Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:12pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

कलह नै कलहको कथा


Monday, 01.18.2010, 03:18pm (GMT+5.5)

काठमाडौं । शक्ति आर्जनको मारमा परेका प्रमुख राजनीतिक दलहरूभित्रको कलह कहिले सुसुप्त त कहिले चर्को रुपमा देखिने गरेको छ । जनयुद्धकालदेखि नै कहिले छरपष्ट त कहिले गुम्सिदैआएको एकीकृत नेकपा माओवादीभित्र अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टर्राईबीचको अन्तरद्वन्द्वले सो पार्टर्ीीत्र मात्र होइन सिंगो राजनीतिमा नै तरङ्ग पैदा गरेको छ । राष्ट्रिय स्वाधीनताको आन्दोलनको सुरुवात गरेलगत्तै अध्यक्ष प्रचण्डले भारतले डा. बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाउने खेल खेलिरहेको खुलासा गरेर पार्टर्ीीत्रको आन्तरिक कलहलाई उजागर गर्नुभएको थियो । सो घटनापछि डा. भट्टर्राई र अध्यक्ष प्रचण्डबीच अप्रत्यक्ष रुपमा आरोप प्रत्यारोप नै चलिरहेको छ । त्यसो त अध्यक्ष प्रचण्डले आफूले 'कहिले मलाई त कहिले बाबुरामजीलाई प्रधानमन्त्री बन्न भारतले प्रस्ताव गरिरहेको र त्यसलाई मिडियाले बंग्याएको' आरोप लगाएर आफ्नो भनाइको खण्डन गर्नुभएको छ ।

एकीकृत नेकपा माओवादीभित्र यतिबेला दर्ुइ धार केन्द्रविन्दुमा रहेको छ । परम्परागत साम्यवादी धारको नेतृत्व वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण'ले गर्नुभएको छ भने सुधारवादी र परम्परागत साम्यवादको 'फ्यूजन' गर्दै नयाँ जनवादी क्रान्ति गर्नुपर्ने धारको नेतृत्व डा. बाबुराम भट्टर्राईले गर्नुभएको छ । एकीकृत माओवादीलाई नजिकबाट हेरिरहेका विश्लेषकहरू माओवादी यहाँसम्म आइपुग्न डा. भट्टर्राईको धारले काम गरेको बताउँछन् । माओवादी अब डा. बाबुराम भट्टर्राईबिना अघि बढ्न नसक्ने भए पनि उनलाई नै बेला बेलामा विवादको केन्द्रविन्दुमा ल्याउनु शक्ति संर्घष्ा मात्र भएको विश्लेषण पनि हुने गरेको छ ।

एकीकृत माओवादीभित्र मात्र होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र पनि तीब्र अन्तरबिरोध छ । एमालेभित्र अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधवकुमार नेपाल पक्षधरको दर्ुइ धार स्पष्टरुपमा देखापरेको छ । पार्टर्ीीत्र प्रधानमन्त्री नेपालको नेतृत्व वरिष्ठ नेता के.पी. ओलीले गरिरहनुभएको छ । पार्टर्ीीेतृत्वमा अध्यक्ष खनाल अल्पमतमा रहेको यसअघि सम्पन्न पोलिटब्यूरो बैठकमै प्रष्ट भैसकेको छ । अध्यक्ष खनाल कहिले सरकारको पक्षमा त कहिले विपक्षमा उभिएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने अभियानमा हुनुहुन्छ । पछिल्लो समय उहाँ माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थाल्नुभएको छ ।र्

वर्तमान सत्ताको साँचो खेलाडी मानिएको नेपाली कांग्रेसभित्र पनि आपसी विवाद र कलहले दह्रोसंग जरा गाडेको छ । प्रजातान्त्रिक र उदारवादी दल भएको नाताले कांग्रेसको विवादले चरम रुप लिएको नदेखिए पनि आसन्न महाधिवेशनताका कांग्रेसको विवाद र विभाजनको सग्लो तस्वीर देखिने विश्लेषकहरू बताउँछन् । गिरिजाप्रसाद कोइरालाको पुत्री मोह र वरिष्ठ नेताहरूमा पार्टर्ीीेतृत्व हत्याउने होडवाजीले गर्दा कांग्रेसभित्र गुट परिवर्तनका घटनाहरू निकै पहिलेदेखि नै भैरहेका छन् ।

प्रमुख दलहरूभित्र देखा परिरहेको यो अन्तरकलहले अन्ततः सिंगो मुलुकको राजनीतिलाई अप्ठ्यारोमा पारिरहेको छ । एकै दलभित्रका नेताहरू आपसमा मिल्न नसकिरहेको अवस्थामा बेग्ला बेग्लै सिद्धान्त र आदर्श बोकेका दलहरू एक ठाउँमा उभिन नसक्नु कुनै आर्श्चर्यको विषय नभएको विश्लेषकहरूको ठहर छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पाँच दशपछि प्रजातन्त्रवादी (01.18.2010)
उच्चस्तरीय राजनीतिक संयन्त्र (01.12.2010)
नागरिकस्तरबाट सम्मान गरियो रा (01.12.2010)
संघीयताको विपक्षमा बन्दको लहर (01.12.2010)
सन्तुष्ट छैनन् बाहिरिएका जनसे (01.12.2010)
प्रचण्ड अतिक्रमित सीमा क्षेत् (01.12.2010)
राजनीतिक गतिरोधको गाँठो अझ कस्सिदै छसमानान्तर सत्ताको बाटो ः सरकारलाई (01.04.2010)
संविधान जवर्जस्ती मात्रै आउँछ ः विज्ञ (01.04.2010)
सम्झौता अनुसार पुनःस्थापना काम भएन (01.04.2010)
थप अतिक्रमणको खतरा (01.04.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]