|
पर्ूव राजा ज्ञानेन्द्र भारतमा&
Monday, 12.07.2009, 05:08pm (GMT+5.5)
काठमाडौं । पर्ूवराजा ज्ञानेन्द्र शाहको गत आइतबार सुरु भएको भारत भ्रमण राजनीतिक क्षेत्रमा चर्चाको विषय बनेको छ । उहाँको भ्रमण फुपुकी छोरीको वैवाहिक कार्यक्रममा भाग लिन लक्षित रहेको भए पनि भ्रमण अवसरमा त्यहाँका उच्चतहका राजनीतिक नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेकाले यो भ्रमणप्रति राजनीतिक क्षेत्रमा तीब्र कुतुहलता छ । पर्ूवराजा ज्ञानेन्द्रलाई युरोपेली यूनियनले औपचारिक पत्र पर्ठाई युरोप भ्रमणको निम्तो दिएकाले उहाँ दिल्लीबाट नै युरोप यात्रामा जाने सम्भावना रहेको पनि ज्ञात हुन आएको छ । नेपालको संक्रमणकालीन तरल राजनीतिलाई नै तरङ्गति पार्ने गरी चर्चामा रहेको यो भ्रमणप्रति तीब्र उत्कण्ठा जागृत छ । भनिन्छ- युरोपेली यूनियनकै आग्रहमा सरकारले पर्ूवराजा शाहलाई 'कूटनीतिक राहदानी' उपलब्ध गराएको छ ।
|