|
ढिलो होस् छोरै होस् !
Tuesday, 03.09.2010, 08:25am (GMT+5.5)
काठमाडौं । हिजो सयौं अन्तर्रर्ााट्रय नारी दिवस नेपालभर विभिन्न औपचारिक कार्यक्रम गरी मनाइयो । महिला अधिकारसंग सम्बन्धित विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रमहरूमा महिला अधिकारवादीहरूले धाराप्रवाह भाषण गरे- महिलामाथि भैरहेको शोषण, दमन र भेदभावको चर्को विरोध गरे । तर महिला अधिकारका नाममा हुने गरेको ब्रहृमलुटको कसैले चर्चा गरेनन्, अब त्यस्तो कार्य नगर्ने कसम पनि कसैले खाएनन् । अरुलाई गाली गरेर महिला अधिकारको वकालत गर्नेहरूकै बोलवाला यसपालि पनि देखियो । दशकौंदेखि चलिआएको प्रचलनलाई निरन्तरता दिइयो । महिला दिवसमा सहभागी हुन आएका विभिन्न क्षेत्रका महिलाहरूको यस्तै कथन सुनिन्थ्यो । यसैबीच जातिय र लैङ्गकि समानताका कट्टर पक्षधर एकीकृत नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले हालै शक्तिखोरमा जनमुक्ति सेनालाई प्रशिक्षण दिने क्रममा 'ढिलै होस् छोरो होस्' भन्ने चाहना राखेको धारणा र्सार्वजनिक भएपछि अन्तर्रर्ााट्रय नारी दिवस मनाउने महिलाहरूबीच यो प्रसंगले विशेष चर्चा पाएको पनि देखियो । प्रचण्डको यो भनाइको आधिकारिक विरोध नगरे पनि महिला अधिकारवादीहरूले छोरा र छोरीबीचको भेद नेताहरूको मानसपटलमा यथावत रहेको कानेखुसी गरेर मात्र मन शान्त गरेको पाइयो ।
|