Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:12pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

गाँठो फुकाउने संयन्त्र कि कस्ने षड्यन्त्र


Monday, 01.18.2010, 03:19pm (GMT+5.5)

काठमाडौं । गतिरोधको गाँठो फुकाउने 'यन्त्र'को रुपमा लिइएको 'उच्चस्तरीय राजनीतिक संयन्त्र'लाई यतिबेला गतिरोध बल्झाउने षड्यन्त्रको रुपमा लिन थालिएको छ । संयन्त्रको काम, कर्तव्य र अधिकार अनिश्चित भएको र राजनीतिक सहमित कायम गर्ने कसिलो आधार बनेको भनेर प्रचार गरिएको संयन्त्रका सदस्यहरू अझै पनि आरोप-प्रत्यारोपमै उत्रिरहेका छन् । प्रधानमन्त्री माधवकुमार नेपाललाई संयन्त्रका सदस्य बनाउने र नबनाउने पक्षमा दर्ुइ दिन चलेको दोहोरी साम्य भएको छ । गिरिजाप्रसाद कोइराला र झलनाथ खनालको बैठकले माधव कुमार नेपाललाई संयन्त्रको पदेन सदस्य बनाउने घोषणा गरेपछि एकीकृत नेकपा माओवादीले संयन्त्रमाथि पनि षड्यन्त्र भैरहेको आरोप लगाएको दर्ुइ दिनपछि प्रचण्डले माधव नेपालको सदस्यता स्वीकार गरेका हुन् । त्यसो त संयन्त्रका पक्षमा सकारात्मक र नकारात्मक दुबै धारणा प्रबल रुपमा उठिरहेको छ । संयन्त्रले सरकार परिवर्तनसम्म गर्नसक्ने कुरादेखि लिएर संयन्त्रले सरकारलाई सघाउने मात्र काम गर्नसक्ने अभिव्यक्तिहरु प्रचारमा आइरहेका छन् । आपसमा विभाजित धारणाहरु प्रवाहित भैरहँदा संयन्त्रको औचित्य, उद्देश्य र यसको गन्तव्यमा अझै अस्पष्टा रहेको बुझन कठिन छैन ।

संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने भन्दै गठन गरिएको संयन्त्रको सक्रियताले जनप्रतिनिधिमूलक संस्थाको अपमान हुने विश्लेषण समेत गर्न थालिएको छ । सधैं शक्तिको सेरोफेरोमा रम्न चाहने गिरिजाप्रसाद कोइरालाको विशेष चासोका कारण गठन भएको संयन्त्रको काम, कर्तव्य र अधिकारको टुङ्गो लागेको छैन । वर्तमान सरकार विघटन र राष्ट्रिय सरकार गठन हुनुपर्ने मागसहित आन्दोलन गरिहेको एकीकृत माओवादी र सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस तथा एमालेको सहमतिमा गठन भएको यो संयन्त्रले माओवादीको माग कसरी पूरा गर्ने हो भन्ने कौतुहलता आम रुपमा जागृत छ ।

राजनीतिक दल र नेताहरूबीच उत्पन्न विवाद र असमझदारी साम्य पार्ने काम संयन्त्रले गर्नु एउटा पक्ष भए पनि राजनीतिक गतिरोध अन्त्य र संविधान लेखन तथा शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने 'म्याण्डेट' पाएको संयन्त्रलाई दलहरूले संवैधानिक हैसियत दिन खोजेको आरोप समेत विश्लेषकहरूले लगाएका छन् । तर गठन प्रक्रियामै विवादमा मुछिएको संयन्त्रले राजनीतिक गतिरोधको गाँठो फुकाउने भन्दा झन् कस्दै जाने र आगामी दिनमा दलहरूबीचको दूरी अझ बढ्ने आशंका पनि व्यक्त हुन थालेको छ ।

