|
ओली दिल्लीबाट फ
Tuesday, 06.23.2009, 10:16am (GMT+5.5)
काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीको बहुचर्चित दिल्ली उपचार भ्रमणमा देखिएको राजनीतिक सक्रियता र दिल्लीको राजनीतिक वृत्तमा उहाँले स्थापित गरेको पहुँचले उहाँको महत्वकांक्षी राजनीतिक भविष्यलाई कति उर्धमुखी बनाउने हो भन्ने जिज्ञासा राजनीतिक वृत्तमा जागृत छ । नेपालको वर्तमान सत्ता राजनीतिका दह्रो खेलाडी मानिएका ओलीले माओवादीविना पनि सरकार चल्नसक्ने सन्देश दिल्लीका नेताहरुलाई दिए पनि दिल्लीबाट फर्किदा भने एमाले नेतृत्वको सरकारमा नै माओवादी सम्मिलित हुनसक्ने धारणा व्यक्त गरेर दिल्लीको आशय उजागर गर्नुभएको छ । माधव कुमार नेपाल सत्ता चलाउन असफल सिद्ध भए आफू अग्रसर भएर बिडो धान्न तयार रहेको सन्देश पनि उहाँले भारतीय नेताहरुलाई दिनुभएको राजनीतिक सूत्रको भनाई छ ।
सो सूत्रका अनुसार माओवादीलाई सत्ताबाट बाहिर्याउन र एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनाउन आफ्नो निर्ण्ाायक भूमिका रहेको आभाष दिएर भारतीय नेताहरुको विश्वास प्राप्त गर्न उहाँ दिल्लीमा निकै सक्रिय रहनुभएको थियो । एनेकपा माओवादीका प्रखर विरोधी मानिनुहुने नेता ओलीको खरो बोली र बेलाबेलाका प्रतिक्रियाले उहाँलाई सधैं चर्चामा ल्याउने गरेको छ । नेकपा एमालेको अध्यक्ष निर्वाचनमा झलनाथ खनालबाट पराजित भए पनि पार्टर्ीीई आफ्नो धारमा प्रवाहित गराउन उहाँ सफल देखिनुभएको मानिन्छ । माओवादीलाई बाहिर राखेर पनि सरकार चलाउनसक्ने उहाँको पर्ूवधारणा दिल्ली भ्रमणपछि कसरी परिवर्तित भयो र माओवादीलाई सरकारमा सामेल गर्राई अहिलेकै सरकारलाई राजनीतिक सहमतिको राष्ट्रिय सरकारमा परिणत गर्न कस्तो सूत्र उपयोग हुन्छ भन्ने जिज्ञासा उहाँ दिल्लीबाट फर्केपछि झनै जागृत भएको छ ।
|