| Yugasambad.Com.Np | ||||
|
कांग्रेस सुध्रिएला < Tuesday, 06.23.2009, 10:16am (GMT5.5) काठमाडौं । पारिवारिक घेराभन्दा बाहिर जान नसकेको नेपाली कांग्रेसमा प्रजातान्त्रिक अभ्यासको थालनी भएको छ । संविधानसभाको निर्वाचन सम्पन्न भएको १५ महिनापछि भएको कांग्रेस संसदीय दलको निर्वाचनले सो दलमा प्रजातान्त्रिक पद्धतिको विकास हुन लागेको अनुभूति कांग्रेसीजनहरुले गर्न थालेका छन् । पार्टर्ीी उपसभापति रामचन्द्र पौडेल दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई पछारेर संसदीय दलको नेता बनेपछि कांग्रेसलाई अब लोकतान्त्रिक पार्टर्ीीनाउने जिम्मा उहाँको काँधमा आएको छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वलाई कांग्रेसका कुनै पनि नेताले चुनौति दिन नसक्ने भए पनि यसपटक स्वयं गिरिजाप्रसाद कोइरालाले नै ठाउँ छाडिदिएपछि कांग्रेसका दोस्रो पुस्तका नेताहरुबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा पर्ूव प्रधानमन्त्री शेरबहादुर देउवासहित के.वी. गुरुङ, रामचन्द्र पौडेल र सुप्रभा घिमिरे मैदानमा खडा हुनुभएको थियो । पहिलो चरणको निर्वाचनमा चारैजना उम्मेदवारमध्ये कसैले पनि कुल सदस्य संख्याको ५१ प्रतिशत पुर्याउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा पहिलो र दोस्रो हुने शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच पुनः मतदान हुँदा रामचन्द्र पौडेल विजयी हुनुभयो । उहाँले ६१ मत प्राप्त गर्नुभएको थियो भने शेरबहादुर देउवाले ४८ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसभित्र परिवारवाद हावी भएको आरोप लागिरहेको अवस्थामा कांग्रेसका दोस्रो पुस्ताका नेताले संसदीय दलको नेतृत्व गर्न पाउनुलाई कांग्रेसीहरुले शुभसंकेतका रुपमा लिएका छन् । नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरुले लोकतन्त्र र राष्ट्रियताका सवालमा आफूलाई अब कुनरुपमा प्रस्तुत गर्ने हुन् त्यो र्सवत्र चासोको विषय बनेको छ । मध्यमार्गी नेताका रुपमा परिचित रामचन्द्र पौडेलले लोकतन्त्र तथा राष्ट्रियताका मुद्दा चर्किदै गएको बेला आफ्नो भूमिकालाई कसरी दह्रो पार्नुहुने हो कांग्रेसको भविष्य त्यसैमा निर्भर हुने प्रतिक्रिया कांग्रेसीजनहरुको छ । |
||||