Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:51am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

सधैं खड्किने छ शैलजाको अभाव


Tuesday, 06.16.2009, 01:13pm (GMT+5.5)

काठमाडौं । नेपाली राजनीतिमा निष्ठावान राजनीतिज्ञको रुपमा चिनिनुहुने शैलजा आचार्यको गत जेठ २९ गते विहान निधन भयो । वि.सं. २००१ सालमा जन्मनुभएकी आचार्य नेपाली कांग्रेसभित्र मात्र होइन अन्य पार्टर्ीी लागि पनि निष्ठावान र सैद्धान्तिक प्रतिवद्धता भएको नेताका रुपमा परिचित हुनुहुन्थ्यो । लामो समयदेखि मृत्युसंग लडिरहनुभएकी शैलजा आचार्यको निधनले नेपाली राजनीतिले एउटा हस्ती गुमाउन पुगेको छ । नेपाली कांग्रेसभित्र राष्ट्रिय मेलमिलापको नीतिका प्रखर पक्षपाती नेताका रुपमा चिनिनुहुने आचार्य वीपी कोइरालाका सच्चा अनुयायी समेत हुनुहुन्थ्यो । उहाँले राजनीतिलाई कहिल्यै 'पेशा'को रुपमा अँगाल्नुभएन ।

२०१७ सालमा राजा महेन्द्रको कदमको विरोध गर्दै सोही वर्षफागुन ७ गते राजा महेन्द्रलाई कालो झण्डा देखाएर प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएकी शैलजा आचार्यलाई त्यस घटनापछि तीन वर्षो काराबास पठाइएको थियो । उहाँ त्यसपछि लामो समयसम्म निर्वासनमा रहनुभयो । २०३३ सालमा विश्वेश्वरप्रसाद कोइरालासंगै 'राष्ट्रिय मेलमिलापको नीति' लिएर स्वदेश फर्केपछि उहाँ प्रजातन्त्रका लागि संर्घष्ामा होमिनुभयो ।

२०४६ सालको परिवर्तनपछि शैलजा आचार्यले सरकारमा सहभागी हुने अवसर पाउनुभयो । २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा विजयी आचार्यले आफू मन्त्री हुँदा मन्त्रालयभित्रको भ्रष्टाचार रोक्न नसकेको भन्दै पदबाट राजीनामा समेत दिनुभएको थियो । उहाँले भ्रष्टाचारको अन्तरमन्त्रालय सञ्जाल नै रहेको खुलासा गरेर खलबली नै मच्चाउनुभएको थियो । आफूले भ्रष्टाचार रोक्न नसकेको भन्दै उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँ २०५५ सालमा उपप्रधानमन्त्री हुनुभएको थियो ।

आफ्नो निष्ठा र प्रजातन्त्र तथा राष्ट्रियताप्रति प्रतिवद्ध नेतृ आचार्य पछिल्लोपटक नेपाली कांग्रेसले आफ्नो सैद्धान्तिक बाटो छोडेको गुनासो गर्नुहुन्थ्यो । उहाँले जनआन्दोलन-२ ताका पनि राजनीतिक दलहरुलाई राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्न घच्घच्याइरहनु भएको थियो । "वीपीको राष्ट्रिय मेलमिलापको नीति विरुद्ध जाँदा मुलुक नै दर्ुघटनामा पर्नसक्ने" चेतावनी समेत दिनुभएको थियो । नेपाली कांग्रेसले वी.पी. कोइरालाको राष्ट्रिय मेलमिलापको नीति छाडेमा कांग्रेस समाप्त हुने बताउनु भएपछि उहाँ निकै आलोचित हुनुभएको थियो । राजा र कांग्रेस मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने र गणतन्त्रमा जान नहुने पक्षमा नेतृ आचार्य हुनुहुन्थ्यो ।

शैलजा आचार्यको संर्घष्ा, त्याग र बलिदानीपर्ूण्ा योगदानको मूल्यांकन उहाँ जीवित रहँदासम्म नेपाली राजनीतिले गर्न सकेन । आफ्नो कमजोर स्वास्थ्यको उपचार गर्न पाइने आशामा भारतका लागि राजदूत बन्ने आकांक्षा राख्नुभएकी आचार्यलाई कथित संसदीय सुनुवाईको नाममा अपमानित हुने किसिमका प्रश्नहरु सोधिएका थिए । उहाँले आँसु खसालेर आफ्नाबारेमा कसैले केही थाहा नपाए जस्तो गरी स्पष्टिकरण दिनुपरेको थियो । संसदीय सुनुवाई समितिले उहाँलाई सफाइ दिए पनि रोगले सफाइ दिएन ।

नेतृ आचार्यलाई राष्ट्रिय सम्मान दिइएको छ । यसअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जल दिन गत जेठ २९ गते शुक्रबार विहान १० बजेदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिएको थियो । सोही दिन राष्ट्रिय सम्मानका साथ उहाँको दाहसंस्कार गरिएको थियो । आचार्यलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री माधव कुमार नेपाल, पर्ूव प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राई नेपाली कांग्रेस पार्टर्ीीार्यालय, सानेपा पुग्नुभएको थियो । कांग्रेस सभापति गिरिजापसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, सभामुख सुवास नेम्वाङ, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, राजपा अध्यक्ष र्सर्ूयबहादुर थापा, नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा लगायत मन्त्री, कांग्रेसका शर्ीष्ा नेताहरु तथा विभिन्न पार्टर्ीी नेताहरुले नेतृ आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

युगसम्वाद परिवार निष्ठावान राजनीतिज्ञ स्व. शैलजा आचार्यको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धर्ैयधारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना प्रकट गर्दछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नामै फोरम- कामै फोरम (06.16.2009)
युगसम्वाद २२ औं वर्षा प्रवेश (06.16.2009)
संचारकर्मीलाई माओवादीले छुट नदिने (06.16.2009)
राजनीतिक द्वन्द्व चरम उत्कर्षतरराष्ट्रियताको (06.09.2009)
भारतीय अतिक्रमणविरुद्ध माओवादी सडकमाराष्ट्रक (06.09.2009)
सवैलाई सेना बनाउने ! (06.09.2009)
बाँध भत्काउन संर्घष्ा समिति (06.09.2009)
नयाँ सरकारले पर्ूण्ाता पाउन नै समस्यामाओवादी भ (06.02.2009)
सीमा अतिक्रमणको चर्को मारराष्ट्रियताको नारा घन (06.02.2009)
अन्यथा नभए प्रकाशमानलाई अवसर (06.02.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]