|
थप अतिक्रमणको खतरा
Monday, 01.04.2010, 04:14pm (GMT+5.5)
काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माले समेतका गरी ८ दलका सभासद्, नापी विभागका कर्मचारी र सीमाविद्सहितको संसदीय टोलीले सुस्तादेखि टनकपुरसम्मको सीमा निरीक्षण गर्दा ठाउँठाउँमा भारतले सीमा अतिक्रमण गरेको प्रष्टै देखिएको किटानी गरेको छ । भारतले नेपालीको हातमा लालपर्ूजा भएको र मालपोत तिरिरहेको जग्गामा समेत अतिक्रमण गरेको निष्कर्षा निरीक्षण टोली पुगेको छ । सीमा व्यवस्थापनप्रति सरकार उदासिन रहँदै आएकाले भारतबाट अझै थप भूमि अतिक्रमण हुनसक्ने खतरा रहेको पनि संसदीय टोलीले पत्रकारहरूलाई जानकारी गराएको छ । सीमावर्ती क्षेत्रमा राज्यको उपस्थिति शून्यप्रायः रहेकाले सीमा क्षेत्रमा नागरिक सुरक्षाको समस्या पनि बढ्दै गएको निरीक्षण टोलीले बताएको छ । संसद्को परराष्ट्र सम्बन्ध तथा मानवअधिकार समितिका सभापति पदमलाल विश्वकर्माको नेतृत्वमा सुस्तादेखि टनकपुरसम्मको सीमा निरीक्षण गर्न संसदीय टोली सीमा क्षेत्रमा गएको थियो ।
सरकारको अकर्मण्यता छताछुल्ल
काठमाडौं । सरकारको अकर्मण्यता जताततैबाट छताछुल्ल भएको छ । देशकै सवभन्दा पुरानो र ठूलो अस्पतालका रुपमा चिनिने वीर अस्पतालमा चिकित्सकहरुले चलाएको आन्दोलन रोक्न समेत सरकार असक्षम देखिएको छ । भ्रष्टाचार निवारणका लागि बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हिजोदेखि पूरै रित्तियो । निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय प्रमुख विहीन भएको लामो समय हुँदा पनि सरकारले रिक्त पद पर्ूर्ति गर्न सकेको छैन । संवैधानिक परिषद्मा भागवण्डा नमिलेकाले संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्ने निकाय नै अपाङ्ग छ । जताततै अस्तव्यस्त स्थिति सिर्जना गराउन सरकारकै अकर्मण्यता प्रमुख कारण बनेको भए पनि सरकार भने संवैधानिक निकायहरुलाई क्रियाशील गराउने पक्षमा निरन्तर उदासिन रहेको जानकार सूत्रहरुको प्रतिक्रिया छ ।
|