Yugasambad.Com.Np

मेनन्को राजनीतिक
Tuesday, 06.23.2009, 10:20am (GMT5.5)

काठमाडौं नेपालको खच्मचिएको राजनीतिलाई निर्देशित दिशातिर मोड्न लक्षित मानिएको भारतका विदेश सचिव शिवशंकर मेनन्को दर्ुइदिने नेपाल भ्रमण अहिले राजनीतिक वृत्तमा र्सवाधिक चासोको विषय बनिरहेको एक महिना अघिमात्र गठन भएको २२ दलीय सहमतिको सरकारलाई पर्ूण्ाता दिएर निर्देशित गन्तव्यतर्फडोर्याएर भविष्य सुनिश्चित गर्न विदेशमन्त्री मेनन्को भ्रमण कति सफल रहृयो त्यो भविष्यले देखाउला तर भारतले नेपालको भूमि अतिक्रमण गरेको छैन सीमा क्षेत्रमा दर्ुर्व्यवहार पनि भएको छैन भनेर सफेद झूठ बोलेर नेपालीहरुलाई ठूलो चुनौति दिएर उनी फर्केका छन् नेपालका संसदीय समितिहरुले समेत हालै दाङ-बारा लगायतका केही जिल्लामा सीमा अतिक्रमण अमानवीय दर्ुर्व्यवहार भएको किटानी प्रतिवेदन दिइसकेको बेला सीमा अतिक्रमणको ढाकछोप गरेर विस्तारवादी नीतिको बचाउ गरेकाले राष्ट्रिय अखण्डताको रक्षा खतरापर्ूण्ा स्थितिमा रहेको इङ्गति भएको मेनन्को विशुद्ध राजनीतिक प्रकृतिको भ्रमणको अर्को उद्देश्य एनेकपा माओवादीबाट प्रवाहित हस्तक्षेपकारीको आरोपको प्रतिवाद गर्नु माओवादीलाई वर्तमान सरकारमा सहभागी गराउन प्रयास गर्नु पनि रहेको प्रतीत प्रधानमन्त्री माधव कुमार नेपाललाई निकट भविष्यमा नै भारत भ्रमण गराउने सुपर्ुदगी सन्धिदेखि लिएर सीमांकनका सय ८४ नक्सा त्यहीबेला अनुमोदन गराउने आकांक्षा पनि भ्रमणको उद्देश्यमा अन्तर्निहित रहेको विज्ञ स्रोतहरुको भनाइ भारतले नेपालको शान्ति प्रक्रियामा सघाउन राखेको चासो संविधान निर्माणप्रति देखाएको सदासयता औपचारिकता निर्वाहकै शब्दावलीमा सीमित रहे पनि मेनन्को भ्रमणलाई सरकारले दिएको उच्च प्राथमिकताको परिणाम के आउने हो भन्ने तीब्र जिज्ञासा राजनीतिक-बौद्धिक क्षेत्रमा मात्रै होइन आम जनमानसमा समेत जागृत भएको

