माटो बचाउँ (06.02.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]