|
प्रचण्ड अतिक्रमित सीमा क्षेत्
Tuesday, 01.12.2010, 12:19pm (GMT+5.5)
काठमाडौं । एनेकपा माओवादी अध्यक्ष क. प्रचण्ड भारतद्वारा अतिक्रमित सीमा क्षेत्रको स्थलगत निरीक्षणका लागि महाकालीको कञ्चनपुर पुग्नुभएको छ । भारतले एकलौटी रुपमा टनकपुर आयोजना निर्माण गरी पर्ूर्वी किनारमा ५ सय ७७ मिटर नेपाल भूमि अतिक्रमण गरी बाँध बाँधेको जगजाहेर छ भने शारदा बाँध बनाउँदा सीमा क्षेत्र महाकाली नदी रहेकोमा अहिले सो बाँधभन्दा धेरै पर्ूवको गड्डा चौकीसम्म नेपाल खुम्चिएको छ । महाकालीको शिरान कालापानीमा त भारतले सैन्य शिविर नै खडा गरी कब्जा जमाएको छ । क. प्रचण्डको नेतृत्वमा कञ्चनपुर पुगेको निरीक्षण टोलीले 'सीमा अतिक्रमण'को मुद्दालाई कुन रुपमा उठाउने हो र सीमा अतिक्रमण रोक्न कस्तो उपाय सुझाउने हो भन्नेबारे तीब्र उत्कण्ठा जागृत छ ।
वारमा त्रिपक्षीय भीडन्त
काठमाडौं । नेपाल वार एसोसिएशनको निर्वाचनमा त्रिपक्षीय राजनीतिक भीडन्त भएको छ । तीन वर्षअगाडिसम्म व्यावसायिक प्रगतिशील पक्ष र प्रजातान्त्रिक पक्षको सीमा रेखांकन गर्दै चुनावी प्रतिस्पर्धा हुने गरेकोमा यसपटक प्रेमबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस पक्षधर प्यानल, हरिकृष्ण खड्काको नेतृत्वमा एमाले प्यानल र रामनाथ मैनालीको नेतृत्वमा माओवादी प्यानल मैदानमा उत्रेको थियो । ६ हजार ८ सय ८९ कुल मतदाता रहेको बारको चुनावमा यसपटक ८४ प्रतिशत मतदान भएको छ । विगतमा प्रगतिशील पक्षबीच मेलमिलाप गरी एउटै प्यानल बनाउँदा पनि पूरै प्यानल जित्न नसकि झिनो मतले वाम पक्षधर समूह अध्यक्ष र महासचिवमा जित्न सफल देखिएको पृष्टभूमिमा यसपटक एमाले र माओवादीबीच भएको कटाक्ष र भीडन्तको लाभ प्रजातान्त्रिक समूहले लिने प्रचूर सम्भावना रहेको बताइन्छ । वारको मतगणना आजैबाट सुरु हुने खबर सूत्रले बताएको छ ।
|