मुलुकमा २२ दलीय सहमतिको नयाँ सरकार स्थापित भएको एक महिना वितिसक्दा पनि सरकारले पर्ूण्ाता पाएर क्रियाशीलता देखाउनसक्ने अवस्था नै सिर्जित छैन एकीकृत नेकपा माओवादीले सरकार छोड्नासाथ सुरु गरेको आन्दोलनले सदन-सडक जताततै अवरोध खडा गरे पनि न्युनतम सहमति जुटाएर राज्य संचालन गर्ने आधार खडा गर्न विफल भएको जिल्ला जिल्लामा राजनीतिक भीडन्त तोडफोड्का घटना सिर्जित भैरहेका छन् संविधानसभाभित्रको सवभन्दा ठूलो दल एनेकपा माओवादी सरकारबाट बाहिरिएपछि रन्थनिनसम्म रन्थनिएको माओवादीको सरकारले सेनापति अवकाश प्रकरणमा गरेको निर्ण्र्ााउल्टाएपछि माओवादी झनै उतर्सिएको माओवादीले यो एउटै मुद्दामा मात्र केन्द्रित रही नागरिक सर्वोच्चताको मुद्दा उठाइरहेको सडक-सडकमा नागरिक अधिकार हनन्का शृङ्खलावद्ध हरकतहरुको कुनै सीमा छैन समानान्तर सत्ताको अभ्यासले सरकारको अस्तित्वलाई नै चुनौति दिइरहेको विधिको शासनको अपेक्षा गर्नु जनताका लागि मृगतृष्णा बराबर दण्डहीनता मौलाएको मौलाएकै यथार्थमा लोकतान्त्रिक पद्धतिको शासनपद्धत्रि्रति जनविश्वास जागृत गराउन कुनै पनि दलले इमान्दारीपर्ूण्ा प्रयास गरेको कतै आभाष छैन सत्ताधारीहरु चाहे हिजोका हुन् चाहे आजका आफ्नै परिवारवृत्त दलका सीमित कार्यकर्ताहरुको घेरामा केन्द्रित छन् दलहरुले चर्को चर्को नारा मात्र दिए तर जनतालाई कुनै सेवा दिएनन् सत्ताधारी दलहरु ठाउँ-ठाउँमा आफ्नै पार्टर्ीीार्यकर्ता कार्यालयको सुरक्षा गर्न पनि सकिरहेका छैनन् भने जनताको सुरक्षा सेवा सुविधाको प्रत्याभूतिको कल्पना गर्न नै नसकिने अवस्था सडकमा दर्ुइचारजनाले वितण्डा मच्चाएर नागरिकहरुलाई सास्ती दिंदा पनि राज्यसंयन्त्र पूरै मौन रहेर टुलुटुलु हेरेर बस्ने गरेको लोकतन्त्रको यस्तो विकृत अभ्यासप्रति जनताको वितृष्णाभाव चुलिँदै गएको जनताप्रति उत्तरदायी लोकतान्त्रिक सरकारको अपेक्षा आकाशको फल भैसकेको नेपाली जनता अब आफ्नै भाग्यलाई टोकसेर दिन गुजार्न विवश छन् यस्तो अनपेक्षित स्थितिलाई अनुभूत गर्नसक्ने जनउत्तरदायी सरकार नेपाली जनताले देख्न-भोग्न के कुरा अब कल्पना पनि गर्न नसक्ने परिस्थिति सिर्जना भएको

प्रतिकूल राजनीतिक वातावरणले जनतालाई सास्ती दिइरहेको यो बेला मौसमी प्रतिकूलताले समेत देशव्यापी रुपमा आम जनजीवन प्रभावित सरकारले एक महिनाको अन्तरालमा पनि पर्ूण्ाता पाउन सकेको छैन मानु रोपेर मुरी फलाउनुपर्ने असारमास पनि एकथोपा पानी नपरेर किसानका खेतबारी बाँझा छन् अपर्ूव रुपमा विस्तारित हुँदैगएको खडेरीले गर्दा खोला-नाला, इनार-कुवा सुकेर खानेपानीको जोहो गर्न पनि समस्या परेको पीडा देशव्यापी रुपमा नै अभिव्यक्त कुपित प्रकृतिले विकराल समस्या खडा गरेकाले आगामी वर्षखाद्यान्नको उत्पादन प्रतिकूल स्ििथतिमा रहने आशंका बढेको भ्रुणबाट नै राजनीतिक समस्याको पोको बोकेर स्थापित भएको सरकारले आम जनजीवनलाई राहत दिनसक्ने गरी कुनै कार्यक्रम ल्याउनसक्ने कुनै सम्भावना इङ्गति छैन राजधानीमा पनि खानेपानीको समस्या झनै चर्केर गएको विद्युत सेवा कटौतीमा केही समय देखिएको सुधार पुनः कटौतीतिर बढ्दो हड्ताल, बन्द, चक्काजाम सरकारी कार्यालय घेराउका शृङ्खलावद्ध कार्यक्रमले आम जनताको दैनिकी, उत्पादनमूलक व्यवसाय प्रशासनिक क्रियाकलाप नराम्रोसंग प्रभावित हुँदैआएको यसमा न्युनता आउने कुनै सम्भावना देखिएको छैन संसद्मा देश जनताका मूलभूत समस्याहरुमाथि बहस छलफल हुनसक्ने अवस्था नै छैन महिनौंदेखि कार्यसूचीमा प्रवेश गर्न नै नपाई संसद् अवरुद्ध हुनेगरेको राजनीतिक टकरावको अन्त्य हुने कुनै आशा नपलाएकाले अन्योल दिशाहीनताको अवस्था मुलुकले कहिलेसम्म झेलिरहनुपर्ने हो भन्ने चिन्ता मात्र थपिएको

