Yugasambad.Com.Np

मुलुक अझै पनि
Tuesday, 06.30.2009, 12:11pm (GMT5.5)

काठमाडौं संविधान निर्माणका लागि जनादेश प्राप्त अवधि अब ११ महिना पनि पूरा बाँकी छैन शान्ति प्रक्रियाले तार्किक निष्कर्षो गति लिनै सकेको छैन नेकपा माओवादी सरकारबाट बाहिरिएको दर्ुइ महिना हुन लागिसक्यो त्यसपछि बनेको २२ दलीय सरकारले अझै पनि पर्ूण्ाता पाएको छैन नयाँ सरकार बनेपछि व्यवस्थापिका संसद्को बैठकले एकदिन पनि कार्यसूचीमा प्रवेश पाएको छैन संविधान निर्माणका सुझाव-प्रतिवेदन प्रस्तुत गर्न बनेका ११ समितिमध्ये समितिले जेठ गते नै बुझाउनुपर्ने प्रतिवेदन अहिलेसम्म पनि बुझाएका छैनन् सेना समायोजनका निम्ति बनेको विशेष समिति संविधान निर्माण समिति पनि अझै अध्यक्षको चयन भएको छैन सत्तापक्ष प्रतिपक्षमा विभाजित दलहरुबीच समय समयमा शर्ीष्ा बैठक हुने गरेका समाचार आए पनि राजनीतिक संवादले सहमति निकासको बाटो लिएको छैन नयाँ आर्थिक वर्षो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने बेला आइसक्यो तर पनि राजनीतिक गतिरोधको स्थिति यथास्थानमा नै प्रतिपक्षमा पुगेको एनेकपा माओवादी सत्ताधारी दलहरुबीच आरोप-प्रत्यारोपको जुहारी चली नै रहेको यसैबीच नेपालको आन्तरिक राजनीतिको दिशा निर्धारण गर्न निर्देशनात्मक भूमिकाको सक्रियता देखाउन इच्छुक रहँदैआएको छिमेकी राष्ट्र भारतका विदेश सचिव शिवशंकर मेनन्को काठमाडौं तुफानी भ्रमणपछि राजनीतिक वृत्तमा उठेको 'राष्ट्रिय सरकार'को राग पनि -आफ्नै भाकामा राजनीतिक दलहरुले गुञ्जित गर्न थालेका छन् समग्रतामा हर्ेदा देश निर्ण्र्ााीन, गतिहीन अनिर्ण्र्ााो बन्दी बनिरहेको देशको स्थिति लथालिङ्ग-भताभुङ्ग हुँदै गएको विधिको शासन सहमतिको राजनीतिक वातावरणविना मुलुकले जनआकांक्षा अनुरुपको शान्ति प्रगतिको दिशा अवलम्बन गर्न नसक्ने कटु यथार्थलाई आत्मसात नगरी प्रमुख राजनीतिक दलहरु -आफ्नै राग अलापेर कालक्षेपण गरिरहेका छन् जनमानसमा निराशा वितृष्णा चुलिंदै गएको मुलुक भयावह संकटले घेरिंदै गए पनि विभाजित मानसिकता पारस्परिक द्वेषमा अल्भिmएका नेताहरु संवाद प्रक्रियाबाट निकास निकाल्ने इमान्दारीपर्ूण्ा प्रयासमा अझै लागेका छैनन् मुलुकको भविष्यका लागि यो दर्ुभाग्यको सूचक हो

