Yugasambad.Com.Np
National Weekly
 
Thursday, 03.11.2010, 09:29am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

निषेधको राजनीतिलाई जताततैबाट मलजल
मुलुक भयावह
Tuesday, 02.02.2010, 08:33am (GMT+5.5)

काठमाडौं । नयाँ संविधान निर्माणका लागि संविधानसभाले जनादेश पाएको अन्तिम दिन पुग्न अब ११९ दिन मात्र बाँकी छ तर राजनीतिक क्षितिजमा भने विवादै-विवाद र आशंकै-आशंकाका काला बादल मडारिइरहेका छन् । शान्ति र संविधान निर्माणलाई पहिलो प्राथमिकता दिएको उद्घोषण गर्दैआएको एनेकपा माओवादी अहिले पनि 'नागरिक सर्वोच्चता' र राष्ट्रिय स्वाधीनता'को पक्षमा आन्दोलन चलाइरहेको छ भने सत्ताधारी ठूला-साना दलहरूबीचको अन्योल र द्विविधाग्रस्त मानसिकता यथास्थानमा नै छ । सत्ताधारी दर्ुइ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रतिपक्षी दल एनेकपा माओवादीका शर्ीष्ा नेता मिलेर बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्धारित गन्तव्य के हो र यो संयन्त्र गठन पछाडिका रहस्यपर्ूण्ा कारण के हुन् भन्ने प्रष्ट हुन बाँकी नै भए पनि सम्बद्ध दलहरूभित्रै उच्च संयन्त्रको उपयोगिता अझै र्सवस्वीकार्य हुन सकेको छैन । वर्तमान गठबन्धन सरकारको सत्ता संचालन शैली, अकर्मण्यता र दलभित्रका गुटगत चलखेलबाट असन्तुष्ट रहेका सत्ताधारी दलद्वयका शर्ीष्ा नेताहरूसंग त्रिदलीय संयन्त्रमा साझेदारी गर्न पुगेको प्रतिपक्षी दल एनेकपा माओवादीले अझै पनि आफ्नो नेतृत्वमा सरकार नबने संविधान नै बन्न नसक्ने धारणा र्सार्वजनिक गर्न छोडेको छैन । वर्तमान सरकारको छवि सुरुदेखि नै धुमिल रहँदै आएकोमा अहिले त झन् प्रधानमन्त्रीविरुद्ध उपप्रधानमन्त्री र मन्त्रीहरूकै खुला धारणाहरू र्सार्वजनिक हुन थालेकाले प्रधानमन्त्री माधव नेपालको निरिहता मात्र उदाङ्ग भएको छैन, सरकारकै भविष्यबारे शंका उब्जिएको छ । आफ्ना मन्त्रीहरूलाई नै अदवमा राख्न नसक्ने प्रधानमन्त्रीले मुलुकमा अनुशासित प्रशासन हाँक्नसक्ने र विधिको शासन अनुभूत गराउनसक्ने कल्पना मात्र गर्न पनि असम्भव भैसकेको छ । यस्तो अकर्मण्यता र दिशाहीन सरकारले मुलुकलाई अग्रगामी दिशामा हाँक्नसक्ने कुनै आशा गर्न नसकिने स्थिति सिर्जना हुँदा पनि यसको विकल्पमा नयाँ सरकार आउनसक्ने र मुलुक निर्धारित गन्तव्यमा पुग्ने बाटो फराकिलो हुने कुनै सम्भावना छैन । मुलुक अत्यन्त असहजतातिर धकेलिंदै गएको र्सवत्र अनुभूत छ ।

