Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:30am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

राजनीतिक गतिरोधको गाँठो अझ कस्सिदै छ
समानान्तर सत्ताको बाटो ः सरकारलाई
Monday, 01.04.2010, 04:16pm (GMT+5.5)

काठमाडौं । सत्ता गठबन्धनमा रहेका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेसंग प्रतिपक्षी दल नेकपा माओवादीको दूरी बढ्दै गएकाले मुलुकमा पुनः समानान्तर सत्ता संचालनको अभ्यास सुरु हुने खतरा पैदा भएको छ । महिनौंदेखि व्याप्त राजनीतिक गतिरोध अन्त्य गर्न विफल हुँदैआएका प्रमुख राजनीतिक दलहरूबीच पारस्परिक अविश्वास, तिक्तता र हरेक क्षेत्रमा वैचारिक मतभेद बढ्दै गएकाले सहमति, एकता र सहकार्यका आधारमा पूरा गर्नुपर्ने राष्ट्रिय जिम्मेवारीका महान् कार्यहरू स्वतः ओझेलमा परेका छन् । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएर संविधान निर्माणलाई गति दिन प्रमुख दलहरूले संयुक्त प्रयास गर्नुपर्नेमा राजनीतिक गतिरोध सिर्जनाको दोष एक अर्कोमाथि लगाएर पानीमाथिको ओभानो बन्ने प्रयासमात्र भएको देखिंदैछ । वर्तमान गठबन्धन सरकारले मुलुकमा विधिको शासनको प्रत्याभूति दिने गरी कुनै काम गर्न नसकेको र जनता आश्वस्त हुनसक्ने गरी राष्ट्रिय दायित्व निर्वाह गर्ने कुनै क्षमता देखाउन नसकेको भए तत्कालका लागि 'विकल्परहित' नै देखिएको मुलुकमा २२ दलको र्समर्थन प्राप्त गठबन्धन सरकार अस्तित्वमा रहे पनि देशका विभिन्न भागमा व्याप्त अराजकता, हिंसा र मानवअधिकार उपभोगलाई चुनौति दिने वितण्डापर्ूण्ा गतिविधिहरू रोक्न सरकार पूरै विफल छ । अब प्रतिपक्षी दल एनेकपा माओवादीले समानान्तर सत्ता संचालनको आभास दिने गरी 'जनसत्ता' स्थापनाको अभियान चलाउने युद्धकालीन रणनीति पुनः अख्तियार गर्ने संकेत गरेकाले टकरावको स्थिति अरु चर्कने आशंका बढेको छ । वर्तमान सरकारको अस्तित्व औपचारिक कार्यक्रमहरूमा सहभागिता, कूटनीतिक क्षेत्रमा भेटघाट, प्रधानमन्त्री- मन्त्रीहरूको विदेश भ्रमण र राजनीतिक खपतका लागि भाषणवाजीमा मात्र सीमित छ र अकर्मण्यता, गतिहीनता र दृष्टिहीनताले सिंगो राजनीतिक नेतृत्व पंक्तिलाई प्रभावित पारिरहेकाले मुलुक राजनीतिक दर्ुघटनाबाट जोगिनसक्ने कमै सम्भावना रहेको आशंका राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् ।

