|
प्रवेशिकको उच्च
Tuesday, 06.30.2009, 12:09pm (GMT+5.5)
काठमाडौं । २०६५ सालको प्रवेशिका -एसएलसी) परीक्षामा अघिल्ला वर्षरुको अभिलेख तोड्दै ६८.४७ प्रतिशत विद्यार्थी उत्तर्ीण्ा भएका छन् । गत चैत्रमा लिइएको प्रवेशिका परीक्षामा तीन लाख ८८ हजार ५ सय २२ जना विद्यार्थी सम्मिलित भएकामा दर्ुइ लाख ५६ हजार ४ सय ८९ जना उत्तर्ीण्ा भएका छन् । नतिजा अनुसार ११ हजार ३ सय ४ जना विशिष्ट श्रेणीमा, ८७ हजार ७ सय ७२ प्रथम श्रेणीमा, एक लाख २५ हजार ४ सय २१ द्वितीय श्रेणीमा र १० हजार १ सय ५ तृतीय श्रेणीमा उत्तर्ीण्ा भएका छन् । यसपटक अंग्रेजी, विज्ञान र गणित विषयमा ५ अंक 'ग्रेस' दिइएकाले त्यसबाट १५ हजार थप परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । हालसम्मकै उच्च प्रतिशतको नतिजालाई पठनपाठन र परीक्षा पद्धतिमा सुधार आएको संकेत मानिएको छ ।
शैक्षिक सूत्रहरुका अनुसार यस वर्षपनि निजी क्षेत्रका अधिकांश विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने असफल हुने अधिकांश विद्यार्थी सरकारी लगानीका सामुदायिक विद्यालयका छन् । राष्ट्रिय लगानीका विद्यालयहरुको नतिजा अझै पनि सन्तोषजनक छैन । निजी क्षेत्रका विद्यालयहरु बढी व्यवसायमुखी र व्यापारिक चरित्रका भएकाले पठनपाठनमा उच्च शतर्कता र प्रतिस्पर्धा रहने गरेकाले राम्रो नतिजा आउने गरेको छ । सरकारी लगानीका विद्यालयको पठनपाठनमा पनि विशेष ध्यान दिने हो भने गुणस्तरीय शिक्षा र उच्च प्रतिशतको नतिजा अझै सम्भव भएको शिक्षाविद्हरुको भनाइ छ ।
' फलामे ढोका' मानिएको प्रवेशिका उच्च शिक्षाको प्रवेशद्वार हो । त्रिभुवन विश्वविद्यालयले यसपटकदेखि प्रवीणता प्रमाणपत्रतहमा भर्ना नलिने निर्ण्र्ाागरेको भए पनि उच्च प्रतिशतको नतिजा निजी क्षेत्रले धान्न नसक्ने अवस्था र त्रि.वि.को नगण्य शुल्कको तुलनामा दश जोड दर्ुइका निजी विद्यालयहरुको शुल्क धेरै महंगो भएकाले प्रमुख राजनीतिक दलका भातृ संठनका रुपमा क्रियाशील रहेका प्रायः सवै विद्यार्थी संगठनहरुले त्रिविलाई प्रमाणपत्र तहको भर्ना र पठनपाठन नरोक्न दबाब दिंदै आन्दोलन समेत गर्ने घोषणा गरेका छन् । अर्कातिर देशको अस्थिर र अशान्त अवस्थाले गर्दा कैयौं अभिभावकहरु आफ्ना सन्ततीलाई भारतमा लगेर पढाउने तयारीमा लागेका छन् । यसबाट वर्षोनी अर्बौंर्-अर्ब रकम विदेश पलायन हुने गरेको पनि देखिएको छ । आर्थिक रुपमा धराशायी बन्दैगएको त्रिविले शुल्कवृद्धि नगरी विद्यार्थीको भार थेग्न नसक्ने पीडा पनि व्यक्त गर्दैआएको छ ।
|