|
संख्या निर्धारणको आवश्यकता
Tuesday, 02.16.2010, 08:37am (GMT+5.5)
काठमाडौं । अन्मिनको रेखदेमा शिविरमा रहेका माओवादी लडाकुहरूको संख्या पुनः प्रमाणित गर्नुपर्ने आवश्यकताबोध विज्ञहरूले गर्न थालेका छन् । सुरुका दिनमा अन्मिनले जति लडाकुहरूको प्रमाणिकरण गरेको थियो अब त्यो संख्या नरहन सक्ने र यसले सेना समायोजन तथा व्यवस्थापनमा अर्को किचलो झिक्नसक्ने हुँदा शिविरभित्र रहेका योग्य लडाकुहरूको संख्या पुनः निर्धारण गर्नुपर्ने आवश्यकता परेको बताइन्छ ।
शिविर बाहिर पठाइएका अयोग्य लडाकुहरूको विदाइका क्रममा उनीहरूको उपस्थितिले शिविरमा रहेका योग्य लडाकुहरूको संख्या पनि घटेको विश्वास गरिएको छ । शिविरमा चार हजारको हाराहारीमा रहेका अयोग्य लडाकुहरूमध्ये झण्डै ४० प्रतिशतभन्दा बढी पहिले नै शिविरबाट बाहिरिइसकेको देखिएका कारण योग्य लडाकुहरूको संख्या पनि तोकिएजति नहुने आँकलन गर्न थालिएको हो । त्यसकारण सेना समायोजन तथा व्यवस्थापनका लागि पनि शिविरमा कति माओवादी लडाकुहरू विद्यमान छन् भन्ने पुनः प्रमाणिकरणा हुनुपर्ने आवश्यकता सुरक्षाविद्हरूले पनि गर्न थालेका हुन् । सेना समायोजन विशेष समितिले यो कार्यलाई पनि प्राथमकितामा राखेर अघि बढ्नुपर्ने सुझाव विज्ञहरूको छ । माओवादी लडाकुहरूको पुनः प्रमाणिकरण गरेर उनीहरूको अन्तिम संख्या निक्र्योल गर्नुपर्ने र त्यसले सेना समायोजनमा सहयोग पुग्ने विश्वास विज्ञहरूको छ ।
|