राजनीतिक सूत्रहरू भन्दछन्- राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीन दलका कार्यदल, वार्ता टोली, संवाद, भेटघाट, छलफल र सहमतिमा पुग्ने प्रतिवद्धताको लामो शृङ्खला छ । तर परिणाम हर्ेदा शून्य छ । माओवादी, कांग्रेस र एमालेका धारणाहरूमा कुनै परिवर्तन छैन । सहमतिको अर्थ एक पक्षले अर्को पक्षसंग आत्मर्समर्पण गर्नु भन्ने जस्तो मात्र रहेको छ । मुलुकको राजनीतिको मियो मुलुकभित्र छैन भन्ने तत्वबोध कुनै दलले खुला आरोप लगाएर र कुनै दलले कार्यशैली र चरित्रबाट गराइरहेका छन् । संविधानसभाभित्र सबभन्दा ठूलो दलको रुपमा रहेको माओवादीलाई बिच्क्याएर मात्र राजनीतिक निकास ननिस्कने कटु यथार्थ एकातिर छ भने संविधानसभाभित्रका ठूला-साना सबै दललाई लल्कारेर माओवादी एक्लैले राजनीतिक निकासको बाटो खोल्नसक्ने सम्भावना पनि छैन । प्रतिपक्षी दल एनेकपा माओवादी एकल आन्दोलनमा छ, चरणवद्ध आन्दोलन परिणामहीन बनेका छन्, एकल निर्ण्र्ाााट हुँदैआएको जातीय स्वायत्त गणराज्यको घोषणाले राज्यको पुनःसंरचनामा कुनै फेरवदल ल्याउने देखिएको छैन । प्रचारात्मक उद्देश्य राखेर गरिएको गणराज्यको घोषणाले प्रमुख दलहरूबीच आशंका र अविश्वास बढाउने बाहेक अहिलेसम्म कुनै परिणाम दिएको छैन । माओवादीले मुलुकलाई संघीय संरचनामा जान बाध्य पार्ने ध्येयले स्वायत्त गणराज्यहरूको प्रचारात्मक घोषणा गरेको भए पनि संघीयताले मुलुकलाई छियाछिया पार्नेछ भन्दै संघीयताका विरुद्धमा 'राष्ट्रिय जनमोर्चा'ले चलाएको आन्दोलनले गति लिएको पनि प्रष्ट अनुभूत हुँदैछ । सत्ताधारी दल नेपाली कांग्रेसभित्रै पनि संघीयतामा जानेे निर्ण्र्ाानै अदूरदर्शी र त्रूटिपर्ूण्ा भएको आवाज उठिरहेको छ । संघीयताको पक्षमा बाध्यताबस उभिन पुगेका अरु दलहरू पनि जातीय संघीयता र आत्मनिर्ण्र्ाासहितको संघीय संरचनाको पक्षमा छैनन् । संघीय संरचनाको अवधारणा र स्वरुप नै चरम विवादको विषय बनेको छ । जारी विवादका मुद्दाहरू छिनोफानो गर्दै जानु त कता कता विवादका नयाँ नयाँ मुद्दाहरू खडा हुँदैगएका छन् । मुलुक राजनीतिक गतिरोधको अन्त्य र संकट मोचनको बाटोतिर होइन नयाँ नयाँ संकट सिर्जनाको बाटोतिर उन्मुख छ । प्रमुख राजनीतिक दलहरूको अल्पदृष्टि, संकर्ीण्ा स्वार्थप्रेरित दृष्टिकोण र कार्यशैली एवं परिवर्तनको दिशालाई आत्मसात गर्नसक्ने क्षमताको अभाव नै मुलुकमा राजनीतिक संकट विस्तारको मूल कारण रहेको छ । मुलुकको बृहत्तरहित कसैको चासोको विषय बन्न सकेन ।

आन्दोलनरत एनेकपा माओवादीले पछिल्लो चरणमा राष्ट्रिय स्वाधिनताको मुद्दालाई चर्कोसंग उठाएर भारतीय हस्तक्षेपविरुद्ध राष्ट्रिय जागरण पैदा गरी राजनीतिक शक्ति आर्जन गर्ने रणनीतिक आकांक्षा राखेको छ । माओवादी नेतृत्वले सत्ता बहिर्गमनको लगत्तैपछिदेखि सत्ता प्रत्यावर्तनको आकांक्षा पर््रदर्शन गर्दैआएको भए पनि माओवादी यथास्थितिमा सत्तामा फर्किनसक्ने क्षीण सम्भावना पनि देखिएको छैन । माओवादीको चरणवद्ध आन्दोलनले आम जनजीवन प्रभावित हुँदै आए पनि सरकारमाथि भने त्यसको कुनै प्रभाव छैन । माओवादीले महिनौं दिनसम्म संसद् अवरुद्ध गर्‍यो, सरकारले त्यसलाई केही पनि नभएको जस्तो गरी सामान्य रुपमा लियो । माओवादीले काठमाडौं नाकावन्दी र सिंहदरबार घेराउ गर्‍यो, सरकारको कानमा झिर रोपिएन । माओवादीे ३।३ दिनसम्म आम हड्तालले देशै ठप्प पार्‍यो, सरकार प्रतिक्रियाहीन अवस्थामा रहृयो । जनसरोकारको सवाललाई सरकारले सुन्दैन, जनताको समस्या सरकारले बुझदैन भन्ने यसैबाट प्रष्ट भएको छ । देशमा सरकार भएर पनि जनताले सरकारविहीनताको सास्ती खेप्नु परेको छ । माओवादीले माघ १० गतेपछि अनिश्चितकालीन हड्ताल गर्ने घोषणा गरिसकेको छ तर त्यस्तो स्थिति आउन नदिन सरकारले कुनै चासो राखेको छैन । माओवादीलाई सत्तोसराप गरेर मात्र माओवादीका कारण सिर्जित समस्यालाई माओवादीकै टाउकोमा राखेर जिम्मेवारीबाट परहट्न सरकारलाई मिल्दैन । सरकार सुरक्षाको प्रत्याभूति दिन्छु, व्यवसाय संचालन गर भन्न सक्दैन । भोलि माओवादीले महिनौं दिन हड्ताल गरे पनि, नेपाल बन्द गराए पनि सरकार रमिते हुनुबाहेक केही नगर्ने र गर्न नसक्ने अवस्थामा छ । माओवादी आफैं आन्दोलनबाट थाक्छ र थेच्चिन्छ भन्ने रुग्ण मानसिकतामा सत्ताधारीहरू छन् । माओवादीको आन्दोलन प्रभावहीन रहेको, माओवादीले केही गर्नसक्ने अवस्था नरहेको र माओवादी आफ्नै कारण एक्लिँदै गएको मनोगत विश्लेषण गरेर सत्ताधारीहरू ढुक्क बनेका देखिन्छन् । ५ महिनाभित्र संविधान नबने के नै आकाश खस्छ र - हाम्रो सत्ता जारी नै रहने छ भन्ने भ्रममा सत्ताधारीहरू छन् । माओवादीलाई बाहृयशक्तिले धारेहात लगाइसके हामीलाई त ढाप मारिरहेका छन्, देश र जनताको कुरा किन सोच्ने, हामीले सोच्ने सत्ता हो, त्यो त काम गरे पनि नगरे पनि हाम्रै हातमा छ भन्ने तालमा सत्ताधारीहरू छन् । यस्तै गैरजिम्मेवारपर्ूण्ा प्रवृत्तिकै कारण देशमा राजनीतिक संकट गहिरिंदै गएको हो र राजनीतिक गतिरोधको गाँठो कस्सिँदै गएको हो ।

