काठमाडौं । नेपाल पत्रकारहरूका लागि अझै जोखिमपर्ूण्ा स्थलको रुपमा रहेको पुनः पुष्टि भएको छ । गत साता रुकुमकी पत्रकार टीका बिष्टमाथि भएको सांघातिक हमलाले नेपालको पत्रकारिता क्षेत्र अझै संर्घष्ामा उत्रनुपर्ने स्थिति देखा परेको छ । पत्रकार टीका बिष्टमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको आशंकामा अनुसन्धान भैरहे पनि दोषीमाथि कार्बाही हुन्छ भन्नेमा कमै मात्र विश्वास गर्न सकिन्छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म र विभिन्न राजनीतिक दलका नेताहरूले पत्रकार बिष्टप्रति सहानुभूति देखाएका छन् । तर नियति विगतकै जस्तो हुँदैन भन्ने आधार छैन ।
पत्रकार टीका बिष्टमाथि भएको संघातिक आक्रमणको नेपाल पत्रकार महासंघ लगायत पत्रकारितासंग सम्बन्धित विभिन्न संस्थाले विरोध जनाएका छन् । पत्रकार महासंघले त साताव्यापी आन्दोलनको घोषणा गरेको छ । महासंघले दोषी पत्ता लगाई कानुनी कार्बाही गर्न सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको बताएको छ । त्यसैगरी महासंघका कोषाध्यक्ष रमेश बिष्टको संयोजकत्वमा तीन सदस्यीय स्थलगत अनुसन्धान समिति पनि गठन गरिएको छ । सरकारले दोषीमाथि कार्बाही गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यसो त यसअघि पत्रकारहरूको हत्यामा संलग्नहरूको परिचय खुलेेको भए पनि उनीहरूमाथि कानुनी कार्बाही हुन नसकेको स्थिति विद्यमान नै छ । पत्रकार वीरेन्द्र साह, प्रकाश ठकुरी, जगत जोशीहरूको हत्यामा संलग्नहरू पत्ता लागे पनि उनीहरूले उन्मुक्ति पाइरहेका छन् । पत्रकार उमा सिंहको हत्यालाई त पारिवारिक रङ्ग समेत दिइयो ।
वीरेन्द्र साहदेखि टीका बिष्टसम्म आइपुग्दा नेपाल पत्रकार महासंघले धेरै आन्दोलन गर्यो, नागरिक समाज, मानवअधिकार सम्बन्धी संघसंस्थाले दोषीमाथि कार्बाहीका लागि अनुरोध गरे पनि त्यसको सुनुवाई हुन नसकेको अवस्था छ । पत्रकार टीका बिष्टमाथि आक्रमण गर्नेहरू पनि उम्कने हो भने नेपालमा अपाराधीहरूले राजनीतिक संरक्षण प्राप्त गरिरहेको पुष्टि हुनेछ र नेपालको अन्तर्रर्ााट्रय छबिमा अर्को एउटा धक्का लाग्ने छ । अर्कोतिर पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको औचित्यमाथि पनि प्रश्नचिन्ह खडा हुनेछ । पत्रकारको हत्या गर्ने, आक्रमण गर्ने, धम्की दिने तथा जवर्जस्ती गर्नेहरूमाथि कार्बाही गर्न भनेर महासंघले गरेका आन्दोलनको राजनीतिक तहबाट सुनुवाई नै भएको छैन । यसपटक पनि महासंघले विगतकै जस्तो सहमति र आश्वासनको भरमा आन्दोलन स्थगित गर्ने हो भने नेपाली पत्रकारहरूले वीरेन्द्र, साह, उमा सिंह, जगत जोशी, प्रकाश ठकुरी र टीका बिष्टको नियती बारम्बार भोगिरहनु पर्नेछ ।