राजनीतिक सूत्रहरु भन्दछन्- शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन नयाँ संविधान निर्माण गर्न र्सवदलीय सहमतिको राष्ट्रिय सरकारको अपरिहार्यता रहेको भए पनि दलहरु सहमतिको त्यो विन्दुमा पुग्ने क्षीण सम्भावना पनि छैन एनेकपा माओवादीले एमाले नेतृत्वको २२ दलीय संयुक्त सरकारलाई 'कठपुतली' 'विदेशी प्रभुको पिछलग्गु'को संज्ञा दिंदै यसको अस्तित्व नै स्वीकार नगरेको अवस्थामा माओवादीसहितको संलग्नतामा वर्तमान सरकारले 'राष्ट्रिय सरकार'को स्वरुप ग्रहण गर्नसक्ने कुनै आधार छैन विगतमा माओवादी नेतृत्वको सरकारलाई विस्थापित गर्न भित्रभित्रै निर्ण्ाायक चलखेल गर्ने भित्री-बाहिरी कुनै पनि साना-ठूला शक्तिले पुनः माओवादीकै नेतृत्वमा र्'र्सवदलीय सहमतिको राष्ट्रिय सरकार' बनाउन सघाउने कल्पना गर्न पनि सकिने अवस्था छैन 'फुटाउ राज गर'को भेदकारी नीतिका परिचालकहरु नै अन्योल अस्थिरता सिर्जनाका स्रोत भएकाले नेपालको आन्तरिक राजनीतिले तत्काल सहमतिको बाटो अनुशरण गर्ला रचनात्मक दिशा ग्रहण गर्ला भन्ने ठान्नु कसैको इच्छित विचारमा बाहेक असम्भव प्रायः नै राजनीतिक, जातीय, भाषिक, सांस्कृतिक साम्प्रदायिक सद्भाव खलबल्याएर आफ्नो अभीष्ट पूरा गर्न चाहने परचक्रीहरुको रणनीतिक स्वार्थमा मुलुकको राजनीति नराम्रोसंग जेलिएकोले भविष्यप्रति थप चिन्ता जागृत हुनुबाहेक कुनै आशाप्रद स्थिति आलोकित छैन मुलुक बरु अवाञ्छित द्वन्द्वको भूमरीमा फस्दै गृहयुद्धकै दिशातिर पो धकेलिने हो कि भन्ने आशंका बढेर गएको

राजनीतिक विश्लेषकहरु भन्दछन्- एनेकपा माओवादीलाई सत्ताबाहिर पार्ने राजनीतिक ब्यूहरचना सफल प्रतीत भए पनि माओवादीको सहयोगविना राज्य संचालन गर्न नसकिने तत्वज्ञानले सत्ताधारी दलहरुलाई रन्थन्याइरहेको माओवादीले नागरिक सर्वोच्चता वैदेशिक हस्तक्षेपको मुद्दा उठाएर चलाइरहेको वैधानिक आन्दोलनलाई राजनीतिक सहमतिबाट टुंग्याउने कुनै सूत्र नयाँ सरकारले पैल्याएको छैन माओवादीले संसद् मात्र अवरुद्ध पार्दैआएको नभै सरकारी कार्यालयहरु घेराउ गर्ने कार्यक्रम समेत राखेर सरकारका सामु ठूलो चुनौति खडा गरिदिएको नयाँ बजेट प्रस्तुतिका लागि अब पन्ध्र दिनको समय मात्र बाँकी यसबीचमा पनि माओवादी सहमतिमा आएन भने बजेट प्रस्तुतिमा समस्या आउने राजस्व असुली एवं राज्य संचालनको खर्च व्यवस्थापनमै वैधानिकताको प्रश्न उठ्ने निश्चित सहमतिका आदर्श कुरा जसले जति गरे पनि राजनीतिक द्वन्द्व चर्किंदै गएको माओवादीको विकल्पमा नयाँ गठबन्धनको सरकारको अभ्युदय आफैं नै द्वन्द्वको उपज निरन्तरताकै परिणाम रहेकाले द्वन्द्व विस्तारको यथेष्ट सम्भावना विद्यमान रहेकोमा कुनै सन्देह छैन यो अवस्थामा जनअपेक्षा अनुकुल पर्ूण्ा शान्तिको वहाली अकल्पनीय बन्दैगएको अराजकता दण्डहीनताको दुष्परिणामले हुँदाहुँदा स्कूले विद्यार्थीको समेत अपहरणको शृङ्खला सुरु भएर आम अभिभावकलाई घोर चिन्तामा डुबाउन थालेको नागरिकहरुको ज्यूधन व्यवसायको सुरक्षाको कुनै प्रत्याभूति छैन नेपाली जनताले भाग्य भरोसामा नै बाँच्नुपरेको विकास निर्माणको अपेक्षा कता हरायो कता - लोकतान्त्रिक विधि प्रक्रियाबाट दलहरु स्वयं नै विचलित हुँदै गएपछि राजनीतिक नैतिकताको धरातल धेरै भासिएकाले सत्तासीनहरु उच्च मनोबल राखेर राज्य संचालन गर्नसक्ने हालतमा छैनन् देश, जनता लोकतान्त्रिक पद्धत्रि्रति जिम्मेवार राजनीतिक दलहरु नै इमान्दार नदेखिएकाले मुलुक भताभुङ्गको स्थितिमा पुगेको हो नेपालमा आन्तरिक राजनीतिक कलह मच्चाएर असफल राष्ट्रको तहमा झार्ने निरन्तरको राजनीतिक हस्तक्षेपलाई सैनिक हस्तक्षेपसम्मको तहमा विस्तार गर्ने परचक्रीको अमर्ूत आकांक्षा समेत अनुभूत हुनथालेको माओवादीका नेताहरुले संविधानसभा भंग हुने, राष्ट्रपति शासन लागू हुने भारतीय सैनिक हस्तक्षेप हुनेसम्मका आशंकाहरु प्रवाहित गरेर जनताको ध्यान आफूतिर तान्न थालेका छन् यसमा सत्ता वहिर्गमनको पीडा घोलिएको मनोगत धारणा मात्र प्रवाहित भएको भनेर उठेका सवालहरुलाई कुनै महत्व नदिई पन्छाउन सकिने स्थिति छैन माओवादीले राष्ट्रियताको मुद्दालाई चर्को रुपमा उठाउन थालेपछि अन्य पार्टर्ीी कार्यकर्ता चर्चित कलाकारहरु समेत माओवादीप्रति आकषिर्त भैरहेका घटना उजागर भैरहेका छन् माओवादीलाई सत्ता बाहिर पारी निस्तेज बनाउने नयाँ सत्ता समीकरणको अभिद्येय विपरीत माओवादी झनै शक्तिशाली बन्दै गएको अनुभूति विस्तारित जिल्ला जिल्लामा माओवादी कार्यकर्ताका आक्रोश दबाबको वेग थेग्न अरु दलका कार्यकर्ताहरुलाई मुस्किल हुँदैगएको देश भयावह द्वन्द्वको खतरनाक मोडमा पुगेको

