|
शरणार्थीको ओइरो ः थाम्नै गाह्रो पर्ने बोझ
Tuesday, 01.26.2010, 08:18am (GMT+5.5)
काठमाडौं । नेपाल यतिबेला शरणार्थीहरूको आश्रयस्थलको रुपमा विकसित भैरहेको छ । शरणार्थीहरूको ओइरो लाग्न थालेपछि अन्तराष्ट्रिय सम्बन्धमा नै खतरा उत्पन्न हुनसक्ने आशंका बढेको छ । तिब्बती र भुटानी शरणार्थीका कारण नेपालले भोग्नु परिरहेको समस्यामा अब दक्षिण एसियाली मुलुक बाहेक मध्यपर्ूव र अप्रिmकी मुलुकहरूका शरणार्थीको समस्या समेत नेपालले झेल्नुपर्ने भएको छ । नेपालको कूटनीतिक सम्बन्ध नै नभएका मुलुकबाट समेत नेपालमा शरणार्थी आउने र उनीहरू नेपालमा अवैध क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ ।
तिब्बती शरणार्थीहरूको चलखेलका कारण नेपाल-चीनबीचको परम्परागत मैत्री सम्बन्धलाई नै चुनौति पैदा गराइरहेको छ । 'प्रिm तिब्बत'को नाममा भारतको र्'धर्मशाला' -दलाई लामाको शरणस्थल तथा समानान्तर तिब्बती सरकार)मार्फ अमेरिका, युरोप लगायत भारतकै लगानीमा नेपालमा चीन विरोधी गतिविधि संचालन भैरहेको छ । नेपाली भूमि प्रयोग गरेर नेपालको छिमेकी राष्ट्रविरुद्धको गतिविधि संचालन हुनु नेपालको राष्ट्रियताका लागि चुनौतिपर्ूण्ा अवस्था हो । चीनले यस विषयमा बारम्बार प्रतिक्रिया जनाइरहेको छ । हिमाली जिल्लामा रहेका कतिपय तिब्बती शरणार्थीे शिविरमा अमेरिका, भारतीय, बेलायती तथा कतिपय युरोपेली राष्ट्रका दूतहरूको भ्रमणले ती क्षेत्रबाट चीन विरोधी गतिविधि संचालन भैरहेको बुझन कठिन छैन । कहिले पैदलयात्राको नाममा त कहिले विकास आयोजनाको उद्घाटनका नाममा भैरहेको यस्ता चलखेलप्रति सरकारले कुनै चासो देखाएको छैन । राजधानी लगायत देशका प्रमुख शहरहरूमा हुने चीन विरोधी पर््रदर्शनमा सक्रियहरूलाई गिरफ्तार गर्ने बाहेक सरकारले कुनै काम गरेको छैन । सामरिक दृष्टिले अत्यन्त महत्वपर्ूण्ा क्षेत्रमा विदेशीहरूको सहज पहुँचलाई रोक्न सकिएको छैन । तिब्बती शरणार्थी नेपाल-चीनबीचको मात्र चासो नभै यसैलाई उपयोग गरेर चीनलाई अस्थिर बनाउने रणनीति अनुसारका गतिविधि पनि निर्वाह संचालित भैरहेको छ । यसले नेपालको राष्ट्रिय अस्तित्व र अखण्डताको समेत खिल्ली उडेको छ । मानवअधिकारका नाममा नेपाली भूमि प्रयोग गरेर तिब्बती शरणार्थीहरूलाई उचाल्ने र स्वतन्त्र तिब्बतको नाममा नेपालको वैदेशिक सम्बन्धमा नै नकारात्मक असर पार्ने काम भैरहेका छन् । तिब्बती शरणार्थीको गतिविधिलाई मानवअधिकार रक्षाको सर्न्दर्भसंग जोड्ने गरिएको छ । यसमा नेपालका मानवअधिकारवादी संस्था र अन्तर्रर्ााट्रय मानवअधिकारवादी संस्थाहरू सक्रिय छन् । त्यसै गरी कश्मिरी तथा पाकिस्तानी शरणार्थीहरूलाई भारतको चाहना बमोजिम आतंकवादमा सक्रिय वा लागुपदार्थ तथा नक्कली भारुको कारोबारमा