Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:04pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

प्रचारमा तेह्र, व्यवहारमा छ


Monday, 01.18.2010, 03:18pm (GMT+5.5)

काठमाडौं । एकीकृत नेकपा माओवादीले आन्दोलनका क्रममा १३ वटा जातिय स्वायत्त गणराज्यको घोषणा गरेको भए पनि माओवादी नेता संलग्न भएको राज्य पुनःसंरचना उपसमितिले छवटा प्रदेशको खाका पेश गरेको छ । माओवादी सभासद् हितमान शाक्यको संयोजकत्वमा गठित उपसमितिले सो प्रस्ताव पेश गरेको हो । त्यसै गरी उपसमितिले अर्को १४ प्रदेशको खाका पनि पेश गरेको छ ।

प्रस्तुत प्रदेशहरुको खाकालाई मधेशवादी दलहरुले अस्वीकार गरेको छन् । अर्कोतिर जातिय गणराज्यको घोषणा गरिसकेको माओवादीले त्यसलाई वेवास्ता गर्दा त्यसले पनि गतिरोध उत्पन्न गर्ने विश्लेषण हुन थालेको छ । विगतमा मधेशवादी दलहरुसंग भएको सम्झौता, जनजातिसंग भएको सम्झौता लगायत यावत सम्झौताहरुको कार्यान्वयन संविधानसभाले गर्ने भनिएकोमा अब आएर राज्यको पुनः संरचनामा राजनीतिक रुपमा एउटा र व्यवहारिक रुपमा अर्को काम गर्न थालेपछि मुलुकमा द्वन्द्वको मात्र विस्तार हुने चिन्ता विश्लेषकहरुको छ ।

प्रस्तावित प्रदेशहरुमा आदिवासी जनजाति र मधेशवादी दलहरुको मागलाई सम्बोधन नगरिएको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिइसकेका छन् । मधेशी जनअधिकार फोरमले माओवादी, कांग्रेस र एमाले मिलेर प्रस्ताव गरेको प्रदेशले मधेश आन्दोलनलाई सम्बोधन नगरेको भन्दै संर्घष्ाको चेतावनी दिएको छ भने थारु कल्याणकारिणी सभाले आदिवासी जनजाति, अल्पसंख्यक, मधेशी, मुस्लिमको भावनाको सम्बोधन नगरेको भन्दै राज्य पुनःसंरचना उपसमितिले तयार गरेको मस्यौदा अस्वीकार गरेको छ ।

विश्लेषकहरु यो मस्यौदा मात्र भएको र उत्पन्न विवाद तथा समस्याहरुको समाधान आपसी समझदारीबाट राजनीतिक नेतृत्व तहबाटै हुने विश्वास व्यक्त गर्दछन् । अहिले मस्यौदामै प्रश्न उठाउनु हतार हुने पनि उनीहरुको टिप्पणी छ । तर विगत ३ वर्षा मुलुकमा भएका अनगिन्ती आन्दोलन र त्यो आन्दोलन मत्थर पार्न गरिएका समझौताहरुको पोको एकैसाथ खुल्दा भने निकै जटिल परिस्थिति उत्पन्न हुने बताइन्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पाँच दशपछि प्रजातन्त्रवादी (01.18.2010)
उच्चस्तरीय राजनीतिक संयन्त्र (01.12.2010)
नागरिकस्तरबाट सम्मान गरियो रा (01.12.2010)
संघीयताको विपक्षमा बन्दको लहर (01.12.2010)
सन्तुष्ट छैनन् बाहिरिएका जनसे (01.12.2010)
प्रचण्ड अतिक्रमित सीमा क्षेत् (01.12.2010)
राजनीतिक गतिरोधको गाँठो अझ कस्सिदै छसमानान्तर सत्ताको बाटो ः सरकारलाई (01.04.2010)
संविधान जवर्जस्ती मात्रै आउँछ ः विज्ञ (01.04.2010)
सम्झौता अनुसार पुनःस्थापना काम भएन (01.04.2010)
थप अतिक्रमणको खतरा (01.04.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]