Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:32am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

माओवादीको राष्ट्रिय जागरण आन्दोलनप्रति तीब्र उत्कण्ठा

Monday, 12.28.2009, 04:11pm (GMT+5.5)

काठमाडौं । मुलुकको भावी राजनीतिक दिशाबारे अन्यौल र अनिश्चितता अझै व्याप्त छ । प्रतिपक्षी दल एनेकपा माओवादी र सत्ताधारी प्रमुख दलद्वय नेकपा एमाले र नेपाली कांग्रेसबीच न्यूनतम समझदारी र सहमतिको कुनै संकेत अहिलेसम्म मिलेको छैन । प्रधानमन्त्री माधवकुमार नेपाल तीन दिन अगाडि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमणमा चीन पुग्नुभएको छ । एनेकपा माओवादीले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि भन्दै पुस १० गतेदेखि १० गतेसम्म चौथो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । नागरिक सर्वोच्चताका लागि पर्ूव सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्याउनुपर्ने माग गर्दै विभिन्न तीन चरणमा भएको आन्दोलनहरुले माओवादीले उठाएका मुद्दा सम्बोधन गर्न कुनै दवावपर्ूण्ा स्थिति सिर्जना नगरेकाले चौथो चरणको आन्दोलनको प्रभाव र परिणतिबारे कतै पनि प्रष्ट धारणा बन्न सकेको छैन । माओवादीले महिनांैदेखि अवरुद्ध हुँदैआएको व्यवस्थापिका संसदको बैठक एकल निर्ण्र्ाााट नै सुचारु हुन दिएकाले सत्ताधारी दलहरु दङ्ग परेका मात्र छैनन् बाहृयशक्तिकै परामर्शमा माओवादीले संसद् चल्न दिने निर्ण्र्ाागरेको भन्न समेत थालेका छन् । नेपालको आन्तरिक राजनीतिक परिचालन र दिशा निर्धारणमा भारतको नाङ्गो हस्तक्षेपको खुलासा गर्दै सत्ताधारी दलहरुलाई दिल्लीको कठपुतली बनेको आरोप प्रवाह गरेर राजनीतिक सिंगौरी खेल्न अग्रसर भएको माओवादीले अप्रत्यासित रुपमा एकल निर्ण्र्ाााट सदन चल्न दिनुको पछाडि के रहस्य छ खुल्न बाँकी नै भए पनि अब सदनमा राष्ट्रिय मुद्दाहरुमाथि कस्तो बहस सुरु हुने हो भन्ने जिज्ञासा उत्पन्न भएको छ । माओवादीका पछिल्ला क्रियाकलापहरुबाट निकै त्रसित बनेका सत्ता गठबन्धनमा सामेल दलहरु मुलुकभित्रै राजनीतिक परामर्श गरेर माओवादी समेतको संलग्नता र सहयोगमा राजनीतिक निकासको बाटो पहिल्याउनतिरभन्दा दिल्लीको सहयोग र विश्वासको आभास दिएर आफूहरु दह्रो भएको अभिनय गर्दैछन् । मुलुकभित्र राजनीतिक सन्तुलन गुम्दै गएको स्थितिमा वैधानिक निकासको बाटो साँघुरिदै गएको धेरै अघिदेखि विश्लेषण गर्दैआएका राजनीतिक बुद्धिजीवीहरु वर्तमान परिस्थिति झनै जटिल र विस्फोटक बन्दैगएको निष्कर्षनिकाल्न पुगेका छन् ।

अहिलेको सबभन्दा जटिल प्रश्न भनेको २०६७ जेठ १४ गतेभित्र संविधान बन्न सक्छ कि सक्दैन भन्ने छ भने निर्धारित समयभित्र संविधान बनेन भने त्यसपछि के हुन्छ भन्ने आशंकापर्ूण्ा सवाल पनि साथसाथै उपस्थित छ । संविधानसभाले आठौं पटकसम्म कार्यतालिका संशोधन गरिसकेको भए पनि संविधानसभा क्रियाशील नै रहेकाले पाँच महिनाको अन्तरालमा नयाँ संविधान बन्नसक्छ भन्ने दावी हुन अझै छाडेको छैन । प्रमुख राजनीतिक दलहरुले विगत पौने २ वर्षा संविधान निर्माणलाई प्राथमिकता नदिई सत्ता संर्घष्ामा समय बिताएको पृष्टभूमिलाई हर्ेदा बाँकी पाँच महिनामा सहमतिपर्ूण्ा वातावरण सिर्जित भै नयाँ संविधान बन्ने विश्वास जताततैबाट स्खलित हुँदैआएको छ । राष्ट्रसंघीय शान्ति मिसन -अन्मिन)को ६ महिना म्याद निरन्तर थपिंदै आएको छ । माओवादीका अयोग्य लडाकु शिविरबाट हटाउन भएको सम्झौताले समयमा गति लिन सकेको छैन भने शिविरभित्र रहेका प्रमाणित लडाकुको समायोजन र हतियार व्यवस्थापन पाँच महिनाभित्र कसरी होला - कसैसंग उत्तर छैन । वेपत्ताहरुको खोजविन गर्न अझै आयोग बनेको छैन भने द्वन्द्व पीडितहरु अझै विचल्लीमा छन् । उनीहरुको व्यवस्थापन हुन सकेको छैन । जग्गा-जमिन र बालीनाली कब्जाका नयाँ घटनाहरु पनि सतहमा आइरहेका छन् । यथार्थमा द्वन्द्व व्यवस्थापनको कुनै पनि पक्षले अपेक्षित गति लिन सकेको छैन । यसबीचमा एनेकपा माओवादीले एकल रुपमा गर्दैआएको स्वायत्त गणराज्यको घोषणाले निकट भविष्यमा कुन रुप र गति लिने हो भन्ने प्रष्ट छैन । यस्तो प्रकृतिको जातीय गणराज्यको घोषणाले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको र राष्ट्रिय अखण्डतामाथि नै आँच पर्‍याउने आशंका बढेको धारणा माओवादी बाहेकका दलहरुले प्रकट गरिरहेका छन् । माओवादीले राष्ट्रिय जागरण अभियानका माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने जुन उद्घोष गरिरहेको छ त्यसको अपरिहार्यतालाई आत्मसात गर्ने निरपेक्ष जनता त्यो साँच्चिकै परिणामदायी बन्न सक्छ-सक्दैन भन्ने प्रतिक्षामा छन् । दिल्लीको हैकम विस्तारविरुद्ध नेपाली जनता जागरुक हुँदै गएको स्थिति छ भने माओवादीले त्यसलाई राम्रोसंग उपयोग गर्ने रणनीति बनाएको प्रष्टै देखिएको छ । माओवादीले भारतसितको सम्बन्ध र हस्तक्षेपकारी चलखेलका बारेमा खुलारुपमा उठाएको प्रसङ्गलाई र्सवसाधारण जनताले असान्दर्भिक र असंगत ठानेका छैनन् । प्रश्न त माओवादी यसमा कति इमान्दार छ र रहनसक्छ भन्ने मात्र हो ।

