Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:10pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

राष्ट्रपति अनर्थ गर्नबाट बच्न&
Tuesday, 03.02.2010, 07:53am (GMT+5.5)

काठमाडौं नेपालको उत्तरी छिमेकी मुलुक चीनसंगको सम्बन्धलाई नै नकारात्मक प्रभाव पार्ने गरी राष्ट्रपति डा. रामवरण यादवलाई प्रयोग गर्ने षड्यन्त्र विफल भएको अघिल्लो साता राजधानीको बौद्धस्थित एक गुम्बाको शताब्दी महोत्सव मनाउने क्रममा राष्ट्रपति डा. यादवलाई प्रमुख अतिथि बनाएर नेपालको परराष्ट्र नीति विपरीतको काम गर्ने नियोजित प्रयास चीनको कडा विरोधका कारण रोकिएको थियो

गुम्बाको सो निमन्त्रणा राष्ट्रपतिले गर्नुभएपछि चिनीया दूताबासले कडा विरोध जनाएको थियो सो गुम्बा चीन विरोधी गतिविधिमा संलग्न हुनेहरूको प्रमुख आश्रयस्थलको रुपमा लिने गरिन्छ यो घटनाले नेपालले जनाएको एक चीनको नीतिमाथिको प्रतिवद्धतामा प्रश्नचिन्ह खडा भएको

राष्ट्र, राष्ट्रियता राष्ट्रिय एकताप्रति प्रतिवद्ध राष्ट्रपति डा. यादवलाई चीन विरोधी गतिविधिमा संलग्न हुने त्यस्तो निमन्त्रणा स्वीकार गर्न सल्लाह दिने राष्ट्रपतिका सल्लाहकारहरूले कुन स्वार्थले काम गरे - त्यसमाथि सरकारले छानबिन गर्नुपर्ने आवाज उठिरहेको

नेपाललाई कमजोर पार्ने अनेक षड्यन्त्रहरूको तानाबानाबीच यो खेल भएको होइन भन्ने प्रश्न पनि बौद्धिक-राजनीतिक क्षेत्रमा उत्पन्न भैरहेको

यसैबीच भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा बनेको नेपाली चलचित्र 'दशगजा' पर््रदर्शनमा रोक लगाएर जिम्मेवार अधिकारीहरूले दास मानसिकता पर््रदर्शन गरेका छन् नेपालको राष्ट्रियता झल्काउने नेपाली चलचित्रलाई अंकुश लगाउने क्रममा 'दशगजा' पनि परेको यसअघि मनोज पण्डितले निर्माण गरेको 'सिमानाको खोजी' नामक वृत्तचित्र भारतीय दूताबासको दबाबमा पर््रदर्शनमा रोक लगाइएको थियो

यसको विपरीत भारतीय चलचित्रमा नेपाल सम्बन्धी जतिसुकै आपत्तिजनक कुरा राखिएका भए पनि नेपालको चलचित्र सेन्सर बोर्डले आँखा चिम्लेर पर््रदर्शन गर्न दिनेगरेको भारतले नेपाललाई आतंकवादीको आश्रयस्थल भनेको, गौतम बुद्ध भारतमा जन्मेको लगायत नेपाली राष्ट्रियतामाथि आघात पुग्ने अनेक दृश्य संवाद राखिएका हिन्दी चलचित्रहरू निर्वाध पर््रदर्शन भैरहेका हुन्छन् केही महिना अघि 'चाँदनी चोक टु चाइना' नामक चलचित्रको जनस्तरबाट विरोध नहुँदासम्म सेन्सर बोर्ड मात्र होइन चलचित्रसंग सम्बन्धित कुनै पनि आधिकारिक निकायले नेपालको अपमान भएको महसुस नै गरेन यस्तो सेन्सर बोर्डले नेपाली चलचित्रमा रहेका केही संवाद दृश्यबाट नेपाल-भारतको सम्बन्धमा नकारात्मक असर पर्ने भन्दै त्यस्ता दृश्य संवाद हटाउन निर्देशन दिएको यसबाट थुपै्र चलचित्रकर्मी आक्रोशित बनेका छन्

भारतबाट अतिक्रमित नेपालको सीमाका विषयमा गोल्डेन आई फिल्म्स प्रालिले निर्माण गरेको 'दशगजा'नामक नेपाली चलचित्रलाई उल्लेखित संवाद दृश्य नहटाएसम्म पर््रदर्शन गर्न नदिने निर्ण्र्ाागरेको भन्दै चलचित्रकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन् कतिय चलचित्रकर्मी तथा राष्ट्रवादी आन्दोलनका अभियानकारीहरू राष्ट्र राष्ट्रियताप्रतिको भावना बोकेको हुनाले दास मानसिकता बोकेका शासकहरूले चलचित्र प्रतिबन्ध लगाएको आरोप लगाएका छन् यस सम्बन्धमा पत्रकार सम्मेलन नै गरी चलचित्रका विविध पक्षमाथि प्रकाश पारिएको थियो

चलचित्र पर््रदर्शनमाथि प्रतिबन्ध लगाएपछि यसका निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले राज्यले भारतको गुलामी गरेको आरोप लगाउन पछिपरेनन् चलचित्रका निर्माता तथा नायक नवल खड्का आफ्नो चलचित्रमा 'लोकतन्त्रपछि २५ लाखभन्दा बढी भारतीयलाई नागरिकता बाँडिएको भारतले नेपालको सीमा अतिक्रमण गरेको विषय'लाई समेटिएको बताउनुहुन्छ

त्यसै गरी चलचित्रका निर्देशक दयाराम दाहालले नेपालीहरूको विवशतालाई प्रतिकात्मकरुपमा चलचित्रको माध्यमबाट प्रतिबिम्बन गर्न खोजिएकाले राज्यले अबिलम्ब पर््रदर्शनका लागि वातावरण बनाउनर्ुपर्नेमा जोड दिनुभयो

चलचित्रका सगीतकार तथा 'रेभुलुसनरी लेफ्ट विङ्'का अध्यक्ष मणि थापाले राष्ट्रियताको विषयलाई समेटेर बनाइएको चलचित्रलाई राज्यले रोक लगाउनु मुलुकको प्रजातन्त्र स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो भन्नुभयो

चलचित्र सघका अध्यक्ष रमेश बुढाथोकी, कलाकार युवराज लामा अशोक शर्माले पनि प्रजातान्त्रिक मुलुकमा यथार्थपरक चलचित्रलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
एसएसबीको चेकपोस्ट नेपालमा (03.02.2010)
परिणामहीन संयन्त्रको सक्रियता (03.02.2010)
राप्रपा नेपालको उपत्यका बन्द (02.23.2010)
माथिल्लो कर्ण्ााली, मर्स्याङ्दी (02.23.2010)
अख्तियारको ध्यान पुग्ला (02.23.2010)
प्रमुख दलहरूभित्र चिरैचिरा (02.23.2010)
राजदूतलाई तर्राईमा निषेध (02.23.2010)
पत्रकार भेलाको विशेष (02.23.2010)
राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक (02.16.2010)
जोगीदेखि भैंसी- भैंसीदेखि जोगी (02.16.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]