राजनीतिक सूत्रहरू भन्दछन्- सेना समायोजन, राज्यको पुनःसंरचना र शासकीय स्वरुपको निर्धारण जस्ता जटिल मुद्दाहरूको छिनोफानो गर्न उच्च राजनीतिक समझदारी अपरिहार्य छ तापनि प्रमुख दलहरूबीचमा मात्रै होइन सत्तासीन प्रमुख दलहरूभित्रै चलिरहेको चर्को विवाद छताछुल्ल भैरहेको छ । शान्ति प्रक्रियाको थालनीपछि विभिन्न शिविरमा तीन वर्षेखि राखिएका माओवादी लडाकुहरूलाई सरकारको मातहतमा ल्याउने र प्रक्रियागत रुपले विभिन्न क्षेत्रमा समायोजन गर्दैजाने कार्यक्रम तय भएको भए पनि यथार्थमा यसले कस्तो गति लिन्छ भन्नेबारे निश्चित भन्न सकिने अवस्था छैन । संविधानसभाभित्र ४० प्रतिशत स्थान ओगटेको एनेकपा माओवादी सत्ता वहिगर्मनपछिको नौ महिनाको अन्तरालमा चरणवद्ध आन्दोलनमा होमिंदैआएको छ भने उसको सत्ता प्रत्यावर्तनको आकांक्षामात्र अतृप्त भएको नभै उसले उठाएका मुद्दाहरू पनि सम्बोधनहीन रहँदैआएका छन् । आन्दोलनको चौथो चरणमा उठाएको राष्ट्रिय स्वाधीनताको मुद्दाले मुलुकभित्रको राजनीतिलाई मात्र तरङ्गति पारेको नभै भारतसितको सम्बन्धलाई पनि नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने स्थिति सिर्जना गरेको छ । भारतको पृष्टशक्तिमा एनेकपा माओवादीलाई एक्ल्याएर एकछत्र रजाइँ गर्न चाहने आकांक्षा बोकेका केही दलका नेताहरू माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणप्रति प्रतिबद्ध र जिम्मेवार नभएको दोष थोपरेर अन्योल र अनिश्चितताकै बीचमा आफ्नो सत्ता लम्ब्याउने चाहनामा छन् भने माओवादीलाई एक्ल्याएर र अलग्याएर शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने र संविधान पनि बन्न नसक्ने निचोडमा पुगेका सत्ताधारी दलहरूभित्रैका कतिपय नेताहरू किं कर्तव्य विमूढको स्थितिमा छन् । नयाँ संविधान घोषणा र सेना समायोजन एकसाथ हुनुपर्ने मान्यतामा रहेको एनेकपा माओवादीले सेना समायोजनपछि मात्र संविधान निर्माणले गतिलिने कुरालाई शंकाका दृष्टिले हेरिरहेको छ । यो पृष्टभूमिमा राजनीतिक प्रशिक्षणप्राप्त माओवादी लडाकुहरू माओवादीको कमाण्डबाट 'सरकार'को कमाण्डमा कसरी आउने हुन् - राजनीतिक विश्लेषकहरूको कुतुहलतापर्ूण्ा दृष्टि त्यतै केन्द्रित हुन थालेको छ ।

राज्य पुनःसंरचनाको १४ प्रदेशीय खाकाले राजनीतिक-गैरराजनीतिक क्षेत्रमा बबण्डर मच्चाइरहेको छ । राज्य पुनःसंरचना समितिले बहुमतका आधारमा निर्ण्र्ाागरी १४ प्रदेशमा रायको पुनःसंरचना गर्ने मान्यता अगाडि सारेपछि सत्ताको टुप्पी समातेर बसेको नेपाली कांग्रेस नै त्यसको विपक्षमा उभिएको छ । आन्तरिक कलह चारम उत्कर्षुखी बन्दैगएको सत्ताधारी एमालेभित्र पनि १४ प्रदेशीय खाकाबारे चर्का विवादहरू छन् । माओवादीको रणनीति योजना अनुरुपका जातिय गणराज्यहरू स्वीकृत हुँदा एनेकपा माओवादीबाहेक कोही सन्तुष्ट देखिएका छैनन् । संविधानसभाभित्रै १४ प्रदेशीय खाकाको चर्को विरोध सुरु भएको छ । कांग्रेस, एमाले र मजफो कुनै पनि दलले १४ प्रदेशीय पुनःसंरचनालाई स्वीकार नगर्दाको स्थितिमा संविधानसभाभित्रबाट त्यो खाका पारित हुनसक्ने स्थिति नै छैन । राज्य पुनःसंरचनाको विवाद थाती राखेर संविधान निर्माण गर्ने र पछि जननिर्वाचित सरकारले आयोग गठन गरेर प्रदेशको निर्धारण गर्न सकिने तर्कहरू पनि उठिरहेका छन् । संविधानसभाभित्रै सत्ताधारी कांग्रेस र एमालेका सांसदहरूले 'राज्य पुनःसंरचना आयोग'को माग गर्न थालेका छन् भने माओवादीले यसलाई समयमा नै संविधान बन्न नदिने षड्यन्त्रका रुपमा लिएको छ । परमानन्द झा एउटा व्यक्तिका निम्ति अन्तरिम संविधानको सातौं संशोधन गर्न राजी हुने दलहरूले संविधानसभाको समयसीमा लम्ब्याउने गरी आठौं संशोधनको बाटो समाते भने पनि अब कुनै आर्श्चर्य हुने छैन । संविधान निर्माणका निम्ति तछोकिएको लामो समय ठूला दलहरूले सत्ताकै खिचातानीमा अपव्यय गरे । बाँकी बचेको ११५ दिनभित्र हाल उत्पन्न भएका प्रान्तीय स्वरुपको विवाद, शासकीय प्रणालीको विवाद र सेना समायोजनको विवाद समाधान गरेर जनमुखी अग्रगामी संविधान ल्याउने क्षमता ठूला दलका नेताहरूले पर््रदर्शन गर्न सक्लान् भन्ने विश्वास कसैले पनि गर्नसक्ने अवस्था छैन ।