राजनीतिक विश्लेषकहरु भन्दछन्- सत्ताधारी दलहरु नयाँ दृष्टिकोणकासाथ प्रस्तुत भएर माओवादीलाई चरणवद्ध आन्दोलनको बाटोबाट फर्काइ सहमति र सहयात्रामा अगाडि बढ्न जिम्मेवारपर्ूण्ा राजनीतिक भूमिका स्थापित गर्नतिरभन्दा आरोप-प्रत्यारोपको लहर उठाएर वातावरण धमिल्याइरहने र माओवादीलाई थप उत्तेजित पारिरहने खालका भनाइ र्सार्वजनिक गर्न उद्यत छन् । माओवादीले पनि आफूले उठाएका मुद्दाहरुमा अरु साना-ठूला दलहरुको पनि सहमति जुटाउन प्रयास गर्नुभन्दा आफ्नो एजेण्डामा सबैलाई लतारेर ल्याउने आकांक्षाले प्रेरित रहेको प्रतीत छ । संविधान निर्माणका लागि बाँकी रहेको पाँच महिनाको अल्प अवधिको सदुपयोग कसरी गर्नेतिरभन्दा पनि आरोप-प्रत्यारोपको लहर खडा गरेर सत्ता संर्घष्ाको गतिलाई उत्कर्षा पुर्‍याउने खालका कसरतहरु भैरहेका छन् । नेपालभित्र व्याप्त अन्योल, अनिश्चितता र अस्थिरतालाई निरन्तरता दिएर धमिलो पानीमा माछा मार्ने काममा लामो समयदेखि अभ्यस्त रहेको बाहृयशक्तिका प्रपञ्चपर्ूण्ा खेलहरुले यो छोटो अवधिमा के कस्तो अनपेक्षित स्थिति सिर्जना गर्ने हो भन्ने आशंका यथास्थानमा नै छ ।

माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो हुँकारले नेपालभित्र मात्रै होइन भारतमा समेत चर्कै प्रतिक्रियात्मक लहर पैदा गरेको पृष्टभूमिमा कमरेड प्रचण्ड र भारतीय राजदूत राकेश सुदबीचको गोप्य वार्ता र त्यसपछि भएको सुदको दिल्ली यात्राले कस्तो परिणाम ल्याउने हो भन्ने जिज्ञासा पनि र्सवत्र जागृत हुन पुगेको छ । माओवादीप्रति नरम धारणा राख्ने र माओवादीसहितको राष्ट्रिय सरकार बनाउन जस्तोसुकै त्याग गर्न पनि तयार हुने धारणा राख्दै आएको सत्ताधारी दल नेकपा एमालेको संस्थापन पक्ष- पार्टर्ीीध्यक्ष झलनाथ खनालको दिल्ली भ्रमणपछि पूरै 'यु र्टन' भएको छ र माओवादीप्रति आक्रामक देखिन थालेको छ । यसमा माओवादीलाई एक्ल्याउँदै जाने बाहिरी शक्तिको रणनीतिक चाहना नै घोलित छ कि माओवादीले आफ्नो पक्षमा सहानुभूतिशील रहेकाहरुलाई पनि बिच्काएर त्यो अवस्थामा पुर्‍याएको हो भन्ने प्रश्न उठिरहेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
'प्रभु'को आशर्ीवाद& (12.28.2009)
ठगी धन्दामा सम्बन्धितको मौनता (12.28.2009)
चीनसंग विशेष सहयोगको आश (12.28.2009)
सहमति पालना भएन (12.28.2009)
खनाल र ओली पक्षको (12.28.2009)
राजनीति अकल्पनीय दर्ुघटनाको दिशातिर उन्मुखदलह (12.15.2009)
कार्यतालिकाको आठौं संशोधन ः संविधान बन्नेमा चौतर्फी आशंका (12.15.2009)
पत्रकारहरू ढुक्क कहिले हुने ? (12.15.2009)
सर्वोच्चमा अनुपराज शर्मा (12.15.2009)
त्रिविको लाइन काटियो (12.15.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको

© Neeraz.Com 2007
[Top Page]