|
राजदूतलाई तर्राईमा निषेध
Tuesday, 02.23.2010, 08:31am (GMT+5.5)
काठमाडौं । कूटनीतिक मर्यादा विपरीत तर्राईका विभिन्न जिल्लाका गाविसहरूमा राजनीतिक शैलीमा सहयोग वितरण गर्न सक्रिय हुँदैआएका भारतीय राजदूतलाई तर्राईका जिल्लाहरूमा निषेध गर्न एनेकपा माओवादीका कार्यकर्ता तथा वर्गीय संगठनहरूले आव्हान गरेको खबर छ । कुनै पनि वैदेशिक सहयोग सरकारमार्फ उपलब्ध हुनुपर्नेमा भारतीय राजदूतावासले आफ्नै छनोटमा स्थानीय योजनाहरूलाई रकम वितरण गर्दैआएको भए त्यस्तो असंगत प्रवृत्तिलाई रोक्न सरकार र कुनै पनि दलले अहिलेसम्म चासो देखाएका थिएनन् । नेताहरू आफ्नो चुनाव क्षेत्रमा सहयोगको पोको बोकेर जाने शैलीमा नै राजदूतको यात्रा हुने गरेकाले यस्तो गतिविधिलाई जानकार सूत्रहरूले कूटनीतिक मर्यादा र राष्ट्रिय सुरक्षा विपरीत मान्दैआएका छन् ।
|