संविधानसभाको निर्वाचनपछिका महत्वपर्ूण्ा दिनहरु राजनीतिक दलहरुको दूराकांक्षा पर््रदर्शन सत्ता आकांक्षापर्ूर्तिको फोहरी खेलमा नै गुज्रिएका छन् माओवादी लडाकुहरुलाई समायोजन गरी देशमा दर्ुइ सेनाको उपस्थिति अन्त्य गरेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन अहिलेसम्म जिम्मेदारीपर्ूण्ा शैलीमा रचनात्मक पहल सुरु भएकै छैन निर्वाचनपछिको आधाभन्दा बढी समय प्रमुख राजनीतिक दलहरुले अनावश्यक विवादमा नै अल्भिmएर गुजारे संविधानसभाभित्र पुरानै संसदीय अभ्यासको गणितीय खेल प्रवेश गरेर बहुमत अल्पमतको रेखांकन गर्दै सत्ता बनाउने भत्काउने नयाँ चरण सुरु भयो नयाँ संविधान नबनाउँदासम्म सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने विषयमा कुनै पनि दल इमान्दार देखिएनन् संविधानसभाको निर्वाचन परिणाम आएदेखि नै राजनीतिक बेइमानीले निर्देशित गति लियो आन्तरिक राजनीतिक खिचातानीलाई बढावा दिँदै घरझगडा मिलाउन परत्रीलाई गुहार्ने क्रमले निरन्तरता पायो २०४६ सालदेखि २०६६ सालसम्म आइपुग्दा पनि देश जनताको स्थिति सुध्रने कुनै लक्षण देखिएको छैन राजनीतिक परिवर्तन बहस-विवादका शृङ्खलालाई कहिलेसम्म बेहोरिरहनुपर्ने हो कुनै निश्चित छैन दर्ुइ दशकको अन्तरालमा देशले अव्यवस्था अवन्नतिको विस्तार बाहेक कुनै सुखद् परिणति वेहोर्न पाएको छैन जातीय, क्षेत्रीय एवं साम्प्रदायिक सद्भाव टुटाउन राजनीतिकै प्रयोग भैरहेको राष्ट्रिय एकता अखण्डता जोगाउन वृहद् राष्ट्रिय सद्भाव कायम गर्नुपर्ने दायित्व विपरीतका पथविचलित गतिविधिहरु निर्देशिन रुपमा नै मौलाएका छन् यो देशमा सरकार बनाउने गिराउने काम देश बाहिरबाट नै हुने गरेको कथन समयक्रममा सरकार चलाउने मौका पाएकाहरुकै स्वतन्त्र विश्लेषण बुद्धिजीवीहरुले नियतिको यस्तो दर्ुदान्त खेल चल्दैआएको अन्ततः त्यसबाट मुलुकको अस्तित्व नै संकटमा पर्ने जनाउ इमान्दारीपर्ूवक दिंदै आएका छन् मुलुक क्रमिक रुपमा परचक्रीकै फन्दामा पर्दैआएको सवैले देख्न-अनुभूत गर्न थालेका छन् सत्ता महत्वकांक्षीहरु अझै पनि परचक्रीकै विश्वासपात्र बन्ने होडवाजीमा लागेर देशलाई अन्धकार भविष्यतिर धकेल्न उद्यत छन् देशको भविष्य कुन दिशातिर डोरिंदै - गम्भीर प्रश्न खडा भैसकेको