संलग्नको रुपमा व्याख्या गर्ने र भारतको चाहना मुताबिक गैरकानुनी रुपमा उनीहरूलाई सुपर्ुदगी गर्ने गरिएको छ । यतिबेला भारतले नयाँ सुपर्ुदगी सन्धि गराउन तयारी अवस्थामा छ । यो सन्धिमा हस्ताक्षर भयो भने नेपालमा रहेका कुनै पनि व्यक्तिलाई भारतले भनेपछि सुपर्ुगदी गर्नुपर्ने हुन्छ । त्यसो त सुपर्ुदगी सन्धि नहुँदै त भारतले भनेपछि कैयौं अपराधीलाई नेपालबाट भारत पठाइएको छ । डा. अमित कुमार -किड्नी कुमार)लाई नेपाल प्रहरीले अवैध विदेशी मुद्रासहित पक्राउ गरे पनि उसलाई नेपालमा कार्बाही नचलाई भारतमा सुम्पिइएको थियो । यस्ता अनगिन्ती घटना छन् । नेपालको राष्ट्रियता र कानुनहरूको विपक्षमा रहेका घटनाहरूले नेपालको लोकतन्त्र र विधिको शासनको उपहास भैरहेको छ । भारतीय प्रहरीहरू हतियारसहित नेपाल प्रवेश गरेर नेपाली नागरिक पक्राउ गर्ने घटनामा पनि कमी आएको छैन । गत शुक्रबार पश्चिम नेपालमा हतियारसहित छिरेका भारतीय प्रहरीलाई नेपाल प्रहरीले गरफ्तार गरेको घटनाबाट भारतले नेपालको स्वतन्त्र अस्तित्वलाई कसरी वेवास्ता गरिरहेको छ भन्ने थप तथ्य उजागर भएको छ ।
नेपालमा यतिबेला पाकिस्तान, इराक, अफगानिस्तान, नाइजेरिया, लाइबेरिया, सोमालिया, क्यामरुन, इथियोपिया, जिम्बावे, प्यालेस्टाइन लगायतका मुलुकका शरणार्थीहरू रहेका छन् । यी शरणार्थीहरू नेपाल भित्रिनुको खास रहस्य पत्तो छैन । नेपालसंग कूटनीतिक सम्बन्ध नभएका मुलुकका शरणार्थीलाई समेत नेपालले सहारा दिनु परिरहेको छ । त्यसो त शरणार्थीका नाममा भित्रिएका ती देशका नागरिकहरूको गतिविधिको निगरानी गर्ने काम कमै मात्र भएको पाइन्छ । नेपालमा नाइजेरियनहरू विभिन्न वहानामा आएर लागू औषध कारोबारमा संलग्न हुने, खेलाडीका रुपमा विभिन्न क्लबमा अनुबन्ध हुने र केही काम नपाएपछि मात्र आफूलाई शरणार्थीका रुपमा प्रस्तुत गर्ने गरेको विगतका घटनाक्रमहरूले नै उजाग गरेका छन् ।
नेपालको फितालो कानुन, राजनीतिक अस्थिरता र भारतीय स्वार्थका कारण शरणार्थीका नाममा अनेक स्वार्थ र उद्देश्य बोकेका व्यक्तिहरू सहज रुपमा नेपाल भित्रिरहेका छन् । केही समय अघि संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका अनुसार यतिबेला नेपालमा प्रतिदिन दर्ुइजना विदेशीले शरणार्थीका लागि निवेदन दिने गरेको बताएको थियो । नेपालमा सबैभन्दा बढी शरणार्थी भुटानी, तिब्बती र त्यसपछि पाकिस्तानी रहेका छन् । पछिल्लो समय नेपालमा नक्कली मुद्राको कारोबार बढ्दै जानुलाई शरणार्थीहरूको बेरोकतोक आगमनसंग जोडेर हर्ेन थालिएको छ । विश्लेषकहरू नेपाल यतिबेला भारतबाटै असुरक्षित भैरहेको अवस्थामा शरणार्थीहरूको ओइरोले विश्वका अरु मुलुकहरूको चलखेल झन् बढ्ने र नेपाल अझ असुरक्षित हुने विश्लेषण गर्दछन् ।
|