सत्ता गठबन्धनमा सामेल दलहरु माओवादीको विकल्पमा एकजुट भए पनि राष्ट्रिय मुद्दामा एक छैनन् सीमा अतिक्रमणबारे समेत तालनसुरका कुरा गरेर विदेशी मालिक रिझाउने प्रयास सरकारकै मन्त्रीहरुबाट भयो राष्ट्रमोहको सट्टा कर्ुर्सर्ीीेह व्याप्त , राष्ट्रहीत विपरीत व्यक्ति स्वार्थमा नेताहरु डुबेका छन् यस्तो अनर्थ देशले भोगिरहेको संविधान निर्माण प्रक्रियालाई धराशायी पार्ने खेलमा लोकतन्त्र-गणतन्त्रको रामनामी ओढेका दलहरु नै सक्रिय छन् संविधानसभाको क्रियाशीलता शून्यविन्दुमा रहेको जगजाहेर नै संविधान निर्माणको जनादेश प्राप्त वैधानिक समयको आधाभन्दा बढी अंश राजनीतिक खिचातानी, कलह सत्ताको छिनाझपटीमा नै व्यतित भैसक्यो भने अब बाँकी समयमा राज्यको पुनःसंरचना एवं संघीय संरचनामा सहमति होला, यसबीचमा सेना समायोजनको मुद्दा टुङ्गएिला शान्ति वहालीको पर्ूण्ा प्रत्याभूतिका साथ संविधान निर्माण होला भन्ने कुनै विश्वसनीय आधार छैन माओवादी सत्ताधारी दलहरुबीचको बढ्दो दूरी गहिरिंदै गएको विश्वासको संकटले राजनीतिक गतिरोधको निरन्तरता निकासविहीनताकै स्थितिलाई मात्र इङ्गति गरेको पथविचलित राजनीतिका दुष्परिणाम भोग्न जनता विवश छन्, देश विवश देश संगठित हिंसाबाट पुनः प्रताडित हुनसक्ने आशंका बढ्दै गएको निष्कर्षा राजनीतिक विश्लेषकहरु पुगेका छन्