देशको अवस्था दिन प्रतिदिन नाजुक बन्दैगएको छ । राजनीतिक क्रान्तिका गगनभेदी नाराहरू घन्किरहेका भए पनि आर्थिक क्रान्तिको अपरिहार्यता विपरीत दिशामुखी बनेको छ । लगानी वातावरण र सुरक्षाको अभावमा राष्ट्रिय पूँजी तीब्र पलायनको क्रममा छ । कि त अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित छ । रोजगारीको नयाँ अवसर छैन । देशको आवश्यकता विदेशबाट आयात गरेर धान्नुपर्ने अवस्था विस्तारित छ । भारतको नाङ्गो हस्तक्षेपले मुलुकको आन्तरिक राजनीति नराम्रोसंग भाडिए जसरी नै आर्थिक क्षेत्र पनि संकटमुखी बन्दै गएको छ । विगतमा वैदेशिक व्यापारमा भारतसंगको आयात ३०-३२ प्रतिशतमा सीमति रहेको भए पनि अहिले भारत निर्भरता बढेर ६५-७० प्रतिशत पुगेको छ । राजनीतिक परनिर्भरताले आर्थिक परनिर्भरताको गति तीब्रतर बनाएको छ । देश चौतर्फी संकटको फन्दामा यसरी नै पर्दैगएको छ र वैदेशिक हस्ताक्षेप विस्तारका लागि उर्वर वातावरण बनिरहेको छ । नेपाल असफल राष्ट्रको बाटोतिर धकेलिँदैछ । नेपालभूमि दिन प्रतिदिन खुम्चिदैछ । राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका मुद्दाहरूमा पनि राजनीतिक दलहरू एकजुट र एकमुख छैनन् । राष्ट्रियता पनि राजनीतिक सौदावाजीको विषय बन्न पुगेको छ । मुलुकले भोलि कस्तो नियति भोग्नुपर्ने हो - कसैले अनुमान गर्नसक्ने स्थिति छैन ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सम्झौता अनुसार पुनःस्थापना काम भएन (01.04.2010)
थप अतिक्रमणको खतरा (01.04.2010)
माओवादीको राष्ट्रिय जागरण आन्दोलनप्रति तीब्र उत्कण्ठा (12.28.2009)
'प्रभु'को आशर्ीवाद& (12.28.2009)
ठगी धन्दामा सम्बन्धितको मौनता (12.28.2009)
चीनसंग विशेष सहयोगको आश (12.28.2009)
सहमति पालना भएन (12.28.2009)
खनाल र ओली पक्षको (12.28.2009)
राजनीति अकल्पनीय दर्ुघटनाको दिशातिर उन्मुखदलह (12.15.2009)
कार्यतालिकाको आठौं संशोधन ः संविधान बन्नेमा चौतर्फी आशंका (12.15.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको

© Neeraz.Com 2007
[Top Page]