काठमाडौं । मुलुकको शान्ति सुरक्षाको पछिल्लो स्थिति र घटनाहरूमा प्रहरीका अधिकारीहरूको संलग्नताले सुरक्षा अङ्गभित्र अन्तर्रर्ााट्रय आपराधिक सञ्जाल घुसेको आशंका गरिएकोलाई प्रहरीभित्र पनि स्वीकार गरिएको छ । हालै प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माले 'प्रहरीभित्र अपराध मनोवृत्ति भएका व्यक्तिहरू घुसेको हुनसक्ने र त्यस्ताको छानविन कार्य सुरु भएको' बताउनुभएको छ । स्मरणीय के छ भने जमीम शाह हत्या काण्डमा मुछिएका पर्ूव डीएसपी जगदीश्वर चन्द हाल वेपत्ता भएका छन् भने बहालवाला डीएसपीहरू अर्जुन चन्द र गणेश चन्दसंग स्पष्टिकरण लिइएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिनुभएको छ । मुलुकको समग्र शान्ति सुरक्षाको स्थिति र नेपाल प्रहरीबाट भएका कार्यको प्रगति विवरण प्रस्तुत गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जमीम शाह र अरुण कुमार सिंघानियाको हत्यामा संलग्नहरूको नजिकै प्रहरी पुगेको समेत जानकारी दिनुभएको थियो । त्यस अवसरमा पुस महिनाको तुलनामा माघ महिनामा अपराध घटेको तथ्यांक पेश गरिएको थियो ।
जमीम शाहको हत्यामा संलग्न पर्ूव र वहालवाला प्रहरीहरूको संलग्नताले नेपाल प्रहरीभित्र अन्तर्रर्ााट्रय आपराधिक गिरोह छिरेको आशंकालाई बल प्रदान गरेको छ । सुरक्षाविज्ञहरू मुलुकको शान्ति सुरक्ष प्रभावकारी बनाउने हो भने र्सवप्रथम प्रहरी प्रशासनभित्रै छानविन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा अङ्गहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिनुपर्ने भए पनि नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछि नेपाल प्रहरीभित्र घुसेको राजनीतिक विकृतिले त्यो अवस्थाको कल्पना नै गर्न नसकिने अवस्था सिर्जित छ । यसले गर्दा प्रहरीभित्र योग्यता र क्षमतालेभन्दा नेताहरूको चाकडीको भरमा माथि उक्लने प्रवृत्तिको विकास हुन पुगेको र सुरक्षा व्यवस्थापनमा समस्या उत्पन्न भैरहेको स्वीकार प्रहरी नेतृत्वले गरेको छ भने स्रोत साधनको अभाव प्रचूर मात्रामा रहेको अर्को पक्ष छ ।
त्यसो त राजनीतिक क्षेत्रमा बाहृय प्रभाव र हस्तक्षेपमा तीब्रता आइरहेको बेला नेपालको शान्ति सुरक्षामा देखा परिरहेको चुनौति र जटिलताले अनेक रहस्यात्मक पाटाहरू खोल्दै जाने कतिपयको धारणा छ । कतिपय विश्लेषकहरू प्रहरीको क्षमता र योग्यतामाथि अहिले नै प्रश्नचिन्ह लगाइहाल्नुपर्ने अवस्था आइनसकेको बताउँछन् । राजनीतिक नेतृत्वले प्रहरी संगठनलाई स्वतन्त्र छाडिदिने हो भने स्थितिमा सुधार आउने सम्भावना अझै कायमै छ । प्रहरी संगठन यतिबेला राजनीतिक नेतृत्वको प्रहारको केन्द्र बन्न थालेको छ । प्रधानमन्त्री स्वयंले व्रि्रदो सुरक्षा स्थितिमा प्रहरी स्वयं जिम्मेवार रहेको बताउनु आर्श्चर्यको विषय बनेको छ ।
राजनीति घुसाउनै नहुने अङ्गमा राजनीति घुसेपछि र अपराधीलाई राजनीतिक संरक्षण प्राप्त भैरहने अवस्था कायम रहेसम्म र्सवसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न पाउने अवस्था रहँदैन । मुलुकको शान्ति सुरक्षामा जेजस्तो परिस्थितिको सिर्जना भैरहेको छ यसको एउटै कारण भनेको राजनीतिक नेतृत्वको असफलता हो । कतिपय विश्लेषकहरू मुलुकको शान्ति सुरक्षामा देखा परिरहेको संकटको सम्पर्ूण्ा दोष राजनीतिकर्मीलाई दिनुपर्ने बताउँछन् ।
एक महिनाको बीचमा विशेष समारोहमा सुरक्षा संयन्त्रको बाक्लो परिचालनको समयमा दर्ुइजना सञ्चार उद्यमीको हत्या हुनु र राजधानीको केन्द्रमै एकजना व्यवसायीमाथि गोली प्रहार हुनु नेपालको सुरक्षा संयन्त्रलाई ठाडै चुनौतिको रुपमा लिन थालिएको छ । अर्कोतिर उद्योगपतिहरूमाथि आइरहेको धम्कीले औद्योगिक-व्यावसायिक क्षेत्र तहसनहस हुने स्थिति सिर्जना हुँदैछ भने जमीम शाह र अरुण कुमार सिंघानियाको हत्यापछि मुलुकभरका संचारकर्मीहरू आतंकित हुनुपरेको छ । यतिबेला तर्राईका धेरैजसो संचारकर्मीहरू विस्थापित भएका छन् भने काठमाडौंमै पनि पत्रकारहरूले असुरक्षाको महसुस गरिरहेका छन् । पत्रकारहरूको सुरक्षाको माग गर्दै दोषी माथि कार्बाही हुनुपर्ने भन्दै पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलित छ ।