काठमाडौं । भारतको अतिक्रमणको मारमा परेर राष्ट्रियता नै संकटमा परेका नवलपरासीको सुस्तावासीले बनाउँदै गरेको पक्की पुललाई भारतीय सुरक्षा बल -एसएसबी)ले दर्ुइ साताअघि भत्काएपछि सुस्तावासीमा फेरि नेपाली भूमि अतिक्रमण हुने त्रास बढेको छ । एसएसबीले एक्कासि नेपाली भूमिमा पसी पुल भत्काएपछि फेरि पनि नेपाली भूमि अतिक्रमण गर्न भारतीय आउन सजिलो पर्ने भएकाले सुस्तावासीमा फेरि नेपाली भूमि अतिक्रमण हुने त्रास बढेको हो ।
दर्ुइ साताअघि ५०-६० जनाको समूहमा आएका एसएसबीले सुस्ता विवादित स्थान रहेकाले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने जनाउँदै सुस्तामा सुस्तावासीले निर्माण गर्दैगरेको पुल भत्काएका थिए ।
नेपाली भूमिमा यसरी हस्तक्षेप गरी पुल भत्काउनसक्ने एसएसबीले फेरि भारतीय विहारीहरुको सहयोगमा पुनः नेपाली भूमि अतिक्रमण गर्नसक्ने भएकाले अतिक्रमण त्रास बढेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए ।
थारु टोल र पहाडी टोलका बासिन्दा आवतजावत गर्नका लागि सो पुल निमार्ण्र्ाारिएको थियो भने पुल नहुँदा एक टोलबाट अर्कोर् टोली जानसमेत समस्या उत्पन्न भएको छ । सुस्तामा तत्काल थप सुरक्षाका माग राख्दै सुस्ता समस्या समाधान गर्न सुस्तावासी जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । उनीहरुले भारतीय हस्तक्षेप बन्द गराउन नवलपरासीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीमार्फ गृहमन्त्रालय, जलस्रोत मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई ज्ञापनसमेत बुझाएका छन् ।
सुस्तामा पछिल्ल्ाोपटक देखिएको समस्या समाधानका लागि आफूले मन्त्रालयसम्म लिखितरुप्ामा जानकारी गराइसकेको र स्थानीयस्तरमा समेत पहल गरेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
भारतीय अतिक्रमण र हस्तक्षेपको नवलपरासीको राजनीतिक दलहरुले विरोध गरेका छन् । सुस्तावासीको समस्या अब तत्काल समाधान नभए आफूहरु फेरि आन्दोलनमा उत्रिने सुस्तावासीले चेतावनी दिएका छन ।