राजनीतिक विश्लेषकहरू भन्दछन्- संविधान निर्माणको पर्ूवसन्ध्यामा सरकार परिवर्तनको आवश्यकता देखाउने कसरत आफैंमा रहस्यपर्ूण्ा छ भने नेपालको आन्तरिक राजनीतिलाई आफ्नो स्वार्थ अनुकूल उपयोग गर्दैआएको भारतको हैकमवाद विरुद्ध माओवादीले घन्काएको नारा सान्दर्भिकता र र्सार्थकताबारे पनि राजनीतिक वृत्तमा अनेकथरि चर्चा छ । भारतले माओवादीको भारतविरोधी गतिविध्रि्रति आक्रोश व्यक्त गर्दै नेपालमा गरिने सबै लगानी प्रभावित हुनसक्ने धम्की प्रवाह गरेर २०४५ सालको नाकाबन्दी झल्काउने सन्देश दिनुका पछाडि कुनै कारण नभएको भन्न सकिने स्थिति छैन । शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउन र संविधान निर्माण कार्य पूरा गर्न आम राजनीतिक सहमति अपरिहार्य रहेको बेला कांग्रेस, एमाले, माओवादी जस्ता निर्ण्ाायक भूमिका खेल्नुपर्ने तीनवटै दलहरूभित्र वैचारिक मतभेद, आरोप-प्रत्यारोप र खुट्टा तानातानको स्थिति सिर्जना हुनु नितान्त अनर्थकारी, अस्वाभाविक र असहज छन् भने त्यो पनि बाहृय प्रक्षेपणकै रणनीतिक खेलको उपज भएको तर्कना निराधार छैन । मुलुक राजनीतिक व्यवस्थापनले सहज र स्वाभाविक गति लिनसक्नेमा आशंकै-आशंका उत्पन्न भएका छन् । राष्ट्रिय सहमतिको राजनीति अपरिहार्य भएको बेला निषेधको राजनीतिलाई भित्र-बाहिर जताततैबाट मलजल प्रदान गरिनु नै खतराको संकेत हो । राज्यविहीनताको र्सवत्र अनुभूतिबीच फैलिएको अराजकताले सिर्जना गरेका विकृतिजन्य अनेक समस्याहरूलाई थाती राखेर मुलुकले कसरी अग्रगामी दिशा अवलम्बन गर्न सक्ला - राजनीतिक-बौद्धिक क्षेत्रमा अहिले यस्तै प्रश्न मडारिन थालेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
संघीय संरचनाको भद्दा नमूनाले जताततै असन्तुष्टि (02.02.2010)
इष्ट इण्डिया कम्पनीको कथा दोहोर्‍याउने भारतीय रणनीति (02.02.2010)
परमानन्दले सबैलाई जिते (02.02.2010)
भारतले क्षतिपर्ूर्ति दिएन (02.02.2010)
उच्चस्तरीय संयन्त्रको प्रभावकारिता (01.26.2010)
शरणार्थीको ओइरो ः थाम्नै गाह्रो पर्ने बोझ (01.26.2010)
रक्षामन्त्रीको आवाजमा कस्को ब (01.26.2010)
कृतदासहरुले चाहेनन् राष्ट्रिय सुरक्षा नीति (01.26.2010)
नागरिकता विधेयक खारेज गर (01.26.2010)
भारतीय दृष्टिकोणमा फेरवदल छैन : औपनिवेशिक मानसिकता (01.18.2010)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 
::| Hot News
समय सीमाभित्र संविधान नबने के होला ?
संवैधानिक संकट खडा गर्ने
राप्रपा नेपालको उपत्यका बन्द
राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक
सञ्चारकर्मी जमीम शाहको हत्याल
निषेधको राजनीतिलाई जताततैबाट मलजल मुलुक भयावह
उच्चस्तरीय संयन्त्रको प्रभावकारिता
भारतीय दृष्टिकोणमा फेरवदल छैन : औपनिवेशिक मानसिकता
उच्चस्तरीय राजनीतिक संयन्त्र
राजनीतिक गतिरोधको गाँठो अझ कस्सिदै छसमानान्तर सत्ताको बाटो ः सरकारलाई

© Neeraz.Com 2007
[Top Page]