दलहरूबीच जेजस्ता विषयहरूमा असमझदारी र विवाद उत्पन्न भएको छ त्यसको समाधानका लागि संयन्त्र गठन गर्नु सकारात्मक पक्ष भए पनि विवादका नाइकेहरू नै संयन्त्रमा बसेपछि कसरी समाधान हुन्छ भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ । विवाद साम्य पार्न संयन्त्र होइन प्रतिवद्धता चाहिन्छ । राजनीतिक विश्लेषकहरू जेजस्ता विषयहरूमा विवाद उत्पन्न भैरहेको छ र जेजति कारणहरूले मुलुक अस्थिरतातर्फधकेलिंदैछ यसका कारणहरू शर्ीष्ा नेताहरू नै भएको हुँदा उनीहरूले नै संयन्त्र गठन गरेर समाधानको उपाय खोज्छु भन्नु र 'हुटिट्याउँले आकाश थाम्छु' भन्नु उस्तै भएको कडा टिप्पणी गर्दछन् । नेता तिनै हुन्, प्रवृत्ति उही हो । आरोप-प्रत्यारोप संयन्त्रमा बसिसकेपछि पनि रोकिएको छैन । एकले अर्कोलाई अपमानित गरेर कसरी गतिरोध अन्त्य हुन्छ - अर्कोतिर यो संयन्त्र गठनले कतै संविधान निर्माण प्रक्रियालाई अझै अवरोध पुर्‍याउने त होइन भन्ने आशंका पनि जन्माएको छ । अवैधानिक रुपमा गठन गरिएको संयन्त्रले पाएको 'म्याण्डेट' अनुसार यसले सरकार र संविधानसभा दुवैको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तीनतिर फर्किएका र तीनथरि दृष्टिकोण बोकेका नेताहरूको संयन्त्रले संविधान निर्माणमा कस्तो भूमिका निर्वाह गर्ने हुन् भन्ने प्रश्न पनि उठिरहेको छ ।

राजनीतिक विश्लेषकहरू संविधानसभा, संसद् र सरकारको काममा अंकुश लगाउने गरी संयन्त्र सक्रिय गराउनु विधिविपरीत भएको बताउँछन् । उनीहरू संविधानसभाको निर्वाचनपछि मुलुकमा जनप्रतिनिधिमूलक संस्था क्रियाशील रहेको बेलामा सरकारलाई निर्देशन दिने गरी गठन भएको उच्चस्तरीय संयन्त्रले संविधानसभा र व्यवस्थापिका संसदको समेत मानमर्दन गर्ने बताउँछन् । सरकारलाई आवश्यक नीति निर्माण गर्ने र निर्देशन दिने काम व्यवस्थापिका संसद्को हो । यसलाई ओझेलमा पारेर आधा दर्जन नेतालाई व्यवस्थापिका सरहको हैसियत दिनु लोकतन्त्रको विरुद्ध हुन्छ । संयन्त्रमा ११ दलका नेताहरूलाई समावेश गर्ने तयारी भैरहेको छ । अर्कोतिर संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउने काम समेत संयन्त्रले काम गर्ने बताइँदा यसले अर्को अनर्थ निम्त्याउनसक्ने विश्लेषकहरू बताउँछन् ।

संयन्त्र अवैधानिक र अस्पष्ट भए पनि प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई संयन्त्रमा नराखेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँको असन्तुष्टिको मुल कारण स्पष्ट नभए पनि आफ्नो विपक्षमा रहेका एमाले अध्यक्ष झलनाथ खनाल, टेढो आँखाले पनि हर्ेन नचाहने प्रचण्ड र सत्ताका लागि जुनसुकै बेला जे पनि गर्न तयार हुने गिरिजाप्रसाद कोइरालाको प्रवृत्तिकै कारण माधव नेपाल संयन्त्रमा बस्न चाहेको बुझन गाह्रो छैन । मुलुकको प्रधानमन्त्री असंवैधानिक रुपमा गठन गरिएको एउटा संयन्त्रमा बस्न लालायित हुनुलाई पनि अनौठै मानिएको छ । त्यसो त प्रधानमन्त्रीका राजनीतिक सल्लाहका रघुजी पन्त प्रधानमन्त्री संयन्त्रमा बस्नु संयन्त्रको सफलताका लागि हो भन्नुहुन्छ । उहाँ संयन्त्रले तयार पारेको कार्ययोजना लागू गर्ने सरकारले हो र सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीलाई संयन्त्रमा राख्नु आवश्यक छ भन्नुहुन्छ । तर संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउने दायित्व संयन्त्रको नभएर सरकारको हो भन्ने बुझन प्रधानमन्त्री नेपालले सकेको देखिएन । प्रधानमन्त्रीले आफूलाई संयन्त्रमा सामेल गर्न गरेको हारगुहारले मुलुकमा सरकारभन्दा उच्चस्तरीय राजनीतिक संयन्त्र शक्तिशाली हुने संकेत गरेको देखिन्छ ।

