|
भारतले क्षतिपर्ूर्ति दिएन
Tuesday, 02.02.2010, 08:30am (GMT+5.5)
परासी । भारतले गण्डक बाँधबाट वषौर्ैंदेखि क्षति भोग्दैआएका नवलपरासी जिल्लाका किसानहरुलाई क्षतिपर्ूर्ति समेत नदिएर थप पीडामा पारेकाले पीडित किसानहरु आक्रोशित हुँदै आन्दोलनको तयारीमा लागेका छन् । नेपाल सरकारले गण्डक पीडित किसानहरुलाई २ अर्ब ९३ करोड क्षतिपर्ूर्ति दिनुपर्ने निर्ण्र्ाागरेको लामो समय वितिसक्दा पनि क्षतिपर्ूर्ति उपलब्ध गाउने चासो भारतले नदेखाएकाले पीडितहरु एकजुट भएर लखनउ, पटना र दिल्लीमा नै पुगेर आन्दोलन गर्ने निर्ण्र्ााा पुगेका छन् । गण्डक नदी नियन्त्रण संर्घष्ा समितिको पहलमा आन्दोलनको तयारीमा जुटेका किसानहरुले नेपाल सरकारले पनि निर्धारित क्षतिपर्ूर्ति उपलब्ध गराउन कुनै पहल नगरेकोमा आक्रोश व्यक्त गरेका छन् ।
गभर्नरमा हानथाप
काठमाडौं । वर्तमान सरकारको अकर्मण्यता र सत्ताधारी दलहरुभित्र भागण्डाको खिचलो कुन हदसम्म छ भन्ने कुरा यथासमयमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त गर्न नसकेको घटनाले नै इङ्गति गरेको छ । गभर्नर पदका लागि सत्तासीन कांग्रेस र एमाले दुबैको दाबी छ । गभर्नर छनोट समिति पनि अर्थमन्त्रीको इच्छा अनुरुप बन्न सकेन भने बनेको समितिले पनि समयमा पत्र नपाएर सरकारको अनुत्तरदायी कार्यशैलीको पर्दाफास गरायो । सरकारको अकर्मण्यता र भागवण्डा मिल्न नसक्नाकै कारण विभिन्न संवैधानिक निकायहरु लामो समयदेखि पदाधिकारीविहीन छन् । केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकमा योग्य, इमान्दार र समयको गति बुझने अर्थविज्ञको खाँचो भए पनि सत्ताधारी दलहरु भने आ-आफ्ना तावेदारहरु स्थापित गर्ने होडवाजीमा लागेका छन् । यस्तो विसंगतिपर्ूण्ा स्थितिमा देशको व्रि्रदो वित्तीय प्रणालीलाई सुधारको बाटोमा फर्काउनसक्ने क्षमतावान गभर्नरको नियुक्ति असम्भव नै रहेको बैंकिङ क्षेत्रको प्रतिक्रिया छ ।
|