एकीकृत नेकपा माओवादीले संयन्त्रलाई समानान्तर सरकारको रुपमा विकसित गर्ने र वर्तमान सरकारलाई अप्ठ्यारोमा पार्न चाहेको बुझन गाह्रो छैन । संयन्त्रमा प्रधानमन्त्रीलाई पदेन सदस्य राख्ने कांग्रेस-एमालेको निर्ण्र्ाा्रति माओवादीका कतिपय नेताहरुको आक्रोशले यसलाई थप पुष्टि गरेको छ । त्यसो त संयन्त्रकै विषयमा माओवादीभित्र पनि एकमत छैन । अर्कोतिर सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्र पनि संयन्त्रका विषयमा विवाद भने सरकारको नेतृत्व गरेको एमालेभित्र पनि त्यस्तै स्थिति छ । कतिपय कानुनविद्हरू उच्चस्तरीय संयन्त्र संवैधानिक प्रावधानविपरीत रहेको बताउँछन् । उनीहरूका अनुसार संविधानले संसद्को परिकल्पना गरेको छ, राजनीतिक संयन्त्रको छैन । यस्ता संयन्त्रको आवश्यकता जनप्रतिनिधिमूलक संस्था सक्रिय नरहेको बेलामा हुन्छ । संयन्त्र बन्यो भने यसले राज्य संचालनमा समेत हस्तक्षेप गर्ने स्पष्ट देखिन्छ । यस्तो अवस्थामा लोकतान्त्रिक गणतन्त्र नेपालको सरकार पञ्चायतकालको दरबारबाट संचालितभन्दा पनि कमजोर हुन जानेछ । यसले लोकतन्त्रकै उपहास गर्नेछ ।

संयन्त्रको वैधानिकता र यसको काम, कर्तव्य तथा अधिकार नतोकिकनै हावादारी शैलीमा यसको गठनका लागि जुटेका दलहरूले यसको औचित्य भने पुष्टि गर्न सकेका छैनन् । संयन्त्र गठनपछि यसको कार्य हेरेर संविधानसभा र व्यवस्थापिका संसद्मा समेत विरोध गर्न सकिने र यसको औचित्य पुष्टि गर्न सरकार र सम्बन्धित दललाई 'कठघरा'मा उभ्याउन सकिने एक सभासद् बताउँछन् । संविधानसभा र व्यवस्थापिका संसद्को कार्यक्षेत्रमा हस्तक्षेप गर्ने गरी संयन्त्र बन्ने हो भने यसले मुलुकको लोकतान्त्रिक पद्धति उपहास र व्यंग्यको मसाला मात्र बन्ने चिन्ता कतिपय सभासद्हरूको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रचारमा तेह्र, व्यवहारमा छ (01.18.2010)
कलह नै कलहको कथा (01.18.2010)
पाँच दशपछि प्रजातन्त्रवादी (01.18.2010)
उच्चस्तरीय राजनीतिक संयन्त्र (01.12.2010)
नागरिकस्तरबाट सम्मान गरियो रा (01.12.2010)
संघीयताको विपक्षमा बन्दको लहर (01.12.2010)
सन्तुष्ट छैनन् बाहिरिएका जनसे (01.12.2010)
प्रचण्ड अतिक्रमित सीमा क्षेत् (01.12.2010)
राजनीतिक गतिरोधको गाँठो अझ कस्सिदै छसमानान्तर सत्ताको बाटो ः सरकारलाई (01.04.2010)
संविधान जवर्जस्ती मात्रै आउँछ ः विज्ञ (01.04.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]